26 Apr
Fri

“Journalism for the Nation”. Nation and its people are the priority for Hunkar.

शैक्षिक परामर्श क्षेत्रमा व्यवसायीक मर्यादा कायम गर्न अलायन्स आवस्यक छ

12 - Dec-2022, Posted by: Yuwahunkar   |   COMMENTS: 0
 अनन्त पौडेल
संयोजक एईएए सिईओ नेपाल एजुकेसन कन्सल्टेन्सी नेपालमा अहिले आवस्यकता भन्दा बढी शैक्षिक परार्मश संस्था रहेका छन् । जसको बारेमा अहिले हामी सबै जानकार रहेका छौं । तपाईहामीले यही पुतलीसड, डिल्लीबजार क्षेत्रमा मात्र हेर्यौं भने पनि यहाँ कन्सन्लटेन्सी बाहेक अरुको होर्डिङ बोर्ड देख्न मुस्किल हुन्छ । यो नेपालमा शैक्षिक परामर्श क्षेत्र आवस्यकता भन्दा बढी भएको भन्ने एउटा सानो उदाहरण मात्र हो ।  शिक्षा मन्त्रालयले शैक्षिक परामर्श संस्थाहरुको लाईसेन्स रोक्का गरेको लामो समय भएपनि कसरी नयाँ संस्थाहरु खोलेका छन, बुझ्नै गाह््रो भएको छ । यो क्षेत्रमा परामर्श संस्थाहरुको संख्या धेरै भएकै कारण अस्वस्थ प्रतिस्पर्धा बढेको छ । यसले गर्दा यो क्षेत्रमा थप बेथिती युक्त भएको छ । यो बेथितीलाई सबैले मिलेर हटाउन आवस्यक छ । सबैले मिलेर यो बेथिती हटाउन सकिएको खण्डमा मात्र यो क्षेत्रमा व्यवसायीक मर्यादा कायम हुन सक्छ । यो मर्यादा कायम भएको खण्डमा हामी सबै सुरक्षित हुन्छौं । शैक्षिक परामर्श संस्थाहरुलाई हेर्ने आम बिद्यार्थी, अभिभावक एवं सरकारको नजर समेत बदलिन्छ । यो क्षेत्रले सबैको नजरमा आत्मसम्मान प्राप्त गर्न सक्छ । यो क्षेत्र पनि अन्य क्षेत्र सरह सम्मानित पेसाकोरुपमा परिभाषित हुन सक्छ । यो पेसामा लागेकाहरुले आफु यो पेसामा छु भनेर गर्वका साथ भन्न सक्नेछन । तर यो सबै हुनुकको लागि यो क्षेत्र व्यस्थीत र मर्यादित हुनु पर्छ ।  यसको लागि धरौटी एउटा राम्रो बिकल्प हो । यो धरौटी सबैलाई मान्य हुने गरी राखिनु पर्छ । सबै धरौंटीको दायरामा आउनु पर्छ । काम गर्ने क्रममा कुनै शैक्षिक परामर्श संस्थाबाट कुनै बिद्यार्थी ठगियो भने उसले राखेको धरौटी रकमबाट नैं त्यो बिद्यार्थीलाई क्षतिपुर्ती दिने व्यवस्था गरिनु पर्छ । यसो गर्न सकिएमा मर्यादित सक्छन् । अहिले धेरै कन्सल्टेन्सीहरु लगाम बिनाको घोडा जस्तै छन, त्यही भएर नैं यो क्षेत्र बेथिती युक्त भएको हो । यो क्षेत्रलाई लगाम लगाउने काम धरौटी सम्वन्धी व्यवस्थाले गर्न सक्छ । यसले शैक्षिक परामर्श संस्थाहरुलाई सुशासनको दायरा भित्र ल्याउन सक्छ । दिन दिनै थपिदैं गएका शैक्षिक परामर्श संस्थाहरुको संख्या कम हुन सक्छ । बिद्यार्थीहरु ठगिने घटनालाई पनि यसले धेरै हदसम्म नियन्त्रणमा राख्न सक्छ । अहिले धेरै व्यवसायी साथीहरुले शैक्षिक परामर्श संस्थाहरुको हकमा धरौटी आवस्यक नपर्ने बताउँदै आएका छन, तर मलाई त्यस्तो लाग्दैंन । यो क्षेत्रमा व्यवस्थीत र मर्यादित बनाउनकाको लागि पनि धरौटी सम्वन्धी व्यवस्था कार्यान्वयन हुनु पर्छ ।  अर्कोतर्फ हामीले भर्खर मात्र अष्टेलिया अध्ययनको लागि काम गर्ने कन्सल्टेन्सीहरुको लागि एउटा अलायन्स बनाएका छौं । त्यो अलायन्सको संयोजक म आफै छु । यसको प्रत्यक्ष सम्वन्ध अष्टे्रलियन हाई कमिसन संग रहेको छ । यो अलायन्सको मुख्य काम भनेको अष्टे्रलियाको लागि काम गर्ने सबै कन्सल्टेन्सीहरु आफै स्वनियममा बाँधिने हो । यसको लागि शैक्षिक परामर्श क्षेत्रमा काम गर्ने छ वटा छाता संगठनका अध्यक्षहरुले हाईकमिसन संगै सम्झौंता गरेकाछन् । त्यो सम्झौंतामा अष्टे्रलिया अध्ययनको लागि काम गर्ने सबै संस्थाहरु र आम बिद्यार्थीहरुको हक हितमा रहेर एउटा साझा कोड अफ कन्डक्ट बनाई छ । जसको पालना सबैले गर्नुपर्छ र गरेका पनि छन् । यस गर्दा अष्टेल्रिय अध्ययन सहज हुने छ । जेनुन बिद्यार्थीहरुलाई अष्टे्रलिया अध्ययनको लागि जान सहज भएको छ । बिगतमा जस्तो फर्जी कागजात बनाएकै भरमा अष्टे्रलिया जाने क्रम रोकिएको छ । यसले गर्दा अष्टे्रलियन हाई कमिसनले नेपाली बिद्यार्थी र नेपालका शैक्षिक परामर्श संस्थाहरु र सरकारी कागजातहरुलाई हेर्ने नजरिया पनि बदलिएको छ ।

Posted on: 2022-Dec-12

POST YOUR COMMENTS

Please note that all the fields marked * are mandatory.

 
Note: Comments containing abusive words or slander shall not be published.


download

 

Interview

मोविलीटी र मुभमेन्ट बढाएर जिल्लाको सुरक्षा चुस्त दुरुस्त राखेका छौं, एसएसपी पोखरेल
एसएसपी पोखरेलका अनुसार ललितपुर जिल्लाभरीका सबै क्षेत्रमा प्रहरी परिसर समेत गरी ३८ वटा, वृत्त र प्रभागहरु रहेका छन् ।
Full Story


TECHNOLOGYSCIENCEAnautho SansarECONOMYEditorialINDUSTRYCRIMEBankingAGRICULTURELITERATUREPERSONALITYMANAAB DHARMABOOKANALYSISPOLITICSEDUCATIONBEEMAKHOJBOLLYWOODBUSINESSSAARC SUMMITBeauty tipsNEWSCOVER STORYREPORTBICHAR ARTICLESBANK-BANKERSPRABASENTERTAINMENTOUR SOCIETYHEALTHSPORTSOTHER FEATURESOFF THE BEAT
INTRODUCTIONEDITORIALBACKGROUNDFEATURES OBJECTIVES PROGRAM FUTURE PLAN ORGANIZATIONAL STRUCTURE OUR FAMILYCAREER WITH US
All rights reserved. 2011. yuwa hunkar