27 Apr
Sat

“Journalism for the Nation”. Nation and its people are the priority for Hunkar.

बाल रोग बिज्ञ डा. जयदेबका अनुभव

20 - Aug-2023, Posted by: Yuwahunkar   |   COMMENTS: 0

 हुङ्कार संवाददाता
काठमाडौं, साउन मानिसको जीबन मरणसील छ, मान्छे जन्मिएपछि मर्छ, यो शातश्वत सत्य हो । तर बाचुन्जेल सम्म मानिस निरोगि भएर बाँच्नुपर्छ भन्ने चाहाना मान्छेको हुन्छ । यो स्वभाविक र आबाश्यक कुरा हो । त्यसकालागि मानिसले बिभिन्न गतिबिधि गर्छ, आहार विहार गर्छ, हाँस्छ, नाच्छ, कसरथ, योग, ध्यान गर्छ, गच्छे अनुसारको खाना खान्छ, सक्नेले पौष्टिक आहार गर्छ, नसक्नेले बाँच्नकै लागि पनि खान्छ, गतिबिधि गर्छ । बाँच्नकैलागि रोग लागे अस्पताल गएर डाक्टरसँग चेक जाँच गराउँछ, औषधि उपचार गर्छ । अर्थात स्वस्थ्य भएर बाँच्नकालागि चेतना अनुसारका गतिबिधि मान्छेले गर्छ । विषेश गरेर हरेक अभिभाबकले आफ्ना बाल चच्चाको स्वास्थ्य, सुरक्षा, उन्नति, प्रगति र समृद्धिको उच्चतम प्रयास, प्रयत्न र त्यस सेरोफेरोका कर्महरु गर्छ नै । यसै सन्दर्भमा हामीले यस मासिकको यस अंकमा बालरोग कस्ता कस्ता हुन्छन, त्यसको उपचार बिधि, पद्यति नेपालमा कस्तो छ, रोगहरु कस्ता कस्ता हुन्छन,उपचार गर्दा आईपर्ने आर्थिक ब्ययभार सरल वा जटिल कस्तो हुन्छ भन्ने सन्दर्भ सामाग्री हिमाल अस्पतालमा कार्यरत डाक्टर जयदेबका १० बर्षे अनुभबका भनाई संकलन गरेर पस्केका छौ ।  यि बिषय सन्दर्भहरु उहाँकै शब्दमा यस्ता छन । स्तन पान सचेतनता अहिले एक हप्ता स्तन पान दिबस पनि भएकोले यसका सन्दर्भमा थोरै कुरा जानकारी गराउँदछु । यो कार्यक्रम हामीले बर्षोदेखि भखरै बच्चा पाउँदै गरेका आमाहरुलाई लक्षित गरेर आमाले बच्चालाई दुध चुसाउँदा हुने फाईदा, चच्चालाई हुने फाईदाहरुका बारेमा धेरै आमाहरुले दुध चुसाउँदा हुने फाईदाकाबारेमा जान्नुहुन्छ, बुझनुहुन्छ भनेर यो सचेतना कार्यक्रम सञ्चालन गर्दै आएका छौ । यस सन्दर्भमा बच्चा जन्मेको एकदुई घण्टा भित्र नै आमाको दुध खुआउन थाल्नुपर्छ र ६ महिना सम्म आमाको दुध मात्रै खुआउनुपर्छ । त्यसपछि मात्रै पोषणका अन्य खानाहरु लिटो, जाउलो सहित दुई बर्षको उमेर सम्म आमाको दुध चुसाउनुपर्छ, जुन बच्चाकोलागि सबैभन्दा पोसिलो, स्वस्थ्य बद्र्धक, रोग निरोधक खाना हो । यसमा पानिको मात्रादेखि फ्याट, मिनिरल, प्रोटिन, भिटामिनको मात्रा मात्रै होइन सहि तापक्रममा सहि आहार बच्चालाई मिल्छ । जस्ले बच्चाको शारेरिक, मानसिक र बौद्धिक क्षेमताको विकास हुन्छ, राम्रोसँग बढने, बोल्ने, हिँडने शत्ति मिल्छ भने आमालाई पनि आफुलाई गर्भवति अबस्था भन्दा अगाडिको अबस्थामा फर्कन सहयोग पुग्छ । कृषा काफ्लेको भनाई ब्रेस फिडिड. बच्चा जन्मेको दिन देखि छ महिना सम्म गरीन्छ । कतिपयले २ बर्ष सम्म पनि गराउँछन । ब्रेस फिडिड. गर्दा बच्चाले आफ्नो शरिरलाई चाहिने सबै प्रकारको पौष्टिक तत्व पाउँछ, जसले गर्दा उ बढन, निरोगी रहन र तन्तुरुस्त रहन सक्छ । यसले आमालाई पनि गर्भवति अगाडिको अबस्थामा फर्कन र दुध गानिने, पाक्ने समस्याबाट बच्न फाईदा पुग्छ । ब्रेस फिडिड. गर्दा आमाले पलेटि मारेर सहज आसनमा बसि दुई हातले चच्चालाई समाएर टाउको माथि उठाई आफ्नो दुध सम्म पुर्याउनु पर्छ र उसलाई दुध खान सहज बनाएर दुधको मुन्टासहित कालो भाग पुरै बच्चाको मुखमा राखेर फिडिड. गराउनुपर्छ । त्यसो गर्दा बच्चाले राम्रो र सजिलो तरीकाले स्तन पान गर्न सक्छ । साथै स्तन पान गर्नु अघि सफा कपडाले दुधको भाग सफा गरी खुआउनुपर्छ । दुध खुआई सकेपछि बच्चालाई ठाडो पारेर लिनुपर्छ र उस्को गर्धन नेर थपथपाउनुपर्छ । यसो गर्दा बच्चाले बान्ता गर्दैन । जुन दुबैकोलागि लाभदायक हुन्छ । अहिलेको सन्दर्भमा बालरोग अहिले बढि गरेर बच्चालाई हुने रोग डेड.गो हो । यस्को संक्रमण अहिले बढिरहेको छ र अधिकाँस बच्चालाई समस्यामा पनि पारिरहेको छ । यसकालागि यो रोग लाग्नै नदिने उपाएको खोजि गर्नु बुद्धिमत्ता काम हो । जसकालागि हाम्रो घर, बिद्यालय वरिपरि पानि जम्न दिनुहुँदैन । किनकि लामखुटेले पानिबाट फैलने, पानिबाटै उस्ले आफ्नो लाईफसाईकल सञ्चालन गर्ने भएकोले त्यसको निर्ममुल गर्न लामखुटे बस्ने, जन्मने, बढने श्रोत नै बन्द गर्नुपर्छ । त्यसपछिका उपायमा बच्चालाई लामखुटेको टोकाईबाट बच्नकालागि शरिर छोप्ने लामा लामा लुगाहरु लगाई दिने, झुलभित्र सुताउने, लामखुटे आउने ठाउँमा खेल्न बस्न नदिने,घर वरपर झाडिहरु, घाँसहरु हटाएर लामखुटेको बासस्थान बन्द गर्ने,घरका झयाल ढोकामा जालि राख्ने, यतिगर्दा गर्दै पनि टोकिहाल्यो डेड.गु भै नै हाल्यो भने सम्बन्धित डाक्टरकोमा लागेर उपचार गराउने गर्नुपर्छ । यो रोग पनि दुई खालको वार्निड. साइन र नन्वार्निड. साइन हुन्छ । नन्वार्निड. सानमा सामान्य औषधि खाएर निको हुन्छ,वार्निड. साइनमा अस्पतालमा भर्ना गरेर उपचार गर्नुपर्छ । त्यस्तै अर्को मम्स अर्थात गलफुलि । यो रोगको संक्रमण पनि अहिले ब्यापक रुपमा आईरहेको छ । यो भाईरल रोग हो, जुन अहिले स्कुल जाने बच्चाहरुलाई बढिमात्रामा भएको देखिन्छ । यो एक बच्चाबाट अर्को बच्चामा श्वासको माध्यमबाट, हाछिउँ गर्दा सर्छ । यसर्थ यस्तो संक्रमण भएको बच्चालाई स्कुल जान दिनुुहुँदैन । रोग निको नहुन्जेल घरमै आईसोलेट गरेर प्रसस्त झोल र नरख्म खानेकुराहरु खान दिनुपर्छ, न्यानो पारेर राख्नुपर्छ, आबाश्यक भएमा पारासिटामोल दिनुपर्छ । साथसाथै उसलाई स्वास्थ्य कर्मिको निगरानिमा राख्न सके झन राम्रो हुन्छ । अर्को बर्षादको समयमा देखिने झाडापखालको समस्या हो । यो दुषित पानि र बाहिरको फोहोर खानाबाट हुने भएकोले त्यसमा बढि ध्यान दिनुपर्ने हुन्छ । यो भयमा प्रसस्त झोलिलो पदार्थ, पोसिला र नरम खानेकुराहरु खानदिनुपर्छ, पानिको मात्रा कम हुन दिनुहुुुुँदैन । बच्चा सिथिल भयो, ज्वरो बढि आया भने पारासिटामोल दिने, डाक्टरकोमा लाने र सल्लाहा लिने गर्नुपर्छ । यि र यस्तै रोगको उपचारमा ध्यान नदिँदा, यि नै रोगबाट ईन्फेक्सन हुँदा, घाँटि, पेटमा संक्रमण देखिने दादुराहरु आउने, ठेउलाहरु आउने टाईफाई र कमलपित्त हुने, जस्ता रोग पनि हुन्छन । यस्तो भएमा पनि डाक्टरको परामर्स लिनुपर्छ, उपचार गर्नुपर्छ ।  सरकारी पहल  बाल रोगकालागि सरकारले सरकारी अस्पतालहरुमा उपचारको ब्यबस्था गरेको हुन्छ । त्यस्ता रोगबाट बच्न सरकारले सञ्चार माध्यबाट सचेतना कार्यक्रमहरु प्रसारण पनि गरीरहेको छ । यद्यपि त्यो सबैको पहुँचमा पुग्न सकेको छैन होला त्यसमा पनि ध्यान दिनुपर्छ । आर्थिक कारणले बच्चा देखि बृद्ध सम्मले ज्यान गुमाउनु नपरोस भन्ने तर्फ नीति नियम र उपचारमा सरलिकरण गर्नुपर्छ । त्यसमा नीति नियम बनाउनेहरुको ध्यान पुग्नुपर्छ । खास गरेर स्वास्थ्य मन्त्रालयले ध्यान दिनुपर्छ । यो समयमा यो रोगले बच्चालाई समस्यामा पार्छ भन्ने कुरा  अघिल्लो बर्षको अनुभबले नै जानकारी दिई रहेको हुँदा आउने दिनमा पनि यस्तो समस्या नहोस, रोगहरु नलागुन, नफैलिओस भनेर त्यससँग सम्बन्धित पुर्ब तयारीहरु सरकारले गर्नुपर्छ । सचेतनाका कार्यक्रमहरु सञ्चालन गर्नुपर्छ । त्यसकालागि फण्डिड.को ब्यबस्था गर्नुपर्छ । यो भैरहेको छ तर प्रयाप्त नभएको हुनसक्छ । त्यसतर्फ पनि सरकारका सम्बन्धित निकायको ध्यान दिनुपर्छ । अहिले स्थानिय सरकारले स्कुलहरुमा, बाल स्वास्थ्य स्याहार केन्द्रहरुमा पौष्टिक आहारको पनि ब्यबस्था गरेको सुनिन्छ । यो रोग न्यूनिकरणकोलागि असाध्यै प्रभाबकारी काम हो । यसलाई ब्यापक बनाउन सके बच्चाको शारेरिक अबस्था अनुसार आबाश्यक पोषणयुत्त खाना खान दिन सके,राम्ररी स्याहार सुसार गर्न सके यो समस्याको हल हुन्छ । त्यस कुरा तर्फ सबैको ध्यान जान सके, त्यस खालको नीति योजनाहरु बने बाल रोग न्यूनिकरणमा सहयोग पुग्ने देखिन्छ । जुन जरुरी पनि छ । बाल रोग र उपचार सामथ्र्ये माथि भनिएका रोगमा समयमा उचित ध्यान दिन सकिएन भने यसले मेनिनजाईटिस हुने, अण्डकोषहरु सुनिने, दिमागि ज्वरोहरु हुने, असेम्लिस मेनिनजाईटिस, अर्काईटिस, पेन्काटाईटिस जस्ता रोगहरु हुने हुन्छ । र खासगरी यसैको सेरोफेरोमा बच्चाहरु बिभिन्न रोगको सिकार भैरहेका हुन्छन ।  माथि भनिएका जतिपनि रोगहरु छन ति रोगहरुमा बेलैमा ध्यान दिन सकिएको खण्डमा आर्थिक रुपले सबै बर्गले उपचार गर्न सक्ने नै हुन्छन । यि रोगहरुकालागि नेपालमै उपचार पद्यति, उपकरणहरु, प्रयोगशालाहरु र जनशत्ति भएकोले यसकालागि अतिरित्त खर्च गरेर बिदेश लैजानुपर्ने अबस्था छैन । सरकारले आम नागरीकहरुको स्वास्थ्यलाई ध्यान दिएर बिभिन्न खालका कार्यक्रमहरु जस्तै मुटु रोग, मृगौला रोग, क्यान्सर जस्ता रोगकालागि लल्लो बर्गको हितलाई ध्यान दिएर स्वास्थ्य विमाका कार्यक्रमहरु ल्याएको हुनाले र कतिपय रोगकालागि आर्थिक सहयोग समेत ब्यबस्था गरेकोले यि रोगको उपचार नपाएर कसैको ज्यान जाने अबस्था अहिले छैन ।  डाक्टरहरुका चुनौति अहिले नेपालमा सरकारी अस्पतालको संख्या कम छ, डाक्टर पढने अबसर कम छ, पढेका डाक्टरहरुलाई जागीरको ग्यारेन्टि छैन । अहिले बिषेश गरेर सबै अस्पतालमा काम गर्ने चिकित्सकहरुलाई काम गर्दा पर्सनल सुरक्षा र पेसाको सुरक्षा छैन । जागीरको ग्यारेन्टि छैन । सेवा सुबिधाहरु कम छ, जस्ले गर्दा चिकित्सकहरुले जीबिकोपार्जनकालागि काम गर्न निजि अस्पताल,क्लिनिक र स्वास्थ्य केन्द्रहरुमा धाउनुपर्ने अबस्था छ । यस्ता कुराहरुमा सरकारले ध्यान दिएर, सकेसम्म सरकारी अस्पतालको संख्या बढाएर, डाक्टरहरुको संख्या बढाएर सबैको पहुँचमा पुरयाउन सक्ने नीति र कार्यक्रमहरु ल्याउन सके, डाक्टरहरुको काम गर्ने मनोबल उच्चहुने, त्यो पेसा प्रति सबैको अभिरुचि बढने, आकर्षण बढने, रोगीको उपचारमा सहज हुने, यस्ता जनशत्तिको कमि नहुने हुन्छ । यसो भएको खण्डमा चिकित्सकहरुका चुनौति न्यूनिकरण हुन्छन । अहिलेको अबस्थामा त्या प्रयाप्त नभएकोले यस क्षेत्रमा काम गर्न चुनौति नै छ । मेडिकल काउन्सिल यो डाक्टरहरुको छाता संस्था हो । यसले डाक्टरहरुको योग्यता, हक हित, सुरक्षा, नियमनको पैरवि गर्छ । स्वास्थ्य क्षेत्रको नीति नियममा सरकारलाई सुझाब सल्लाह दिन्छ,डाक्टरका समस्याको समाधानमा पहल कदमि बढाउँछ । अर्को डाक्टरको प्रसकृप्सन विना र डाक्टरले प्रेसक्र्राइभ गरेको भन्दा फरक औषधि फार्मेसिहरुले दिन नपाउने, दिएभने एक्सन लिने, मनिटरीड. गर्ने काम प्रभाबकारी रुपमा गरीदिएको खण्डमा डाक्टरहरुलाई राम्रो हुन्छ । साथै स्वास्थ्य नीति डाक्टर मैत्रि बनाउन सरकारलाई प्रेसर दिएमा औषधि पसल र औषधि उत्पादन कम्पनिमा यदाकदा हुने बेथितिहरु रोक्ने याजना बनाउने र त्यसलाई कान्र्यान्वय गर्न सके स्वास्थ्य क्षेत्रमा हुने बेथितिको अन्त्य हुनुकासाथै चिकित्सको मनोबल समेत बढने देखिन्छ । यो उहाँहरुले गरी पनि राख्नुभएको छ, यसलाई अझ प्रभाबकारी रुपमा गरेको खण्डमा स्वास्थ्य क्षेत्र राम्रो हुन्छ । स्वास्थ्य र शिक्षा महँगो हो अहिलेको कन्टेक्समा नेपालमा स्वास्थ्य र शिक्षा महँगो नै छ । यसमा सरकारको ध्यान जानुपर्छ । सरकारले स्वास्थ्य र शिक्षालाई संबिधानमै मौलिक हकको रुपमा राखेको छ । तर सरल र सहज रुपमा यसको सेवा जनताले लिन सकिरहेको छैनन् । यसको कारण भनेको महँगो शिक्षा नै हो । पहिलो कुरा त नेपालमा सरकारी मेडिकल कलेजहरु कम छन, पढन पाउने कोटा कम छ, निजि कलेजहरु महँगा छन, सरकारले छात्रबृद्धिमा ज्यादै कम बिद्यार्थि पढाउँछ । सरकारले चिकित्सा क्षेत्रमा प्रयाप्त लगानि नगरी दिँदा, डाक्टर पढन लगानि नगरी दिँदा, यहाँ पढने वातावरण नभएर, सुरक्षाको ग्यारेन्टि नभएर, महँगो भएर नेपालीहरु काम गर्दै पढन वा सस्तो कलेजहरु खोज्दै विदेशमा पढन जान्छन । त्यहाँ पढेर आउँदा धेरै लगानि चिकित्सकहरुको भैसकेको हुन्छ । यस्तो अबस्थामा स्वाथ्य क्षेत्र महँगो हुन्छ । यस्तो अबसथामा यसतर्फको लगानिमा, शुक्क निर्धारणमा ध्यान दिएर, जिम्मेवारी लिईदिएर यो क्षेत्रको विकास र विस्तारमा ध्यान दिन सके यस्तो अबस्था हुने थिएन । यो नहुँदा नीति, नियम, नियमन कमजोर हुँदा यस्ता समसया आएका हुन ।  स्वास्थ्यमा राजनीतिकरण म आफु राजनीति नगर्ने भएकोले यो बिषयमा मलाई त्यति थाहा छैन । तर पनि एउटा डाक्टरी पेक्षा क्षेत्रको ब्यत्ति भएकोले यो क्षेत्रमा पनि राजनीति नहोला त म भन्न सक्दिन होला, समाचारहरुमा आएको हेर्दा, पढदा सुनिन्छ । सरकारी अस्पतालहरुमा कार्यकारी निर्देशक, अध्यक्ष, भिसि नियुत्ति, सरुवा, बढुवामा त्यस्तो कुरा सुनिन्छ । यस्ता समाचारमा कतिको सत्यता छ, छैन, त्यो पाटो पनि छ । यदि समाचारमा सत्यता हुन्छ भनेर पत्याउने हो भने राजनीति भएको देखिन्छ । यद्यपि मेरो यसमा १०० प्रतिशत छ भन्ने दावि पनि छैन मैले समाचारको कुरा गरेको हुुँ । तर यस क्षेत्रमा राजनीति हुनुहुँदैन, राजनीतिको रंग देखिनु हुँदैन, राजनीति हस्तक्षेप हुनुहुँदैन । यसो भै दियो भने यो क्षेत्र राम्ररी सध्रन्छ, योग्यता, क्षेमता भएका चिकित्सकहरुले काम गर्ने, आफ्नो विज्ञता देखाउने ठाउँ र अवसर पाउँछन । त्यसले स्वास्थ्य क्षेत्र राम्रो हुन्छ, सुधार हुन्छ भन्ने मेरो धाराणा छ ।  बैचारीक निष्कर्षता नेपालमा स्वास्थ्य र शिक्षा सर्बसुलभ होस, तल्लो बर्गको मेहनति, जेहन्दार बिद्यार्थिले पनि डाक्टर पढन पाउन,सरकारी अस्पतालको संख्या बृद्धि होस, सबैले रोजगारको अबसर पाउन, रोगिले सहज उपचार पाउने वातावरण सरकारले बनाओस, आर्थिक अभाबका कारण उपचार नपाउने र ज्यान गुमाउने अबस्था नहोस, त्यसमा मेडिकल काउन्सिलदेखि सम्बन्धित निकायको ध्यान जावस, चिकित्सा मैत्री नीतिहरु बनुन, डाक्टरले पनि आर्थिक अभाबले तड्पिनु नपरोस, नेपालीहरु कुनै पनि उपचारकालागि बाहिर जानुपर्ने अबस्था अहिले छैन, यसमा अझ प्रभाबकारीता आवस, डाक्टरहरुको ब्यत्तिगत सुरक्षामा सरकार अझ गम्भिर होस, उनीहरुको पेसाको ग्यारेन्टि होस, उनीहरुले विना समस्या आफ्नो योग्यता, दक्षताको उपयोग गर्न पाउन यहि भन्न चाहुन्छु ।

Posted on: 2023-Aug-20


POST YOUR COMMENTS

Please note that all the fields marked * are mandatory.

 
Note: Comments containing abusive words or slander shall not be published.


download

 

Interview

मोविलीटी र मुभमेन्ट बढाएर जिल्लाको सुरक्षा चुस्त दुरुस्त राखेका छौं, एसएसपी पोखरेल
एसएसपी पोखरेलका अनुसार ललितपुर जिल्लाभरीका सबै क्षेत्रमा प्रहरी परिसर समेत गरी ३८ वटा, वृत्त र प्रभागहरु रहेका छन् ।
Full Story


TECHNOLOGYSCIENCEAnautho SansarECONOMYEditorialINDUSTRYCRIMEBankingAGRICULTURELITERATUREPERSONALITYMANAAB DHARMABOOKANALYSISPOLITICSEDUCATIONBEEMAKHOJBOLLYWOODBUSINESSSAARC SUMMITBeauty tipsNEWSCOVER STORYREPORTBICHAR ARTICLESBANK-BANKERSPRABASENTERTAINMENTOUR SOCIETYHEALTHSPORTSOTHER FEATURESOFF THE BEAT
INTRODUCTIONEDITORIALBACKGROUNDFEATURES OBJECTIVES PROGRAM FUTURE PLAN ORGANIZATIONAL STRUCTURE OUR FAMILYCAREER WITH US
All rights reserved. 2011. yuwa hunkar