एक सय ६० वर्षो इतिहास प्रकाश नरसिंह अमात्य, सञ्चालक, हेमनरसिंहको पसल
मंगलबजारमा एक सय ६० वर्षपुरानो पसल देख्न पाइन्छ । जुन चारपुस्तादेखि निरन्तर सञ्चालनका छ, हेमनरसिंहको पसल । जसलाई जिजुबुबादेखि अहिले नातिले सञ्चालन गरिरहेका छन् ।
निरन्तर एक सय ६० वर्ष। आधुनिकीकरणसँगै पुस्तापिच्छे फरक व्यवसाय अँगाल्ने चलन छ । तर हेमनरसिंहको पसल भने छोरा, नाति, पनातीमा निरन्तर चलेको एउटै पसल हो । तर यसको प्रकृति भने फरक छ । यहाँ खासगरी वैदिक, धार्मिक सामग्रीहरु पाइन्छ । समयक्रमसँगै विभिन्न जडिबुटीहरु, चन्दन, समीजा आदि पाउनै मुश्किल पर्छ । तर यो पसलले यी सामग्रीहरुको जोहो गरेकै छ । माटाका भाँडाहरु वैदिक नियम अनुसार नै बनाउन दिइने सञ्चालक प्रकाशनरसिंह बताउँछन् ।
पिर्का, खडौ, चन्दन, खटिया, समीजा जन्मकर्मदेखि मृत्यर्ुपर्यन्त आवश्यक सामग्री पाइने पसलको रुपमा प्रख्यात छ, यो पसल ।

"पुजाका सामग्रीहरु लगायत गर्भाधारणदेखि मृत्यर्ुपर्यन्त आवश्यक सामग्री यहीं पाइन्छ," सञ्चालक प्रकाशनरसिंह भन्छन्, "मान्छे हराएको सय वर्षछि शवजस्तो बनाएर गरिने पर्ण्र्ाार पुजा विधिका सामग्रीहरु पनि हामीकहाँ पाइन्छ ।" पाटन कृष्णमन्दीर पछाडि रहेको एउटा ज्यूँदो इतिहास हो, हेमनरसिंहको पसल । पुजाका ९९ प्रतिशत सामग्री पाउने उनको दाबी छ ।
पसल वरपर दिनहुँ भीड हुन्छ, पुजा सामग्री, विवाह व्रतबन्ध या मृत्युपश्चात आवश्यक सामग्रीका लागि प्रायःसबै उनीकहाँ नै पुग्छन् । "हेमनरसिंह हाम्रो हजुरबुबा, उहाँले २०-२५ वर्षात्र यो पुल चलाउनुभयो । त्यसपछि बुबाहरुले नै चलाउनुभएको हो ।" प्रकाशनरसिंह भन्छन्, "बाल्यकालदेखि नै हाम्रो अधिकांश समय पसलमै बित्थ्यो ।" स्कुले जीवनमा पनि उनी विद्यालय समय बाहेक अन्य समय पसलमा बुबालाई सहयोग गरेरै बिताउँथे । आइएस्सी पछि उनले वाणिज्य शास्त्रमा स्नातक गरे अनि निरन्तरता दिए यही पसललाई ।
हेमनरसिंहको पसलको नामले कलकत्ता, पटना, मुर्म्बई लगायतका ठाउँबाट सामान आउँछ । रोपवेबाट टेकु भन्सार भएर भारतबाट सामग्री मगाउँथे, उनका बाबुले ।
मार्ट र डिपार्टमेन्टल स्टोरको अवधारणा नेपालमा लागू भैसकेको छ । तर हेमनरसिंहको पसलको रुप रंग र प्रकृति भने उही छ ।
"पहिला हामीकहाँ सबै वस्तुहरु विक्री गथ्यौं," उनी भन्छन्, "काठमाडौंका मूलपानी तथा उपत्यकाबाहिर तामाकोसी, रामेछाप, सिन्धुपाल्चोक हेलम्बु, धादिङ, नुवाकोट लगायतका जिल्लाबाट मानिसहरु आउँथे ।"
ललितपुरको अमात्य समुदाय हुन् उनी । चारपुस्ता देखिको व्यवसाय मात्र उनलाई थाहा छ । हेमनरसिंहका छोराहरु भक्तनरसिंह र सुवर्ण्र्ाासिंहले यसलाई निरन्तरता दिए ।
उनका ठूलाबाबु भक्तनरसिंह र पिता सुवर्ण्र्ाासिंह सधैं सँगै रहे । बाबु र ठूलाबाबुको मृत्युपछि मात्र छोराहरु अलग भएका हुन् । सुवर्ण्र्ाासिंहका एक्ला सन्तान हुन्- प्रकाश । ठूलाबाबुतिर भने तीन छोरा छन्, उनीहरु अहिले अमेरिकामा बसोबास गर्छन् ।
उनको पसलमा सिजनल ग्राहक मात्र छैनन् । खासगरी विवाहको समयमा अलि बढी नै बिक्री हुन्छ । नत्र सामान्य हरेक दिन उस्तै हुन्छ । पुस र चैत महिनामा अलि कम व्यापार हुन्छ ।
"नाफाका लागि काम गरेको छैन, चार पुस्ता यही पसलमा बितिसक्यो," उनी भन्छन्, "मैंले त यसको पहिचान जोगाइराख्नु छ ।" उनले पसलकै व्यस्तताले अन्य व्यवसाय गर्न पाएका छैनन् ।
हेमनरसिंहको पसलबाट पुजा सामग्रीको माग गर्दै लण्डन, अमेरिकामा बस्नेहरुले माग गर्ने गर्छन् । देशभित्रै पनि विभिन्न ठाउँमा ठूला-ठूला पुजाहरुमा उनकहाँ नै माग आउँछ ।
वर्षा एक-दुइ पटक उनीहरु गाउँघरमा जान्छन्, माटाका भाँडा बनाउनेलाई भेटेर अर्डर दिन्छन् । पुरातात्विक सामग्रीले भरिएजस्तो छ उनको पसल । यहाँ अब उनले "फास्ट प्याकेजिङ" को व्यवस्था गर्न लागेका छन् । दर्ुइ जना काम गर्ने मानिस पनि राखेका छन्, उनले अनि श्रीमान-श्रीमति पनि यही व्यवसायमा छन् ।
Posted on: 2011-Jun-3
Interview
मोविलीटी र मुभमेन्ट बढाएर जिल्लाको सुरक्षा चुस्त दुरुस्त राखेका छौं, एसएसपी पोखरेल
एसएसपी पोखरेलका अनुसार
ललितपुर जिल्लाभरीका सबै
क्षेत्रमा प्रहरी परिसर समेत
गरी ३८ वटा, वृत्त र
प्रभागहरु रहेका छन् ।
Full Story