24 Apr
Wed

“Journalism for the Nation”. Nation and its people are the priority for Hunkar.

अर्थतन्त्रलाई सही ट्रया्कमा ल्याउन शैक्षिक परार्मश संस्थाहरुको भुमिका उल्लेखनीय

30 - Jan-2023, Posted by: Yuwahunkar   |   COMMENTS: 0

 नेपालमा ठुलो परिमाणमा श्रोत र साधन भएपनि ति श्रोत र साधनको समुचित प्रयोग हुन नसक्दा अर्थतन्त्र कमजोर बनेको छ । कृषि, ऊर्जा, पर्यटन, मानव संशाधन आदिमा निकै नैं ठुलो संभावना रहेको भएपनि यि क्षेत्रलाई मुलुकको आर्थिक बिकास र समृद्धिमा लगाउने कुरामा राज्य धेरै हदसम्म कमजोर देखिएको छ । यो कमजोरीलाई उकास्न, दक्ष, अर्धदक्ष, अदक्ष ठुलो परिमाणमाको श्रम शक्ति दुबई, कतार, मलेसिया, साउदी अरब लगायतका मुलुकहरुमा सस्तो मुल्यमा श्रम बेच्न बाध्य रहेका छन् । यही बिचमा नेपालमा क्रियाशिल शैक्षिक परामर्श संस्थाहरुले भने अमेरिका, जापान, क्यानडा, अष्टे्रलिया, बेलायत, नर्वे, न्युजिल्याण्ड, कोरिया लगायतका राष्ट्रहरुमा अध्ययनको लागि पठाउन नेपाली बिद्यार्थीहरुलाई सहजीकरण गर्दे आएको छ । शैक्षिक परामर्श केन्द्रहरुको यही सहजीकरणले अहिले मुलुकको अर्थतन्त्रलाई केही सहज बनाएको छ । 
बिशेषगरी ति बिकसित राष्ट्रमा गएका नेपाली युवायुवतीहरुले पढाई संगै रोजगारी पनि गर्दे आएका छन् । त्यही रोजगारी कै कारण उनीहरुले नेपालमा ठुलो परिमाणमा रेमिटेन्स पठाएका छन् । नेपाल राष्ट्र बैंकको पछिल्लो तथ्यांकलाई आधार मान्ने हो भने भने बिदेशमा रहेका नेपालीहरुले चालु आर्थिक बर्षको पछिल्लो पाँच महिनामा चार खर्ब ८० अर्ब ५० करोड रुपैंयाँ रेमिटेन्स पठाएका छन् । राष्ट्र बैंकका अनुसार अघिल्लो आवको पाँच महिनामा छ दशमलव तीन प्रतिशतले घटेको रेमिटेन्स अहिले २३ प्रतिशतले बढेर उक्त परिमाणमा पुगेको हो । चालु आवको पाँच महिनामा अमेरिकी डलरमा रेमिटेन्स १३ दशमलव एक प्रतिशतले बढेर तीन अर्ब ७१ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह छ दशमलव आठ प्रतिशतले घटेको थियो । राष्ट्र बैंकको तथ्यांक अनुसार आर्थिक वर्ष २०७९/८० को पाँच महिनामा कुल वस्तु निर्यात ३४ दशमलव छ प्रतिशतले घटेर ६७ अर्ब ३० करोड कायम भएको छ भने अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यात एक सय पाँच दशमलव छ प्रतिशतले बढेको थियो ।  चालु आवको पाँच महिनामा कुल वस्तु आयात २० दशमलव सात प्रतिशतले घटेर छ खर्ब ६४ अर्ब ७५ करोड कायम भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात ५९ दशमलव पाँच प्रतिशतले बढेको थियो । सो अनुसार चालु आवको पाँच महिनामा कुल वस्तु व्यापार घाटा १८ दशमलव आठ प्रतिशतले घटेर पाँच खर्ब ९७ अर्ब ४४ करोड रुपैंयाँ कायम भएको छ । आयात र निर्यातको बिचको देखिएको उच्च असन्तुलन अर्थात खबौं रुपैंयाँको व्यापार घाटाको बावजुत पनि अर्थतन्त्रलाई सही ट्रयाकमा ल्याएको एउटा मात्र क्षेत्र भनेको रेमिटेन्स नैं हो । जुन हजारौंको संख्यामा बिदेशमा रहेका नेपाली युवायुवतीहरुको कारण संभव भएको हो, शैक्षिक परामर्श केन्द्रहरुको सहजीकरणबाट संभव भएको हो । यसलाई राज्यको जिम्मेवार निकायले बुझ्नु पर्छ, मनन गर्नु पर्छ ।

Posted on: 2023-Jan-30


POST YOUR COMMENTS

Please note that all the fields marked * are mandatory.

 
Note: Comments containing abusive words or slander shall not be published.


download

 

Interview

मोविलीटी र मुभमेन्ट बढाएर जिल्लाको सुरक्षा चुस्त दुरुस्त राखेका छौं, एसएसपी पोखरेल
एसएसपी पोखरेलका अनुसार ललितपुर जिल्लाभरीका सबै क्षेत्रमा प्रहरी परिसर समेत गरी ३८ वटा, वृत्त र प्रभागहरु रहेका छन् ।
Full Story


TECHNOLOGYSCIENCEAnautho SansarECONOMYEditorialINDUSTRYCRIMEBankingAGRICULTURELITERATUREPERSONALITYMANAAB DHARMABOOKANALYSISPOLITICSEDUCATIONBEEMAKHOJBOLLYWOODBUSINESSSAARC SUMMITBeauty tipsNEWSCOVER STORYREPORTBICHAR ARTICLESBANK-BANKERSPRABASENTERTAINMENTOUR SOCIETYHEALTHSPORTSOTHER FEATURESOFF THE BEAT
INTRODUCTIONEDITORIALBACKGROUNDFEATURES OBJECTIVES PROGRAM FUTURE PLAN ORGANIZATIONAL STRUCTURE OUR FAMILYCAREER WITH US
All rights reserved. 2011. yuwa hunkar