12 May
Sun

“Journalism for the Nation”. Nation and its people are the priority for Hunkar.

शैक्षिक परामर्श दातृ निकायलाई राज्यले उचित व्यवस्थापन र नियमन नगर्दा समस्या देखियो

10 - Mar-2023, Posted by: Yuwahunkar   |   COMMENTS: 0
 विष्णुहरि पाण्डे, 
संस्थापक, रोयल इजुकेसन फाउन्डेसन
 
नेपालमा अहिले झण्डै पाँच हजारको संख्या शैक्षिक परामर्श दातृ निकाय सञ्चालनमा छन्, तर शिक्षा मन्त्रालयमा दर्ता भएका एक हजार चार सय ७३ वटा छन् । दर्ता भएका शैक्षिक परामर्श दातृ निकायलाई राज्यले उचित व्यवस्थापन र नियमन नगर्दा त्यस्ता संस्थाहरुमा समस्या देखिने गरेको छ ।   शिक्षा मन्त्रालयमा हरेक छ महिनामा कर्मचारी परिवर्तन हुन्छन् । नयाँ कर्मचारीले पूणर्रूपमा विदेशी शिक्षा नीतिनियम बुझेका हुँदैनन् । आफूखुसी नियम बनाएर चल्ने गरेका कारण विद्यार्थी र अभिभावकले एनओसीदेखि समकक्षतासम्मको समस्या भोग्नु परेको छ । अब शिक्षा मन्त्रालयका सम्बन्धित शाखाका कर्मचारीले विदेशी शिक्षा र नेपाली शिक्षाका नीतिनियम अपडेट गरेको हुनुपर्छ । शैक्षिक परामर्श दातृ निकायहरू मुख्य रूपमा विदेशमा उच्च शिक्षा हासिल गर्ने विद्यार्थीलाई उचित र सही शैक्षिक परामर्श दिन स्थापना भएकाले हामी परामर्श दातृ निकायहरू संघमै दर्ता हुनुपर्छ । हाल प्रदेश सरकार र महानगरपालिकाहरूले समेत दर्ता हुन आग्रह गरिरहेका छन् ।  यस क्षेत्रमा आवद्ध साथीहरुको माग भनेको हामीले संघ अर्थात् शिक्षा मन्त्रालयमै दर्ता हुन पाउनुपर्छ । यसले कुनै समस्या आउँदा हल गर्न सहज हुने छ । मापदन्ड बनाएर शाखा विस्तार गर्न दिनुपर्छ । यसले विद्यार्थीले आफ्नो स्थानमै बसेर परामर्श सेवा दिन सक्छन् । स्वरोजगार र सक्षम हुने पाठयक्रम बनाएर विश्वविद्यालयहरू अघि बढ्नुपर्छ । धेरै विश्वविद्यालय खोल्नुभन्दा भएकै विश्वविद्यालयलाई व्यवस्थित गरी विदेशी विद्यार्थी नेपालमा ल्याउने नीति सरकारले लिनुपर्छ । अनि मात्र नेपाल राम्रो  शैक्षिक हब बन्न सक्ने छ ।

Posted on: 2023-Mar-10

POST YOUR COMMENTS

Please note that all the fields marked * are mandatory.

 
Note: Comments containing abusive words or slander shall not be published.


download

 

Interview

मोविलीटी र मुभमेन्ट बढाएर जिल्लाको सुरक्षा चुस्त दुरुस्त राखेका छौं, एसएसपी पोखरेल
एसएसपी पोखरेलका अनुसार ललितपुर जिल्लाभरीका सबै क्षेत्रमा प्रहरी परिसर समेत गरी ३८ वटा, वृत्त र प्रभागहरु रहेका छन् ।
Full Story


TECHNOLOGYSCIENCEAnautho SansarECONOMYEditorialINDUSTRYCRIMEBankingAGRICULTURELITERATUREPERSONALITYMANAAB DHARMABOOKANALYSISPOLITICSEDUCATIONBEEMAKHOJBOLLYWOODBUSINESSSAARC SUMMITBeauty tipsNEWSCOVER STORYREPORTBICHAR ARTICLESBANK-BANKERSPRABASENTERTAINMENTOUR SOCIETYHEALTHSPORTSOTHER FEATURESOFF THE BEAT
INTRODUCTIONEDITORIALBACKGROUNDFEATURES OBJECTIVES PROGRAM FUTURE PLAN ORGANIZATIONAL STRUCTURE OUR FAMILYCAREER WITH US
All rights reserved. 2011. yuwa hunkar