28 Apr
Sun

“Journalism for the Nation”. Nation and its people are the priority for Hunkar.

थोते हुनुहोला है ! बेलैमा बिचार पुर्‍याउनुहोस्

24 - Jun-2011, Posted by: Yuwahunkar   |   COMMENTS: 0

तपाईं वा तपाईंका बालबालिकाको दाँत कीराले खाने गरेको छ ? दाँतमा कीरा लाग्नु अधिकांश नेपालीको समस्या हो । तथ्यांक अनुसार नेपालका १ सयमध्ये ६३ बालबालिकाको दाँत कीराले खाएको छ । १ सयमध्ये ५७ जना वयस्क नेपालीलाई समेत यो समस्याले पिरोलेको छ । तर यो तथ्यांक सात वर्षअघिको हो । अहिले यो संख्या निश्चित रूपमा अझै बढेको छ । 

 

 
यसको सामान्य उदाहरण भारतमा हालै गरिएको सर्वेक्षणको आरम्भिक नतिजाले देखाएको छ । भारतका ७० प्रतिशत बालबालिका र ९० प्रतिशत वयस्क दाँतसम्बन्धी कुनै न कुनै समस्याले ग्रस्त छन् । सहरी क्षेत्रका बासिन्दालाई दाँतमा कीरा लाग्ने समस्याले हैरान पारेको छ भने ग्रामीण क्षेत्रमा गिजाको समस्याले दुःख दिने गरेको छ ।  

 

 
सहरिया बासिन्दाका दाँतमा कीरा लाग्नुको मुख्य कारण हो, फास्ट फुडको बढ्दो प्रचलन । फास्ट फुडका कण दाँतमा गएर टाँसिन्छन्, कीटाणु उत्पन्न हुन्छ, अनि दाँतमा क्षति पुग्न थाल्छ ।

 

 
चिकित्सकहरुका अनुसार खानपान र दाँतको सफाइप्रतिको लापरबाहीले समस्या उत्पन्न गरिरहेको छ । थुप्रै वयस्क र बालबालिका दाँतमा क्यारिज (कीरा लाग्नु) को चपेटामा फसिरहेका छन् । दाँत सफा नराख्नाले मुखमा अन्न कण बाँकी रहन्छन् । यसले गर्दा ब्याक्टेरिया बढ्दै जान्छन् र ल्याक्टिक एसिड बन्छ । यो अम्लले दाँतको बलियो खोल अर्थात् इनामेल क्षय गर्दै बिस्तारै प्वाल बनाउँछ ।

 

 
दाँतमा प्वाल हुनुको मुख्य कारण हो मुखमा बन्ने अम्ल । खाना खाएपछि कुल्ला वा ब्रस नगर्दा मुखमा बाँकी रहेका अन्नकण (मुख्यतः गुलियो र स्टार्च) लाई २० मिनेटभित्रै ब्याक्टेरियाले अम्लमा परिवर्तन गर्छ ।

 

 
ब्याक्टेरियाका कारण उत्पन्न यो अम्लले मुखको र्‍यालसँग मिलेर टाँसिने पदार्थ (प्लाक) बनाउँछ । प्लाक दाँतमा टाँसिन्छ । धेरै दिनसम्म दाँतको सफाइ नभए प्लाक कडा भएर टार्टर बन्छ । टार्टरले दाँत र गिजालाई बिगार्न थाल्छ । डा. मिश्रका अनुसार प्लाकको ब्याक्टेरियाले दाँतमा प्वाल बनाएपछि यसैलाई दाँतमा कीरा लाग्नु भनिन्छ ।

 

 
दाँतमा कीरा लाग्नबाट बच्ने मुख्य उपाय भने बिहान जस्तै राति सुत्ने बेलामा समेत राम्ररी ब्रस गर्नु हो । गुलियो र स्टार्चजस्ता वस्तुको कम सेवन गर्नुको साथै यस्ता खाद्य पदार्थ सेवन गरेपछि अनिवार्य रूपमा कुल्ला वा ब्रस गर्नुपर्छ ।

 

 
दाँतमा कालो खैरो दाग देखिन थाले, दाँतमा खाना अडकन थाले, चिसो वा तातो खाँदा दाँत सिरिङ्ङ गर्न थाले दाँत प्वाल परेको हुन सक्छ । 'यस्तो लक्षण देखिनासाथ चिकित्सककहाँ पुग्नुपर्छ,' मिश्र भन्छन् । सुरुवाती चरणमै ध्यान दिँदा दाँतमा प्वाल पर्न रोकिन सक्छ ।

 

 
दाँतमा पीडा हुन थाल्यो भने तत्कालका लागि चिकित्सकको सल्लाहअनुसार प्यारासिटामोल, एस्पि्रन, इबो ब्रुफेन जस्ता पेनकिलर टयाबलेट लिन सकिन्छ । ल्वाङको तेल प्वालमा लगाउनाले समेत तत्कालका लागि आराम पाउन सकिन्छ । यसपछि दन्त चिकित्सकको सल्लाहमा दाँतको प्वाल भर्नु (फिलिङ गर्नु) पर्छ ।  


Posted on: 2011-Jun-24


POST YOUR COMMENTS

Please note that all the fields marked * are mandatory.

 
Note: Comments containing abusive words or slander shall not be published.


download

 

Interview

मोविलीटी र मुभमेन्ट बढाएर जिल्लाको सुरक्षा चुस्त दुरुस्त राखेका छौं, एसएसपी पोखरेल
एसएसपी पोखरेलका अनुसार ललितपुर जिल्लाभरीका सबै क्षेत्रमा प्रहरी परिसर समेत गरी ३८ वटा, वृत्त र प्रभागहरु रहेका छन् ।
Full Story


TECHNOLOGYSCIENCEAnautho SansarECONOMYEditorialINDUSTRYCRIMEBankingAGRICULTURELITERATUREPERSONALITYMANAAB DHARMABOOKANALYSISPOLITICSEDUCATIONBEEMAKHOJBOLLYWOODBUSINESSSAARC SUMMITBeauty tipsNEWSCOVER STORYREPORTBICHAR ARTICLESBANK-BANKERSPRABASENTERTAINMENTOUR SOCIETYHEALTHSPORTSOTHER FEATURESOFF THE BEAT
INTRODUCTIONEDITORIALBACKGROUNDFEATURES OBJECTIVES PROGRAM FUTURE PLAN ORGANIZATIONAL STRUCTURE OUR FAMILYCAREER WITH US
All rights reserved. 2011. yuwa hunkar