01 May
Wed

“Journalism for the Nation”. Nation and its people are the priority for Hunkar.

झटारो यो गाईजात्राको दृश्य हो

7 - Sep-2011, Posted by: Yuwahunkar   |   COMMENTS: 0

गाईजात्रा हर्ेन घुम्दै म हनुमान ढोकानिर पुग्दा आकाश भैरवदेखि उता र उता तलेजु भवानीको ढोकादेखि जाम थियो । हनुमान जीको मर्ूर्ति अगािडको भीडले गर्दा भान हुन्थ्यो त्यही हनुमानजीको अगाडि कुनै ठट्यौला कार्यक्रम अथवा नाचगान भैरहेको छ । म भीडलाई चिर्दै शनैःशनैः अघि बढ्न थालेँ- ठूलो संर्घष्ापछि म भीड चिरेर पर््रदर्शनी स्थलमा पुग्न सफल भएँ । अघिका कुरा त के भए सुन्न पाइएको छैन । तर आफू पुग्दा तीन जना नेताहरुमा विवाद भैरहेको र तीनै जना, दर्शकहरुलाई आ-आफ्नो पक्षमा बनाउन कसरत् गरिरहेका पाएँ ।

 

 

 
प्रचण्ड भनिरहेका थिए र्-दर्शकहरुलाई सम्वोधन गर्दै) हर्ेर्नुस्,  आजको दिन र्सार्वजनकि रुपमै तपाईहरुबाट यो फैसला हुनु पर्दछ कि हामी तीन जनामा मर्ूख को - आज गाइजात्रा हो - मर्ूख बनाउने दिन, सत्तामा को जाने भन्ने छिनोफानो गर्ने म्याद तोकिएको दिन पनि हो । यसैले मर्ूख को तपाईहरु बाटै छुट्याइनु पर्दछ । भन्नुस् निर्धक्क भएर, हामी तीन जनामा मर्ूखको हो - तपाईहरु कसैले डर मान्नु पर्दैन । हाम्रा वाईसीएल र युथफोर्सका गुण्डाहरु, तपाईहरुबाट यहाँ भएको निर्ण्र्ााो कारण तपाईहरुलाई यसो उसो गर्न आउन्न् । यो 'गाईजात्रा' हो भनेर हामीले उनीहरुलाई सम्झाई सकेका छौं । खुलेर भन्दिनुहोस मर्ूख को - -प्रचण्ड मञ्चमा वसे)  
 
 
अर्को नेता उभ्भिए, जम्मा भएकामा होचा होचा डल्ले जस्ता आफूलाई कांग्रेसको संसदीय नेता भन्ने रामचन्द्र पौडेल आफ्नो नाम बताउँदै भने, 'हर्ेर्नुस्, यस व्यक्तिले -प्रचण्डतिर औल्याउँदै) हामीलाई दिल्लीमा भएको १२ वुँदे सम्झौतादेखि आजसम्म झुक्याउँदै आएको छ । अहिले पनि फट्याई गरेको छ र बोलेको कुरा गरेको सम्झौताको कहिल्यै पालना गरेको छैन र अझै पनि हामीलाई झुक्याउन खोज्दैछ । भन्नुस त यो कति मर्ूख व्यक्ति हो, आफ्ना सहयात्रीहरुलाई नै ठग्ने ?  
 
 
 
अर्का साधारण रुपमा मोटाएका कृषिमन्त्री हुँदाको अघिको मलको गाँसले अटसमटस भएका देखिए झलनाथ खनाल आफ्नो नाम बताउँदै उनले बढो लाचारीका साथ भने हर्ेर्नुस् -'नेपाली उखानले गर्दा म विग्रिए । राजीनामा भोलि दिन्छु भनेर संसदमा भनेको सारा विश्वमा प्रचार भैसकेर पनि मलाई 'रात रह,े अग्राख पलाए' भन्ने उखानले गर्दा राजीनामा गर्न दिएन र क्याहो क्याहो --) भनेर आफ्नो बचन राखिन, राजीनामा गरिन, २४ घण्टा पर्खेपछि पनि अग्राखमा टुसो नदेखिएकोले राजीनामा त गरेँ, तर बचनको कच्चा बनेर ।  
 
  त्यसैले मेरो कुरा तपाईहरु कतिले पत्याउनु धोखेबाज हुँला र तर म मर्ुख भने हैन । किन भने म प्रधानमन्त्री भएपनि प्रधानमन्त्रीलाई नचाउने सियो धागो माओवादीको हातमा थियो, भुल गरेँ - उनीहरुसित गोप्य सम्झौता गरे ....लाचार छु आफ्नै कृयाकलापबाट .... भन्दै थिए, भीडबाट 'तिमी बस, तिमी बस' को आवाज चर्किन थाल्यो । उनी बिस्तारै मेचमा गएर बसे ।  
 
 
 
यता मेचमा वसेका प्रचण्ड जुरुक्क उठे । उनले भने, तपाईहरुले सबै कुरा सुन्नु भयो । हामीले जे- जति तपाईहरुको अगाडि आज भन्यौ त्यसमा फट्याई छैन, विश्वास गर्नुहोस् र फैसला पनि गर्नुहोस् 'मर्ूख को -' "म सँधै ढाटिरहने 'मुख' म ढाट्छु र मेरो स्वभावै 'ढाँट' हो भन्ने थाहा पाएर पनि सँधै मेरो कुरा पत्याएर मेरोपछि लाग्ने र मसित वार्तामा बस्नेहरु 'मर्ुख' तपाई जनताले नै आज मनमा कुनै आश र त्राश नराखी भन्दिनु पर्‍यो, भन्नुहोस्...।" यति भनि प्रचण्ड चुप लागे ।  
 
 
 
केहीवेर भीडमा सन्नाटा जस्तो भयो - अनि एक एक गरेर भीडबाट मानिस निस्कदै गए । फर्केका भीडबाट केही सुनिन्छ कि भन्दा 'मर्ूख' बारे त कसैको टिप्पणी सुनिएन तर पात्रहरुको बारे भने - निकै चर्चा सुनियो प्रचड वन्न र रामचन्द्र वन्नेले गरेको अभिनयले - साच्चिनै उनीहरु नै मञ्चमा आएका हुन कि जस्तो लाग्यो भन्नेहरु धेरै थिए । झलनाथको बारे चर्चा सुनिएन किनकि उनलाई धेरैले नेताको स्तरमा नै नलिएको जस्तो त्यहाँ पाइयो ।  
 
 
- म पनि त पत्रकार  

Posted on: 2011-Sep-7


POST YOUR COMMENTS

Please note that all the fields marked * are mandatory.

 
Note: Comments containing abusive words or slander shall not be published.


download

 

Interview

मोविलीटी र मुभमेन्ट बढाएर जिल्लाको सुरक्षा चुस्त दुरुस्त राखेका छौं, एसएसपी पोखरेल
एसएसपी पोखरेलका अनुसार ललितपुर जिल्लाभरीका सबै क्षेत्रमा प्रहरी परिसर समेत गरी ३८ वटा, वृत्त र प्रभागहरु रहेका छन् ।
Full Story


TECHNOLOGYSCIENCEAnautho SansarECONOMYEditorialINDUSTRYCRIMEBankingAGRICULTURELITERATUREPERSONALITYMANAAB DHARMABOOKANALYSISPOLITICSEDUCATIONBEEMAKHOJBOLLYWOODBUSINESSSAARC SUMMITBeauty tipsNEWSCOVER STORYREPORTBICHAR ARTICLESBANK-BANKERSPRABASENTERTAINMENTOUR SOCIETYHEALTHSPORTSOTHER FEATURESOFF THE BEAT
INTRODUCTIONEDITORIALBACKGROUNDFEATURES OBJECTIVES PROGRAM FUTURE PLAN ORGANIZATIONAL STRUCTURE OUR FAMILYCAREER WITH US
All rights reserved. 2011. yuwa hunkar