27 Apr
Sat

“Journalism for the Nation”. Nation and its people are the priority for Hunkar.

ब्रमाण्ड, ईश्वरीय शक्ति र विश्वास

10 - Dec-2023, Posted by: Yuwahunkar   |   COMMENTS: 0

 अधिवक्ता निर्मला उपाध्याय

 

ईश्वरीय शक्तिमा आस्था र बिश्वास राख्ने मान्छेहरुमा धेरै शक्ति देखिने कुरा होइन बिश्वास गर्ने कुरा हो । मान्छे धेरै दुखी र चिन्तित हुन्छ । ईश्वरीय शक्तिले प्रेणा, सहारा र हिम्मत दिन्छ । उ एक्लै हुँदा पनी बिचलित हुँदैन । तर जो मान्छे ईश्वर वा भगवानमाथी बिश्वास  गर्दैन उ दुख र चिन्ताले घेरीएको बेला आफुलाई एक्लो महसुस गर्दछ, आत्तिन थाल्दछ र बेसहारा हुन्छ । हिन्दुहरु भगवान वा देबी दबतालाई पुकार्रछन । मुस्लिमहरु अल्लाह र क्रिश्चियनीहरु इशुलाई पुकारछन । सबैलाई आ आफ्ना धर्मप्रति आस्था र बिश्वास हुन्छ । जसले श्रद्धा र बिश्वास गरेर भगवानलाई मान्दछन त्यस्ता ब्यक्तिहरुलाई ईश्वरले कुनै रुपमा कसैको बाणीमा कसैद्धारा सहयोग र सहारा दिउको हुन्छ । त्यस्तो महसुस हुन्छ । जस्तै हावा चलेको न चेलेको देखिँदैन तर महसुस गरीन्छ । जाडो र गर्मि पनी सजिब प्राणीलेमात्र महसुस गर्दछन । तर निर्जिब बस्तुले महसुस गर्न सक्र्दैनन् । उदाहरणकालागी मोवाईल  तारसँग जोडिएको हुदैन तर इन्टरनेट साईन्सको शक्तिले देश विदेशका ब्यक्तिहरुसँग कुराकानीमा मात्र होइन उसको प्रत्यक क्रृयाबलाब देख्न सकिन्छ । के यो कुनै शक्ति होइन र ? भगवानमा आसथा राख्नेहरुको पनी भगवानसँग सम्बन्ध जोडिएको हुन्छ । मान्छे आस्तिक होस वा नास्तिक तर सबै भगवानका संन्तान हुन । भगवानले सबैलाई मायाँ गर्छन । भगवानले सबैलाई मौका र साहारा दिएका हुन्छन । सन्तान राम्रो भएपनी, नभएपनी आमाबाबुले दुबैलाई मायाँ गर्छन । तर राम्रो सन्तानले आमा बुवालाई आदर र सम्मान गर्छन । नराम्रो संतानले आमा बुवाको आदर सम्मान गर्दैनन् तिरस्कार गर्छन, हेला गर्छन । ईश्वरीय शक्ति यो ब्रमाण्डमा निरन्तर बगीरहेको हुन्छ । जस्तै बायु नभएको कुनै ठाउँ हुँदैन । सजिब सचेत प्राणी बिशेष मान्छेमा त्यो शक्तिको प्रवेश हुन्छ ।  हुन त शक्ति दुई प्रकारको हुन्छ । राम्रो शक्ति र नराम्रो शक्ति अर्थात नेगेटिभ पोजेटिभ ।  राम्रो शक्ति प्राप्त भयो भने त्यो मान्छे सकरात्मक काम तिर लाग्छ अन्यथा नकरात्मक काम तिर लाग्छ । आदिम कालेखी देब र दानबको रुपमा बणर्न भएको पाईन्छ । त्यस्तै हाम्रो मनमा पनी दुई किसिमको बिचार हुन्छ । जस्तै एउटा मनले या काम गर भन्छ भने अर्को मनले गर्नुहुँदैन भन्छ । कहिँ कतै जाने काममा पनी एउटा मनले जाउ भन्छ भने अर्को मनले न जाउ भोली जाउला भनि टार्न खोज्छ । यसर्थ मनमा पनी द्धोद्ध चलिरहेको हुन्छ । यो ब्रमाण्डमा सकरात्मक नकरात्मक शक्तिहरु घुमिरहेको हुन्छ ।  हामीले सकरात्मक शक्तिलाई चिन्न सक्नुपर्छ । 

मान्छेहरु पनी सकरात्मक र नकरात्मक हुन्छन । नकरात्मक ब्यक्तिहरु स्वार्थी, लोभी,पापी र अरुलाई दुख दिने सताउने, सोझा सिधा ब्यक्तिहरुलाई दुख दिने, अनेकौ जालझेल गरेर स्वार्थ पुरा गर्ने, अरुलाई सहयोग गर्नुपर्ने अबस्था आयो भने लुक्ने, तर्कने, अनेकौ बहाना बनाएर सम्पर्क बिहिन हुने गर्छन । त्यस्ता ब्यक्तिहरु भूत सरहका दुष्ट आत्माहरु हुन । आत्मा पनी दुई प्रकारको हुन्छ । पबित्र आत्मा र मृत आत्मा । पबित्र आत्मा जिबीत रहँदा पनी सहयोगी भाबनाको हुन्छ, कसैलाई सताउने दुख दिने गर्दैन । तर दुष्ट आत्मा जिउँदै पनी अरुलाई दुख दिने, कसैको प्रगती हर्न नसक्ने र दुख दिन सक्ने जति अनेकौँ चालबाजी गर्ने हुन्छन । ईश्वरीय शक्तिले यस्ता दुष्ट आत्मालाई प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा दण्ड सजय दिएको हुन्छ,  उसलाई महसुस हुने गरी । ब्रमाण्ड रचयिता ब्रमाजीले बिश्वको रचना गरे, जगत पिता महादेबले समुन्द्र मन्थनबाट निस्केको हलाहल बिष पान गरेर सम्पूणर् जगतको रक्षा गरे । जगतको कल्याण गरेकाले जगत पिता कहलाय । जगतको पालन कर्ता हरी बिष्णुले पापको नास र धर्मको रक्षा गरे । अनेकौ अवतार लिई प्राणीहरुको रक्षा गर्न दानबहरुको संहार गरे । बिचार सुद्ध र पबित्र राख्यो भने ईश्वरले सदैब सहारा दिएको हुन्छ । कतिपय कुरा हामी थाहा पाउँछौ कतिपय थाहा पाउँदैनौ । यसर्थ यो संसारमा अदृष्य शक्ति र पावर हुन्छ । साईन्सले पनी यस्ता शक्तिहरुको पत्तालगाउन सक्दैन । हिन्दु धर्म सनातन धर्म हो । जसमा वेद, पुराण, गीता आदिका ज्ञानले अमूल्य र भरिपूणर् छ । साईन्सले पनी हिन्दु धर्म ग्रन्थका कुरामा बिश्वास गर्न थालेको छ । जस्तो गाईको दुध, गौमूत्र पबित्र र अमृततुल्य छ भनेर गाईलाई पुजनीय आमाको संज्ञा दिनुपर्छ भनेर स्वीकारेको छ । सूर्यको किरण जल आदीमा जीवन वरदानको शक्ति हुन्छ । पुजा गर्दा मनमा शान्ति र सबिचारको संचार हुन्छ । जस्तो ठुलो दुख पर्दा पनी सहन सक्ने शक्ति बढ्छ । स्वार्थी, पापीहरुलाई चिनन्े शक्ति बढ्छ । 

यो संसार एक रंगमञ्च हो । यहाँ मान्छेहरु जन्मिन्छन, बढ्छन, संसारीक मायाँजालमा फसेर लोभ, लालचमा परेर आफ्नो अमूल्य जीबन बर्बात गर्छन । यो स्वार्थी दुनियाको छलकपटले गर्दा मानिस हरेक कुरामा पिल्सिएको छुन्छ, हरेक समस्या र पिडामा परेको हुन्छ । यस्ता छलीहरुले बोल्छन एउटा, काम गर्छन अर्को । यिनीहरुको नौटंकी हेर्दा हेर्दै, बुझदा बुझदै, को हितैषी हो को स्वार्थी र दुष्ट हो चिन्न खोज्दा खोज्दै समय नै बितिसकेको हुन्छ । 

जन्मेपछि मृतु सत्य हो, यो सबैलाई थाहा छ तर जन्म मृतु बिचको जीबन बुझन पुरा जीबन नै लाग्दछ । आफ्ना भन्ने रिश्तेदारहरु स्वार्थ र देषले भरीपूणर् हुन्छन । अहिले त सुखका सब साथी, दुखका कोही न कोही हुने गरेका छन । कोही त यती निर्लज्ज हुन्छन की न जिउँदोको जन्ति न मर्दाको मलामी तर आफ्नो स्वार्थकोलागी बेलामा मान न मान मै तेरा मेहमान बनी महिनौँ दुख दिन्छन । 

गुण नै गुढाले भरिएको मान्छे, मान्छे होइन देवता हुन्छन । स्वार्थ छलकपट र अबगुणले भरिएको मान्छे दानब हुन्छ । गुण पनी अलीअली अबगुण पनी अलीअली हुने मान्छे मानबको कोटीमा पर्छ ।  यसर्थ दानब र मानबमा एक अक्षर अर्थात दा र मा को फरक हुन्छ । तर कर्म भने धेरै फरक पर्छ । दानबले नराम्रो मात्रै गर्छ भने मानबले राम्रो धेरै गर्छ । यसरी हेर्दा मानब र दानब उस्का ब्यबहार र गतिबिधिले चिनिन्छ । भगवानलाई कसैले देख्न सक्दैनन् तर कतिपय मान्छेहरु भगवानलाई देखेको भन्छन । तर प्रमाणीत गर्न सक्दैनन् । त्यसैले कसैले बिश्वास गर्दैनन् । जसले देखेको हुन्छ उसलाई मात्र फिल हुन्छ । त्यस्तै अदृष्य शक्तिमा भूतप्रेत पनी हुन्छ, पहिलाका पाका मान्छेहरुले भूतप्रेत देखेका कथारु सुनाउने गर्थे तर नदेख्नेले बिश्वास गर्देनथे । जस्ले देखेको छ उसलाई मात्र त्यो कुराको फिल हुन्छ । यसर्थ विचित्रको छ यो संसार । यहाँ रहेश्यमयी कुराहरु धेरै छन । पापीहरु पप गर्छन, धर्मात्माहरु धर्मकालागी मानब सेवामा समय र सामथ्र्ये लगाउँछन । ईश्वर मान्नेहरुले पाप र धर्म छुट्याउँछन । तर ईश्वर नमान्नेहरु न पाप मान्छन न धर्म मान्छन । मानो तो गंगामा न मानो तो वहता पानी । यो संसारमा राम्रा मान्छेहरु पनी छन, नराम्रा मान्छे पनी छन । राम्रा मान्छेको धर्मले यो पृथ्बि अडेको छ । तर पाखण्डिहरुले यो रंगिन संसारलाई विगारेका छन । यी पापीहरुले धर्मको नाममा ठगी गर्ने, सज्जनलाई दुख दिन गरेका छन । जस्ले गर्दा धर्मलाई बदनाम गरेका छन, संस्कार संस्कृतिलाई विगारेका छन ।  यहाँ मन्दिर जाने पुजा गर्नेहरु पनी धेरै छन, तर पबित्र र सच्चा दिलले पुजा गर्नेहरु थोरै छन । तर ईश्वरमाथी आस्था राख्नेहरुलाई ईश्वरीय शक्तिले साथ दिएको हुन्छ । आफुमाथी र ईश्वरीय शक्तिमाथी बिश्वास गरेमा अबश्य पनी ईश्वरीय शक्तिको साथ, सहयोग र अनुकम्पा रहन्छ भन्नेमा सबैको चेतना होस । जय ईश्वरीय शक्ति परेश्वर । अस्तु ।


Posted on: 2023-Dec-10


POST YOUR COMMENTS

Please note that all the fields marked * are mandatory.

 
Note: Comments containing abusive words or slander shall not be published.


download

 

Interview

मोविलीटी र मुभमेन्ट बढाएर जिल्लाको सुरक्षा चुस्त दुरुस्त राखेका छौं, एसएसपी पोखरेल
एसएसपी पोखरेलका अनुसार ललितपुर जिल्लाभरीका सबै क्षेत्रमा प्रहरी परिसर समेत गरी ३८ वटा, वृत्त र प्रभागहरु रहेका छन् ।
Full Story


TECHNOLOGYSCIENCEAnautho SansarECONOMYEditorialINDUSTRYCRIMEBankingAGRICULTURELITERATUREPERSONALITYMANAAB DHARMABOOKANALYSISPOLITICSEDUCATIONBEEMAKHOJBOLLYWOODBUSINESSSAARC SUMMITBeauty tipsNEWSCOVER STORYREPORTBICHAR ARTICLESBANK-BANKERSPRABASENTERTAINMENTOUR SOCIETYHEALTHSPORTSOTHER FEATURESOFF THE BEAT
INTRODUCTIONEDITORIALBACKGROUNDFEATURES OBJECTIVES PROGRAM FUTURE PLAN ORGANIZATIONAL STRUCTURE OUR FAMILYCAREER WITH US
All rights reserved. 2011. yuwa hunkar