18 May
Sat

“Journalism for the Nation”. Nation and its people are the priority for Hunkar.

मौरी र महको अनुसन्धान तथा सम्भावना

5 - May-2024, Posted by: Yuwahunkar   |   COMMENTS: 0

 हुङ्कार संवाददाता
मौरीले बनाउने जीबन उपयोगी मह देख्नु र खानुभएको छैन भने त सकिगयो, छ भने त्यस्तो महत्वपूणर् र मिठो बस्तुको उत्पादन कस्ले गर्छ कसरी गर्छ, आफुले पनि त्यस्तै महको उत्पादन गर्न के गर्नुपर्छ भन्ने बारेमा तपाईले विमल धमलालाई पढनै पर्छ, खोज्नैपर्छ, साथ सहयोग र परामर्स लिनै पर्छ । ओखलढुंङगा जिल्लामा बुवा कुलप्रसाद धमला र आम तारादेबि धमलाको कोखबाट २०५६ सालमा जन्मेर स्कूले शिक्षा त्यहिँको सरस्वोती माबिमा सकेर हाल ललितपुर जिल्ला महालक्ष्मि नगरपालिका ५ टिकाथली बस्दै आएका विमल धमला लामो समयवदेखि व्यावसायिकरुपमा मौरीपालन गर्दै आएका किसानको भरोसाका केन्द्र भएका छन् । पाटन क्याम्सबाट ग्रामिण बिकासमा एमए अध्यनरत धमला मौरीको महको प्याकेजिङग गरी राष्ट्रिय अन्तराष्ट्रिय बजारमा बिक्रि वितरण गर्ने, गराउने, ब्यबसायीक मह उत्पादनमा लागेका कृषकलाई उचित परामर्स दिने, त्यस सम्बन्धि प्रबिधि र ज्ञान सिकाउने, तालिम दिने, माहुरी पालनमा लागेर युवालाई स्वरोजगार बन्न उत्साहित गर्ने, त्यससँग सम्बन्धित सरकारी सेवा सुबिधाका बारेमा परामर्स दिने, खट्दिने, गुणस्तरीय मह उत्पादनकालागी अध्यन गर्ने, ग्राहक खोजिदिनेदेखि मौरी पालन र मह उत्पादनका सन्दर्भमा आई पर्ने समस्या समाधानका उपाय खोजि गर्ने समेत गर्छन । त्यो पनि कुनै सर्त र स्वार्थ नराखि  । त्यसकालागी उनले महक एग्रो कन्सर्न प्रा.ली. नामक कम्पनि नै दर्ता गरेर सञ्चालन गरीरहेका छन । उनले यहि संस्था मार्फत माथि उल्लेखित कामहरु गर्छन र उनको यो कामले धेरै मौरी पालक किसानहरु लाभान्वित पनि भएका छन ।  त्यतिमात्रै होइन उनी अर्गानिक महको ब्यबसायीक उत्पादन सम्बन्धि सिप सिकाउनेदेखि माहुरी र महका बारेमा अध्यन अनुसन्धान समेत गर्ने गर्छन । उनको भनाई अनुसार एउटा याममा दुइपटक सम्म मह निकाल्न मिल्ने र त्यससले किसानलाई मनग्य आम्दानी हुने गरेको उनि बताउछन् ।  उदेश्य  दैनिक २ हजारको हाराहारीमा जेहेन्दार युवाहरु यहाँ काम नपाएर रोजगारीकैलागी घरखेत बेचेर विदेशिने गरी रहेको सन्दर्भमा त्यसलाई न्यूनिकरण गर्न र युवालाई आफ्नै सानो लगानीमा मौरी पालन गरेर प्राकृतिक मह उत्पादन गरी अन्तराष्ट्रिय बजार सम्म विक्रि वितरण गरी राम्रो कमाई गर्न सकिन्छ, स्वरोजगार बन्न सकिन्छ, काम गर्न र रोजगारीकैलागी बिदेशिको गुलाम बन्न पर्दैन, करोडौ लगानि चाहिँदैन भन्ने शन्देस र ज्ञान दिनुकासाथै यहि कामबाट आफु पनि समृद्ध बन्ने, आफ्नो संस्थालाई पनि देश विदेशमा चिनाएर धेरै युवालाई आँफै रोजगारी सृजना गरी दिने उदेश्यले यो कर्ममा लागेको उनी बताउँछन ।  उनको अध्यन अनुभब  धमला लामो सखयदेखि यो पेसा र ब्यबसायमा छन । उनको भनाई अनुसार एउटा याममा दुइपटक सम्म मह निकाल्न मिल्ने र अर्गानिक महका उपभोत्ता धेरै भएकाले किसानलाई मनग्य आम्दानी हुने गरेको उनि बताउछन् । उनी भन्छन, वर्षातको समयमा मौरी चरनका लागि समस्या हुने गरेको र चरनकै समस्याले घारको सङ्ख्या घटेर जाने गरेको हुन्छ । तथापि समस्याका वाबजुध मौरीपालन व्यवसाय मौरी पालन किसानकालागी आय आर्जनको गतिलो माध्यम बनेको उनी बताउँछन । उनी थप्छन, मह बिक्रीका लागि नेपालका कुनै पनि शहरमा समस्या छैन, बिक्री भइरहेको छ । तर मौरी चरनको भने किसानलाई समस्या हुन्छ । खेतबारीमा तोरी हुँदा र फुल फुल्ने मौसममा मात्रै चरनको सुविधा हुनेहुँदा त्यसबाहेका सीजनमा चरनको समस्या हुनेदेखि चराउन घरदेखि टाढा टाढा जानुपर्ने बाध्यता हुन्छ । प्रसस्त फुलहरु भएको घामाईलो ठाउँ, महत्त्वपूणर् जडीबुटीहरु भएको ठाउँ तथा घना जङ्गल भएको ठाउँ मौरी पालनका लागि राम्रो हुने उनको भनाई छ । मौरीका बिभिन्न जात हुने भएतापनि गाउँका अघिकांश घारमा सेरेना र मेलीफेरा जातका मौरी बढि पालन हुने गरेको उनी बताउँछन । मौरीकालागी असिनापानी, मलसाँप्रो, अरिङ्गाल, चिभेचरो, कमिला, माकुरा, खपटेकीरालगायत जङ्गली जनावर र चराचुरुङ्गीबाट जोगाउनु पर्ने उनको भनाईछ । कार्बोहाइड्रेट, प्रोटिन, भिटामिन बी र सी, आइरन, म्याग्नेसियम, क्याल्सियम, पोटासियम, फस्फोरस, सोडियम जस्ता तत्वको भण्डारकारुपमा लिइने बहुउपयोगी खाद्य वस्तु प्राप्त हुने महको सेवनकर्ताहरु नेपालमै बढेपछि पछिल्लो समय यसको मागसमेत बढेको उनी बताउँछन् । सुझाब  पहिलो कुरा यस पेसामा लागेका किसानलाई सरकार र यस सम्बन्धि काम हेर्ने सरकारी निकायले युवालाई आकर्षित गर्ने कार्यक्रम ल्याउनुपर्छ, वास्विक किसानलाई अनुदान, प्राविधिक ज्ञान, सिप र तालिम जस्ता कुराको सेवा सुबिधा दिनुपर्छ । तिनै तहका सरकारदेखि विभिन्न सङ्घसंस्थाले किसानलाई मौरी पालनप्रति आकर्षित गर्न नसक्दा, उनीहरुसँग प्रविधि र ज्ञानको अभावहुँदा उनीहरुले उचित फाइदा लिन सकेका छैनन् । यसलाई हटाउनुपर्छ । साथै कागजमा मात्र देखाएर वा माहुरी पालन गरेर वास्तविक किसानकालागी छुट्याएको अनुदानलगाएका सेवा सुबिधा खाने गलत संस्कार र विक्रितिको अन्त्य गर्नुपर्ने अध्यन, अनुसन्धान र उत्पादनमा लागेकालाई प्रोत्साहित गर्नुपर्ने उनको तर्कछ । त्यसो गर्दा बास्तविक किसानले राहत पाई यसतर्फ आकर्षित हुन्छन । साथै यस कामको खोज, आवश्यक तालिम, अत्याधुनिक प्रविधि, सुरक्षाका सामग्री वितरणमा तीन तहकै सरकार लाग्न सके यो भरपर्दो ब्यबसायको रुपमा अगाडि बढने उनको भनाई छ ।  निश्कर्ष मह र मौरी मानब जीबनकालागी अत्यन्तै उपयोगी औषधि जन्य तत्व हो । यो कम मिहनत र कम जोखिमका विच उत्पादन गर्न सकिने तत्व हो । यो दमका बिरामी र रुघाखोकीको समस्याबाट ग्रसित व्यक्तिका लागि निकै उपयोगी मानिन्छ । तोरी, चिउरीलगायतका फूल फुल्ने समयमा किसानले एक सिजनमा दुई पटक र दुई सिजन गरी ४ पटकसम्म मह काढ्छन् । यसले एकातिर माहुरी पालक किसानेको आम्दानि बढेको छ भने अर्कातिर मौरीको पराग सेचन क्षेमताले अन्न र फलफुल उत्पादन समेत राम्रो हुन्छ । मौरीपालनबाट कम लगानीमा धेरै आम्दानी हुने भएपछि मौरीपालन गर्ने किसानको सङ्ख्या नेपालमा बढ्न थालेको र यसबाट धेरै मौरी पालक किसानको जीबन स्तर उक्सेको देखिन्छ ।

Posted on: 2024-May-5


POST YOUR COMMENTS

Please note that all the fields marked * are mandatory.

 
Note: Comments containing abusive words or slander shall not be published.


download

 

Interview

मोविलीटी र मुभमेन्ट बढाएर जिल्लाको सुरक्षा चुस्त दुरुस्त राखेका छौं, एसएसपी पोखरेल
एसएसपी पोखरेलका अनुसार ललितपुर जिल्लाभरीका सबै क्षेत्रमा प्रहरी परिसर समेत गरी ३८ वटा, वृत्त र प्रभागहरु रहेका छन् ।
Full Story


TECHNOLOGYSCIENCEAnautho SansarECONOMYEditorialINDUSTRYCRIMEBankingAGRICULTURELITERATUREPERSONALITYMANAAB DHARMABOOKANALYSISPOLITICSEDUCATIONBEEMAKHOJBOLLYWOODBUSINESSSAARC SUMMITBeauty tipsNEWSCOVER STORYREPORTBICHAR ARTICLESBANK-BANKERSPRABASENTERTAINMENTOUR SOCIETYHEALTHSPORTSOTHER FEATURESOFF THE BEAT
INTRODUCTIONEDITORIALBACKGROUNDFEATURES OBJECTIVES PROGRAM FUTURE PLAN ORGANIZATIONAL STRUCTURE OUR FAMILYCAREER WITH US
All rights reserved. 2011. yuwa hunkar