18 May
Sat

“Journalism for the Nation”. Nation and its people are the priority for Hunkar.

गुनासो हैन, काम गरौँ

5 - May-2024, Posted by: Yuwahunkar   |   COMMENTS: 0
असिम मैनाली अप्टिमस ग्लोबल एजुकेशन कन्सल्टेन्सि तपाई यो शैक्षिक परामर्स ब्यबसायमा किन र कसरी प्रवेश गर्नुभयो बताई दिनुहोस न ? म यहि ब्यबसायमा लाग्छु भनेर यसमा लागेको होइन । शैक्षिक परामर्स सम्बन्धि समाजमा रहेका समस्याको पहिचाहन गरी त्यसको निराकरण गर्न सकिन्छ कि भनेर यो ब्यबसायमा प्रवेश गरेको हुँ । २०१६ मा मेरो दाजु अमेरीका जाने सन्दर्भमा त्यहाँ सहेका ७ हजार भन्दा बढि युनिभरसिटी छनोट गरी फरक फरकमा अप्लाई गर्दा धेरै झन्झट खेप्नुपरेको हुनाले त्यो झन्झट अरुले खेप्न नपरोस यसलाई हल गरौ भनेर हामीले सुरु गर्यौ । त्यसबेला हामीले युनिभर्रब भन्ने मोवाईल एप्लिकेशन विकास गरीउ । जसबाट युएसको सबै युनिभरसिटीमा त्यो मोवाईल एप्लिकेशन मार्फत आवेशन अप्लाई गर्न सक्थे । त्यो एप्लिकेशन लिएर आउँदै गर्दा त्यसले समाजमा भएको समस्या हल गर्यो । तर त्यसलाई विकसित गर्दै गर्दा नेपाली कम्युनिटी डिजिटल प्लेट फर्ममा अभ्यस्त भैनसकेको देखौँ । अनि हामीसँग प्रविधि छ, प्लेटफर्म छ, जनशत्ति छ, मानिसहरु त्यस मार्फत सेवा लिन पनि चाहन्छन तर कतिपय बिद्यार्थीहरुलाई त्यस बारेमा जानकारी छैन, उनीहरु हामीसँग जोडिन चाहन्छन, यसका बारेमा बुझन चाहन्छन, कुन कुन देशमा के कसरी जान सकिन्छ भनेर भेटेर सेवा लिन चाहन्छन, अपिस नै आएर बुझेर सेवा लिन चाहन्छन भने किन संस्था नै स्थापना गरेर सेवा नदिने त भनेर २०१९ मा अप्टिमस ग्लोबल एजुकेशन कन्सल्टेन्सि स्थापना गरेर यो ब्यबसायको सुरुवात भएको हो । विदेशमा पढन जान्छु भनेर बिद्यार्थीले कन्सल्टेन्सि खोजि गर्दै गर्दा उनीहरुले सहि कलेज छनोट गर्न कुनै पनि कन्सल्टेन्सि अपिसमै आई राख्नुपर्छ, विदेशका कलेज कलेज धाई राख्नुपर्छ भन्ने छैन । हामीले विकसीत गरेको मोवाईल एप्लिकेशन डिजिटल प्लेटफर्म मार्फत विना झन्झट घरमै बसेर विश्वका सबै युनिभरसिटीमा आफुले पढन चाहेको विषय र कलेजको छनौट गर्न सकिन्छ, डिजिटल प्लेटफर्म मार्फत आफ्ना डकुमेन्टहरु समिट गरेर अप्लाई गर्न सकिन्छ भन्ने कुरा प्रमाणीत गर्नु थियो त्यो हामीले गरीउ । र भिसा नआउन्जेल सम्म कुनै पनि अपिस नै आउनु नपर्ने रहेछ । डिजिटल प्लेटफर्म मार्फत नै काम हुँदो रहेछ भन्ने देखाउनु थियो । त्यो देखाई रहेको काम गरीरहेको अबस्था छ । यसको अगवा हाम्रो संस्था भिजिट गर्न बुझन मन लागे अपिसमै आएर बुझन पनि सहज होस भनेर संस्था मार्फत पनि सेवा दिन यो ब्यबसाय सञ्चालन गरेका छौ ।  तपाईले यो संस्था स्थापना गरेपछि उदेश्य पुरा भए कि भएनन् के पाउनुभयो त ? हामीले यो मोवाईल एप्लिेकेशन २०१६ मा स्थापना गरेका हौ । त्यो बेला हाम्रो कन्सेप्ट नै डिजिटल कन्सल्टेन्सी भन्ने थियो । त्यो विकसित तरेर त्यस मार्फत हामीले सेवा पनि दिईरहेका छौ अहिले । मैले २०१८ मा अष्लेलियाका दुई वटा कलेजमा मार्केटिङ म्यानेजर भएर पनि काम गरेँ । हाम्रो उदेश्य बिदेश पढन जाने बिद्यार्थीले बिदेशका कलेज कलेज धाउन, खोज्न, भौतारीन नपरोस, कलेज आवेन दिन र त्यसका बारेमा बुझन शैक्षिक परामर्स संस्थाका अपिस अपिस धाउन नपरोस, घरमै बसेर डिजिटल प्लेटफर्म मार्फत नै सेवा लिन सकुन भन्ने थियो । त्यो प्रयत्नमा हामी लागीरहेकै छौ । तर पनि विविध कारणले यो सबैमा सम्भब हुन सकिरहेकोेे छैन, सबैतिर प्रविधिको विकास भएको छैन, स्मार्ट फोन र ईन्टरनेट सहज छैन । जसले गर्दा हामीले सोचे अनुसार सेवा दिन सकिरहेका छैनौ । बिद्यार्थीले शैक्षिक परामर्स संस्था नधाइकनै घरमै बसेर यो सेवा लिन सकुन भन्ने हामीलाई हुटहुटी छ तर यसमा अझै दशौ बर्ष लाग्छ । यसो भैदिएमा बिद्यार्थीलाई सहज पनि हुन्छ, सहुलियत पनि हुन्छ । हामीले सोचे अनुसार अहिले प्रगति नभए पनि एक दिन हामी हाम्रो उदेश्यमा सफल हुनेछौ भन्ने लागेको छ । यसमा हाम्रो प्रयत्न जारी छ । यद्यपि अहिले हामीले सोचे अनुसारको उदेश्य पुरा हुन भने सकेको छैन ।  यो ब्यबसायका समस्या के के रहेछन त ? यो ब्यबसायको मुख्य समस्या भनेको एनओसीकै हो । त्यसपछि एडमिसन डेट लिन हो । त्यसमा समस्या छ । अर्को युकेमा मास्टर्स एक बर्षको हुन्छ, यहाँ दुई बर्षको हुन्छ, नर्सिङकै कुरा गर्दा त्यहाँ दुई बर्षको कोर्ष हुन्छ, यहाँ चार बर्षको हुन्छ । यसले गर्दा इकुभ्यालेन्स मिलेन तिमी जान मिल्दैन भनेर त्यहाँ जानमा अर्थात एनओसी दिनमा समस्या दिईरहेका हुन्छन । यो कुरालाई एमबेसिले हेर्नुपर्ने हुन्छ । अर्को यहाँ कन्सल्टेन्सि धेरै भए । यो आबाश्यक भन्दा बढि भए, यहाँ नलेज नभएका, अबैधानिक रुपले पनि शैक्षिक परामर्स ब्यबसायी बने, जसको पारदर्शिता छैन । कतिपय शैक्षिक परामर्स ब्यबसायीले बिद्यार्थीलाई परामर्स दिँदै गर्दा पढन जाने देशको कलेजको नाम र त्यहाँ जाँदा चाहिने कागजातको नामको उच्चारण समेत राम्रोसँग गर्न नजान्ने पनि छन । उनीहरुले पैसाकालागी जे पनि गरी दिने गरेका छन । यीनिहरुको संख्या बढिरहेको छ । यसले गर्दा राम्रा कन्सेल्टेन्सि र बैधानिक संस्थालाई समस्या भैरहेको छ । यसमा राज्यको नियामक निकायको अनुगमन नियमन राम्रो र प्रभाबकारी भएन । जसले गर्दा कन्सल्टेन्सि ब्यबसायमा लाग्नेहरु सबै बेठिक हुन, बिद्यार्थी ठग्ने हुन भन्ने भाष्य निमाणर् भयो । यो आज आम ब्यबसायीको टाउको दुखाईको विषय बनेको छ । यसबाहेक यहाँ स्किल मेनपावरको पनि कमी छ ।  तपाईले आफनो संस्था कसरी चलाई रहनुभएको छ, सहज असहज कस्तो छ ? यहाँ केहि छैन, केहि भएन भन्ने जमात ठुलो छ । त्यो होइन, काम गर्नेलाई यहाँ धेरै कुरा छ, अवसर छ, बजार पनि छ, बिद्यार्थीहरु पनि छन । तर गर्ने इच्छाशत्ति छैन, अध्यन छैन, जाँगर र नलेज छैन, सोच राम्रो छैन । गुनासो बढि काम कम छ यहाँ । समस्या यहाँ छ । नत्र गर्नेलाई सबै थोक छ । यसैले म भन्छु गुनासो नगर, काम गर । यो अल्पविकसीत मुलुक हो, समस्या र अबरोधहरु आउँछन, सामना गर काम हुन्छ । काम गर्दा यस्ता समस्या जहाँ पनि आउँछन । समस्या आउँछन, समाधान हुन्छन जान्छन । आफ्नो काम र धर्म नछोड, सबै मिल्दै जान्छ, हुँदै जान्छ । असहजताबाटै सहजता खोज्दै जानुपर्छ, यो सोचले काम गर्नुपर्छ भन्छु म । त्यहि ढंगले मैले मेरो संस्था सहज रुपले नै सञ्चालन गरीरहेको छु ।  त्यसो भए बजार राम्रै छ ? राम्रै छ । यहाँबाट बिद्यार्थीहरु बाहिर गैनै रहेका छन । हामीले नेगेटिभ सोच्नुभएन, पोजेटिभ सोचेर काम गर्नुपर्छ, एक दिन अबश्य सफल भईन्छ ।  कस्ता बिद्यार्थी तपाईकोमा आउँछन ? प्लस टु सकिएकादेखि मास्र्टर्स गर्दै गरेका, सकेका आउँछन । अष्टेलिया, युके, क्नडा र युएसमा हामी काम गर्छौ । विशेष गरेर अष्टेलिया र युकेकालागी बढि काम गर्छौ । हामी बिद्यार्थीको नलेज, क्षमता, आर्थिक अबस्था हेरेर कुन बिश्वबिद्यालयमा जान सक्छ, कुन बिश्वबिद्यालयमा पढन सक्छ, उस्ले छात्रबृद्धि पाउन सक्छ, सक्दैन वा एडमिसनमात्र पाएर जान खोजेको हो कि त्यो कुरा डिटेलमा हेरी सकेपछि उसको कुरा बुझिसकेपछि हामी उसको भिसा प्रोसेसिङमा लाग्छौ, परामर्स दिन्छौ ।  संस्थाको टिम कस्तो छ ? म आफु पनि युवा भएकोले टिम पनि अनुभवि र युवाकै छ । हामी १८ घण्टा सेवा दिन सक्छौ । हामी सक्ने भन्छौ, जे भन्छौ त्यो पुरा गरेर छोड्छौ । सके सम्म सहज गर्छौ । पवित्र भावनाले गर्छौ, झटा कुरा गर्दैनौ । यहि कारणले हाम्रोमा बिद्यार्थीको चाप पनि हुन्छ ।  बिद्यार्थीले कस्ता गुनासा गर्छन ? यो संसारमा सबैभन्दा बढि असन्तोषे जात मान्छेको हो । आम मान्छे गुनासो बढि, सन्तोष र काम कम गर्छन । हाम्रो संस्थाबाट कतिपयलाई फुल स्करलसिपमा पठाउँदा पनि गुनासो गरेका हुन्छन, त्यो कम भो, त्यो कम भो, राम्रो ठाउँमा राम्रो कलेजमा पठाई दिनुभएनछ भन्छन भने कतिपयले आधा शुल्क तिरेर जाँदा पनि कति राम्रो कलेजमा पठाई दिनुभएछ, धन्यबाद भनेर खुसि भएको अबस्था पनि छ । तर पनि हाम्रो संस्थाबाट गएका ९० प्रतिशत बिद्यार्थीहरु सन्तुष्ट छन । थोरै मात्रको असन्तुष्टि हुन्छ । त्यसमा पनि हामी उनीहरुलाई पहिल्यै स्पष्ट भनिसकेका हुन्छौ, हामी पहिल्यै छुचो भएर बोलेका हुन्छौ । हामी चिल्लो चाप्लुसिको कुरा गर्दैनौ । हाम्रो संस्थामा यस्तो हुन्छ, यस्तो गर्न सक्छौ यस्तो गर्न सक्दैनौ भनेर भनेको हुन्छ । त्यसले गर्दा त्यहि असन्तुष्टि हुँदैन ।  अन्त्यमा केहि भन्नु छ ? बिद्याथीले शैक्षिक परामर्स संस्था खोज्दा बुझेर खोजौ, बिदेश जाँदा सबै कुरा बुझेर जाऔँ, ठनिनबाट बचौँ । राम्रो काम गर्नेको पहिचाहन गरौ, नराम्रो गर्नेबाट बचौ, गुनासो हैन आफु काममा अब्बल बनौँ भन्न चाहुन्छु ।

Posted on: 2024-May-5

POST YOUR COMMENTS

Please note that all the fields marked * are mandatory.

 
Note: Comments containing abusive words or slander shall not be published.


download

 

Interview

मोविलीटी र मुभमेन्ट बढाएर जिल्लाको सुरक्षा चुस्त दुरुस्त राखेका छौं, एसएसपी पोखरेल
एसएसपी पोखरेलका अनुसार ललितपुर जिल्लाभरीका सबै क्षेत्रमा प्रहरी परिसर समेत गरी ३८ वटा, वृत्त र प्रभागहरु रहेका छन् ।
Full Story


TECHNOLOGYSCIENCEAnautho SansarECONOMYEditorialINDUSTRYCRIMEBankingAGRICULTURELITERATUREPERSONALITYMANAAB DHARMABOOKANALYSISPOLITICSEDUCATIONBEEMAKHOJBOLLYWOODBUSINESSSAARC SUMMITBeauty tipsNEWSCOVER STORYREPORTBICHAR ARTICLESBANK-BANKERSPRABASENTERTAINMENTOUR SOCIETYHEALTHSPORTSOTHER FEATURESOFF THE BEAT
INTRODUCTIONEDITORIALBACKGROUNDFEATURES OBJECTIVES PROGRAM FUTURE PLAN ORGANIZATIONAL STRUCTURE OUR FAMILYCAREER WITH US
All rights reserved. 2011. yuwa hunkar