27 Apr
Sat

“Journalism for the Nation”. Nation and its people are the priority for Hunkar.

नाँच्न नजान्ने आँगन टेडो

24 - Jun-2011, Posted by: Yuwahunkar   |   COMMENTS: 0

कुनै पनि देशको व्यवस्थामा परिवर्तन तव मात्र आउन सक्दछ जवकि त्यस देशका परिवर्तनका वाहक कहलाउने राजनैतिक नेताहरुले आफ्नो चरित्रमा परिवर्तन ल्याउन सक्दछन् ।   
 
नेपालको सर्न्दर्भमा विचार गर्दा आज स्वयं घोषित नेताहरुको कारण देशमा परिवर्तनले उल्टो हावा ल्याएको जनतामा अनुभव हुन थालेको पाइन्छ । जनता आफ्नो सादा र स्वच्छ जीवनमा आफ्नो शान्त समाजमा न चाहिँदो बबण्डर उठेको अनुभव गर्न थालिरहेको छ । परिवर्तनका वाहक नेताहरुको अल्पवुद्धि र पदलोलुपता र देखेको अनुभव, सून्य ज्ञानले गर्दा आज देश कहालिलाग्दो भिरतिर धकेलिदो छ । कुन बेला कहाँनिर पुगेर गुल्टने हो कल्पना गर्दा पनि कहाली लाग्दछ । तर हाम्रा राजनैतिक नेताहरु छन्, राष्ट्रको यस्तो अवस्थातिर फर्केर पनि हेरिरहेका छैनन् । पद, सम्मान र अर्थलोलुपतामा मरिमेट्ने, यी अपसी तँतँ र मममा लागेर राष्ट्रिय स्वार्थमा यिनै खेलवाड गरिरहेका छन् । यता त जनता यी नेताहरु  भारतीय सिनेजगतले देखाउने अपराधी, हत्यारा, डाँका, लफंगा पाल्ने राजनैतिक नेताहरुको चरित्रलाई त आदर्श मानेर त्यतै हिडिरहेका त छैनन् जनतामा शंका गर्ने स्थितिमा पुगेका छन् ।   
 
हैन भने आज भोलि देशमा व्याप्त हिंसा, अपरहण, लुट र बलजफ्ती, स्त्री हिंसा आदिका अपराधीलाई राजनैतिक संरक्षण कहाँबाट भैरहेको छ - किन देशमा प्रतिदिन हिंसा र अपहरण काण्डमा बृद्धि हुन गएको छ, यस दिशामा कुन राजनैतिक पार्टर्ीी, कुन नेताले चिन्ता लिएको छ ! विहान कार्यालय गएको पति साँझ र्फकने हो हैन - विहान स्कुल गएका छोराछोरी सकुशल, समयमा घर र्फकन्छन्, र्फकनन् निश्चित भन्न नसक्ने स्थिति छ, राजधानीको । तर पनि राजनैतिक नेताहरु छन् - तँ कि म मा नै अल्झेर देशलाई एउटा दरिलो शासनसम्म पनि दिन सक्दैनन् । 'अहिल्लै मन्त्रीमण्डल बन्छ, सहमतिमा पुग्यौं, पर्सर्ीीममा जनताले नयाँ मन्त्रिमण्डल पाउँछन्' भन्दै जनतालाई प्रतिदिन जसो झुक्याउँछौ अनि भन्छौ विदेशी चलखेलले गर्दा मन्त्रिमण्डल बन्न सकेन ... ! मन्त्रीहरु हामी चयन गर्न सक्दैनौ दोष दिन्छौ विदेशीलाई । 'मलाई प्रधानमन्त्री बन्न भारतले दिएन' भनेर निर्लज्जतापर्ूवक भन्दछौ । 'नाँच्न नजान्ने आँगन टेडो' भनेझै आफ्नो स्वतन्त्रताको र र्सार्वभौमिकताको समेत हामी हर्ुमत लिन्छौ - नेपालको मन्त्रिमण्डल विदेशीले बनाउँछ - प्रधानमन्त्री विदेशीले छान्छ भने जस्तो कुरा र्सार्वजनिक स्थलहरुमा गर्दै हिडेर । नेपालीको पसिनाको आर्जन - फूपूको श्राद्धमा लगाएझै गरेर संविधानसभाको नाममा विनाकुनै परिश्रम म्याद बढाउँदै खाँदै गर्न पल्केकाहरु संविधान बन्न नसकेको दोष विदेशीतिर फाल्छन् नेपाली मात्रको इज्जत र प्रतिष्ठाको ख्यालै नगरी ।   
 
देशको शान्तिसुरक्षा दिनपरदिन खस्कदै गएको मात्र हैन हत्या, वलात्कार, अपहरण र ठगीले दिनौदिन नयाँ रुप लिएर बढीरहेको छ - प्रशासन पंगु जस्तो बनेको छ । तर, नेताहरु भागवण्डामै अल्भिmएर एउटा दरो प्रशासन समेत दिन सकिरहेका छैनन् । जनतामा खासखुस चर्चा हुन थालीसकेको छ - हाम्रा नेताहरुले भारतीय सिने जगतमा देखाइने राजनीतिक नेताहरुको चरित्रलाई त यहाँ यथार्थ जीवनमा अभ्यास गर्न थालेका हैनन्, अन्यथा तीन-तीन देशको नागरिकता बोक्ने नेपालका मन्त्रिमण्डलमा पाइनु- रातोपासपोर्टको व्यापारमा सांसदहरु लाग्नु, चोरीका गाडीहरु नम्बर फेरेर चढ्नु, साधारण घटना हैन, अपराध नै हो । यसले गर्दा देशको अपराध क्षेत्र पनि आफूलाई मुक्त ठान्न थालेको छ र जनता निरीह बनेको छ । दण्डहीनताको स्थितिले समाज खलबलिन थालिसकेको छ । तर पनि कुनै नेताले आफूतिर फर्केको नदेख्ने नेपाली समाज प्रश्न गर्न अघि र्सन थालेको छ, 'तिमीहरु सत्ता मोह छोडेर आपसमा छिर्की हान्ने दाउबाट अलग होउ त कहाँनिर विदेशीले चलखेल गर्ने ठाउँ पाउँदो रहेछ - म ठूलो, मेरो दल ठूलो बडे भाग मलाई हुनर्ुपर्दछ भन्ने निम्नकोटीको सोचलाई, जनतालाई केही दिनु छ भन्ने सम्झेर विर्सिदेउ त कहाँनिर कसरी हुँदोरहेछ विदेशी हस्तक्षेप र कहाँनिरबाट यो छिर्दोरहेछ !  
 
करोडौ- नेपालीको आवाजमा, शयौ शहीदहरुको लाशमा, पाँच वर्षअघि आयो भनिएको लोकतन्त्रको प्रभातको किरणसम्म पनि नेपाली जनताले अनुभव गर्न पाएका छैनन् । नेताहरुले यसलाई आफैमा -औपचारीकता मै सीमित गरेका छन्, नेपाली जनता त्यति टाढा छ आज लोकतन्त्रबाट । धेरैलाई लोकतन्त्र भनेको हतियारधारी र मुसण्डले जे गरेपनि हुने हो कि - सबैले पेस्तोल र घातक हतियार लिएर लुट्न सकेजति लुट्न पाउने अवस्था होकि भन्ने पनि पर्न थालेको छ । दण्डहीनताको सरकारी नीतिले । र पनि नेताहरु इमान्दारी देखाइ इशारामात्र गरुन, बताउन, नेपालको आफ्नो घरेलु राजनीतिमा कहाँनिर विदेशी काँडा अड्कन खोजेको छ, नेपाली जनता त्यस्तो डाँडालाई उखेलेरै दम लिनेछ, आफ्ना नेताहरुलाई काँधमा बोकेर हिड्नेछ ।   
 
बलले, वुद्धिले र परेमा जीवनै लगाएर पनि त्यस्ता काँडा पञ्छाउन पछि पर्ने छैन । तर, यो त उही आजै हुन्छ, भोलि त पक्का, हर्ेर्नुहोस्, सव कुरा मिली सक्यो तीन दिनमा मिलेर देखाइदिन्छौ- भने जस्तै जनतालाई झुक्याउन लगाउँदै आएको धोकाले भरिएको नारा हो भने यस्तो अर्थनवर्थको नाराले भोलि देशलाई अर्को खाडलतिर नधकेल्ला भन्न सकिन्न । यदि त्यस्तो स्थिति पर्न आयो भने कुन चाहि नेतासित त्यो वुद्धि र विवेक छ जस्ले त्यस्तो स्थितिलाई सम्हाल्न सकोस् - जनभावना भड्काएर जनताको साथ पाउने नेताहरु इतिहासमा धेरै पाइन्छन् तर भडकेको जनभावनालाई सही दिशामा डोर्‍याउन नसकेर आफ्नो-मेरो भन्ने अस्तित्व नै गुमाएका, गुमाउन पुगेका पनि इतिहासका पानाहरुमा उत्तिकै छन् । यसैले नेताहरुले बोल्दा आफूलाई संयममा राखेर बोल्नु पर्दछ । 'वाघ आयो वाघ आयो' भनी तमाशा रच्ने भेँडा गोठालोको स्थितिमा नेताहरु र भेँडी गोठको स्थितिमा देश नपुग्दै यस्ता घातक हुन सक्ने नारा माथि राजनीतिक नेताहरुबाट विचार पुर्‍याइनु पर्दछ ।  

Posted on: 2011-Jun-24

POST YOUR COMMENTS

Please note that all the fields marked * are mandatory.

 
Note: Comments containing abusive words or slander shall not be published.


download

 

Interview

मोविलीटी र मुभमेन्ट बढाएर जिल्लाको सुरक्षा चुस्त दुरुस्त राखेका छौं, एसएसपी पोखरेल
एसएसपी पोखरेलका अनुसार ललितपुर जिल्लाभरीका सबै क्षेत्रमा प्रहरी परिसर समेत गरी ३८ वटा, वृत्त र प्रभागहरु रहेका छन् ।
Full Story


TECHNOLOGYSCIENCEAnautho SansarECONOMYEditorialINDUSTRYCRIMEBankingAGRICULTURELITERATUREPERSONALITYMANAAB DHARMABOOKANALYSISPOLITICSEDUCATIONBEEMAKHOJBOLLYWOODBUSINESSSAARC SUMMITBeauty tipsNEWSCOVER STORYREPORTBICHAR ARTICLESBANK-BANKERSPRABASENTERTAINMENTOUR SOCIETYHEALTHSPORTSOTHER FEATURESOFF THE BEAT
INTRODUCTIONEDITORIALBACKGROUNDFEATURES OBJECTIVES PROGRAM FUTURE PLAN ORGANIZATIONAL STRUCTURE OUR FAMILYCAREER WITH US
All rights reserved. 2011. yuwa hunkar