27 Apr
Sat

“Journalism for the Nation”. Nation and its people are the priority for Hunkar.

आत्महत्याको रोकथाम

12 - Oct-2023, Posted by: Yuwahunkar   |   COMMENTS: 0
 आत्महत्या एक यस्तो शव्द हो, जसले सबै बुद्धिजीवीहरुको ध्यान आकर्षित गर्दछ । कुनै आत्महत्याको खबर सुन्ने बित्तिकै सबैलाई आश्चर्य र थकथकी लाग्छ कि किन आत्महत्या ग¥यो होला भन्ने कौतुहलता भई हाल्छ । जसले गर्दा कुनै पनि विज्ञ समुहमा (डाक्टर, इन्जिनीयर, वकिल, पत्रकार, समाजिक अभियान्ता, लेखक) एउटा बहसको शुरुवात जहिले पनि हुन्छ ।
आत्महत्या एक गम्भीर मानसिक स्वास्थ समस्या हो, जसले सबैको ध्यान तान्ने हुनाले, यसको रोकथामको लागी ध्यान दिनुपर्ने हुन्छ तर यो वास्तवमा त्यति सहज पनि छैन । यसको लागी आवश्यक सूचना प्रविधीलाई उपयोग गरेर, सफल रुपमा मानसिक रोगको उपचार गर्नु पर्दछ । आत्महत्या सम्बन्धी जानकारी मूलक प्रचार–प्रसार लाई प्रोत्साहन गर्नु पर्दछ, जसले गर्दा सबै उमेर समुहका मान्छेलाई जानकारी गराउन सकियोस् । आत्महत्या सम्बन्धी केही तथ्यहरु ज्ञ) दश लाख मानिसहरुले हरेक वर्ष आत्महत्या गरी ज्यान गुमाउने गर्दछन् । द्द) संसारमा हरेक ४० सेकेण्डमा १ जनाले आत्महत्या गर्दछन् र हरेक ३ सेकेण्डमा आत्महत्याको प्रयास गर्दछन्् । घ) १५ देखि ३५ वर्षको उमेर समुहमा आत्महत्याले ज्यान गुमाउनेमा दोश्रो कारण मान्निछ । द्ध) कुनै मान्छेले आत्महत्या गर्दा त्यसको गम्भीर नकरात्मक असर ५ जना स्वस्थ मान्छेलाई पर्दछ । छ) एउटा मान्छेको आत्महत्याको कारणले गर्दा समुदायमा सामाजिक रुपमा, आर्थिक रुपमा तथा मानसिक रुपमा गहिरो असर परि राखेको हुन्छ । आत्महत्या एउटै कारणले हुन्छ भन्ने हुदैन, यसमा विभिन्न कारणहरु जोडिएको हुन्छ । यसमा विभिन्न तत्वहरु मिसिएको हुन्छ जसमा वंशानुगत, सामाजिक, मानसिक, संस्कृति तथा वातावरणीय हुन कुनैपनि मानिसले आत्महत्या गरेको खण्डमा, किन ग¥यो भनेर भन्नको लागी सजिलो छैन, किनभने सबैको अवस्था फरक भईरहेको हुन्छ र त्यस्तै अवस्थामा अर्को व्यक्तिले नगर्न पनि सक्छ । तर कारण जे सुकै भएपनि आत्महत्यालाई कोशिश गरेमा यसलाई रोक्थाम गर्न सकिन्छ । धेरै जसो आत्महत्या गरेका मानिसहरुमा राम्रोसँग निको हुने मानसिक रोग लागेको हुन्छ । तर मानसिक रोग लागेको समयमा उपचार नगर्ने कारण नै प्रमुख हुन्छ, जुन कुरा अविकसित देशमा मात्रै होइन, विकसित देशहरुमा पनि मानसिक रोगलाई उपचार नगरीकन नै बसेका हुन्छन् । विभिन्न मानसिक रोगमा आत्महत्याको सम्भावना भएको रोगहरुमा प्रमुख रुपमा डिप्रशन नै हो । त्यसपछि  Personality Disorder, लागु पदार्थ तथा रक्सीको अत्याधिक सेवन, जोफेनिया आदि पर्दछ ।  डिप्रशन भएका यक्तिहरुमा प्राय जसो मन उदास हुने र आफ्नो र आफ्नो भविष्य अन्धकार देख्ने हुन्छ र कुनै रमाइलो कुराहरुमा ध्यान जादैन जसले गर्दा आत्महत्याको विचार आउँछन र आत्महत्याको प्रयास पनि गर्दछन् । तर प्राय जसो डिप्रेशनको विभिन्न किसिमको सफल उपचार हुँदा हुँदै पनि Dagnosis हुँदैन । किनभने ः 1) प्रायजसो मानिसलाई डिप्रेशन भएको बेलामा आफूलाई यो मानसिक रोग होइन र यसको इलाज चाहिदैन भन्ने भ्रम हो । 2) प्रायजसो यो डिप्रेशन हाइन र यसको उपचार मानसिक रोग  विशेषज्ञ कहाँ जान डराउँछन र हिचकिचाउँछन र अरु थेरापीष्ट कहाँ गएर उपचार गर्दा गलत पहिचान हुन्छ । 3) कहिले काहिँ डिप्रेशनको छुटै किसिमको लक्ष्ण हुन्छ जस्तो कि ः जीउ भारी हुने, जीउ दुख्ने, छाती दुख्ने जसले गर्दा डिप्रेशन पहिचान हुन गाह्रो भई दिन्छ र डिप्रेशन गहिरो भएर बस्न थाल्छ र निको नहुने रोग लाग्यो भनेर आत्महत्या गर्न विवश हुन्छन् । प्राय जसो आत्महत्या गरेका मानिसहरुमा एक तिहाई मानिसहरु जाँड र रक्सीको कुलतमा फसेका मानिसहरुमा ५ देखि १०% ले आत्महत्या गरी आफ्नो इशलीला समाप्त पार्दछन र ५०% ले आत्महत्याको प्रयास गर्दछन् । कुनै कुनै गम्भीर प्रकारका शारिरीक रोग लागेका मानिसहरुको अध्ययनमा आत्महत्याको प्रबल सम्भावना रहेको हुन्छ । जस्तैः छारे रोग, क्यानसर रोग –अर्बद रोग), HIV/AIDs  रोग, मष्तिस्क घाट रोग, यी रोगहरुमा दिर्घ रोगको रुपमा लिइने हुँदा, साधारण बुझाइमा यी रोग ठिक नहुने भन्ने जन मानसको बुझाइले गर्दा पनि आत्महत्याको सम्भावना ज्यादै रहेको पाइन्छ । रोग भन्नाले यी रोगहरु बुझिन्छ ः 1) Diabetes –चिनी सम्बन्धी रोग) 2) मिर्गौला सम्भन्धी रोग, जो लामो समय म्ष्बथिकष्क मा बसेका हुन्छन् । 3) लिभर तथा पेट सम्बन्धीको रोग, 4) हडि सम्बन्धीको लामो समयको दुखाई, 5) मुटु सम्बन्धी रोग, 6) यौन सम्बन्धी समस्याहरु  प्राय जसो पुरुषहरुमा आत्महत्या बढी देखिएको छ जबकी महिलामा आत्महत्याको प्रयास बढी देखिएको छ ।  पारपाचुके गरेका, विधुवा, एकल बसेका मानिसहरुमा आत्महत्याको सम्भावना बढी देखिएको छ ।  व्यवसायहरुमा अत्याधिक तनावमा काम गर्ने मानिसहरुमा जस्तैः डाक्टर, भेटनरी डाक्टर, Chemists, Pharamacits  र किसानहरुमा आत्महत्याको जोखिम ज्यादा देखिएको छ ।  जागीरबाट खोसिएका, Retired हरुमा आत्महत्याको सम्भावना धेरै देखिएको छ ।  गाउँबाट शहरमा बसोबास सरेका तथा एउटा देशबाट अर्को देशमा बसाई सरेकाहरुमा पनि आत्महत्याको जोखिम रहेको छ ।   धेरै जसो अध्ययनहरुले के देखाउँछन् भने आत्महत्या गर्नु पूर्व ३ महिना सम्ममा अत्याधिक तनावमा बसेको पाइएको छ । यी तनावहरु यस्ता छन् ः ज्ञ) श्रीमान श्रीमतीमा झगडा  द्द) आफन्त, साथीभाइ, प्रेमी, प्रेमीकामा झगडा घ) परिवार तथा साथीभाइसँग अलग्ग भएको  द्ध) आर्थिक नोक्सानी (व्यापार घाटा, अत्याधिक ऋण) छ) आफन्तको मृत्यु ट) नोकरीबाट निकालिएको, नोकरीबाट अव काश प्राप्त भएको ठ) आफूले गरेको गल्तीमा धेरै पशचाताप गर्ने ।     नेपाल जस्तो देशमा सबै भन्दा महत्वपूर्ण कुरा के छ भने आत्महत्या गर्ने माध्यमहरु सजिलै पाइन्छ जस्तै किटनाशक औषधि, डोरी, निद्रा लगाउने औषधिहरु जुन बजारमा सजिलै पाइन्छ । किटनाशक औषधिमा कडाइका साथ प्रतिबन्ध लगाउने हो भने आत्महत्याको रोकथाम धेरै सजिलो हुन्छ । आत्महत्या सम्बन्धी भ्रम र यथार्थ ः ज्ञ. भ्रम ः जसले आत्महत्याको कुरा गर्छ उसले आत्महत्या गर्दैन । यथार्थ ः आत्महत्या गर्ने मानिसले केही न केही संकेत दिएको हुन्छ जसले गर्दा उसले आत्महत्या गर्न सक्ने हुन्छ । द्द. भ्रम ः आत्महत्या गर्ने मानिसले मन खोजेको हो । यथार्थ ः धेरै जसो मानिसमा आत्महत्या गर्ने कि नगर्ने भनेर दोधार भएको हुन्छ । घ. भ्रम ः आत्महत्या गर्नेलाई बचाउन सकिदैन । यथार्थ ः तर धेरै जसोलाई बचाउन सकिने सम्भावना जहिले पनि हुन्छ । द्ध. भ्रम ः आत्महत्याको बारेमा सोधनु हुँदैन । सोधी खोजी गर्दा आत्महत्या गर्न प्रेरित गर्न सक्छ । यथार्थ ः आत्महत्या गर्ने बारेमा सोधी खोजी गर्दा आत्महत्या गर्न प्रेरित गदैन । कसरी चिन्ने आत्महत्या गर्न लागेमा व्यक्तिलाइृ ? ज्ञ) घुस घुस्याहा प्रवित्तिको मानिस, जसले धेरै साथीहरु ब्नाउन सक्दैन  द्द) विभिन्न किसिमको मानसिक रोग लागेका मानिसहरु घ) जाँड र रक्सीको कुलत लागेका व्यक्तिहरु द्ध) व्यक्तित्व विकासमा कमी भएका मानिसहरु, जो आफ्नो गल्तीहरुबाट पाठ नसिक्ने, चाँडै सकिने र रिसाउने, अरुलाई माया देखाउन नसक्नेहरु छ) पहिले आत्महत्याको प्रयास गरी सकेकोहरु  ट) भर्खरै आफन्तको मृत्यु, पारपाचुको भएको र छुटिएर बसेकोहरुमा ठ) परिवारमा कसैले आत्महत्या गरेको भएमा ड) कसैले अकस्मात आफ्नो मरण पछिको इच्छापत्र लेख्ने मनसाय व्यक्त गरेमा । ढ) कसैले आत्महत्या गदैछु भनेर व्यक्त गर्ने पत्र लेखेर राखेमा ज्ञण्) कसैमा लामो दिर्ध रोग लागेमा  

Posted on: 2023-Oct-12

POST YOUR COMMENTS

Please note that all the fields marked * are mandatory.

 
Note: Comments containing abusive words or slander shall not be published.


download

 

Interview

मोविलीटी र मुभमेन्ट बढाएर जिल्लाको सुरक्षा चुस्त दुरुस्त राखेका छौं, एसएसपी पोखरेल
एसएसपी पोखरेलका अनुसार ललितपुर जिल्लाभरीका सबै क्षेत्रमा प्रहरी परिसर समेत गरी ३८ वटा, वृत्त र प्रभागहरु रहेका छन् ।
Full Story


TECHNOLOGYSCIENCEAnautho SansarECONOMYEditorialINDUSTRYCRIMEBankingAGRICULTURELITERATUREPERSONALITYMANAAB DHARMABOOKANALYSISPOLITICSEDUCATIONBEEMAKHOJBOLLYWOODBUSINESSSAARC SUMMITBeauty tipsNEWSCOVER STORYREPORTBICHAR ARTICLESBANK-BANKERSPRABASENTERTAINMENTOUR SOCIETYHEALTHSPORTSOTHER FEATURESOFF THE BEAT
INTRODUCTIONEDITORIALBACKGROUNDFEATURES OBJECTIVES PROGRAM FUTURE PLAN ORGANIZATIONAL STRUCTURE OUR FAMILYCAREER WITH US
All rights reserved. 2011. yuwa hunkar