14 May
Tue

“Journalism for the Nation”. Nation and its people are the priority for Hunkar.

अख्तियारका सचिव काफ्लेलाई हटाउने तयारी

23 - Jun-2011, Posted by: Yuwahunkar   |   COMMENTS: 0
असार ९, काठमाडौं । सरकारले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका सचिव भगवती कुमार काफ्लेलाई हटाउने तयारी गरेको छ । 
  सुडान घोटाला प्रकरणमा अख्तियारले गरेको कामकारबाही विवादित भएको र काफ्ले आफैं यूएन पार्कको जग्गा व्यक्तिका नाममा दर्ता गरेको प्रकरणमा मुछिएकाले उनलाई हटाउन लागिएको हो ।    प्रधानमन्त्री झलनाथ खनालले छिट्टै आयुक्तहरू नियुक्त गरेर वा अर्को सचिव पठाएर भए पनि उनलाई स्थानान्तरण गर्ने तयारी गरिरहेको बताइएको छ । प्रधानमन्त्रीले संसद्को राज्यव्यवस्था समितिका सभापति रामनाथ ढकाललाई पनि अख्तियारका सम्बन्धमा दुईरतीन दिनभित्रै सार्थक परिणाम दिने प्रतिबद्धता व्यक्त गरेका छन् ।    समितिबाट पटक-पटक अख्तियारलगायत संवैधानिक निकायमा पदाधिकारी नियुक्तिका लागि निर्देशन दिँदा पनि कार्यान्वयन नभएकामा सभासदहरूले असन्तुष्टि जनाउँदै आएका छन् । सुडान प्रकरणमा राजनीतिक, प्रशासनिक नेतृत्वलाई उन्मुक्ति दिएको आरोप अख्तियारमाथि छ । 

Posted on: 2011-Jun-23

POST YOUR COMMENTS

Please note that all the fields marked * are mandatory.

 
Note: Comments containing abusive words or slander shall not be published.


download

 

Interview

मोविलीटी र मुभमेन्ट बढाएर जिल्लाको सुरक्षा चुस्त दुरुस्त राखेका छौं, एसएसपी पोखरेल
एसएसपी पोखरेलका अनुसार ललितपुर जिल्लाभरीका सबै क्षेत्रमा प्रहरी परिसर समेत गरी ३८ वटा, वृत्त र प्रभागहरु रहेका छन् ।
Full Story


TECHNOLOGYSCIENCEAnautho SansarECONOMYEditorialINDUSTRYCRIMEBankingAGRICULTURELITERATUREPERSONALITYMANAAB DHARMABOOKANALYSISPOLITICSEDUCATIONBEEMAKHOJBOLLYWOODBUSINESSSAARC SUMMITBeauty tipsNEWSCOVER STORYREPORTBICHAR ARTICLESBANK-BANKERSPRABASENTERTAINMENTOUR SOCIETYHEALTHSPORTSOTHER FEATURESOFF THE BEAT
INTRODUCTIONEDITORIALBACKGROUNDFEATURES OBJECTIVES PROGRAM FUTURE PLAN ORGANIZATIONAL STRUCTURE OUR FAMILYCAREER WITH US
All rights reserved. 2011. yuwa hunkar