16 May
Thu

“Journalism for the Nation”. Nation and its people are the priority for Hunkar.

थप २० जिल्लाबाट एमआरपी दिइने

23 - Jun-2011, Posted by: Yuwahunkar   |   COMMENTS: 0

 जेठ २७, काठमाडौं, सरकारले थप २० जिल्लाबाट मेसिन रिडेवल पासपोर्ट ९एमआरपी० वितरण गर्ने भएको छ।
    परराष्ट्र र गृह मन्त्रालयको संयुक्त पहलमा आगामी आर्थिक वर्ष ०६८र०६९ को पहिलो तीन महिना साउन, भदौ र असोजमा २० जिल्ला प्रशासन कार्यालयबाट एमआरपी वितरण गर्न लागिएको हो।    अहिले काठमाडौं उपत्यकाबाट वितरण हुँदै आएको एमआरपी लिँदा सर्वसाधरणले ठूलो सास्ती खेप्दै आएका छन्। एमआरपीको केन्द्रिकृत वितरण हुँदा मध्यरातदेखि सर्वसाधारण परराष्ट्र परिसरमा लामबद्ध हुने गरेका छन्। परराष्ट्र र गृह मन्त्रालयबीच सहमति बनेपछि तीन चरणमा राजधानी बाहिरका २० जिल्लाबाट वितरण गरिने भएको हो।   साउन महिनामा पाँच वटा जिल्लाबाट एमआरपीको लागि आवश्यक फाराम बुझ्ने र वितरण कार्य सुरु गरिने छ। साउन महिनाबाट एमआरपी वितरण गरिने जिल्लामा मोरङ, बाँके, कास्की, रुपन्देही र चितवन रहेका छन्। एमआरपी वितरण गर्ने जिल्ला प्रशासन कार्यालयले सर्वसाधरणको फाराम बुझेर परराष्ट्र मन्त्रालय ल्याउने र एमआरपी बनेपछि जिल्लामा लगि वितरण गर्ने छन्।   दोस्रो चरण अन्तर्रगत भदौ महिनामा १० जिल्ला प्रशासन कार्यालयले एमआरपी वितरण गर्नेछन् भने तेस्रो चरण अन्तर्रगत असोजमा थप ५ जिल्लाबाट। दोस्रो र तेस्रो चरणमा एमआरपी वितरण गरिने जिल्लाको छनौट कार्य भइरहेको छ। परराष्ट्र स्रोतका अनुसार २० जिल्लाबाट हुने वितरणको मूल्याङ्कन गरी यसको आधारमा अन्य जिल्लाबाट पनि एमआरपी वितरण सुरु गरिने छ।   परराष्ट्रले आर्थिक वर्ष ०६८र०६९ भित्र ७५ वटै जिल्लाबाट एमआरपी वितरण गर्ने योजना बनाएको छ।  

Posted on: 2011-Jun-23


POST YOUR COMMENTS

Please note that all the fields marked * are mandatory.

 
Note: Comments containing abusive words or slander shall not be published.


download

 

Interview

मोविलीटी र मुभमेन्ट बढाएर जिल्लाको सुरक्षा चुस्त दुरुस्त राखेका छौं, एसएसपी पोखरेल
एसएसपी पोखरेलका अनुसार ललितपुर जिल्लाभरीका सबै क्षेत्रमा प्रहरी परिसर समेत गरी ३८ वटा, वृत्त र प्रभागहरु रहेका छन् ।
Full Story


TECHNOLOGYSCIENCEAnautho SansarECONOMYEditorialINDUSTRYCRIMEBankingAGRICULTURELITERATUREPERSONALITYMANAAB DHARMABOOKANALYSISPOLITICSEDUCATIONBEEMAKHOJBOLLYWOODBUSINESSSAARC SUMMITBeauty tipsNEWSCOVER STORYREPORTBICHAR ARTICLESBANK-BANKERSPRABASENTERTAINMENTOUR SOCIETYHEALTHSPORTSOTHER FEATURESOFF THE BEAT
INTRODUCTIONEDITORIALBACKGROUNDFEATURES OBJECTIVES PROGRAM FUTURE PLAN ORGANIZATIONAL STRUCTURE OUR FAMILYCAREER WITH US
All rights reserved. 2011. yuwa hunkar