शिक्षाको पौरख अस्मिनीको गौरब
हुङ्कार संवाददाता
काठमाडौं
अस्मिन सिटौला शिक्षा र समाज सेवा अभियानका एक अनुभबि र सफल ब्यत्तित्व हुनुहुन्छ । शहरको जीवन भोगाइले शिक्षा र समाज सेवाका कामलाई राम्रो बनाउन उहाँले चालेका दृढ पाइला, समाजको गरीबी अन्त्य गर्ने दृढ इच्छा शक्ति, प्रतिबद्धता र दरिलो बिश्वास सहित उहाँले गरेका योगदान गर्ब गर्न लाएक छन । विद्यार्थि जीबन पुरा गरेर अर्थात टियुबाट मास्टर्स गरेर शिक्षक पेसा मार्फत शिक्षाको श्रीबृद्धिमा लाग्नुभएका सिटौला हाल शैक्षिक कर्ममा निरन्तर क्रियाशील हुनुहुन्छ । जीबन यात्रामा आई पर्ने साना तिना आरोह अवरोह, चुनौती र जटिलताहरुको सामना गर्दै शैक्षिक गतिबिधि मार्फत समाज परिवर्तन र समृद्धिमा लाग्नुभएका उहाँ हाल बागमती बोर्डिड. स्कूलको निर्देशक र सञ्चालकको जिम्मेवारीमा हुनुहुन्छ । उहाँ यहिको माटोमा हुर्केर, बढेर यहिँ पढेर यहिँको माटोमा केहि गर्नुपर्छ, मेहनत गर्दा यहि सफल बन्न सकिन्छ भन्ने सोचकासाथ आँफै पढेको संस्था बागमती बोर्डिड. स्कूलमा योगदान दिईरहनु भएको छ । २०४२ सालदेखि संञ्चालनमा रहेको बागमती बोडिंड. स्कूलमा २०६५सालदेखी सञ्चालकको रुपमा कृयाशिल सिटौला इमान्दार , शालिन, मेहनती र निष्ठावान् बौद्धिक ब्यत्तित्व हुनुहुन्छ । देशमा व्याप्त बेरोजगारी समस्या बढि रहेको बेला र नेपाली बिद्याथर्िहरु पढन र रोजगारीकै लागी विदेश पलाएन भै रहेको बेला मेहनत गरे यहि केहि गर्न सकिन्छ भन्ने कुरालाई सार्थक बनाउन निरन्तर लागी रहनुभएको छ । यसले शिक्षामा दक्ष जनशत्ति उत्पादन गर्ने र युवाहरुलाई स्वदेशमै रोजगारीको अवसर सिर्जना गर्न एक ईट थपेको छ । र आज उहालाई शिक्षा क्षेत्रमा चिनाएको छ, धेरैलाई प्रेरणा दिएको छ ।
पृष्ठभूमि र बाल्यकाल
बुवा सुरेन्द्रप्रसाद सिटौला र आमा शुभद्रा सिटौला उप्रेतीको कोखबाट २०३६ सालमा काठमाडौको माली गाउँमा २०४५ सालमा जन्मनुभएका आश्बिन सिटौलाको बाल्यकाल सामान्य रुपमा रमाईलो गरी वितेको थियो । उहाँ सानोछदा इमान्दार,आज्ञाकारि,मिलनसार र मेहनती हुनुहुन्थ्यो रे । उहाँका वुवाले पनि शिक्षा क्षेत्रमै रहेर प्रोफेसरको रुपमा काम गर्नुभएको र आमाले पनी कानून व्यवसायीको रुपमा काम गरीरहनु भएकोले उहाँको पनि सानै उमेरदेखि शिक्षा र समाज सेवामा लगाब भएको उहाँ बताउनु हुन्छ । उहाँको आमा हाल सर्बोच्च डिएल बार ईकाईको बरिष्ठ उपाध्यक्ष समेत हुनुहुन्छ । बाबा आमानै जागीरे भएको कारण बिना आर्थिक कठिनाई मास्टर्स सम्मको शिक्षा लिनु भएका उहाँले स्कुले जीबनदेखि डिग्रि गर्दा सम्मै परिक्षामा राम्रो अंक ल्याउन र राम्रो पोजिसनमा कक्षा उत्रिणर् गर्न पढाईमा मेहनत गर्ने बाहेकका कुनै चुनौतिको सामना गर्न नपरेको उहाँ बताउनु हुन्छ । सयलाई हेर्दा उहाँको बाल्यकाल सहज र सरलै रुपमा बितेको देखिन्छ भने उहाँको परिवार सामाजिक प्रतिष्ठामा पनि अगाडि नै रहेको देखिन्छ ।
शिक्षा र समाज सेवा
निम्नमध्यम बर्गिय परिविारमा जन्मनु भएका अस्मिन सिटौला पढाईमा मध्यम स्तरको बिद्यार्थिमा पर्नुहुदोँ रहेछ । उहाँले प्रारम्भिक शिक्षादेखि प्लस टु सम्मको शिक्षा अहिले उहाँले काम गरीरहेको बातमती बोर्डिड. स्कूलबाटै लिनु भएको हो भने स्नातक र स्नातकोत्तर त्रिभुबन युर्निभरसिटीबाट उत्रिणर् गर्नुभएको हो । समय बलवान हुँदोरहेछ, आँफैले बिद्यार्थिको रुपमा पढेको र त्यसै स्कूलमा शिक्षकको रुपमा पढाउने काम गर्दा उहाँलाई बेल्लै अनुभूति समेत भएको उहाँ बताउनु हुन्छ । उहाँले त्यस बोर्डिड. स्कूलमा २०६५ सालदेखि निरन्तर रुपमा काम गरीरहनु भएको छ ।
प्लस टु सक्ने बित्तिकै पढन बिदेश जाने र उतै रोजगारी गर्ने जाने ट्रेन नै बसेको हाम्रो समाजमा उहाँले मेहनत गर्दा यहि नै प्रसस्त गर्न सकिन्छ, रोजगारी पाईन्छ, आँफैले पनि रोगजारी सृजना गर्न सकिन्छ भन्ने उदाहरण दिनुभएको छ भने यहि काम गरेर आफुलाई सफल पनि बनाउनुभएको छ । त्यतिमात्रै होइन उहाँले आँफैले पढेको स्कूलमा अध्यापन गरेर मुलुकलाई दक्ष जनशत्ति समेत उत्पादित गराई दिनुभएको छ । यो उहाँको ठुलो गौरब र पौरख हो । सिटौलाले समाज सेवाका काममा समेत योगदान दिनुभएको छ । उहाँले कपनमा सौचाकलय सहितको क्रृयापुत्रि भबन बनाई दिनुभएको छ, कोभिडको समयमा आफ्नो र विदेशबाट आफन्तलाई समेत भनेर ६ लाख भन्दा बढिको अक्सिजन सिलिण्डर सहयोग गर्नुभएको छ, आफ्नै ब्यत्तिगत सहयोग र अन्य संस्थाहरुको समेत सहयोग जुटाएर जरीबहरुलाई दिने, आर्थिक कारणले पढन नसक्नेहरुलाई आफ्नो ब्यत्तिगत सहयोग र आफ्नै संस्थाबाट छात्राबृद्धि दिलाएर साँच्चिकै मेहनति बिद्यार्थिहरुलाई पढाई दिने लगाएत विभिन्न किसिमका सरसहयोग गरी समाज सेवाका काम गरीरहनु भएको छ, यो उहाँको समाजप्रतिको निष्ठा हो, लगानि हो ।
बागमतीको ३८ बर्षे यात्रा र योजना
बागमति बोर्डिड. स्कूल २०४२ सालदेखि सञ्चालनमा रहेको छ । जुन स्कूलमा आश्विन सिटौलाले बिद्यार्थि भएर पढनुभयो, त्यहिबाट ब्याचुलर सम्मको अध्यन सम्पन्न गर्नुभयो र त्यसै स्कूलमा २०६५ सालदेखि शिक्षकको रुपमा पढाउनुभयो । त्यो स्कूल पहिले नक्साल भगवती बहालमा भाडामा थियो भने अहिले सुकेधारा चोकमा आफ्नै भवनमा स्टेम एजुकेसन अर्थात अप्लाईड लर्निड. एजुकेशन भन्छ जसमा साईन्स, टेक्नोलोजी, ईन्जिनीयरीड. र म्याथमेटिक्सलाई प्राक्टिकल शिक्षा ब्यबहारीक ज्ञानको रुपमा पढाउँदा बिद्यार्थिले बुझने पनि र भोलीकालागि दक्ष जनशत्ति पनि उत्पादन हुने देखिएकोले यसमा फोकस गरेर पाठ्यक्रम नै बनाई अहिले ४ देखि ८ सम्मका बिद्यार्थिलाई प्रयोगको रुपमा पढाई रहेको, बिद्यार्थिले चाख दिएर रमाईलो मानेर पढिरहेको र परिणाम पनि सकरात्मक आईरहेकोले अब यसलाई विस्तार गरेर १० सम्मलाई नै यो खालको शिक्षा दिने गरी बार्षिक करीकुलममा राख्ने योजना सहित अगाडि बढिरहेको उहाँ बताउनुहुन्छ । जुन शिकाईले संस्था स्थापित हुनलाई पनि मद्यत पुग्नेछ भने यो खालको शिक्षाले पढाई सकिने वितिकै बिद्यार्थिलाई रोजगारी समेत चाँडै सृजना हुने उहाँको भनाई छ ।
३८ बर्षे यात्रामा रहेको उत्त स्कूल र कलेजमा अहिले विविएस प्रोग्राम सञ्चालनमा रहेको छ भने २ हजार बिद्यार्थिले गुणस्तरिय शिक्षा लिईरहेका छन । त्यतिमात्र होइन त्यस स्कुलबाट बोर्ड टप गरेपछि स्कूलले आयोजना गरेको बधाई तथा शुभकामना कार्यक्रममा तत्कालिन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले पुरस्कार वितरण र शुभकामना दिएको इतिहाँस उहाँ सुनाउनुहुन्छ । जुन स्कूल आज कलेजमात्र भएको छैन, त्यसबाट दक्ष जनशत्ति उत्पादित भएर उत्पादित जनशत्तिले राज्यका विभिन्न संस्था र निकायका उच्च उहोदामा रहेर गोगदान दिईरहेका छन । समयको गतिसिल चक्रलाई हेर्दा उहाँलाई आफ्नो पेसा र संस्थाप्रति गौरब लाग्ने गरेको मात्र होइन त्यहि स्कुल र कलेजमा निर्दैशकको रुपमा रहेर योगदान गरीरहँदा समयले आँफैलाई महत्वपूणर् भुमिकामा उभ्याएको र गौरबपूणर् अनुभूति भैरहेको उहाँ यो पंत्तिकारलाई सगौरब बताउनुहुन्छ ।
शिक्षामा सुझाब
पहिलेको घोकन्ते बिद्या र अहिलेको ब्यबहारीक, जीबनोपयोगी शिक्षामा आकास जमिन फरक रहेको बताउनुहुने आश्विन सिटौला नेपालको शिक्षा केहि महँगो भए पनि अन्तराष्ट्रिय प्रतिस्पर्धामा कमजोर नरहेको बताउनुहुन्छ । उहाँको भनाई अनुसार नेपालीहरुले यहाँ पढेर बाहिर गएर बिभिन्न सेक्टरमा मुलुककै नाम चलाउने गरी काम गरीरहेका हुनाले र बैज्ञानिकको रुपमा नासामा समेत आफ्नो सहभागिता जनाई सकेको हुनाले नेपालको शिक्षालाई कम आँक्न नहुने बताउनुहुन्छ । यद्यपि नेपालको शिक्षा दुई खालको भएको र त्यसले समाजमा बर्गिय खाडल ल्याउन सघाउ पुर्याई रहेको कुरालाई भने राज्यको उच्च ओहोदामा बस्ने राजनीतिज्ञहरुको अल्पज्ञान, नीति,नियम बनाउनेहरुको अर्दुदर्शिता र असक्षमता भएको बताउनुहुन्छ । यसमा उहाँ थप्दै भन्नुहुन्छ हाम्रो मानब सभ्यतानै गुफा ओडारहुँदै यहाँ सम्म आईपुगेको हुनाले पहिलेको पुरुष प्रधान घोकन्ते बिद्या र प्रेशर गरेर डर देखाएर, कुटेर पढाउने शिक्षालाई परिबर्तन गरेर समय सापेक्ष बनाउनु पर्ने, राम्रो वाताबरणमा ब्यबहारीक ज्ञान दिएर पढौँ पढौँ लाग्ने बनाउने, आचरणमै परिवर्तन हुने खालको शिक्षा दिने, सरकारको शिक्षामा लगानी सहि रुपमा र परिणाम देखिने गरी हुनुपर्ने उहाँको भनाई छ । उहाँ थप्नुहुन्छ पहिले कसले बोर्ड टप गर्यो, कसले धेरै अंक ल्यायो भन्ने थियो त्यो अहिले ठुलो कुरा होइन ठुलो कुरा ब्यत्तित्व विकास हो । किनकि धेरै अंक घोकेर, चोरेर पनि ल्याउन सक्छन । तर ब्यत्तित्व विकास घोकेर, चोरेर हुँदैन । ब्यत्तित्व विकास अध्यनकासाथै धर्म, संस्कार, संस्कृतिबाट, योगाबाट, खेलबाट, अनुसाशनबाट, ब्यबहारीक ज्ञानबाट हुन्छ । यसर्थ त्यसमा बढि फोकस गर्नुपर्छ । जसले गर्दा त्यो बिद्यार्थि सक्षम र सफल बन्न सक्छ भने हाम्रो संस्कार, संस्कृतिको जगेर्ना पनि हुन्छ जस्तो मलाई लाग्छ । र हामीले त्यसमा बढि फोकस गरेका छौ भन्दै उहाँ उहाहरणको रुपमा जर्मन जस्तो देशले एरलाईन्सको नाम संस्कृतबाट लुप्थान्सका राखेको र त्यसको अर्थ सरस्वोतिको बहान लुप्त हंस हाँस भएको भन्दै जर्मन जस्तो देशले संस्कृतिलाई प्रोत्साहन गरेको हामीले भल्नु भनेको मुर्खता भएको बताउनुहुन्छ ।
शिक्षा नीति
जन्म भुमिकैलागि केहि गर्नुपर्छ भन्ने मान्यता राख्ने अश्विन सिटौला नेपालको शिक्षा नीति सहि भएको तर कार्यान्वयनमा समस्या रहेको बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ आफ्नो स्कूल कलेजले त्यति महँगो शुल्क नलिएको सामान्य शुल्कमा गुणस्तरीय र जीबनोपयोगी शिक्षा दिईरहेको छ तर सरकारी स्कूलहरुमा त्यस्तो हुनसकेको छैन, सरकारले एउटा बिद्यार्थिकोलागि १० हजार रुपैया भन्दा बढि खर्च गरेको छ, त्यति बजेट छुट्याएको छ, त्यो धेरै हो । त्यसैगरी नीजि बिद्यालयका शिक्षकको भन्दा सरकारी स्कुल कलेजका शिक्षकको सेवा सुबिधा धेरै छ । त्यसले नीजि स्कूल कलेजको भन्दा बढि राम्रो शिक्षा दिन सक्छ, सक्नुपर्ने हो । तर त्यसो हुन सकिरहेको छैन । त्यसको परिणाम केहि पनि आएको छैन, त्यो लगानी त्यसै खेर गैरहेको छ । यसको मतलब नीति राम्रो छ, त्यसको कार्यान्वयन ग्रास रुट सम्म नै छैन । यसको मेजर कमजोरी यहि नै हो । यद्यपि कहिले काहिँ नीति पनि बेठिक ल्याउन खोजिन्छ । अस्ति सरकारले गुठि बिधेक ल्याएर नीजि बिद्यालयलाई कमजोर पार्न खोजेको थियो त्यो रोकिएको छ, यो राम्रो हैन । गुठि बिधेक ल्याएर नीजि बिद्यालयलाई हात खुटा बाँधेर कमजोर पार्नु भन्दा सरकारी बिद्यालयको शैक्षिक स्तर गुणस्तरीय, भरपर्दो, जीबनोपयोगि, रोजगार मुलक बनाए बिद्यार्थि सरकारी स्कूलमा आँफै गै हाल्छन नि । कसलाई महँगो पैसा तिर्न मन छ र । यस्तो बिषयमा सरकारको ममजोरी छ । यसमा सरकारले पार्टी र राजनीति भन्दा माथि उठेर ठुलो परिवर्तन ल्याउन जरुरी छ, भने अभिभाबक हरुले पनि यसतर्फ ध्यान पुर्याउनुपर्छ जस्तो मलाई लाग्छ, उहाँको सुझाब छ ।
विकासमा सुझाब
मुलुकको विकास र समृद्धिकालागि शिक्षा पहिलो आधार हो, शिक्षा राम्रो र जीबनोपयोगी नभै मुलुक बन्दैन भन्ने मान्यता राख्ने अश्विन सिटौला मुलुक विकासमा पछाडि पर्ने मुख्य कारक नेता भए पनि मुलुक विकास गर्नमा ध्यान नपुर्याउने आफ्नो स्वार्थ मात्र हेर्ने, नीयत बेठिक भएका नेताहरुलाई नै सँधै भरी भोट दिएर त्यहि ठाउँमा पुर्याई राख्ने, नेपाली जनता पनि मुलुक बिकास हुन नदिनेमा कम दोषि छन भन्ने मलाई लाग्दैन । व्यवस्था फेरीयो तर नेताको नीयत फेरीएन अनि त्यहि नीयत नफेरीयका नेतालाई साना मसिना स्वार्थमा वा निर्बाचनका बेला एक छाक मासु भातमा एक दुई हजार रुपैया गोजिमा हालिदिँदैमा उनीहरुलाई नै भोट दिएर फेरी चुनाब जिताउने जनता पनि मुलुक विकास हुन नदिनेमा कम जिम्मेवार छन जस्तो मलाई लाग्दैन । यसमा जनताले सोच्नुपर्छ, देश र जनतालाई केन्द्रमा राखेर काम गर्ने युवा नेतृत्वलाई ठिक ठाउँमा लैजानुपर्छ । त्यसकालागि जनताको चेतनामा परिवर्तन जरुरी छ । त्यसो भयो भने जनताको अबस्थामा परिवर्तन आउँछ । नत्र ब्यबस्था परिवर्तन भै रहने जनताको अबस्थामा कुनै परिवर्तन नहुने कालचक्र दोहोरी रहन्छ जस्तो मलाई लाग्छ भन्दै उहाँ थप सझाब दिनुहुन्छ नेताले देश र जनतालाई केन्द्रमा राखेर सोच्ने हो भने र जनता सुखि नहुन्जेल कुनै पनि नेताले आफूलाई केन्द्रमा नराख्ने हो भने देश र जनता चाँडै सुखि हुन्छन । त्यसमा थप्दै उहाँ भन्नुहुन्छ उचित शिक्षा र स्वास्थ्य दिने वातावरण बनाउनु पर्यो, निभ्रष्टाचारको अन्त्य गर्नु पर्यो, सुुशासनको सुरुवात गर्नु पर्यो, कृर्षिको आधुनिकिकरण गर्नु पर्यो, पर्यटन , यातायात र जलबिद्युतको बिकाश गर्नु पर्यो,आधुनिक प्रबिधिको उच्चतम प्रयोग गर्नु पर्यो, उत्पादनमा युवालाई जोडनु पर्यो, त्यो सिस्टममा मुलुकलाई हाल्नसके देश चाँडै समृद्ध बन्ने उहाँको तर्कछ ।
स्वभाव र शैली
अधिकांश समय शिक्षामा लगाउने मिहिनेती , मिलनसार , स्वाभिमानि , अर्काको हितमा काम गर्न उत्साहित हुने समाजकालागि सकेको योगदान गर्न तयार हुने कृयाशील शिक्षकमा पर्नुहुन्छ । हरेक कामलाई परीणाममा हर्ने र उत्पादनमा जोडिन चाहने उहाँ सबैलाई सृजनसिल र दक्ष बन्न प्रेरीत गर्नुहुन्छ । उहाँको परिवार पनि अप्ठायारो परेकालाई सहयोग गर्ने भएकोले उहाँ पनि अबस्था , आबाश्यत्ता र सामर्थ अनुसार सबैलाई सहयोग गर्नुहुन्छ, असल आचरण र व्यवहार गर्नुहुन्छ । यसले उहाँलाई अगाडि बढन सहयोग पुर्याएको छ । सबैलाई आफुसमान देख्नुहुन्छ त्यहि अनुसारको ब्यबहार गर्नुहुन्छ ,बिद्यार्थिलाई केहि दिएर जाऔँ भन्ने सकरात्मक सोच राख्नुहुन्छ, यहि सोच, शैलि,ब्यबहार र स्वाभाबले उहाँलाई असल शिक्षक बनाएको छ ।
सन्तुष्टि असन्तुष्टि
बाल्यकालदेखि नै शिक्षा क्षेत्रमा रुचि राख्ने अश्विन सिटौला आँफै पढेको स्कूल जो आज कलेज भएको छ, त्यसैमा लागेर केहि गर्ने, केहि दिने योजना र कर्ममा हुनुहुन्छ, दिई पनि राख्नुभएको छ, आफ्नो इच्छा र राज्यको आबाश्यत्तालाई थोर बहुत पुरा गरीरहनुभएको छ, विदेशि भुमिमा हैन आफ्नै जन्म भुमिमा मेहनत र संघर्ष गरी रहनुभएको छ, कतिलाई दक्ष बनाई सक्नुभएको छ, कतिलाई अफै बनाउने यात्रामा हुनुहुन्छ, स्वदेशमै मोति फलाउन सकिन्छ भन्ने मान्यताका बलिया प्रतिमूर्तिको रुपमा स्थापित हुनुभएको छ, सरस्वातिको मन्दिर स्कूललाई नै आफ्नो कर्म क्षेत्र बनाउनुभएको छ, कहिल्यै चाहाना पुरा नहुने नासवान दामलाई भन्दा अमर सम्पति नाम कमालाई महत्व दिनुभएको छ, खान लगाउन दुखै छैन, निश्चित अबस्था भन्दा बढिको सम्पत्तिलाई मरिहत्ते गर्नुभएको छैन, परिचय सहितको सार्थक जीबन जीउनु भएको छ,आफ्नै धर्तिमा स्वरोजगार बन्नुभएको छ, बिभिन्न खालका जनशत्ति उत्पादन गरीरहनुभएको छ, उनीहरुको पनि भबिष्य निमाणर् गरीरहनुभएको छ, आफ्नो पेसालाई पनि उजिल्याउनु भएको छ, माकेर्टिड.फाईनान्सिएल सर्भिसेस नामक पुस्तक समेत लेख्नुभएको छ, त्यसले त्यो विषय पढने बिद्यार्थिलाई सहज भएको छ, बौद्धिक जगतले त्यो पुस्तक पढन पाएको छ, अन्य पुस्तकहरु लेख्ने योजना बनाउनुभएको छ । यो उहाँको समाजप्रतिको निष्ठा हो, लगानि हो । त्यो आँफैमा गौरबपूणर् काम हो, त्यसले उहाँलाई सन्तुष्टि पनि दिलाएको छ, असन्तुष्टि केहिमा छैन ।
अनुभव र अनुभुति
शिक्षा र समाजसेवाको क्षेत्रबाट जीबन बदल्न हाम फाल्नु भएका अश्विन सिटौलालाई आफ्नो काम र जीवनदेखि कुनै गुनासो छैन रे । यसै सन्दर्भमा उहाँ भन्नुहुन्छ अहिले हुरेक मान्छे सफल हुनका लागि समान र सामुहिक उत्तरदायित्वकासाथ काम गर्नुपर्छ, हरेक कामलाई चुनौतिको रुपमा लिनुपर्छ र विवेकपूणर् रुपमा सम्पन्न गर्नु पर्छ । यसो गर्न सकेमा मान्छे सफल बन्छ । यो उहाँको तर्क हो, यहि तर्कमा उहाँका कर्म र दिनचार्यहरु चलिरहेका छन र उहाँले सफलता पनि पाईरहनुभएको छ । उहाँका भनाइलाई गहिरीएर हर्ने हो भने यहाँको जीबन यसैगरी अगाडि बढेको देखिन्छ । उहाँले थुप्रै खालका अनुभव र अनुभूति संगाल्नु भएको छ । उहाँले शिक्षक भएर काम गरेको सुखद अबस्था देखि समाज सेवी बनेर काम गर्नुभएको अबस्था छ । त्यतिमात्रे होइन उहाँले ज्ञान र तालिम दिएर थुप्रै बिद्यार्थिको जीबन बदल्नुभएको छ, कतिपयको आर्थिक हैसियत माथि पुर्याई दिनुभएको छ । यि सबै कुरा गर्न, गराउन र सिक्न उहाँले थुप्रै संघर्षका उकाली ओराली छिचोल्नुभएको छ, अनुभब अनुभूति गर्नुभएको छ ।
जीबनलाई फर्केर हेर्दा
समय र जीबन गतिशिल हुन्छ, यसैका कारण मान्छेले आफुलाई गतिवान बनाउँछ पनि । अश्विन सिटौलाले पनि जीबनलाई गतिशील बनाउनुभएको छ, आफ पढेकै स्कूलमा शिक्षकको रुपमा सयौ बालचच्चाको भविष्य कोरी रहनुभएको छ । सँगैका साथीभाई बिदेशमा पैसा कमाउन गएका छन, कमाएका छन, गाडि,घर जग्गा जोडेका छन,उतै हराएका छन, तर उहाँले स्वदेशी माटोमै आफ्ना पसिना बगाउनुभएको छ, हजारौँलाई शिक्षीत बनाउनुभएको छ, उहाँले पढाएका थुप्रै विद्यार्थीहरुले बिभिन्न क्षेत्रमा उच्च ओहोदामा समेत रहेर काम गरीरहेका छन, उहाँले बागमती बोर्डिड. स्कूल र कलेजलाई गुणस्तरीय शिक्षा आर्जनको मन्दिर बनाईरहनुभएको छ, राज्यलाई पनि योगदान दिईरहनुभएको छ, लेखन क्षेत्रमा पनि केहि न केहि योगदान दिनुभएको छ, पैसा पनि कमाउनुभएको छ, नाम र ईज्जत पनि कमाउनु भएको छ, कुनै चिन्ता र असन्तोष छैन । यसले उहाँलाई थप स्वाभिमानी र कुसल शिक्षक बनाएको छ यो सबैभन्दा ठुलो सम्पती हो । यसलाई फेर्केर हेर्दा उहाँको जीबन सार्थक र प्रेणादायी देखिन्छ ।
Posted on: 2023-Dec-10
Interview
मोविलीटी र मुभमेन्ट बढाएर जिल्लाको सुरक्षा चुस्त दुरुस्त राखेका छौं, एसएसपी पोखरेल
एसएसपी पोखरेलका अनुसार
ललितपुर जिल्लाभरीका सबै
क्षेत्रमा प्रहरी परिसर समेत
गरी ३८ वटा, वृत्त र
प्रभागहरु रहेका छन् ।
Full Story