15 May
Wed

“Journalism for the Nation”. Nation and its people are the priority for Hunkar.

५ सयमा फुल हेलमेट

19 - Jul-2011, Posted by: Yuwahunkar   |   COMMENTS: 0

पाठाको मुल्यमा पल्सर पाईने काभ्रेका गाँउहरुमा पछिल्लो समयमा चोरीका हेलमेटको व्यापारले प्रशय पाएको छ । स्रोतका अनुसार काभ्रेका गाँउघरमा मोटरर्साईकलको सट्टा हेलमेट व्यापार बढेको छ । चोरीका मोटरसाइकल सँगै आएका सयौका संख्यामा थन्किएका हेलमेटको व्यापारमा मोटरर्साईकल चोर गिरोहका सदस्यहरु लागि परेर लागेका छन् । पछिल्लो समयमा चोरीका मोटरर्साईकल नियन्त्रणमा प्रहरीले विशेष गस्ती बढाए पछि जिल्लाका विभिन्न गाउँ विकास समितिहरुमा चोरीका हेलमेट व्यापारमा वृद्धि भएको हो ।

 

 

मोटरर्साईकल चोरी गरेर भाग्दा अनुहार देख्ने डरमा मोटरर्साईकल चोर्ने गिरोहले फुल हेलमट प्रयोग गर्ने गरेका थिए । गाँउगाँउबाट प्रहरीले चोरीका मोटरर्साईकललाई पर्ूण्ा नियन्त्रणमा लिएपछि राम्रा मूल्यका हेलमेट गाइ गोठमा थन्किएका थिए । मोटरर्साईकल चोरी गर्न छाडेर सामान्य जीवनयापन गरिरहेका पनि गोठमा थन्किएका हेलमेटलाई कसरी व्यवस्थापन गर्ने भन्ने चिन्तामा परेका छन् । लाखौ मुल्यका मोटरर्साईकललाई सस्तोमा बिक्री गर्ने गिरोहहरुले फुल हेलमेट पनि सस्तैमा बिक्री गर्ने गरेका छन् । हेलमेटका लागि उनिहरुले न्युनतम् २ सयदेखि अधिकतम ५ सयसम्म मूल्य निर्धारण गरेको स्रोतको दाबी छ । 

 

 
चोरीका मोटरर्साईकलमा प्रयोग भएका हेलमेटको माग बढेपछि गिरोहहरु एकाएक हेलमेट संकलनमा लागेका छन् । उनिहरुले दैनिक १० वटासम्म हेलमेट बिक्री गर्ने गरेको समाचार स्रोतको दावी छ । पछिल्लो समयमा सिन्धुपाल्चोकबाट हेलमेटको माग बढेपछि चौतारा र मेलम्चीमा पनि हेलमेट सप्लाई हुने गरेको स्रोतको दाबी छ । त्यसको अलावा काभ्रेका बनेपा, पनौती र धुलिखेलमा पनि हेलमेट सप्लाई हुने गरेको दावी समाचार स्रोतको छ । काभ्रेका गाँउहरुमा पछिल्लो समयमा हेलमेटको व्यापारमा वृद्धि भएपछि आम्दानीको प्रमुख स्रोत गिरोहहरुले बनाएको स्रोतको दावी छ । स्रोतका अनुसार जिल्लाको अनैकोटमा हेलमेटको गोदाम छ ।      
काभ्रेका कवाड पसलहरुमा पनि चोरीका मोटरर्साईकलहरु बिक्री वितरण हुने समाचार स्रोतको दावी छ । बनेपाका अधिकांश कवाड पसलहरुमा मोटरर्साईकलका पार्टहरु ठुलै परिमाणमा भएको स्रोतको दावी छ । काभ्रेका गाउँबाट चल्नै नसक्ने अवस्थाका मोटरर्साईकलहरु सस्तोमा कवाडले किन्ने गरेका छन् ।      केशव पौडेल, काभ्रे  

Posted on: 2011-Jul-19


POST YOUR COMMENTS

Please note that all the fields marked * are mandatory.

 
Note: Comments containing abusive words or slander shall not be published.


download

 

Interview

मोविलीटी र मुभमेन्ट बढाएर जिल्लाको सुरक्षा चुस्त दुरुस्त राखेका छौं, एसएसपी पोखरेल
एसएसपी पोखरेलका अनुसार ललितपुर जिल्लाभरीका सबै क्षेत्रमा प्रहरी परिसर समेत गरी ३८ वटा, वृत्त र प्रभागहरु रहेका छन् ।
Full Story


TECHNOLOGYSCIENCEAnautho SansarECONOMYEditorialINDUSTRYCRIMEBankingAGRICULTURELITERATUREPERSONALITYMANAAB DHARMABOOKANALYSISPOLITICSEDUCATIONBEEMAKHOJBOLLYWOODBUSINESSSAARC SUMMITBeauty tipsNEWSCOVER STORYREPORTBICHAR ARTICLESBANK-BANKERSPRABASENTERTAINMENTOUR SOCIETYHEALTHSPORTSOTHER FEATURESOFF THE BEAT
INTRODUCTIONEDITORIALBACKGROUNDFEATURES OBJECTIVES PROGRAM FUTURE PLAN ORGANIZATIONAL STRUCTURE OUR FAMILYCAREER WITH US
All rights reserved. 2011. yuwa hunkar