24 Apr
Wed

“Journalism for the Nation”. Nation and its people are the priority for Hunkar.

फैलिदैं, ...... ड्रग्सको साम्रज्य

24 - Aug-2022, Posted by: Yuwahunkar   |   COMMENTS: 0
 काठमाडौं, साउन 
ड्रग्स अर्थात लागु औषधको साम्राज्य फैलिदै गएको छ । के स्वदेश, के बिदेश, के गाउँ, के शहर, के धनी, के गरिब सबैमाझ लागुऔषधको समस्या बिकराल बन्दै गएको छ । राज्यको कमजोर नियमन परिवारका सदस्यहरुको गैरजिम्वारी, व्यक्ति स्वंमको कुलत, साथी संगती, बढ्दो बेरोजगारी र आफुलाई स्मार्ट बनाउने होडबाजीमा लागु औषध प्रयोकर्ताहरु बढ्दै गएका छन । हुंदा खाने देखि हुने खानेसम्मको परिवारका सदस्याहरुलाई लागु औषध सेवनको बढ्दो समस्याले सताएको छ ।  लागु औषध सेवनमा बिषेगरी किशोर किसोरी अर्थात १२ बर्ष देखि माथि ३० बर्षसम्मका व्यक्तिहरु नैं बढी फस्ने गरेको छ । यो उमेर समुह भनेको केही रचनात्मक काम गर्ने, आफु, आफ्नो परिवार अनि देश र समाजको लागि जिम्वेवार नागरिक बन्ने उमेर हो । तर यही उमेर समुहका व्यक्तिहरु नैं अहिले सबैभन्दा बढी लागु औषधका दुव्र्यसनीहरु बनेका छन । नेपालमा मात्र होईन बिश्वव्यापीरुपमा लागुऔषध दुव्यर्सनको समस्या बढ्दो रुपमा भएको देखिन्छ । यो समस्यालाई निराकरणको लागि नेपाल लगायत अरु देशहरुले आ-आफ्नो क्षमता बमोजिम सहयोग गर्नुपर्ने देखिएको छ । खासगरी विकासशील देशहरु बढी पीडित भए पनि विकसित देशहरु पनि यसमो मारमा परेको देखिन्छ । यसै कुरालाई ध्यान दिएर प्रत्येक वर्षको जुन २६ तारिखमा अन्तर्राष्ट्रिय दुव्यर्सन विरुद्धको दिवस मनाइन्छ । संयुक्त राष्ट्र संघको सन् १९८७ मा भएको साधारण सभाले जुन २६ लाई दुव्यर्सन विरुद्धको दिवसका रुपमा मनाउने निणर्य गरेको थियो । यसमा विकसित देशहरुभन्दा विकासोन्मुख देशहरुमा बढी मात्रामा यस्ता दुव्यर्सनीहरु पाइन्छ । विज्ञहरुको भनाई अनुसार ती देशहरुमा कानून फितलो लगायत सरकारी अनुगमनको कमि, रोजगारीको अभाव, अशिक्षा, गरिबी र यस बारेको जनचेताको कमि आदि जस्ता मुख्य कारणहरु रहेको पाइन्छ । हाम्रो देशको कुरा गर्ने हो भने पनि संसारका अन्य देशहरुझै दुव्यर्सन गैरकानुनी हो तर संसारका अन्य देशहरुझै नेपालमा पनि दिनानुदिन दुव्यर्सनको समस्या बढ्दो छ । आखिर कहाँ छ त ? यो लहरोको पहरो ? किन थामिदैन यसको आपूर्ति ? मुलुककै विभिन्न भागमा गाँजा लगायत यस्ता लागु पदार्थ खेतीमा सरकारले कुनै किसिमको कडा कानून बनाएर लागू गर्न सकेको पाइदैन । हाम्रो छिमेकी देशहरु लगायत अन्य मुलुकबाट आयात गरिएका लागुऔषध, हरेक दिन गल्ली गल्लीमा वेचिन्छन र सरकारको मौनता र गतिहिनता घृणायोग्य छ । नेपालमा लागूऔषध खैरो हेरोइन, सेतो हेरोइन र कोकिन यहाँको खपतका लागि भन्दा भारतसहित विकसित देशमा पठाउन नेपाली भूमि प्रयोग हुने गरेको बिभिन्न घटनाक्रमहरुबा देखिएको छ । बिशेषगरी नेपालमा रहेका कानूनी र प्रशासनिक छिद्र तथा यहाँको कैदसजाय अनि कारागारको अवस्थालाई हेरेर माफियाहरुले नेपाललाई सजिलो ‘ट्रान्जिट’ का रुपमा उपयोग गर्दै आएको जानकारहरु बताउँछन ।   के गर्दे छ ? लागु औषध नियन्त्रण व्युरो ।    नेपालमा लागु औषधको नियन्त्रण, रोकथाम र कारवाही गर्ने निकाय भनेको नेपाल प्रहरी अन्र्तगतको लागु औषध नियन्त्रण व्युरो हो । व्युरोको तथ्यांक अनुसार नेपालमा प्रत्येक बर्ष ११ प्रतिशतका दरले लागूऔषध प्रयोगकर्ताको संख्या बढ्दै गएको छ ।  अहिले देशभर कडा किसिमको लागुऔषध सेवन गर्ने प्रयोगकर्ताको संख्या एक लाख ४१ हजार आठ सय ३४ जना रहेको छ । सम्बन्धित क्षेत्रको भनाई अनुसार दुई लाख प्रयोगकर्ता दुवर्यसनीबाट निस्कनै नसक्ने गरी फसेको जानकारी पाइन्छ । यसरी लागू औषध प्रयोग गर्नेहरुमा १५ देखि २५ उमेर समूहका युवापुस्ता बढी छन् । सुई प्रयोगकर्ताको संख्या ५२ हजारको हाराहारीमा छन् । पछिल्लो समयको टे्रन्ड हेर्दा पुरुषभन्दा महिला लागू औषध प्रयोगकर्ताको संख्या थपिँदै गएको छ । कूल लागूऔषध प्रयोगकर्तामध्ये १० प्रतिशत महिला रहेको तथ्याङ्कले देखाउँछ । देशमा गाँजा, अफिम र फर्मास्युटिकल ड्रग प्रयोग गर्नेको संख्या बढी रहेको छ । अवैधरुपमा संचालन भएका औषधि पसलहरुमा समेत अहिले सजिलै लागू औषध पाउने भएकाले पनि प्रयोगकर्ताहरु बढ्दै गएका छन् । यसर्थ सम्बन्धित निकायको भनाई अनुसार पछिल्लो समय सबैभन्दा बढी र सजिलै पैसा कमाउन सक्ने थलो लागू औषधको कारोबार बन्दै गएको छ । मूलतः वि.सं. २०३३ सालमा लागू भएको ऐन अहिलेसम्म परिमार्जित नहुँदा कामकारवाहीमा समेत समस्या रहेको छ । सुर्तीजन्य पदार्थ, मदिरा हुँदै लागू औषधमा पर्ने गरेको देखिएको छ । यसमा पनि घरपरिवार र विद्यालयका शिक्षकहरुले गरेको धुम्रपान र मध्यपानको कारणले पनि युवापुस्ता अम्मली बत्रे गरेको गृह मन्त्रालयका उच्च अधिकारीहरु बताउँछन् । यसैगरी ६० जना सरकारी विद्यालयका शिक्षकहरुमा गरिएको सर्वेक्षणमा ५० शिक्षकले मदिरा सेवन गर्ने गरेको र आधाभन्दा बढीले सुर्तीजन्य पदार्थ खाने गरेको पाइएको गृह मन्त्रालयको तथ्यांकले देखाएको छ । यसर्थ यी विभिन्न तथ्यांकका आधारमा घरपरिवार र विद्यालयका शिक्षकबाट नै सुधारको कदम नचालिए देशमा दुव्र्यसनीको संख्या अत्याधिक बढ्ने देखिन्छ ।    के गर्देछन ? देशभर खुलेका एक सय ५० भन्दा बढी सुधार केन्द्रहरु ?    लागुऔषध प्रयोगकर्ताहरुलाई कुलतबाट छुटाएर समाजमा स्थिापित गर्न कै लागि बिभिन्न सुधार केन्द्रहरु सञ्चालनमा रहेका छन् । ति सुधार केन्द्रहरु अन्य जिल्लाहरुमा भन्दा काठमाडौं उपत्यकामा नैं बढी केन्द्रित रहेका छन ।  लागू औषधबाट छुटाउनका लागि देशभर एक सय ५० वटाभन्दा बढी पुर्नस्थापना केन्द्रहरु संचालनमा छन् । तर, यस्ता केन्द्रमा उपचारको लागि १० प्रतिशतमात्र दुव्यर्सनी पुग्ने गरेको सम्बन्धित क्षेत्रले बताउँदै आएको छ । गृह मन्त्रालयको अधिकारीको भनाई अनुसार नेपालमा चार देखि पाँच लाख मानिसले लागू औषध सेवन गर्छन । यसर्थ पछिल्लो समय प्रेमीबाट १० प्रतिशत युवती औषधि सेवन गर्ने गरेको ति अधिकारीको भनाई छ । यसको साथै विद्यालयस्तरमा नै लागू औषध सम्बन्धी विषय समेटिए प्रयोगकर्ताको संख्या कम गर्न सकिने बताइन्छ । तर, लागू औषध प्रयोगकर्तामा ६० प्रतिशत चिकित्सक र ५० प्रतिशत इन्जिनियर समेत रहेको सम्बन्धित क्षेत्रको भनाई पाइन्छ । देशमा थुप्रै सुधार केन्द्रहरु खुले पनि दुव्यर्सनीहरुको संख्या भने दिनपरदिन झनै बढ्दो रुपमा रहेको देखिन्छ । यसर्थसम्पत्र परिवारको मानिसहरुमात्र नभई अन्य धेरै परिवारका, बाबुआमाका सपना बोकेका, समाजका होनहार आशालाग्दा मान्छेहरु यस्तै लागुऔषधको दुव्यर्सनका फसेका छन् । यसमा हेर्ने हो भने साथीसंगत, समय, चाह, फेशन, बिछोड, सम्पन्नता, गरिबी र बाटो बिराएको जस्ता धेरै परिभाषाले दुव्यर्सनलाई व्याख्या गर्न खोजिएतापनि दुव्यर्सन विरुद्ध समाज, राष्ट्र अनि विश्व अझै प्रभावकारी रुपमा एकरुप हुनसकेका छैनन् । जसलेगर्दा मानिसलाई पहिले नशानै जीवन जस्तो लागेको थियो रे, तर सुस्तरि जीवनको खोजीमा नशामा डुब्दै जाँदा अब जीवन बिलाएर उनीहरुको पोल्टोमा नशामात्र बाँकी छ । यसरी लागुऔषध दुव्यर्सनको वृत र चरित्रहरु त हाम्रो समाजमा हामीले देख्दै आएको छौ नि विभित्र स्वरुपका छन् । अतः पवित्र धार्मिक स्थल पशुपती क्षेत्र काठमाडौमा नशाजन्य पदार्थ सुँघेर बेहोशीमा बसेका साना कलिला भाईबहिनीहरु देखि तारेहोटलमा नशाजन्य लागुऔषधमा पुंजीपतीसम्म, एक चिलिम गाँजा माग्दै हिँडेको देखि ओखती पसलमा सामान्य रोगका ओखतीहरु धेरै सख्याँमा खरिद गरि सेवन गरेर सुत्ने सम्म दुव्यर्सनका स्वरुप अनेक छन् । यसको प्रयोगमा कोही डर भगाउन त कोही सिर्जनात्मकता बढाउन सेवन गर्ने गरेको बयान दिन्छन तर यथार्थ त के हो भने दुव्यर्सनीले दुव्यर्सन सँगै जीवन पनि खाईरहेका हुन्छन्, छोटो अवधिमा नैं ति व्यक्तिहरु मृत्युको बाटोमा पुग्ने गरेका छन् ।  यसरी दुव्यर्सनलाई विमारीको रुपमा व्याख्या गरिएको पाइन्छ, यस्तो विमारी जहाँ दुव्यर्सनीको दिमागका न्यूरनेनहरु कुनै रसायन या लागुऔषधीको प्रयोग सँगै चल्दछन । यी लागुऔषधको प्रयोगले दुव्यर्सनीको सोच, निणर्य, सम्बन्ध र मानसिकतामा गहिरो प्रभाव पारेको हुन्छ । यस्ता लागुऔषधीहरुको उपलब्धताका लागि दुव्यर्सनीहरु जेजस्तै अपराध या कुराहरु गर्न पनि पछि पर्दैनन् । अतः जङ्ककी हुने चक्करमा धेरै नेपाली छोराछोरीहरु दुव्यर्सन हुन पुगेका छन् ।

Posted on: 2022-Aug-24

POST YOUR COMMENTS

Please note that all the fields marked * are mandatory.

 
Note: Comments containing abusive words or slander shall not be published.


download

 

Interview

मोविलीटी र मुभमेन्ट बढाएर जिल्लाको सुरक्षा चुस्त दुरुस्त राखेका छौं, एसएसपी पोखरेल
एसएसपी पोखरेलका अनुसार ललितपुर जिल्लाभरीका सबै क्षेत्रमा प्रहरी परिसर समेत गरी ३८ वटा, वृत्त र प्रभागहरु रहेका छन् ।
Full Story


TECHNOLOGYSCIENCEAnautho SansarECONOMYEditorialINDUSTRYCRIMEBankingAGRICULTURELITERATUREPERSONALITYMANAAB DHARMABOOKANALYSISPOLITICSEDUCATIONBEEMAKHOJBOLLYWOODBUSINESSSAARC SUMMITBeauty tipsNEWSCOVER STORYREPORTBICHAR ARTICLESBANK-BANKERSPRABASENTERTAINMENTOUR SOCIETYHEALTHSPORTSOTHER FEATURESOFF THE BEAT
INTRODUCTIONEDITORIALBACKGROUNDFEATURES OBJECTIVES PROGRAM FUTURE PLAN ORGANIZATIONAL STRUCTURE OUR FAMILYCAREER WITH US
All rights reserved. 2011. yuwa hunkar