01 May
Wed

“Journalism for the Nation”. Nation and its people are the priority for Hunkar.

भारतमा नेपाली अभिनेतृ हत्या

19 - Jun-2012, Posted by: Yuwahunkar   |   COMMENTS: 0

 
भारतमा नेपाली मूलकी अभिनेतृ मिनाक्षी थापाको हत्या भएको छ । विभिन्न विज्ञापनहरूमा मोडलिङ गरिसकेकी मिनाक्षी अभिनित भारतीय चलचित्र ‘द्वन्द्व’ प्रदर्शनको तयारीमा छ । पछिल्लो समयमा मिनाक्षीले मधुर भण्डाकरको चलचित्र ‘हिरोइन’ मा अभिनय गरेकी थिइन् । अभिनेतृ करिना कपुरसँग काम गर्न पाउँदा मिनाक्षी दंग थिइन् । बलिउडमा करिअर बनाउने लक्ष्य लिएर संघर्ष गरिरहेकी मिनाक्षी बलिउड प्रवेश गर्नुभन्दा अगाडि देहरादूनमा बस्दै आएकी थिइन् । उनी मुम्बईमा बस्न थालेको एक महिना मात्र भएको थियो । 

 

 
मुम्बई क्राइम ब्रान्चले अभिनेतृ मिनाक्षी हत्यामा संलग्न आरोपमा दुईजनालाई पक्राउ गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । पक्राउ भएका दुवैजना संघर्षरत कलाकार भएको बताइएको छ । मुम्बई प्रहरीका अनुसार २६ वर्षीया मिनाक्षीको भारतको गोरखपुरमा हत्यापछि टाउको काटिएको थियो । यस घटनामा ३६ वर्षीय अमित जयसवाल र २६ वर्षीय प्रिति एलभिना सुरिनलाई प्रहरीले पक्राउ गरेको छ । उनीहरूले मृतक मिनाक्षीको टाउको काटेको दुई दिनपछि मुम्बई फर्कने क्रममा बसबाट फालेको प्रहरीले जनाएको छ । समाचारमा जनाइए अनुसार उनीहरूले टाउको नचिनिने गरी थिचेका थिए । 

 

 

 
प्रहरीका अनुसार मिनाक्षी मुम्बईस्थित लोखण्डवालाबाट हराइरहेकी थिइन् । जयसवाल र सुरिन एक वर्षयता मुम्बईमा बस्दै आएका थिए । मिनाक्षीसँग उनीहरूको चिनजान चलचित्रको छायांकनको क्रममा भएको प्रहरी अनुसन्धानमा देखिएको छ । 

 

 
मुम्बईमा बसेर आर्थिक रूपमा कमजोर भइसकेका जयसवाल र सुरिनले मिनाक्षीको अपहरण गरेर रकम असुल्ने योजना बनाएको प्रहरीको प्रारम्भिक अनुसन्धानमा देखिएको छ । मार्च १३ मा जयसवाल र सुरिनले मिनाक्षीलाई चलचित्रको छायांकनका लागि भनेर इलाहावाद लगेका थिए । गोरखपुरमा मिनाक्षीको हत्या गरेपछि उनको एटीएम कार्ड र मोवाइलको सिम अभियुक्तद्वयले राखेको एक प्रहरीले बताएका छन् । मार्च १३ देखि हराएकी भए पनि १९ देखिमात्र हराएको प्रहरीलाई जानकारी गराइएको थियो । 

 

 
अपहरणपछि जयसवाल र सुरिनले मिनाक्षीको आमासँग सम्पर्क गरी १५ लाख भारु माग गरेको थाहा भएको छ । पैसा नदिए मिनाक्षीको ‘ब्लु फिल्म’ बनाउनुका साथै उनको हत्या गर्ने धम्की उनीहरूले दिएका थिए । जयसवाल र सुरिनले मिनाक्षीका भाई नवराजलाई उनको खातामा रकम राख्न भनेका थिए । उनले अपहरणकारीलाई ६० हजार भारु दिएको पनि भारतीय सञ्चारमाध्यमले जनाएको छ ।  

Posted on: 2012-Jun-19


POST YOUR COMMENTS

Please note that all the fields marked * are mandatory.

 
Note: Comments containing abusive words or slander shall not be published.


download

 

Interview

मोविलीटी र मुभमेन्ट बढाएर जिल्लाको सुरक्षा चुस्त दुरुस्त राखेका छौं, एसएसपी पोखरेल
एसएसपी पोखरेलका अनुसार ललितपुर जिल्लाभरीका सबै क्षेत्रमा प्रहरी परिसर समेत गरी ३८ वटा, वृत्त र प्रभागहरु रहेका छन् ।
Full Story


TECHNOLOGYSCIENCEAnautho SansarECONOMYEditorialINDUSTRYCRIMEBankingAGRICULTURELITERATUREPERSONALITYMANAAB DHARMABOOKANALYSISPOLITICSEDUCATIONBEEMAKHOJBOLLYWOODBUSINESSSAARC SUMMITBeauty tipsNEWSCOVER STORYREPORTBICHAR ARTICLESBANK-BANKERSPRABASENTERTAINMENTOUR SOCIETYHEALTHSPORTSOTHER FEATURESOFF THE BEAT
INTRODUCTIONEDITORIALBACKGROUNDFEATURES OBJECTIVES PROGRAM FUTURE PLAN ORGANIZATIONAL STRUCTURE OUR FAMILYCAREER WITH US
All rights reserved. 2011. yuwa hunkar