27 Apr
Sat

“Journalism for the Nation”. Nation and its people are the priority for Hunkar.

कलेजोको महत्व बुझनु पर्छ। डा. रोसन घिमिरे (कलेजो प्रत्यारोपण विशेषज्ञ)

19 - Jan-2024, Posted by: Yuwahunkar   |   COMMENTS: 0

हुङ्कार संवाददाता

काठमाडौं

मानिस बाचुन्जेल निरोगि हुनुपर्छ भन्ने चाहाना मान्छेको हुन्छ । यो स्वभाविक कुरा हो । त्यसकालागि मानिसले बिभिन्न गतिबिधि गर्छ, आहार विहार गर्छ, योग, ध्यान गर्छ, गच्छे अनुसारको खाना खान्छ, बाँच्नकैलागि अस्पताल गएर डाक्टरसँग रोगको चेक जाँच गराउँछ, औषधि उपचार गर्छ । हरेकले आफ्नो स्वास्थ्य, सुरक्षा, उन्नति, प्रगति र समृद्धिको उच्चतम प्रयास र त्यस अनुरुपका कर्महरु गर्छ । यसै सन्दर्भमा हामीले यसपटक कलेजो के हो, यसको उपचार कस्तो छ, कलेजोको प्रत्यारोपण कसरी हुन्छ भन्ने सन्दर्भमा सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र र काठमाडौ मेडिकल कलेज सिनामंगलमा कार्यरत कलेजो रोग एवं कलेजो प्रत्यारोपण विशेषज्ञ डा रोशन घिमिरेको अनुभब संकलन गरेर लक्षीत वर्र्गकालागी जस्ताको जस्तै पस्केका छौँ । 

 

डाक्टर साब कलेजो के हो यसमा के कस्ता रोग लाग्छन बताईदिनुस न ?

कलेजो हाम्रो शरीरको सबै भन्दा ठुलो अंग हो । यो हाम्रो पेटको दाहिने भागमा रहने सबैभन्दा बढि महत्वको संबेदनसील अंग पनि हो । यो अंग यति ठुलो रुपमा यसै बसेको हैन हामीले खाएको खानाले नै सबै कुराको निर्धारण गर्छ । हामीले खाएको खानेकुरा आन्द्राले लिन्छ, त्यो रगत कलेजोमा जान्छ र त्यो रगतलाई कलेजोले फिल्टर गर्छ । त्यो फिल्टर भएको शुद्ध रगत मुटुमा जान्छ र मुटुले शरीरमा पम्पिङ गर्छ । कलेजोले खानालाई सहि रुपले छान्न सकेन, शुद्ध रगत बनाउन सकेन वा सहि रुपमा आफ्नो काम गर्न सकेन भने मानिसलाई रोगहरु लाग्छन । यसरी हेर्दा सबै रोग कलेजोकै कारणले हुन्छ । यो कुराको जनचेतना पटक्कै भएको छैन । यसको जनचेतना राष्ट्रिय स्तरमा बढाउनु राज्यको पहिलो दायित्व हो । 

 

खासगरी कलेजो कसरी बिग्रिन्छ त ?

कलेजो बिग्रने मुख्य कारण भनेको मदिरा सेबन हो । यसबाहेक सुर्ति जन्य पदार्थहरु, बिषादि हालिएका खानेकुरा र गुट्खाहरु पनि हुन । यस्ता कुराको खानपानले कलेजोमा समस्या हुन्छ ।

 

कलेजो रोगको उपचार र प्रत्यारोपण कुन कुन अस्तपतालहरुमा हुन्छ त ?

 कलेजो रोगको उपचार त प्राय सबै अस्पतालहरुमा हुन्छ । हरेक अस्पतालले कलेजो रोगको डाक्टर राखेकै हुन्छन तर देशमै पहिलो पटक कलेजो प्रत्यारोपण सेवाको सुरुवात गरेको चाहिँ सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले हो । सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा २०७३ मङ्सिर २२ गते, दक्षिण कोरियाको सामसुङ्ग मेडिकल सेन्टरका चिकित्सकहरूको प्राविधिक सहयोगमा पहिलो पटक कलेजो प्रत्यारोपण भए पश्चात् छिमेकी राष्ट्र भारतको विशेषज्ञ चिकित्सकहरूको सहयोगमा कलेजो प्रत्यारोपण भएको थियो । 

 

आर्थिक रुपमा कतिको सहज छ नी ?

 न्यूनतम १५ लाखमा हुने गरेको छ । 

 

कलेजो प्रत्यारोपणमा हामी आत्म निर्भर छौ त ?

आत्मनिर्भर तर्फ उन्मुख हुँदै गएका छौँ । 

 

कलेजो प्रत्यारोपण कहिलेदेखि हुन थालेको हो ?

कलेजो प्रत्यारोपणका साथै नेपालमा प्रथम पटक मस्तिष्क मृत्युबाट हुने मिर्गौला तथा कलेजो प्रत्यारोपणको सुरुवात २०७४ वैशाख २८ गतेबाट भएको हो । त्यसयता पाँच जना व्यक्तिबाट अंग प्राप्त गरेर १४ जनामा प्रत्यारोपण भैसकेको छ । पछिल्लो तथ्याङक अनुसार सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले ११ वर्षको अवधिमा देशमा सबैभन्दा धेरै ११३७ जनाको मिर्गौला र १४ जनाको कलेजो प्रत्यारोपण समेत गरी सकेको छ । 

 

एकैपटकमा कति जना सम्मको प्रत्यारोपण भयको छ ?

भक्तपुरस्थित शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा मस्तिष्क मृत्यु भएका व्यक्तिबाट प्राप्त भएको दुई मिर्गौला र एउटा कलेजो एकैसाथ तीन जना व्यक्तिमा प्रत्यारोपण भएको छ भने भक्तपुरकै एक अस्पतालमा मृत्यु भएका व्यक्तिबाट प्राप्त यी अङ्ग गत फागुन १६ मा प्रत्यारोपण भएको थियो । मस्तिष्क मृत्यु भएका व्यक्तिको मिर्गौला रुपन्देहीका ४७ वर्षीय पुरुष र सिरहा नगरपालिका ३५ वर्षीय पुरुषमा प्रत्यारोपण गरिएको थियो । त्यसैगरी ललितपुर जिल्ला ललितपुर महानगरपालिका-२५ का ६८ वर्षीय पुरुषमा कलेजो प्रत्यारोपण गरिएको थियो । जुन प्रत्यारोपण विशेषज्ञ डा. पुकार चन्द्र श्रेष्ठको नेतृत्वमा म समेत सम्लग्न  भएर सम्पन्न भएको थियो । 

 

सर्बसाधारण मानिसले बुझने गरी कलेजोको महत्व र यसमा रोग लाग्न नदिने केहि उपाय पनि बताई दिनुस न ?

मानव शरीरमा भएका विभिन्न अंगमध्ये कलेजो पनि एक हो । त्यतिमात्र होइन कलेजो मानव शरीरको पाचन प्रणाली अन्तर्गतको एक अंग हो । यो पेटको माथिल्लो भागमा दाहिनेपट्टि रहेको हुन्छ । यसको आकार तथा तौलका हिसाबले यो मानव शरीरको सबैभन्दा ठूलो ठोस अंग हो । 

कलेजोका कोषिकालाई हेपाटोसाइट्स भनिन्छ । कलेजोलाई पाचन प्रणालीअन्तर्गतको अंग भनिए तापनि यसले शरीरका अन्य प्रणालीसँग सम्बन्धित अरू थुप्रै कार्य पनि गरिरहन्छ । 

कलेजो हाम्रो शरीरको फिल्टर हो । हामीले जे खानेकुरा खान्छौँ, त्यो हाम्रो आन्द्रामा जान्छ । आन्द्राबाट रगतको नलीले शरीरलाई आवश्यक पर्ने तत्त्व हरूलाई लिन्छ । रगतको नलीले लिएको ती तत्त्वलाई कलेजोले फिल्टर गर्ने काम गर्छ । तत्वमा विकार पदार्थलाई फाल्छ, सुधार्न मिल्ने तत्वलाई सुधार्ने काम गर्छ । अनि कलेजोले फिल्टर गरेको रगतलाई मुटुमा पुर्याउँछ र मुटुले शरीरको सम्पूणर् भागमा रत्तसंञ्चार गराउने काम गर्छ । आममानिसको बुझाइमा मुटुले डाईरेक्ट रगत प्रवाह गर्छ भन्ने छ । तर, कलेजोले फिल्टर नगरेको रगत मुटुले प्रवाह गर्र्यो भने अनेकन स्वास्थ्य समस्या देखिन सक्छन् । त्यसैले कलेजोको एकदमै महत्त्व छ । कलेजोले फिल्टर नगरेको रगत मुटुले शरीरमा पठाउन सक्दैन । कलेजोले चिल्लोको पाचन, चिल्लोको अवशोषण, भिटामिन ए, डी, ई र केको अवशोषण, आन्द्राको गति कायम राख्ने, गतिशील बनाउने, आन्द्रामा कीटाणुको विकास हुनबाट रोक्नेजस्ता विभिन्न काम गर्छ । कतिपय अवस्थामा जन्मजात नै कलेजोमा समस्या भए त्यसको उपचार गर्नुपर्छ । समस्याको सन्दर्भमा भन्नुपर्दा मद्यपानले कलेजोमा समस्या उत्पन्न हुन्छ । नेपालमा पछिल्लो समय मद्यपानका कारणले कलेजोमा समस्या भएर अस्पताल आउने बिरामीको संख्या धेरै बढेको छ । त्यसबाहेक भाइरल इन्फेक्सन, हेपटाइटिस बी, सीका कारणले कलेजोमा समस्या उत्पन्न भइरहेको छ । कलेजो यस्तो अंग हो, जसले केही हदसम्म चोट सहन्छ । तर, चोट सहँदासहँदा एउटा समय आएपछि सहन सक्दैन अनि काम गर्न छोड्छ । मानिसहरूले प्रायः मैले पचाइरहेको छु भनेर निरन्तर तथा अधिकतम मद्यपान गरिरहेको पाइन्छ । तर, एक समय आएपछि कलेजोले क्रियाको प्रतिक्रिया देखाउँछ र काम गर्न छोड्छ । त्यसैले मानिसले कुन तहसम्म यस्ता पदार्थको सेवन गर्ने भन्ने कुरा ख्याल गर्न आवश्यक छ । कलेजो बिग्रिनुको मुख्य कारण नै मद्यपान हो । 

 

कलेजो बिग्रिएको कसरी थाहा पाईन्छ, लक्षण के के हुन्छन त ?

कलेजोमा समस्या हुन थालेपछि शरीरमा विभिन्न किसिमका समस्या देखिन्छन् । कलेजोमा समस्या भएपछि आँखामा जन्डिस देखिनेदेखि पेटमा पानी जम्ने, फुल्ने, खुट्टा सुन्निने, आलश्यताजस्ता लक्षण देखिन्छन् । कलेजोका बिरामी पहिले पनि हुने गर्थे । पहिलेको दाँजोमा अहिले स्वास्थ्य क्षेत्रमा धेरै सुधार भएको छ । तर स्वास्थ्यसम्बन्धी जनचेतना जुन मात्रामा हुनुपर्ने थियो त्यसरी हुन सकेको छैन । पहिलेको समयमा पनि बिरामी हुन्थे होला, हामीसँग त्यसको यकिन तथ्यांक छैन । पछिल्लो समय युवापुस्तामा यो समस्या बढि देखिएका छ । उनीहरुले अरुको देखासिकी गर्ने, साथीको लहैलहैमा लागेर मद्यपान गर्ने गरेको पाइन्छ । यसले गर्दा युवापुस्ताले दुःख पाइरहेका छन । यसर्थ मद्यपानका कारण कलेजो बिग्रिएर अस्पताल भर्ना हुने दर बढेको छ  । 

कलेजोमा समस्या भएको लक्षण देखिएपछि कलेजो कतिसम्म बिग्रिएको छ, त्यसको परीक्षण गरिन्छ । कलेजोको अवस्था हेरेर रोकथाम वा उपचार गर्न सकिन्छ कलेजोमा समस्या उत्पन्न भएपछि औषधि खाएर पनि निको पार्न सकिन्छ । 

 

कलेजो प्रत्यारोपण कसरी हुन्छ नी ? 

प्रत्यारोपण भनेको नयाँ चिज ल्याएर रोपण गर्ने हो । कलेजो प्रत्यारोपणमा बिग्रिएको पूरा कलेजो निकालेर त्यहाँ अर्को नयाँ कलेजो राखिन्छ । जो स्वस्थ्यक कलेजो दाता छन्, तिनको कलेजाको आधा भाग ल्याएर बिरामीको कलेजोको ठाउँमा राखिन्छ । कलेजो प्रत्यारोपणको निश्चित मापदण्ड तोकिएको छ । बिरामी अवस्थाको जाँच गरिन्छ । भिडियो एक्स-रे, सिटी स्क्यान, इन्डोस्कोपी गरेर बिरामी कुन अवस्थामा छ, त्यसको निक्र्यौल गरिन्छ । पहिलो अवस्थामा खानपान बन्द गरिन्छ । मद्यपान गरेर कलेजोमा समस्या आएको हो भने त्यसलाई बन्द गरिन्छ । इन्फेक्सनले भएको हो भने त्यसको उपचार गरिन्छ । औषधि, उपचार केही गरेर पनि कलेजो बचाउन नसकिने अवस्थामा वा अन्तिम अवस्थामा भने कलेजो प्रत्यारोपण गरिन्छ ।

 

कस्तो मानिसले कलेजो दान दिन मिल्छ ? 

कलेजो दान गर्नका लागि विभिन्न मापदण्ड तोकिएका छन् । १८ देखि ५५ वर्षको स्वस्थ मानिसले कलेजो दान गर्न सक्छ । अंगदान गर्दा दुईवटा कुरा हेरिन्छ । एउटा मानसिक र शारीरिक रूपले स्वस्थ रहेको कुरा हेर्नुपर्छ । जसमा दिने मानिस लामो समयसम्म औषधिको सेवन नगरेको, मधुमेह, उच्च रक्तचापजस्ता रोग नभएको, ब्लड गुप्र, पेटको शल्यक्रिया नगरेका व्यक्तिको अंग लिन सकिन्छ । फेरि कलेजो दिन मिलेर मात्रै पनि हुँदैन । बिरामी र डोनरको ‘ब्लड गुप्र’ मिल्नुपर्छ ।

सन् २०१६ अगाडि नेपालको कानुन साँघुरो बनाइएको थियो । अहिले अलि फराकिलो भएको छ । जसमा आफ्नो बुवा-आमा, दिदी-बहिनी, दाजु-भाइ, काका-काकी बाहेक पनि अलिकति टाढाको नातेदारले पनि दिन पाउँछन् । तर, प्रमाणित नाता भने हुनुपर्ने हुन्छ ।

 

कलेजो प्रत्यारोपण कतिको जटिल हुन्छ ?

कलेजो प्रत्यारोपण एक जटिल शल्यक्रिया हो । यसमा विरामीको पुणर्रुपमा विग्रएको कलेजोलाई निकालेर शरिरका धेरै कुराको परिक्षण गरि आर्को स्वस्थ कलेजो प्रत्यारोपण गर्नु पर्ने भएकोले यो जटिल उपचार पदति हो ।

 

यसको छुटै उपचार केन्द्र वा अस्पताल आबाश्यक छ कि छैन ?

यसको छुटै अस्पताल वा केन्द्र आबाश्यकता भन्दा पनि यसलाई स्तरोन्ति गर्नु र निजिलाई प्रसाहित गर्नु आवश्यक छ । 

 

डाक्टरहरुका चुनौतिहरु पनि त होलान नी ?

अहिले नेपालमा सरकारी अस्पतालको संख्या कम छ, डाक्टर पढने अबसर कम छ, पढेका डाक्टरहरुलाई जागीरको ग्यारेन्टि छैन । अहिले बिषेश गरेर सबै अस्पतालमा काम गर्ने चिकित्सकहरुलाई काम गर्दा पर्सनल सुरक्षा र पेसाको सुरक्षा छैन । जागीरको ग्यारेन्टि छैन । सेवा सुबिधाहरु कम छ, जस्ले गर्दा चिकित्सकहरुले जीबिकोपार्जनकालागि काम गर्न निजि अस्पताल,क्लिनिक र स्वास्थ्य केन्द्रहरुमा धाउनुपर्ने अबस्था छ । यस्ता कुराहरुमा सरकारले ध्यान दिनुपर्छ । 

 

समधान के हो त ?

सरकारी अस्पताल र डाक्टरहरुको संख्या बढाएर सबैको पहुँचमा पुरयाउन सक्ने नीति र कार्यक्रमहरु ल्याउन पर्छ । त्यसो गर्दा डाक्टरहरुको काम गर्ने मनोबल उच्चहुने, पेसा प्रति डाक्टरको अभिरुचि र आकर्षण बढन गै योग्य जनशत्तिको कमि न्युनिकरण हुन्छ । अनि रोगीको उपचारमा सहज हुन्छ । यसो भएको खण्डमा चिकित्सकहरुका चुनौति न्यूनिकरण हुन्छन । अहिलेको अबस्थामा त्यो प्रयाप्त नभएकोले यस क्षेत्रमा काम गर्न चुनौति नै छ ।

 

मेडिकल काउन्सिलले पनि त डाक्टरको बारेमा बोल्दो हो नी ?

यो डाक्टरहरुको छाता संस्था हो । यसले डाक्टरहरुको योग्यता, हक हित, सुरक्षा, नियमनको पैरवि गर्छ । स्वास्थ्य क्षेत्रको नीति नियममा सरकारलाई सुझाब सल्लाह दिन्छ,डाक्टरका समस्याको समाधानमा पहल कदमि बढाउँछ । अर्को डाक्टरको प्रसकृप्सन विना र डाक्टरले प्रेसक्र्राइभ गरेको भन्दा फरक औषधि फार्मेसिहरुले दिन नपाउने, दिएभने एक्सन लिने, मनिटरीड. गर्ने काम प्रभाबकारी रुपमा गरीदिएको खण्डमा डाक्टरहरुलाई राम्रो हुन्छ । साथै स्वास्थ्य नीति डाक्टर मैत्रि बनाउन सरकारलाई प्रेसर दिएमा औषधि पसल र औषधि उत्पादन कम्पनिमा यदाकदा हुने बेथितिहरु रोकिन्छ ।

 

स्वास्थ्य र शिक्षा कतिको महँगो छ ?

नेपालमा स्वास्थ्य र शिक्षा महँगो नै छ । यसमा सरकारको ध्यान जानुपर्छ । सरकारले स्वास्थ्य र शिक्षालाई संबिधानमै मौलिक हकको रुपमा राखेको छ । तर सरल र सहज रुपमा यसको सेवा जनताले लिन सकिरहेको छैनन् । यसको कारण भनेको महँगो शिक्षा नै हो । पहिलो कुरा त नेपालमा सरकारी मेडिकल कलेजहरु कम छन, पढन पाउने कोटा कम छ, निजि कलेजहरु महँगा छन, सरकारले छात्रबृद्धिमा ज्यादै कम बिद्यार्थि पढाउँछ । सरकारले चिकित्सा क्षेत्रमा प्रयाप्त लगानि नगरी दिँदा डाक्टर पढन महँगो भएर नेपालीहरु काम गर्दै पढन वा सस्तो कलेजहरु खोज्दै विदेशमा पढन जान्छन । त्यहाँ पढेर आउँदा धेरै लगानि चिकित्सकहरुको भैसकेको हुन्छ । यस्तो अबस्थामा स्वाथ्य क्षेत्र महँगो हुन्छ । 

 

यसको समाधानकोलागी सरकारलाई सुझाब के छ त ?

नेपालमा स्वास्थ्य र शिक्षा सर्बसुलभ होस, तल्लो बर्गको मेहनति, जेहन्दार बिद्यार्थिले पनि डाक्टर पढन पाउन,सरकारी अस्पतालको संख्या बृद्धि होस, सबैले रोजगारको अबसर पाउन, रोगिले सहज उपचार पाउने वातावरण सरकारले बनाओस, आर्थिक अभाबका कारण उपचार नपाउने र ज्यान गुमाउने अबस्था नहोस, त्यसमा सबैको ध्यान जावस, चिकित्सा मैत्री नीतिहरु बनुन, डाक्टरले पनि आर्थिक अभाबले तड्पिनु नपरोस, नेपालीहरु कुनै पनि उपचारकालागि बाहिर जानुपर्ने अबस्था अहिले छैन, यसमा अझ प्रभाबकारीता आवस, डाक्टरहरुको ब्यत्तिगत सुरक्षामा सरकार अझ गम्भिर होस, उनीहरुको पेसाको ग्यारेन्टि होस, उनीहरुले विना समस्या आफ्नो योग्यता र दक्षताको उपयोग गर्न पाउन ।


Posted on: 2024-Jan-19


POST YOUR COMMENTS

Please note that all the fields marked * are mandatory.

 
Note: Comments containing abusive words or slander shall not be published.


download

 

Interview

मोविलीटी र मुभमेन्ट बढाएर जिल्लाको सुरक्षा चुस्त दुरुस्त राखेका छौं, एसएसपी पोखरेल
एसएसपी पोखरेलका अनुसार ललितपुर जिल्लाभरीका सबै क्षेत्रमा प्रहरी परिसर समेत गरी ३८ वटा, वृत्त र प्रभागहरु रहेका छन् ।
Full Story


TECHNOLOGYSCIENCEAnautho SansarECONOMYEditorialINDUSTRYCRIMEBankingAGRICULTURELITERATUREPERSONALITYMANAAB DHARMABOOKANALYSISPOLITICSEDUCATIONBEEMAKHOJBOLLYWOODBUSINESSSAARC SUMMITBeauty tipsNEWSCOVER STORYREPORTBICHAR ARTICLESBANK-BANKERSPRABASENTERTAINMENTOUR SOCIETYHEALTHSPORTSOTHER FEATURESOFF THE BEAT
INTRODUCTIONEDITORIALBACKGROUNDFEATURES OBJECTIVES PROGRAM FUTURE PLAN ORGANIZATIONAL STRUCTURE OUR FAMILYCAREER WITH US
All rights reserved. 2011. yuwa hunkar