प्रकाशका ४३ बसन्तलाई फर्केर हेर्दा

हुङ्कार संवाददाता
काठमाडौं, साउन
काठमाडौको टुँडालदेविमा २०३७ साल मंसिर २ गते जन्मनुभएका प्रकाश महर्जन वुवा स्वर्गिय मंगल महर्जन र आमा सुकुमायाँ महर्जनको कोखबाट कान्छो पुत्र हुनुहुन्छ । उहाँका जेठि दिदिको मंगला महर्जन, जेठो दाईको दिनेश महर्जन र माईलो दाई दिपाल महर्जन हुनुहुन्छ । सुनिता खवाजु महर्जनसँग ६९ सालदेखि दामपत्य जीबन अगाडि बढाई रहनुभएका उहाँका एक छोरा प्रसिद्ध र एक छोरी प्राथना महर्जन हुनुहुन्छ । काठमाडौको सम्य, सुसस्कार र टोलको सम्मानीत परीवारकामा जन्मनुभएका उहाँको परिवार खेतिपातिदेखि ब्यापार ब्यबसाय दुबैमा सम्लग्न छ । मध्यबर्गिय परीवारमा जन्मेर ४३ बर्षे जीवन यात्रामा हिडिरहनु भएका उहाँलाई राजनीति गर्न परीवारको साथ सहयो पनि त्यतिकै छ । उहाँका बुवा आमा अप्ठेरोमा परेका छर छिमेकि, इस्टमित्रलाई आर्थिक सहयोग देखि अन्य सबै सहयोगका कामहरु गर्न रुचाउनु हुन्थ्यो । सस्को छाप प्रकासमा पनि परेको छ । बाल्यकालको जीबन परिवारको मायाँमा हाँस्दै,खेल्दै, खेतिपाति गर्दै बिताउनु भएका प्रकाश टोलबासीमा पर्ने सघाउ पगाउका काम पनि उत्तिकै दिलचस्वि राख्ने बताउनुहुन्छ । खान लगाउनदेखि कुनै पनि कुरामा उहाँको कुनै शोख र महत्वकाँक्षा छैनरहेछ । सिँगो जीबन राजनीतिमा लगाई समाज बिकास र समृद्धिमा योगदान दिनुभएका प्रकाशका परिवारले पनि प्रत्यक्ष अप्रत्यक्ष रुपमा समाजलाई योगदान दिईरहनु भएको छ । यसरी हेर्दा उहाँको सिँगो परीवार समाज बिकास र राजनीतिमा अन्र्तघुलन भएको छ, सबै क्षेत्रमा केहि न केहि योगदान दिएको देखिन्छ । उहाँको सिँगो जीबनलाई नजिकबाट हेर्ने हो भने प्रकास सहित उहाँको परिवार सबैको पिरमर्का र भाबना बुझने शान्त,सम्य र प्रेणादायि परीवार छ ।
राजनीतिक यात्रा
नेपाली काँग्रेसका युवा नेता प्रकाश महर्जन स्थानिय राजनीतिमा योगदान दिनुभएका सरल र मिलनसार नेतामा पर्नुहुन्छ । न्याय, समानता र स्वतन्त्रताकालागि बिद्यार्थिकाल देखि नै नेपाल बिद्यार्थि संघमार्फत काँग्रेस पार्टीको राजनीतिमा लाग्नुभएका उहाँ पन्चायति ब्यबस्था ढल्दै गर्दा र बहुदलिय ब्यबस्थाको उदय हुँदै गर्दा राजनीतिमा जोडिनु भएको हो । बिपीको विचार पढेर, कृष्णप्रसाद भट्राईको सादगि र संघर्षसिल जीबन बुझेर अनि गणेशमान सिँहको त्यागी जीबन देखेर मलुकलाई गाईड गर्ने र सबै नीतिहरुको मुल नीति राजनीति नै हो रहेछ भनेर बुझेर त्यसतर्फ लाग्नुभएका उहाँले पार्टीका बिभिन्न तह र जनवर्गिय संगठनका बिभिन्न पदमा रहेर काम गर्दै हाल केन्द्रीय महासमिति सदस्यको जिम्मेवारी कुसलता पुर्बक निर्बाहा गरीरहनु भएको छ । संकरदेब कलेजबाट राजनीतिक यात्रा आरम्भ गर्नु भएका उहाँले पार्टीको संगठन विस्तार देखि पार्टीका बिभिन्न तह र तप्कामा बेसेर नेतृत्व गर्दै समाज सेवाका क्षेत्रमा समेत सबल र सार्थक भूमिका निर्वाह गरी रहनु भएको छ । जनताको हित एंव पार्टीको मर्यादा र अनुसाशनलाई सदैव उच्च तहमा राखेर आफ्नो क्षेत्रका जनताका लागि निष्ठापूणर् राजनीति गर्नुभएको प्रकाशको राजनीति योगदान ब्यबहार मार्फत पुष्टि हुने खालको छ । पार्टीलाई बैचारीक शैदान्तिक, राजनीतिक रुपमा सवल बनाउने सन्दर्भमा विना स्वार्थ आफुले काम गरीरहेको समिति मार्फत नेतृत्वलाई सहयोग गर्दै पार्टी काममा अगाडि बढने उहाँ आफ्ना क्षेत्रका जनता र पार्टी पंतिमा परीचित हुनुहुन्छ । संख्यामा भन्दा परिणाममा, भाषणमा भन्दा एक्सनमा विश्वास गर्ने प्रकाश काँग्रेसको प्रजातान्त्रिक समाजबादमाले मात्रै समाज परिबर्तन गर्न सक्छ भन्ने मान्यता र बिश्वास राख्नुहुन्छ । ३ दशक बढिको सक्रिय राजनीति जिवन यात्रामा उहाँले अहिले सम्म सरकारी लाभको कुनै पद, सेवा सुबिधा लिनुभएको छैन । तथापि जनताको हित, मुलुकको विकास र परिबर्तन काँग्रेसले नै गर्न सक्छ, त्यसमा आफुलाई सुम्पिएको जिम्मेवारी सबैले इमान्दारीताकासाथ पुरा गर्नुपर्छ भन्ने कुरामा उहाँ अहिले पनि दृढ हुनुहुन्छ । र उहाँले गरी पनि रहनु भएको छ । शंकरदेश क्याम्पसको अध्यक्ष, नगर समितिको सचि, हुँदै महासमित सदस्य भएर काम गरीरहनुभएका उहाँ जस्तो सुकै चुनौतिको सामना गरेर सत्यको पक्षमा उभिने असल आचरण र स्वभाब भएका युवा नेतामा पर्नुहुन्छ । सबैले देशलाई सम्झेर काम गरे समाज बदल्न सकिने उहाँको तर्क छ । कर्म गर, फलको आसा नगर भन्ने मान्यताकासाथ अगाडि बढनुभएका उहाँ समाज र जनताको स्वार्थलाई बढि महत्व दिने, नीति, बिचार, सिद्धान्तमा कहिल्यै सम्झैता नगर्ने कृयाशिल नेता हुनुहुन्छ । मुलुकलाई समृद्ध बनाउन, काँग्रेसलाई एकताबद्ध र बलियो बनाउनुपर्छ भन्ने उहाँको अटल मान्यता छ, र त्यहि अनुसार खटिरहनु भएको छ ।
अनुभब,अनुभुति
ब्यत्तिगत स्वार्थमा भन्दा सामुहिक स्वार्थमा बढि समय दिएर समाज परीबर्तनकालागि निरन्तर संघर्ष गर्ने प्रकाशले थुप्रै तिता मिठा अनुभब, अनुभूति गर्नुभएको छ, धेरै खालका आरोह अबरोह पार गर्नु भएको छ, ठुलठुला जंघार र छालहरुमा पसेर निस्कनु भएको छ । उहाँले बुवा बित्दाको पिडा देखि पटक पटकको राजनीतिक गिरफ्तारी र प्रहरीको मरणासन्नको डण्डा समेत नराम्ररी खानुभएको छ । नेविसंघको राजनीति देखि काँग्रेसकोे महासमिती सदस्य सम्म भएर बिभिन्न कामको अनुभब गरी सक्नुभएका उहाँले सुखसयल त्यागेर समाजको परिबर्तन, न्याय र समानताका लागि काँग्रेस पार्टीलाई एक ईट थप्नु भएको छ । काठमाडौका युवा नेताको रुपमा सबैको साथ सहयोगले अगाडि बढिरहनुभएका उहाँ स्थानीय जनताको हौसला, परिवारको साथ सहयोगले अहिले सम्म निरन्तर अगाडि बढिरहनुभएको छ । प्रकाशले मजदुर, किसानदेखि मन्त्री, प्रधानमन्त्री र राष्ट्रपतिसँग भलाकुसारी गर्ने, छरछिमेकिहरुलाई सुखदुखमा साथ सहयोग गरेकोदेखि कृर्षि कर्मको अनुभब र काँग्रेस फुट्दाको पिडा समेतको अनुभूति गर्नुभएको छ । त्यतिमात्रै होइन उहाँले राजनीतिकै कारण घरको सुखसयल छोडनुभयो, जनताका काममा विना स्वार्थ दौडनुभयो, मण्डले र दाश्रो जनआन्दोलनका प्रतिगमनकारीहरुसँग लड्नुभएको, लठि खानुभयो, टाउको फुटाउनु भयो, पार्टी र समाजकालागि महत्वपूणर् योगदान दिनुभयो । यसले उहाँलाई सुखानुुभूति गराएको छ ।
शिक्षा र समाज सेवा
शिक्षामा सानै देखि रुचि भएका प्रकाशले स्कूलदेखि कलेजसम्मको शिक्षा काठमाडौमै लिनुभएको छ । मावि शिक्षा ल्याबरोटरी स्कूलबाट र उच्च शिक्षा शंकरदेशबाट लिनुभएका प्रकाशले राजनीतिकैकारण जागीर खानुभएन । समाज सेवाका थुप्रै पाटामा काम गर्नुभएको छ । उहाँले क्लब, खेल क्षेत्र, गुठि लगाएत बिभिन्न संस्थामा सकेको आर्थिक सहयोग गरेर सेवा पुर्याउनु भएको छ ।
समर्पण
अहिले समाजमा ब्याप्त अन्याय अत्याचार, भ्रष्टाचार र गरीबीबाट निम्नवर्गका वर्गका मान्छेहरु निक्कै पिरोल्ली रहेका छन । बिचौलियाहरु राजनीति मार्फत ठुलाठुला पदमा बसेर सोझासिधा जनता माथि शासन र शोषण गर्ने गरीरहेका छन । यसको अन्त्य राजनीति नेतृत्वबाटै हुन्छ तर सहि नेतृत्व हुनुपर्छ । जुन पछिल्लो समय मुलुकले पाउन सकेको छैन । नेता स्वार्थि हुँदा, आफ्ना आसे पासेबाट चल्दा र जनताकोे हित मेरो सर्बौ परी जिम्मेवारी हो भन्ने कुरा नेताले नसोच्दा अहिलेका तमाम समस्या आएको, यसलाई छिमोल्ने युवा पंत्ति पनि कमजोर भएको र आफुलाई पनि यसैले प्रभावित गरीरहेको प्रकाश बताउनुहुन्छ । ४६ सालको आन्दोलन र बिपीको जीबनी पढेर काँग्रेसको राजनीतिमा लाग्नुभएका प्रकाश गएको प्रदेश सभामा थोरै मतले हार्नुभएको थियो । जनता र पार्टीका काम गर्दा कहिल्यै नथाक्ने प्रकाश निष्ठाको राजनीति गर्नुपर्छ भन्ने इमान्दार नेतामा पर्नुहुन्छ । राजाले ५९ सालमा टेक ओभर गर्दा शंकरदेब क्याम्पस सभापतिको हैसियतले जुलुुसको नेतृँत्व गर्दा विद्यार्थि साथिहरुलाई भगाउँदा भगाउँदै ५ जना प्रहरीले घेरेर भाटाले कुट्दा पनि आफ्नो जिम्मेवारीबाट नभागेको उहाँको विगत छ । यसरी बिद्यार्थि अबस्थादेखि नै समाज प्रति सचेत भएर सबै जोखिम मोलेर निरङकुषता बिरुद्धको आन्दोलनमा निरन्तर लाग्नुभयका प्रकाश जनता र कार्यकर्ताको भाबना बुझेर काम गर्ने, सबैको मनोबल उच्च बनाउने काममा पनि उत्तिकै रुपमा लागि रहने नेता हुनुहुन्छ ।
विकास र समृद्धि
राजनीतिका थुप्रै भोटा फटाउनु भएका, हण्डर ठक्कर खानु भएका प्रकाश महर्जन ब्यबस्था परीबर्तन गर्दैमा जनता सुखि नहुने, मान्छेको सोच, काम गर्ने तरीका र अबस्थामा परीबर्तन हुनुपर्ने बताउँनुहुन्छ । बहुदलिय ब्यबस्था आए पछिको काँग्रेस सरकारले मुलुकको विकास र समाज परिबर्तनमा महत्वपूणर् अपलब्धि गरेको तर त्यसपछिका अस्थिर नेता, अस्थिर राजनीति, माओबादीको द्धोद्ध र राजाको निरंकुष शासनले समय त्यतिकै ब्यतित भएको र मुलुकले ठुलो क्षेति ब्यहोर्नु परेकोले देश विकासमा पछि परेको उहाँको भनाई छ । मुलुकले सहि नेतृत्व नपाउँदा देश र जनताले दुख पाएको, काँग्रेस कमजोर हुँदैगएर अहिलेको अबस्थामा आईपुगेको उहाँको दुखेसो छ । उहाँ अब काँग्रेसले सहिबाटो लिनुपर्ने बिपिको जीबनपद्दति, कार्यशैली समात्नु पर्ने र लोकप्रीय भएर काम गर्नुपर्ने, आफनो साँगाठानिक अबस्था मजबुत बनाउनुपर्ने, नेताको आचरण, प्रबृत्ति र कार्यशैलि बदलेर जानुपर्ने, युवालाई उचित स्थान दिनुपर्ने सुझाब दिनुहुन्छ । यसो भयो भने काँग्रेसले फेरी बहुमत ल्याउँछ र मुलुकमा शान्ति, स्थिरता, विकास र समृद्धि आउँछ, उहाँको आत्मविश्वास छ । राजनीतिक अस्थिरता, भ्रष्टाचार, बेथिति नेताहरुमा लोभ, अबसरको असमान वितरण, पार्टीत्रि काखा र पाखाको अबस्था, कतिपय नेताहरुको गलत आचरण, सुबिधा भोगि जीबन शैलि, सत्ता मोह आदिले मुलुक विकासमा पछाडि परेको उहाँको भनाई छ । मन्दिरै मन्दिरको हाम्रो देशमा यातायात, पर्यटन, कृर्षि र हाईड्रोमा ध्यान दिएर काम गर्न सके लगानि प्रबद्र्धन गर्न सके मुलुक विकास हुन केहि बेर नलाग्ने उहाँको तर्क छ ।
स्वभाव, शैली
अधिकांश समय राजनीतिमा लगाउने प्रकाश मिहिनेती , मिलनसार , स्वाभिमानि, अर्काको हितमा काम गर्न उत्साहित हुने, समाज, जनता र पार्टीकालागि जस्तोसुकै योगदान गर्न तयार हुने कृयाशील युवा नेतामा पर्नुहुन्छ । हरेक काम योजना बनाएर गर्ने, कामलाई परीणाममा हर्ने र जनताका काममा जोडिन चाहने उहाँ सबैलाई सृजनसिल बन्न प्रेरीत गर्नुहुन्छ, आफुलाई जनताको सेवक ठान्नुहुन्छ, घमण्ड गर्नुहुन्न, त्यही अनुसारको आचरण र व्यवहार सबैसँग गर्नुहुन्छ । यसले उहाँलाई जनसेबि नेता बन्न सहयोग पुर्याएको छ । उहाँ अरुलाई दुख दिएर शोषण गरेर, अनैतिक काम गरेर धन सम्पति थुपार्नेलाई र अरुलाई गालिगरेर होच्याएर सन्तुष्टि लिनेहरुलाई घृणा गर्ने गर्नुहुन्छ । सिर्जनशिल र प्रगतिशिल सोच बोकेका प्रकाश समाजलाई केहि दियौ, जनताकालागि केहि गरौ भन्ने इच्छा शत्ति र असल आचरण भएका युवा नेतामा पर्नुहुन्छ ।
जीवनलाई फर्केर हेर्दा
४३ बर्षे जीबन यात्रालाई फर्केर हेर्दा उहाँका कतिपय समकालिन साथिहरु उच्च प्रशासक छन, कतिपय डाक्टर, इन्जिनिएर र पाईलट छन कतिपय प्रहरी र सेनाका उच्च तहमा छन, पैसा कमायका छन, सुबिधा सम्पन्न जीबन पनि बिताएका छन, उहाँ त्यो सबै त्यागेर राजनीतिमा लाग्नुभएको छ, अहिले सम्म लाभको पद पाउनुभएको छैन तथापि बिना निराशा जनताका हितमा केहि यागदान गर्न सकिन्छ कि भनेर लागि रहनुभएको छ, पार्टीले सुम्पेका काम सक्रियता र इमान्दारीताका साथ गरीरहनु भएको छ, यहि कर्मले उहाँलाई सार्थक बनाएको छ । उहाँ जोड दिएरै भन्नुहुन्छ मैले आज सम्म कसैको अहित हुने, कसैलाई अन्याय हुने, कसैको चित्त दुखाउने काम गरेको छैन,सकेको सबैको हित नै गरेको छु, कसैलाई नराम्रो बचन गरेको छैन, सहयोग नै गरेको छु । घर परिवार र श्रीमतिले पनि सबैले चाहने नेता बनोस, सबैको भलो हुने काम गरोस भन्ने अपेक्षा गर्छन भन्नुहुन्छ प्रकाश । हाम्रो नजरले हेर्दा पनि त्यस्तै देखिन्छ । युवा हुँकारको तर्फबाट पनि उहाँलाई गतिशिल र सफल जीबनको शुभकामना ।
Posted on: 2023-Aug-20

Interview

मोविलीटी र मुभमेन्ट बढाएर जिल्लाको सुरक्षा चुस्त दुरुस्त राखेका छौं, एसएसपी पोखरेल
एसएसपी पोखरेलका अनुसार
ललितपुर जिल्लाभरीका सबै
क्षेत्रमा प्रहरी परिसर समेत
गरी ३८ वटा, वृत्त र
प्रभागहरु रहेका छन् ।
Full Story