28 Apr
Sun

“Journalism for the Nation”. Nation and its people are the priority for Hunkar.

पीडितभन्दा ठूलाबडा खुशी पार्ने ध्याउन्नमा ओम अस्पताल

23 - Jun-2011, Posted by: Yuwahunkar   |   COMMENTS: 0

निजी क्षेत्रको ओम अस्पतालले आफूसम्बद्ध चिकित्सकमाथि निरन्तर रुपमा विभिन्न लान्छना लगाइ डाक्टरको चरित्र हत्या गर्नेतर्फ साचारमाध्यमलगायत लागेको आरोप लगाएको छ ।

अस्पताल प्रशासनले शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गरी गत पुस ३ गते ग्यास्ट्रोसाइसिस रोगका कारण एक शिशुको मृत्यु भएको दाबी गर्दै अस्पताल प्रशासन र सम्बन्धित चिकित्सकप्रति निरन्तर रुपमा विभिन्न लान्छना लगाइएको भन्दै आपत्ति जनाएको हो । 

अस्पतालका प्रमुख एवं बरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टर भोला रिजालले ग्यास्ट्रोसाइसिस रोगका कारण शिशुको निधन भएको भन्दै उनका बाबुले वास्तविकता नबुझी तथ्य बङ्ग्याएर दुष्प्रचार गरेको आरोप लगाए । 'अस्पतालमा कार्यरत डाक्टरको नैतिक तथा पेशासंबन्धी चरित्रलाई अनुचित लान्छना लगाउने काम भएको छ'  उनले भने 'यो सरासर गलत हो ।'

गत पुस १ गते छोन्जोम डोल्मा लामाबाट जन्मिएको शिशुको ग्यास्ट्रोसाइसिस रोगका कारण पेटबाट आन्द्राभुडी बाहिर निस्किएर पुस ३ गते मृत्यु भएको अस्पतालको जिकिर छ । 

सिजरियन विधिबाट आमाको अप्रेशन गरेर बच्चालाई बाहिर निकाल्दा पहिले टाउको त्यसपछि घाँटी र विस्तारै छाती पेट र हातखुट्टा निस्कने अवस्था हुनेमा तथ्य बङ्ग्याएर डाक्टरको लापर्वाहीले पाठेघरमा रहेको बच्चाको पेट काटी आन्द्राभूडी बाहिर निस्केको भन्ने हचुवा र अवैज्ञानिक समाचार प्रकाशन/प्रशारण गराइएको डाक्टर रिजालको दाबी छ । 

शिशुलाई आमाको पेटबाट बाहिर निकाल्दा नै नाइटो छेउबाट आन्द्रा भँुडी बाहिर निस्किएको अस्पतालको दाबी छ । पत्रकार सम्मेलनमा अस्पतालले अधिकांश साचार गृहका प्रमुख तथा नाम चलेका व्यक्तिलाई बोलाएको थियो । तर, पीडित लामाका परिवारजनलाई भने बेवास्ता गरिएको थियो । गलत आरोप लगाएर चिकित्सा क्षेत्रलाई नै बद्नाम गर्न खोजेकाले पीडितलाई बोलाउनु जरुरी नठानिएको निर्देशक रिजालले बताए । 

अस्पतालले दृष्यसहित एकपक्षीय रुपमा केही साचारगृहका प्रमुख एवम् चिनिएका व्यक्तित्व सामु आफ्नो प्रष्टिकरण राखे पनि पीडित पक्षँलाई पूर्ण रुपमा बेवास्ता गरेकाले सन्तुष्ट हुने ठाउँ नरहेको उपस्थित केहीले बताए ।

 

उता, अझै आँखा नओभाएका पीडित परिवारजनले भने डाक्टरको लापर्वाहीले नै शिशुको मृत्यु भएको तर अस्पतालले सेवा सुधार्नतर्फ लाग्नुभन्दा पहुँच र बलमिच्याइँ प्रबृत्ति देखाएको आरोप लगाएका छन् ।


Posted on: 2011-Jun-23


POST YOUR COMMENTS

Please note that all the fields marked * are mandatory.

 
Note: Comments containing abusive words or slander shall not be published.


download

 

Interview

मोविलीटी र मुभमेन्ट बढाएर जिल्लाको सुरक्षा चुस्त दुरुस्त राखेका छौं, एसएसपी पोखरेल
एसएसपी पोखरेलका अनुसार ललितपुर जिल्लाभरीका सबै क्षेत्रमा प्रहरी परिसर समेत गरी ३८ वटा, वृत्त र प्रभागहरु रहेका छन् ।
Full Story


TECHNOLOGYSCIENCEAnautho SansarECONOMYEditorialINDUSTRYCRIMEBankingAGRICULTURELITERATUREPERSONALITYMANAAB DHARMABOOKANALYSISPOLITICSEDUCATIONBEEMAKHOJBOLLYWOODBUSINESSSAARC SUMMITBeauty tipsNEWSCOVER STORYREPORTBICHAR ARTICLESBANK-BANKERSPRABASENTERTAINMENTOUR SOCIETYHEALTHSPORTSOTHER FEATURESOFF THE BEAT
INTRODUCTIONEDITORIALBACKGROUNDFEATURES OBJECTIVES PROGRAM FUTURE PLAN ORGANIZATIONAL STRUCTURE OUR FAMILYCAREER WITH US
All rights reserved. 2011. yuwa hunkar