25 Apr
Thu

“Journalism for the Nation”. Nation and its people are the priority for Hunkar.

मुलुकको दिगो आर्थिक बिकास समृद्धिको लागि युवाको नेतृत्व

30 - Sep-2022, Posted by: Yuwahunkar   |   COMMENTS: 0

 युवा भनेका देशका कणर्धार हुन । मुलुकको दिगो आर्थिक बिकास र समृद्धिको संवाहक हुन । यो संवाहक कंही कतैपनि कमजोर हुनु हुदैंन । किनकी युवा कमजोर हुनु भनेको देश कमजोर हुनु हो । दिगो आर्थिक बिकास, समृद्धि र दिगो शान्तिको बाटोमा मुलुक पछाडि पर्नु हो । 
वास्तवमा यि सबै कुरामा अगाडि जानको लागि हरेक क्षेत्रमा युवाको नेतृत्व हुनु पर्छ । त्यो नेतृत्व क्षमतावान हुनुपर्छ, त्यो नेतृत्वमा आफ्नो देश, आफ्नो समाजको लागि केही गर्ने सोच र अठोट हुनुपर्छ । त्यो नेतृत्व आफ्नो नातावाद कृपावादबाट माथि उठ्न सक्ने हुनु पर्छ । अहिले यस्तै नेतृत्व काठमाडौं महानगर पालिकाले पाएको छ । एउटा व्यक्ति सही हुंदा, एउटा नेतृत्व सही हुंदा कति धेरै काम हुंदो रहेछ भन्ने कुराको उदाहरण काठमाडौं महानगरपालिकाका मेयर बालेन साह र उपमेर सुनिता डंगोलबाट देखिएको छ । यो नेतृत्वले अहिले काठमाडौं महानगरपालिका रहेका अवैध संरचनाहरु हटाउने, फोहोर व्यवस्थापन गर्ने, सहरलाई कुरुप बनाईरहेको अनावस्यक होर्डिङ बोर्डहरु हटाउने, लामो समयदेखि राजश्व नतिर्ने क्यासिनो, काठमाडौं फनपार्क लगायतलाई राजश्व तिर्ने ताकेता गरिरहेको छ । अर्को तर्फ पैदलयात्रुको सुविधाको लागि फुटपाथको व्यापार हटाउने, पार्किङलाई व्यवस्थीत गर्नको लागि पार्किङको लागि बनाईको बेसमेन्ट खाली गर्ने लगायतका कामहरु गरिरहेको छ ।  महानगरको युवा नेतृत्वको यो कामको अहिले चौतर्फीरुपमा तारिफ भएको छ । फुटपाथ व्यापारसंग प्रत्यक्षरुपमा जोडिएका व्यक्तिहरु, सरकारी जग्गा कव्जा गरी अवैध संरचना बनाएर सरकारी सम्पतीको दोहोन गर्ने व्यक्तिहरु मात्र काठमाडौंको महानगरको युवा नेतृत्वको कामबाट रुष्ट भएका हुन सक्छन् । यो एउटा सानो उदाहरण मात्र हो, नेतृत्व सही भए, नेतृत्वमा युवा भए त्यो नेतृत्वले देश र समाजको लागि दुरगामीरुपा कति धेरै काम गर्न सक्ने रहेछ भन्ने । अब यो देशलाई यस्तै नेतृत्व खाँचो रहेको छ । अहिले देशको नेतृत्वमा ६० भन्दा माथिका उमेर समुहका व्यक्तिहरु रहेका छन् । यो समुहसंग देश चलाउनको लागि अनुभव होला तर उनीहरुको आफ्नो स्वास्थ कमजोर रहेको छ । नेतृत्व तहमा बस्ने अधिकांस व्यक्तिहरु बिभिन्न रोगहरुबाट ग्रसित रहेका छन् । उनीहरुको आफ्नै स्वास्थ कमजोर रहेको छ भने कमजोर स्वास्थले देशको लागि कसरी प्रभावकारीरुपमा काम गर्न सक्छ ? यदि स्वास्थ राम्रो भएको भए उनीहरुले पुणर्रुपमा काम गर्न सक्थे । तर अहिले त्यो अवस्था छैंन, नेतृत्वमा पाका उमेरका व्यक्तिहरु भएकै कारण मुलुकले सहीरुपमा गति लिन सकेको छैं ।  अहिले मुलुक निर्वाचनमय भएको छ । आगामी मंसिर चार गते प्रतिनिधि सभाको चुनाव हुंदै छ । यो चुनावमा हामी सबैले क्षमतावान युवा नेतृत्वलाई जिताउन सक्नु पर्छ । नेता र पार्टी होईन, उसको क्षमता हेरेर ति व्यक्तिहरुलाई भोट दिए युवा पुस्तालाई राज्यको नेतृत्व तहमा पुर्याउनु पर्छ । अनि मात्र मुलुकले दिगो आर्थिक बिकास, समृद्धि, शान्ती र सुशासन कायम गर्न सक्छ ।

Posted on: 2022-Sep-30


POST YOUR COMMENTS

Please note that all the fields marked * are mandatory.

 
Note: Comments containing abusive words or slander shall not be published.


download

 

Interview

मोविलीटी र मुभमेन्ट बढाएर जिल्लाको सुरक्षा चुस्त दुरुस्त राखेका छौं, एसएसपी पोखरेल
एसएसपी पोखरेलका अनुसार ललितपुर जिल्लाभरीका सबै क्षेत्रमा प्रहरी परिसर समेत गरी ३८ वटा, वृत्त र प्रभागहरु रहेका छन् ।
Full Story


TECHNOLOGYSCIENCEAnautho SansarECONOMYEditorialINDUSTRYCRIMEBankingAGRICULTURELITERATUREPERSONALITYMANAAB DHARMABOOKANALYSISPOLITICSEDUCATIONBEEMAKHOJBOLLYWOODBUSINESSSAARC SUMMITBeauty tipsNEWSCOVER STORYREPORTBICHAR ARTICLESBANK-BANKERSPRABASENTERTAINMENTOUR SOCIETYHEALTHSPORTSOTHER FEATURESOFF THE BEAT
INTRODUCTIONEDITORIALBACKGROUNDFEATURES OBJECTIVES PROGRAM FUTURE PLAN ORGANIZATIONAL STRUCTURE OUR FAMILYCAREER WITH US
All rights reserved. 2011. yuwa hunkar