जयन्तप्रसादको सक्रियता संवाददाता
30 - Oct-2011, Posted by: Yuwahunkar | COMMENTS: 0
जयन्तप्रसादको सक्रियता
संवाददाता
काठमाडौं । एक महिनाअघि नेपाल आएका भारतीय राजदूत जयन्तप्रसादको सक्रियता बढेको छ । नेपाली कांग्रेसका सभापति शुशील कोइरालासँग हालैको भेटमा उनले शान्ति प्रक्रिया र संविधान निर्माणका लागि वर्तमान सरकारलाई सकेसम्म सघाउन नभए गुण र दोषको आधारमा आलोचना गर्न आग्रह गरेका छन् । माओवादी र मधेशी मोर्चाको गठबन्धनमा नयाँ सरकार बनेपछि यसलाई भारतको चासोमा निर्माण भएको सरकारको रुपमा व्याख्या गरिदैं आएको छ ।
लामो समय कुटनीतिक सेवामा बिताएका जयन्तप्रसाद पर्ूव राजदूत रोकश सुदभन्दा अनुभवी र शालिन देखिन्छन् । राजदूत सुदको नेपाल बर्साईका क्रमम भारतको विदेश मन्त्रालयले उनलाई 'घातक कुटनीतिज्ञ' को रुपमा स्वीकार गरेको बुझिएको छ ।
सुदले नेपालमा रहँदा राजनीतिदेखि अन्य विविध क्षेत्रमा अनावश्यक नांगो हस्तक्षेपका कारण नेपालमा भारतविरोधी भावना फैंलदैं गएको भारतीय विदेश मन्त्रालयको बुझाई छ । यसलाई मत्थर गर्दै दर्ुइ देशबीचको सम्बन्धलाई अझ सशक्त बनाउन भारतले जयन्तप्रसादलाई राजदूतको रुपमा नेपाल पठाएको हो ।
जयन्तप्रसाद यसअघि यसअघि अफगानिस्तानमा भारतीय राजदूतको रुपमा रहेका थिए । अफगानिस्तानमा पनि भारतले सुदपछि जयन्तलाई राजदूतको रुपमा पठाएको थियो भने नेपालमा पनि सुदको विदाईपछि उनको आगमन भएको हो । अफगानिस्तानमा सुदको कार्याकालमा भारतीय दूतावासमा बमविस्फोट भएको थियो ।
राजदूत जयन्तप्रसाद सन् १९७६ देखि भारतको परराष्ट्र सेवामा सक्रिय छन् । यसअघि उनले जेनेभामा भारतका तर्फाट निशस्त्रीकरण सम्मेलनका प्रतिनिधि, व्यापार तथा विकास सहयोगका लागि युरोपियन युनियनमा भारतीय मिसनका सल्लाहकार, संयुक्त राष्ट्र संघमा भारतको स्थायी मिसनको पहिलो सचिव, पेरिसमा भारतीय राजदूतावासका 'साज डी अफर्ेयर्स' तथा अल्जेरिया र अफगानिस्तानमा राजदूतको भूमिका निर्वाह गरिसकेका छन् । उनी संयुक्त राष्ट्रसंघीय महासचिवका निशस्त्रीकरण मामला सम्बन्धि सल्लाहकार समितिका सदस्य समेत हुन् ।
Posted on: 2011-Oct-30

Interview
मोविलीटी र मुभमेन्ट बढाएर जिल्लाको सुरक्षा चुस्त दुरुस्त राखेका छौं, एसएसपी पोखरेल
एसएसपी पोखरेलका अनुसार
ललितपुर जिल्लाभरीका सबै
क्षेत्रमा प्रहरी परिसर समेत
गरी ३८ वटा, वृत्त र
प्रभागहरु रहेका छन् ।
Full Story