29 Apr
Mon

“Journalism for the Nation”. Nation and its people are the priority for Hunkar.

यौनजीवन र औषधि

23 - Jun-2011, Posted by: Yuwahunkar   |   COMMENTS: 0

प्रेम अभिव्यक्ति गर्ने सबैभन्दा राम्रो माध्यम यौन हो । पतिपत्नीको सम्बन्धको गहिराइ धेरै हदसम्म उनीहरूको यौनजीवनमा निर्भर हुन्छ । तर कतिपय समय आपसी सम्बन्ध राम्रो हुँदाहुँदै पनि यौनजीवन प्रभावित हुन्छ । अध्ययनहरूले यसो हुनुका विभिन्न कारण औंल्याएका छन् । कुनै कुनै अवस्थामा औषधि सेवनले समेत यौनजीवन प्रभावित हुने गरेको छ । मनोवैज्ञानिकहरूका अनुसार यस्ता धेरै औषधि छन्, जसको सेवनले यौनजीवनमा गहिरो असर पर्छ । विश्वकै विभिन्न ठाउँमा भएका यस्ता अध्ययनले कुनकुन औषधिले यौनजीवन प्रभावित गर्छन् भन्ने स्पष्ट पार्दै आएका छन् । यौनका लागि आवश्यक हार्मोन, शरीरको आवश्यकता र सन्देशलाई मस्तिष्कसम्म पुर्‍याउने तत्त्व डोपामाइन, सेरोटोनिन र यौनअंगबीच तालमेल आवश्यक हुन्छ । डोपामाइनले यौनक्रियालाई बढाउँछ, सेरोटोनिनले त्यसलाई कम गर्छ । औषधिले यी हार्मोनको स्तरमा परिवर्तन ल्याए कामेच्छा र कामशक्तिमा कमी आउँछ । तर तपाईंमा सधैं यौनसम्पर्कप्रति अरुचि जाग्नुमा औषधि नै कारक रहेको होला भन्ने बुभmनुहुँदैन । तपाईंलाई आफ्नो यौनजीवनमा परिवर्तन अनुभव थालेको छ भने औषधि बन्द गर्नुअघि चिकित्सकसँग सल्लाह लिन ढिलाइ गर्नुहुँदैन । यौनजीवनलाई प्रभावित गर्ने औषधि उच्च रक्तचापको औषधिले यौनजीवनलाई प्रभावित गर्न सक्छ । क्लोनिडिन, अल्फा मिथाइल डोपर, ग्वानेथिडिनजस्ता औषधिले कामेच्छामा कमी ल्याउँछन् । बिटास्पेन, अल्फाडोपा, डोपाजिटजस्ता रक्तचापका अन्य औषधिले समेत कामेच्छामा कमी ल्याउँछन् । रक्तचापको औषधि सेवनले शरीरमा प्रोलक्टिन नामक हार्मोनको मात्रा बढ्छ । यो हार्मोन पुरुषमा नपुंसकताको खतरा बढाउन जिम्मेवार मानिन्छ । हार्मोनसम्बन्धी औषधिले समेत यौनजीवन प्रभावित हुन्छ । एन्टी एन्ड्रोजोन औषधि (जस्तोः साइप्रोटोरान र किटोकोनोजोल) ले शरीरमा टेस्टोस्टेरोन हार्मोनमा कमी ल्याउँछन् । यसले सम्बन्धित पुरुष नपुंसकताको सिकार हुन्छ । थाइरोक्सिन औषधिको अनावश्यक उपयोगले पनि यौनेच्छा घटाउँछ । एन्ड्रोजोनको बढी मात्रा लिनाले कामेच्छामा कमी, वीर्यको मात्रामा कमीजस्ता समस्या उत्पन्न हुन्छन् । पीडानाशक औषधि पनि यौनेच्छा न्यून गर्न जिम्मेवार मानिन्छन् । यौनक्षमता बढाउने औषधि र पेनकिलर सँगसँगै सेवन गर्दा धेरै किसिमका साइड इफेक्ट हुन सक्छ । यसैले चिकित्सकको परामर्शबिना यस्तो औषधि लिनुहुँदैन । दममा उपयोग हुने औषधि -जस्तो : एफिडि्रन, इरब्युटालिन) ले सिम्पेथोमिमेटिक परिणाम देखाउँछन् । त्यसैले यिनको सेवनले पुरुषको लिंगमा तनाव कम हुन थाल्छ । अल्सरको उपचारमा उपयोग गरिने सिमेटिडिन, रेनिटिडिन, अल्टेकजस्ता औषधिको नियमित उपयोगले पनि त्यस्तै दुष्प्रभाव उत्पन्न हुन्छ । एन्टिडिप्रेसेन्ट अर्थात् अवसाद हटाउने औषधिको निरन्तर सेवनले समेत यौनेच्छा मर्दै जान्छ । निद्राका लागि उपयोग गरिने औषधि बेलियम, डाइजेपाम, कम्पोज तथा पीडानाशक माफिर्न र कोडिनजस्ता औषधिले समेत त्यस्तै परिणाम देखाउँछन् । विभिन्न अध्ययनले के सुझाव दिएका छन् भने तपाईंले नियमित रूपमा कुनै औषधि उपयोग गरिरहनुभएको छ र यौनजीवनमा परिवर्तन पनि अनुभव गरिरहनुभएको छ भने चिकित्सकसँग सल्लाह लिन ढिलो गर्नुहुँदैन ।


Posted on: 2011-Jun-23


POST YOUR COMMENTS

Please note that all the fields marked * are mandatory.

 
Note: Comments containing abusive words or slander shall not be published.


download

 

Interview

मोविलीटी र मुभमेन्ट बढाएर जिल्लाको सुरक्षा चुस्त दुरुस्त राखेका छौं, एसएसपी पोखरेल
एसएसपी पोखरेलका अनुसार ललितपुर जिल्लाभरीका सबै क्षेत्रमा प्रहरी परिसर समेत गरी ३८ वटा, वृत्त र प्रभागहरु रहेका छन् ।
Full Story


TECHNOLOGYSCIENCEAnautho SansarECONOMYEditorialINDUSTRYCRIMEBankingAGRICULTURELITERATUREPERSONALITYMANAAB DHARMABOOKANALYSISPOLITICSEDUCATIONBEEMAKHOJBOLLYWOODBUSINESSSAARC SUMMITBeauty tipsNEWSCOVER STORYREPORTBICHAR ARTICLESBANK-BANKERSPRABASENTERTAINMENTOUR SOCIETYHEALTHSPORTSOTHER FEATURESOFF THE BEAT
INTRODUCTIONEDITORIALBACKGROUNDFEATURES OBJECTIVES PROGRAM FUTURE PLAN ORGANIZATIONAL STRUCTURE OUR FAMILYCAREER WITH US
All rights reserved. 2011. yuwa hunkar