18 Apr
Thu

“Journalism for the Nation”. Nation and its people are the priority for Hunkar.

वडाबासीलाई खुसी बनाउदै - महर्जन

24 - Aug-2022, Posted by: Yuwahunkar   |   COMMENTS: 0

 काठमाडौं, साउन 
दिनेश महर्जन, काठमाडौं महानगरपालिका वडा नं ४ को वडा अध्यक्ष हुन । स्थानीय तहको चुनावमा कामपा भरी बिपक्षी भन्दा दुई हजार तीन सय १५ मत बढी अर्थात कुल चार हजार छ सय छ मत ल्याएर वडा अध्यक्ष जितेका महर्जन आफ्नो जीतको कारण सिंगो वडावासी खुसी भएको बताउँछन ।  भर्खर बजेट पास भयो, त्यही भएर पनि अहिले हामी बिकास निर्माण भन्दा पनि स्थानीय क्षेत्रको सरसफाई, टोलवासीलाई सभ्यता सिकाउने, बोट बिरुवा रोप्ने, ग्रिन बेल्ट बनाउने काममा लागि रहेका छौं । आफ्नो वडालाई राम्रो, शुन्दर, हराभरा र सफा बनाउन सिंगो वडावासी वडासंग सहकार्य गरेर अगाडि बढिरहनु भएको छ, उनी भन्छन । यसबर्षको लागि वडाको मुख्य योजनामा वडाका बिभिन्न टर्निङहरुमा मिरर राख्ने, हरियाली क्षेत्रलाई विस्तार र संरक्षण गर्ने, स्वास्थ सचेतना बृद्धि गर्ने, युवाहरुको दक्षता अभिबृद्धिको लागि उद्योग व्यवसाय सम्वन्धी सचेतना र आवस्यकता अनुसार तालिम परार्मश उपलब्ध गराउने, युवाहरुलाई स्वरोजगार बनाई सिर्जनात्मक काममा लगाउने रहेको वडा अध्यक्ष महर्जनको भनाई छ । अघिल्लो बर्ष सार्वजनिक जग्गा निकालेर पार्क बनायौं, अझै पनि वडामा केही सार्वजनिक जग्गाहरु रहेका छन्, ति जग्गाहरु खोजेर यसपटक वडावासीको स्वास्थको लागि खेल मैदान बनाउँछौं । वडाभित्र चार वटा सामुदायिक बिद्यालयहरु छन, ति बिद्यालयहरुको शैक्षिक, गुणस्तर, क्षमता र पुर्वाधार बिस्तार गछौं, उनी भन्छन् ।  वडाको लागि पहिला तीन करोड ५० लाख रुपैंयाँ बजेट छट्याईएको थियो, त्यसपछिको बर्षमा पाँच करोड रुपैंयाँ बजेट छुट्याईयो, चालु आर्थिक बर्षको लागि १० करोड रुपैंयाँ बजेट छुट्याईएको छ । कामपामा सबैभन्दा बढी कर उठाउनेमा ४ नं वडा पनि पर्छ । गत बर्ष हामीलाई १९ करोड रुपैंयाँ कर उठाउने टार्गेट दिएको थियो । हामीले टार्गेट भन्दा बढी अर्थात २० करोड रुपैंयाँ कर उठायौं, उनी भन्छन ।  यो बर्ष वडाको बिकास संगैं वडालाई सभ्य, सुरक्षित, शान्त र हरियालीयुक्त बनाउने काम गर्ने आप्mनो योजना रहेको मर्हजन बताउँछन । यस क्षेत्रमा केही सडक कुकुहरु पनि छन, सडक कुकुकै कारण दुर्घटना पनि हुन सक्छ । यि सडक कुकुरहरुलाई व्यवस्थीत गर्न सडक चौपायहरुसंग सम्वन्धीत बिभिन्न संस्थाहरुसंग समन्वय र सहकार्य गरी कुकुरहरुलाई बन्ध्याकरण गर्ने योजना रहेको उनी बताउँछन । समुदायभित्र आर्थिक अवस्था कमजोर भएका व्यक्तिहरुलाई स्वरोजगार र आत्मनिर्भर बनाउन पुजा गर्ने धुप, केक, पोते बनाउने तालिमहरु दिने गरिएको छ । अर्को तर्फ हाम्रो वडा खाली जमिन कम छ, सोही अर्थमा सहरी शौन्र्दयलाई कायम राख्दै हरियाली प्रर्वधन गर्न र बजारको तरकारीको बढ्दो आयातलाई कम गर्नको लागि कौसी खेतीलाई प्रर्वधन गर्ने नीति रहेको पनि वडा अध्यक्ष मर्हजनले बताएका छन् ।

Posted on: 2022-Aug-24


POST YOUR COMMENTS

Please note that all the fields marked * are mandatory.

 
Note: Comments containing abusive words or slander shall not be published.


download

 

Interview

मोविलीटी र मुभमेन्ट बढाएर जिल्लाको सुरक्षा चुस्त दुरुस्त राखेका छौं, एसएसपी पोखरेल
एसएसपी पोखरेलका अनुसार ललितपुर जिल्लाभरीका सबै क्षेत्रमा प्रहरी परिसर समेत गरी ३८ वटा, वृत्त र प्रभागहरु रहेका छन् ।
Full Story


TECHNOLOGYSCIENCEAnautho SansarECONOMYEditorialINDUSTRYCRIMEBankingAGRICULTURELITERATUREPERSONALITYMANAAB DHARMABOOKANALYSISPOLITICSEDUCATIONBEEMAKHOJBOLLYWOODBUSINESSSAARC SUMMITBeauty tipsNEWSCOVER STORYREPORTBICHAR ARTICLESBANK-BANKERSPRABASENTERTAINMENTOUR SOCIETYHEALTHSPORTSOTHER FEATURESOFF THE BEAT
INTRODUCTIONEDITORIALBACKGROUNDFEATURES OBJECTIVES PROGRAM FUTURE PLAN ORGANIZATIONAL STRUCTURE OUR FAMILYCAREER WITH US
All rights reserved. 2011. yuwa hunkar