27 Apr
Sat

“Journalism for the Nation”. Nation and its people are the priority for Hunkar.

दिलमायाँको ३५ बर्षे जीवन यात्रा

10 - Dec-2023, Posted by: Yuwahunkar   |   COMMENTS: 0

 हुङ्कार संवाददाता
काठमाडौं   परिवारिक पृष्ठमूमि  आफ्नी आमा र दिदीबाट प्रेणा र सहयोग पाएर बुटिक सञ्चालन तर्फ आकर्षित भई अहिले सफल व्यवसायीको रुपमा चिनिनुभएकी एमकेएम फेसन हाउसकी सञ्चालिका व्यवसायी दिलमायाँ मगर वुवा डिलबहादुर मगर र आमा मानकुमारी मगरको चौथो सन्तानको रुपमा रामेछाप जिल्लामा २०४५ सालमा जन्मनु भएको हो । हाल उहाँ ललितपुरको इमाडोलमा बस्नुहुन्छ । आमाको मेहनत र सिपबाट उत्साहित हुनुभएकी मगर वाल्यकाल देखिनै लगनसिल, इमान्दार, महत्वकाँछी र संघर्षशिल हुनुहुन्थ्यो । त्यहि आमाको विरासतलाई अगाडि बढाउँदै यो व्यवासायिक सफतलामा आउनु भएकी उहाँ मध्यम वर्गीय परिवारमा हुर्कनुभएको हो । आमाको सिपलाई नबिन सोचलका साथ अगाडि बढाउदै आउनु भएकी दिलमायाँको परिवारमा आमा, वुवा २ दाजुभाई र २ दिदिबहिनी हुनुहुन्छ । उहाँका वुवा भारतिय सेनाबाट अवकास हुनुभएर हाल बाहिर हुनुहुन्छ भने अन्य परिवार यहि हुनुहुन्छ । आमाको सिप र आर्जनले नै उहाँको सिँगो परिवार चलेको थियो त्यो बेला । आमाको त्यहि सिपलाई आज व्यवसायीक रुप दिनु भएकी दिलमायाँकोे परिवारिक पृष्ठभूमि मध्यम बर्गिय सरल परिवारमा पर्छ ।    वाल्यकाल र शिक्षा  रामेछापको देउरालीमा सामान्य परिवारमा जन्मनु हुर्कनु भएकी दिलमायाँको वाल्यकाल न धेरै अभाब न धेरै सम्पन्नताको बिचबाट अगाडि बढेको थियो । तर उहाँको सिकाई, भोगाईर गराईका हिसावले निक्कै संघर्षपूणर् र उतारचढाबकै रुपमा बितेको उहाँबाट बुझ्न सकिन्छ । त्यो आमाको व्यवसायमा उहाँ सानैदेखि रुचि राख्नुहुन्थ्यो । बाल्यकाल देखि नै धर्म र संस्कारप्रति आस्था राख्ने उहाँ आमाको व्यवसायमा सहयोग पुर्याउनु हुन्थ्यो । पुरानो बानेश्वर स्थित रत्नराज्य माविबाट एस एलसी, किष्ट कलेजबाट प्लस टु र ग्रायाजुएसेन गर्नुभएकी उहाँले गोल्डेन गेट कलेजबाट मास्टर्स उतर्िण गर्नु भएको छ ।    व्यवसायीक यात्रा उहाँकी आमा निक्कै कृयासिल व्यवसायी हुनुहुन्थ्यो । उहाँकी आमाले टोपी, स्वयटर, गलफन लगाएत बिभिन्न हाते सिलाईका सामानहरु बुन्ने गर्नुहुन्थ्यो । त्यसको छाप उहाँमा परेको थियो । जसले गर्दा उहाँले कलेज पढ्दा नै आमाको व्यवसायलाई निरन्तरता दिनुभएको थियो घन्टौ काम गरेर । उहाँकी आमाले हाते सिपबाट बिभिन्न सामान बुन्ने गर्नुहुन्थ्यो । त्यो आमाको व्यवसायमा उहाँ सानैदेखि रुचि राख्नुहुन्थ्यो । आमाले सञ्चालन गरेको व्यवसाय र सिपलाई प्रबर्दन गर्न उहाँ हमेसा उत्साहित हुनुहुन्थयो । आमाले उत्पादन गरेका बस्तुहरु विक्रिबितरण गर्न र आमालाई सहयोग गर्न उहाँ ठमेल जानुहुन्थ्यो । त्यहाँ जाँदा अधिकाँस महिलाहरु घरायसी काममै बढि अल्झिएको देखेर उहाँलाई छटपटी हुन्थ्यो । त्यसबाट महिलाहरुलाई बाहिर निकाल्नकालागि हामी महिलाहरुले पनि बाहिर निस्किएर केहि गर्न सक्छौ भन्ने कुरा ब्यबहार मार्फत देखाउने सोच र चाहाना उहाँमा सानैदेखि थियो । त्यसैलाई ब्यबहार मार्फत सिद्ध गर्न र महिलाहरुलाई त्यसतर्फ आकर्षित गर्न आईआईएफएफटि बागबजारमा गएर तालिमलिई डिप्लोमा सम्मको कोर्ष पुरा गरेर विजनेस अगाडि बढाएको उहाँ सगौरब यो स्तम्भकारलाई बताउनुहुन्छ । त्यो बेलाको समाज परम्पराबादी र महिलाले घर भित्रैमात्र काम गर्नुपर्छ भन्ने मान्यताको थियो । त्यसलाई उहाँ र उहाँकी आमा भत्काउन चाहनुहुन्थ्यो । महिलाले पनि बाहिर आएर समाज र राष्ट्रकालागि केहि गर्न सक्छन भन्नुहुन्थ्यो । उहाँलाई घरको भन्दा बाहिरकै काममा रुचि थियो । त्यो रुचि बुझेर आमाले पनि उहाँलाई बाहिरकै काममा लगाएको र विए दोश्रो बर्षबाट यो व्यवसायमा लागेको उहाँ बताउनुहुन्छ । जुन ईच्छा शत्ति आज एमकेएम फेसन हाउस प्राली मार्फत प्रकट भएको छ, थुप्रै इभेन्टहरु सञ्चालन भएका छन । यो उहाँकालागि मात्रै होइन आम महिलाकालागि गौरबपूणर् बिषय हो ।   सुरुमा सरकारी कार्यालयमा कम्युटर अपरेटरको करार जागिर गर्नुभएकी उहाँले त्यसलाई छोडेर सफ्टवयर कम्पनिमा अफिसरको रुपमा काम गर्नुभएको थियो । ०७२ सालको भुकम्पमा परेर आमा बितेपछि त्यसको पिडाले बेचैन हुनुभएकी उहाँले त्यसपछि त्यो जागीर समेत छोडेको र केहि समय बेरोजगार समेत बनेको बताउनुहुन्छ । त्यसपछि उहाँलाई एकातिर आर्थिक कठिनाई भयो भने अर्कोतिर आफुले गरेको काम र सिपलाई निरन्तरता दिने चुनौति थपिएको र त्यहि चुनौतिकाकारण यसरी बसेर हुँदैन आफैले केहि गर्नुपर्छ भन्ने सोचले सुरुमा अनलाईन बिजेनेश मार्फत भारततिय सारीहरु विक्रिबितरण गर्ने कामको सुरुवात गर्दै फेसन डिजाईनको तालिम दिने, फेसन सो हरु गर्ने, इभेन्टहरु गर्ने गरेको उहाँ बताउनुहुन्छ । उहाँ थप्दै भन्नुहुन्छ यो व्यवसाय गर्दा स्टक रहेका साडिहरु कसरी बिक्रि वितरण गर्ने भन्ने सोच्दासोच्दै त्यसलाई ब्यबस्थापन गर्न यो फेसन डिजाईनको काम सुरु गरेँ । अनलाई बिजनेसको आर्जनले डिजाईनको डिप्लोमा तालिम गर्न सहज भएको बताउने दिलमायाँले दिदीको सहयोगले सुरुमा ३ लाख लगानी गरेर यो व्यवसाय सुरु गरेको बताउनुहुन्छ । जुन व्यवसायले अहिले डिल्लिबजारमा कम्पनि स्थापित गरी उहाँको परिवार चलाउन मात्र होइन अन्य ४ जनालाई रोजगारी र थुप्रै महिला व्यवसायीलाई राष्ट्रिय अन्तराष्ट्रिय स्तरका तालिम सञ्चालन गरेर दक्ष महिला जनशत्ति उत्पादन गर्नेदेखि बस्तु उत्पादन गरेर उत्पादित बस्तुलाई अन्तराष्ट्रिय रुपमा चिनाउनु भएको छ, आफ्नो आर्थिक हैसितय पनि मजबुत बनाउनु भएको छ, राज्यलाई पनि बार्षिक ६० हजार भन्दा बढि राजश्व तिरेर योगदान दिनुभएको छ, समाजकालागि पनि केहि न केहि कन्टिब्युसन गर्नुभएको छ । आफ्नै पहल र लगानिमा व्यवसायीक महिला उत्पादन गर्ने सक्षम संस्था बनाउनुभएको छ । यहि संस्था मार्फत उहाँले गएको कार्तिक २२ गते अन्तराष्ट्रिय फेसन सो समेत गर्नुभएको छ । त्यसमा उहाँलाई सन्तुष्टि त छँदैछ यो सबैकालागि गौरबपूणर् कुरा पनि हो । जो सबकोहिलाई गर्न गाह्रै हुन्छ । तर उहाँले गरेर देखाउनुभएको छ । गाह्रोलाई सहज बनाउनुभएको छ । र यसैले उहाँ सफल व्यवसायी पनि बन्नुभएको छ ।    प्रेणाका श्रोत र सफलताका आधार उहाँकी आमाले उहाँलाई यो अबस्था सृजना गर्ने गरी व्यवसाय सुरुवात गरी दिनुभयो, उहाँलाई सिकाउनु भयो ,असल र रामा्रे मान्छे बन्ने प्रेरणा दिनु भयो । त्यसमा दिदीले साथ सहयोग र हौसला दिनुभयो । जसको प्रेणाले आमाको विरासत मात्र थाम्नु भयन आज आफ्नै खुटामा उभिएर आँफैले केहि गर्न सकिन्छ भन्ने सन्देश आम महिलाहरुलाई दिनुभयो, राष्ट्रलाई केहि दिनुभयो, घर भित्रै अलमलियका महिला दिदीबहिनी लाई घर बाहिर आएर केहि गर्ने उत्साहा, हौसला र प्रेणा दिनुभयो । उहाँ आफै सफल व्यवसायी पनि बन्नुभयो । यसमा उहाँको आमा, दिदी, को असल कर्म, असल शिक्षा, उहाँको श्रम, लगन र पसिना मिसीएको छ । जुन उहाँको अहिलेको इज्जत प्रतिष्ठा र सफलाको आधार हो । यो आधारमा उहाँसँगै असल मन भएका गौरी मल्ल, तेन्जिड. सेर्पा, सुनिता दुलाल र निसु झाको महत्वपूणर् सहयाग रहेको उहाँ बताउनुहुन्छ । उहाँको सोच, संघर्ष र मेहनत अनि माथि उल्लेखित नामहरुको सहयोग र हौसला मिसिएर दिलमायाँको आजको सफलताको कथा उनिएको छ । थप उपलब्धि र सफलताकोलागि युवा हुँकारको पनि शुभकामना ।   समाज सेवाका काम  यो संस्थालाई चिरस्मरण बनाउन उहाँले बिभिन्न किसिमका तालिम र प्रशिक्षणहरु दिईरहनुभएको छ, बाहिर वेवारीसे रुपमा छोडिएका गाई, गोरु र कुकुरहरुलाई उद्धार गर्ने, जनवार संकलन केन्द्रहरु सम्म पुर्याई दिने जस्ता काम गरेर यातायात सञ्चालनमा सहजता र वाताबरण प्रदुषण नियन्त्रणमा योगदान दिनुभएको छ । जुन कामलाई उहाँले भविष्य सम्म निरन्तरता दिने प्रण गर्नुभएको छ । यो ठुलो कुरा हो ।    सोच र समपणर् मान्छेको चेतना स्तर, सोच, स्वभाव र शैली फरक फरक हुन्छ । कसैले स्वार्थलाई कसैले अहंकारलाई, कसैले धन सम्पत्तिलाई, कसैले भौतिक सुख सुविधालाई त कसैले सिर्जनात्मक कामलाई महत्व दिएका हुन्छन् । यही फरकपनले मान्छेको गौरवगाथा बन्ने गर्छ । जसबाटै सफल असफल, असल खराब, सानो ठूलो, विद्वान मूर्ख, सम्मानीत, तिरस्कृत परिस्थितिका आधारहरू निर्माण हुन्छन । कतिपयले थुप्रै विषयमा डिग्री गरेका हुन्छन्, सम्मान पत्र झुण्डयाएका हुन्छन्, कतिपयले त्यसलाई मेहेनत र संघर्षको सम्पत्ति ठान्छन् र त्यसलाई प्रेरणाको रुपमा लिन्छन् । कतिपयले त्यसलाई अहंकार र घमण्डका रुपमा उपयोग गर्न खोज्छन् । यसैबाट मान्छेको स्तर छुटिन्छ । कोहि बौद्धिक स्तरको कोटिमा रहन्छन भने कोहि निम्न र अहंकारी कोटिमा पर्छन । पद, प्रतिष्ठा, सम्मानलाई थप जिम्मेवारीको भारी सम्झनेहरूकालागि यी सबै कुरा साध्य हुन्छ । यीनै साध्यबाट साधक अघि बढछ, त्यसलाई देखाउने र उपयोगको अस्त्र ठान्नेहरूले गुमाउँदै जान्छ । त्यसैले समाजमा साध्य र साधकको अर्थ र मूल्य हुन्छ । घमण्डी, अहंकारीको मूल्य हुँदैन । यस्तै मूल्य बोकेका पौरखी मान्छेहरू मध्येका एक हुनुहुन्छ दिलमायाँ मगर । जसले आधुनिक व्यवसायको श्रीबृद्धि गर्न थुप्रै संघर्षका कथा ब्यथा उन्नुभयो, थुप्रै उतार चढाब र छालहरुमा हेलिनु भयो, केहि गरौँ भन्ने महिलालाई राष्टिय अन्तराष्टिय स्तरका तालिमहरु दिएर सक्षम बनाउनु भयो, घरभित्रका महिलालाई बाहिर आएर केहि गर्ने प्रेणा र हौसला दिनुभयो । थोरबहुत राजश्व संकलनमा राज्यलाई पनि योगदान गर्नुभयो, कतिपयलाई रोजगारी दिएर उनीहरुको आर्थिक हैसियत मजबुत बनाउनुभयो । इच्छा शक्ति, निश्चय, निरन्तरताका भोकलाई संघर्षमा जोडदै जीबन जीउने कला सिकाउनु भयो । आफूलाई समाजमा स्थापित र सफल महिला भनेर चिनाउनु भयो । परिवार, समाज, परिस्थिति, परिवेश, घटनाक्रम, जीवन भोगाइलाई जीबन अगाडि बढाउने स्रोत मान्नुभयो, थुप्रै उकाली ओराली पारगर्दै भयानक भँगाला र छालहरू तर्नुभयो, बिद्यार्थि कालदेखि नै संघर्ष गरेर सफल महिला व्यवसायी बन्ने अठोट लिनुभयो । जुन काम उहाँले गर्नुभयो, उहाँको व्यवसायीक संघर्षको गौरबगाथा कम पेचिलो, अनुकरणीय र ग्रहणीय छैन । वहाँको यो संघर्षपूणर् यात्राबाट थुप्रै महिला व्यवसायीहरूले धेरै सिक्न सक्छन्, धेरै ज्ञान, सिप र कला आर्जन गर्न सक्छन् । यद्यपि मेहनत, लगाव र इच्छा शक्ति भने वहाँको जस्तै चाहिन्छ । वहाँको व्यवसायीक यात्राले निरन्तरता पाओस्, उहाँलाई थप सफलता मिलोस, अझ धेरैले रोजगारी पाउने अबस्था सृजना होस, उहाँबाट सबैले प्रेणा लिउन । युवा हुँकारको थप शुभकामना ।   विकासको अबधारणा  दिलमायाँ मगर राजनीति गर्नुहुन्न तर राजनीतिक चेतना उच्च छ । उहाँ मूलुकमा स्थिरता, विकास र समृद्धि आउनेमा आशावादी त हुनुहुन्छ तर जनताले सोचे अनुरूप राजनीतिक नेतृत्वबाट काम हुन नसकेको र नेताहरूले विचार, सिद्धान्त, निष्ठा, अनुशासन, आचरण, पद्धति, प्रकृया, वर्गीय पक्षधरता छोडेकाले जनताको सुख समृद्धि टाढा गएको धारणा राख्नुहुन्छ । नेताले आपूmलाई होइन देश र जनतालाई केन्द्रमा राखेर काम गरे देश समृद्ध बन्ने उहाँको तर्क छ । साथै नेताको सोच व्यवहार, जीवनशैली, मूलुकको वर्तमान अवस्था र जनताको अपेक्षा विपरित भैरहेकोले समस्या भएको बताउँदै मूलुकमा शान्ति, स्थिरता, विकास र समृद्धि ल्याउन पुरानो सोच, व्यवहार, संस्कार, स्वभाव, ऐन कानून, नीति, नियममा परिवर्तन गरेर जनतामैत्रि, व्यवसायीमैत्रि बनाउनु पर्ने, कानूनको नजरमा सबै समानहुने अबस्थाको सृजना हुनुपर्ने, कर दाताहरुलाई त्यहि खालको सुबिधा पनि राज्यले दिनुपर्ने वहाँको तर्क छ । त्यसका अलला श्रमको सम्मान, उद्योग व्यवसायमा लगानि गर्नेहरुको लगानि नडुब्ने अबस्थाको सृजना गर्नु पर्ने, विदेशि पर्यटक ल्याउन त्यस अनुसारको रणनीति तय गर्नुपर्ने, युवालाई नेपालमै बसाउने र उत्पादनमा जोडने बातावरण राज्यले निमाणर् गर्नुपर्छ भन्नुहुन्छ । यसकासाथै कृर्षि, पर्यटन, जलबिद्युत र यातायातको विकास गर्ने सके मुलुक तत्काल समृद्ध बन्ने उहाँको धाराणा छ । तर त्यसकालागि पुराना नेताहरुले नयाँलाई ठाउँ दिने र नीति निमाणर् तहमा युवाको उपस्थिति ८० प्रतिसतले गराउनुपर्ने उहाँको तर्क छ ।    स्वभाव र शैली  अधिकांश समय व्यवसायमा लगाउने दिलमायाँ मगर मेहनती, मिलनसार, स्वाभिमानि, हरबखत, व्यवसायी यात्रामा अगाडि बढन उत्साहित हुने, समाजकालागि केहि न केहि योगदान गर्न तयार हुने कृयासिल महिलामा पर्नुहुन्छ । व्यवसायमा जीवन खोज्ने उहाँ सबैलाई कृयाशिल हुन प्रेरित गर्नुहुन्छ । उहाँकी आमा, दिदी, र दाजुहरुपनि कृयाशिल व्यत्तित्व नै हुनुहुन्छ । वहाँहरूले अप्ठायारोमा परेकालाई सहयोग गर्ने भएकोले वहाँ पनि आवश्यकता र सामर्थअनुसार सकेको सहयोग सबैलाई गर्नुहुन्छ । बुटिक व्यवसायको माध्यमबाट राष्ट्रलाई केहि दिनुपर्छ भन्ने सकरात्मक सोच राखेर जोखिम उठाएर लगानि गर्नुभएको छ, कतिपय महिलाहरुलाई कडा अनुसाशनमै राखेर भएपनि तालिम दिएर व्यवसायमा लगाउनु भएको छ, रोजगारी दिनुभएको छ, यहि सोच, शैलि र स्वाभाबले वहाँलाई आथर्िक हैसियत राम्रो बनाउन र व्यवसायलाई अगाडि बढउन मद्यत पुगेको छ ।    भावि योजना  बुटिक व्यवसाय सञ्चालन र पशुसेवाका काममा गहिरो अभिरुचि राख्नुहुने दिलमायाँ मगर पैसालाई साधनको रुपमा लिने र दुख पाएकालाई आर्थिक सहयोग गर्ने काम मनले खुलेर गर्ने गरेको बताउनुहुन्छ । आफ्नो व्यवसायलाई आधुनिक प्रबिधिसँग जोडने, दक्ष जनशत्ति थप्ने, अहिले युएस, जापान, हड.कड. र अष्टेलियामा निर्यात भैरहेका बस्तु र बजारलाई अन्य धेरै मुलुकमा बिस्तार गर्ने, भोली संस्थानै स्थापना गरेर बाटोमा छोडिएका गाई, गोरु र कुकुरको संरक्षण गर्ने, आमाको नाममा संस्था स्थापना गरेर बृद्ध, बृद्धाहरुलाई रेखदेख गर्न बृद्धाश्रम सञ्चालन गर्ने र एमकेएम फेसन हाउस कम्पनिलाई अन्तराष्ट्रिय लेबलको बनाउने आफ्नो भावि योजना रहेको सुनाउनुहुन्छ । यसकालागि अहिलल्यैदेखि सोच बनाई रहेको बताउनुहुन्छ । त्यसबाहेक पढन नपाएकालाई सकेको आर्थिक सहयोग गर्ने, उपचार गर्न नसकेकालाई उपचार गर्न सहयोग गर्ने, दैवि प्रकोपमा परेकाहरुलाई आर्थिक सहयोग गर्ने लगाएतका काम गर्ने गरेको उहाँ बताउनुहुन्छ ।    जीवनलाई फर्केर हेर्दा   दिलमायाँ मगर पढदा होस् वा काम गर्दा होस् जस्तोसुकै चुनौति संस्थाको हितमा डटेर लाग्ने व्यवसायीमा पर्नुहुन्छ । यही कर्मले वहाँलाई यो उचाइ दिएको छ, सम्मान दिएको छ, बुटिकक व्यवसायीक क्षेत्रले चिनेको छ । यो वहाँ र वहाँको परिवारकालागि सन्तुष्टी हो ।    साथीको नजरमा दिलमाया“ दिलमायाँ मगर अध्यायै मेहनति, लगनशिल, आफ्नो काम प्रति प्रतिवद्ध, अनुसाशनमा कडा, दिने कुरामा नरम, जे कुरा पनि मैले गर्न सक्दा अन्य महिलाले किन गर्न सक्दैनन, सक्छन बाहिर निस्केर गर्नुपर्छ भनेर साथ सहयोग र हौसला सबैलाई दिने गरेको उहाँका साथीहरु बताउनुहुन्छ ।

Posted on: 2023-Dec-10


POST YOUR COMMENTS

Please note that all the fields marked * are mandatory.

 
Note: Comments containing abusive words or slander shall not be published.


download

 

Interview

मोविलीटी र मुभमेन्ट बढाएर जिल्लाको सुरक्षा चुस्त दुरुस्त राखेका छौं, एसएसपी पोखरेल
एसएसपी पोखरेलका अनुसार ललितपुर जिल्लाभरीका सबै क्षेत्रमा प्रहरी परिसर समेत गरी ३८ वटा, वृत्त र प्रभागहरु रहेका छन् ।
Full Story


TECHNOLOGYSCIENCEAnautho SansarECONOMYEditorialINDUSTRYCRIMEBankingAGRICULTURELITERATUREPERSONALITYMANAAB DHARMABOOKANALYSISPOLITICSEDUCATIONBEEMAKHOJBOLLYWOODBUSINESSSAARC SUMMITBeauty tipsNEWSCOVER STORYREPORTBICHAR ARTICLESBANK-BANKERSPRABASENTERTAINMENTOUR SOCIETYHEALTHSPORTSOTHER FEATURESOFF THE BEAT
INTRODUCTIONEDITORIALBACKGROUNDFEATURES OBJECTIVES PROGRAM FUTURE PLAN ORGANIZATIONAL STRUCTURE OUR FAMILYCAREER WITH US
All rights reserved. 2011. yuwa hunkar