15 May
Wed

“Journalism for the Nation”. Nation and its people are the priority for Hunkar.

९ सयले एकैपटक रुखलाई अङ्गालो मारे

23 - Jun-2011, Posted by: Yuwahunkar   |   COMMENTS: 0

 जेठ २२, काठमाडौं । गिनिज बुक अफ वर्ल्ड रेकर्डसमा नाम लेखाउन आइतबार राजधानीमा झण्डै ९ सयले एकैपटक रुखलाई अङ्गालो मारेका छन् ।

 
विश्व वातावरण दिवसको अवसरमा राष्ट्रिय सहिद तथा शान्ति पार्क गोकर्णमा ुरुखलाई अङ्गालो मारौं वातावरण जोगाऔंु भन्ने नाराका साथ ८ सय ७९ जनाले दुई मिनेट रुखलाई अङ्गालो मारेका हुन् । 

 
विभिन्न सङ्घसंस्था र विद्यालयका सहभागीले सहिद पार्क निर्माणस्थलको यज्ञडोल सामुदायिक वनको रुखलाई अङ्गालो मारेका थिए । झण्डै ९ सय मानिसले रुखलाई अङ्गालो मारी वातावरण जोगाउन गरेको आहृवानको दृष्य गिनिजबुक अफ वल्र्ड रेकर्डमा दर्ताका लागि पठाइने जानकारी पनि आयोजकहरूले दिए ।

 
कार्यक्रमको आयोजना पार्क, सेभ ट्री सेभ अर्थ, लभ्ली एञ्जेल्स स्कुल, स्कलर नेसनल म्यागेजिन र गिनिज इन्टरनेसनल एजुकेसनल फाउण्डेसनले संयुक्तरुपमा गरेका थिए ।

 
कार्यक्रममा मिस नेपाल-२०११ एवम् डब्लुडब्लुएफकी सदभावना राजदूत सदीक्षा श्रेष्ठ र गिनिज बुक अफ वल्र्ड रेकर्डसमा विश्वकै होचा व्यक्तिको नाम लेखाउन सफल खगेन्द्र थापामगरले पनि रुखलाई अङ्गालो मारी अभियानमा ऐक्यबद्धता जनाएका थिए ।

Posted on: 2011-Jun-23


POST YOUR COMMENTS

Please note that all the fields marked * are mandatory.

 
Note: Comments containing abusive words or slander shall not be published.


download

 

Interview

मोविलीटी र मुभमेन्ट बढाएर जिल्लाको सुरक्षा चुस्त दुरुस्त राखेका छौं, एसएसपी पोखरेल
एसएसपी पोखरेलका अनुसार ललितपुर जिल्लाभरीका सबै क्षेत्रमा प्रहरी परिसर समेत गरी ३८ वटा, वृत्त र प्रभागहरु रहेका छन् ।
Full Story


TECHNOLOGYSCIENCEAnautho SansarECONOMYEditorialINDUSTRYCRIMEBankingAGRICULTURELITERATUREPERSONALITYMANAAB DHARMABOOKANALYSISPOLITICSEDUCATIONBEEMAKHOJBOLLYWOODBUSINESSSAARC SUMMITBeauty tipsNEWSCOVER STORYREPORTBICHAR ARTICLESBANK-BANKERSPRABASENTERTAINMENTOUR SOCIETYHEALTHSPORTSOTHER FEATURESOFF THE BEAT
INTRODUCTIONEDITORIALBACKGROUNDFEATURES OBJECTIVES PROGRAM FUTURE PLAN ORGANIZATIONAL STRUCTURE OUR FAMILYCAREER WITH US
All rights reserved. 2011. yuwa hunkar