चुरोट र रक्सी बोकेर विद्यालय जानेलाई पुरस्कार !
24 - Jun-2011, Posted by: Yuwahunkar | COMMENTS: 0
कुनै पनि विद्यालयले आफ्ना विद्यार्थीलाई विद्यालयबाट घर फर्कंदा भोलिपल्ट गृहकार्य गरेर आउन अह्राउने गर्छन्, तर पर्वतको चित्रे गाविसमा अवस्थित एक विद्यालयले भने आफ्ना छात्रछात्रालाई गृहकार्यसँगै घरमा भएका चुरोट र रक्सी बोकेर आउन अनुरोध गर्ने गरेको छ ।
शिक्षकको आज्ञाअनुसार छात्रछात्रा पनि घरमा भेटेजति चुरोट र रक्सी बोकेर विद्यालय जाने गरेका छन् । तर, उनीहरुले कसैको लत मेटाउन भने यसो गरेका होइनन् ।
जिल्लाकै नमुना विद्यालयका रुपमा चिनिएको पञ्चकोसी माध्यमिक विद्यालयले बालबालिकाका आमाबाबुले प्रयोग गर्ने चुरोट तथा मदिराजन्य पदार्थ विद्यालय पुर्याउने विद्यार्थीलाई पुरस्कार दिने भएपछि उनीहरुले यस्तो गर्ने गरेका हुन् ।
विद्यालयले गाउँलाई धूमपान तथा मद्यपान निषेधित क्षेत्र बनाउनका लागि यस्तो अभियान सुरु गरेको हो । धूमपान र मद्यपानले बालबालिकामा समेत सिको गर्ने नराम्रो बानी बस्ने खतराले गर्दा पुरस्कारै स्थापना गरेर अभियानको थालनी गरेको शिक्षक मधुसुधन अधिकारीले बताउनुभयो ।
‘अभिभावकले बालबालिकाको अगाडि बसेर धूमपान, मद्यपान गर्दा त्यसको सिको बालबाच्चले पनि गरेको पायौँ’ अधिकारीले भन्नुभयो- ‘त्यसको विकल्पमा बालबच्चालाइ नै सक्रिय बनाएर नियन्त्रण अभियानमा लागेका हौँ ।’
मद्यपान र धूमपानका सामग्री विद्यालय लिएर जाने विद्यार्थीलाई त्यति नै मूल्यबराबरको नगद पुरस्कार विद्यालयले दिने गरेको अधिकारीले बताउनुभयो ।
अधिकारीका अनुसार यस्तो अभिायन सुरु गरेपछि विद्यालयमा एक डाली खैनी, चुरोट, बिँडी जम्मा भएको छ । रक्सीको विषयमा भने प्रभावकारी कार्यान्वयन हुन नसकेको उहाँले बताउनुभयो । यो अभियान सुरु गरिएपछि ४६ घरधुरी रहेको चित्रेमा धूमपान र मद्यपान गर्ने अभिभावकको सङ्ख्यासमेत घटेको छ ।
विद्यालयको उक्त अभियान र नातिनातिनाले गर्ने दुव्र्यबहारका कारण लामो समयदेखिको आफ्नो लत नै छाड्न बाध्य भएको स्थानीय एक वृद्ध अभिभावक अगन्धर चापागाईंले बताए ।
यस्तो अभियानमा विद्यार्थीको हौसला पनि उत्तिकै रहेको विद्यालयले जनाएको छ । विद्यालयको स्याबासी पाउनकै लागि भए पनि अभिभावकले खाने गरेको चुरोट, बिँडी उनीहरुले थाहा नपाउने गरी विद्यालय लैजाने गरेको सो विद्यालयकी छात्रा अमृता पौडेलले बताइन् । रासस
Posted on: 2011-Jun-24
Posted on: 2011-Jun-24
Interview
मोविलीटी र मुभमेन्ट बढाएर जिल्लाको सुरक्षा चुस्त दुरुस्त राखेका छौं, एसएसपी पोखरेल
एसएसपी पोखरेलका अनुसार
ललितपुर जिल्लाभरीका सबै
क्षेत्रमा प्रहरी परिसर समेत
गरी ३८ वटा, वृत्त र
प्रभागहरु रहेका छन् ।
Full Story