19 Apr
Fri

“Journalism for the Nation”. Nation and its people are the priority for Hunkar.

गुण्डा नाइके समीरमानले जेलबाटै ल्याए तरंग

29 - Jun-2022, Posted by: Yuwahunkar   |   COMMENTS: 0

 समिर उप्रेती
काठमाडौं, असार  गुण्डा नाइके समीरमानसिंह बस्नेतले जेलबाटै एक तरंग फैलाएका छन् ।  गुण्डा नाइके बस्नेतसँग प्रहरीका हाकिमको भेटवार्ता भएको भन्ने खबर प्रहरी हेडक्वाटरदेखि सिंहदरबारसम्म हल्लिखल्ली मच्चिएको छ । उनलाई भेट्न पुगेका भनिएको डीएसपीमाथि छानबिन गर्न एसपीको नेतृत्वमा समिति गठन समेत गठन भएको छ । गुण्डा नाइके समीरमानसिंह बस्नेतलाई भेट्न कारागार पुगेका प्रहरी वृत्त स्वयम्भुका प्रमुख प्रहरी डीएसपी मिलन केसीमाथि छानबिन गर्न समिति गठन भएको समाचार बिभिन्न संचार माध्यममा आएका छन् । समाचार स्रोतका अनुसार सुन्धारा केन्द्रीय कारागार गत आईतबार तिन डिएसपीको भेला भएको थियो । उक्त तिन डिएसपीको गोप्य भेटले गरमागर्मी बढाएको छ । प्रहरी परिसर काठमाडौंले परिसरकै एसपी दिनेशराज मैनालीको नेतृत्वमा तीन सदस्यीय समिति गठन गरेको हो । डीएसपी केसी सार्वजनिक बिदाको दिन पारेर आइतबार अर्का गुण्डा नाइके अमृत केसीलाई लिएर सुन्धारास्थित केन्द्रीय कारागार पुगेको स्रोतले जनाएको छ । सुन्धारा कारागारमा आइतबार कारागार प्रमुख एबं डिएसपी नबिन किशोर प्रधान सहित प्रहरी वृत्त स्वयम्भुका प्रमुख प्रहरी डीएसपी मिलन केसी र जनसेवा बृत प्रमुख डिएसपी शालिकराम शर्माको गोप्य भेटवार्ता  भएको थियो । डिएसपीबाट एसपी बढुवाका लागि तिब्र प्रतिस्पर्धाका बिच यो भेट सहितको समाचार बाहिर आएसँगै थप गरमागर्मी बढाएको हो । तिन डिएसपी एकातर्फ गोप्य भेट भइरहेको अबस्थामा नजिकै अर्को स्थानमा डन बस्नेत अर्कै ब्यक्तीसँग छलफल गरिरहेका थिए । थप हामीलाई जानकारी भएन स्रोतले न्यूज अभियानसँग नाम उल्लेख नगर्ने सर्तमा भन्यो ।  बिदाको दिन पदियमर्यादा बिपरित तिन भाई डिएसपीको गोप्य भेटले प्रधान,केसी र शर्मालाई थप तनाब गराएको छ । उनीहरु तिनै माथी अनुसन्धान हुने भएकाले थप तनाबमा परेका हुन् ।  गुण्डा नाइकेबारे अनुसन्धान र सोधपुछ गर्न जेलभित्र प्रहरी अधिकारी जानुलाई सामान्य मान्न सकिने भए पनि गोप्य रूपमा बिदाका दिन जेल पुग्नु र तिन भाई डिएसपीको आन्तरिक छलफल हुनुमा प्रहरी आचरणविपरीत हुने भएकाले उनीहरु तिन जना माथी अनुसन्धान हुने स्रोतले जनाएको छ । तीन सदस्यीय छानबिन समिति गठन भएको र तीनभित्र अनुसन्धान प्रतिवेदन बुझाउन समय दिइएको परिसरका प्रवक्तासमेत रहेका एसपी मैनालीले बताएका छन् । अनुसन्धान र सोधपुछपछि मात्रै थप भन्न सकिने मैनालीले बताए ।    डीएसपी केसी तानिए  गुन्डानाइके समीरमान सिंह बस्नेतलाई कारागारमा भेट्न पुगेको आरेपमा स्वयम्भु वृत्तका प्रहरी डीएसपी केसी मंगलबार बेलुका छानबिनका लागि उपत्यका प्रहरी कार्यालय (मेट्रो) तानिएका छन् ।  अपराधिक गतिबिधिसँगका घटना बाहिरि नुलाई संयोगमात्र नभई पछिल्लो समय उपत्यकामा आपराधिक घटनाक्रम बढेले सुष्मढंगबाट अनुसन्धान भइरहेको स्रोतले जनाएको छ । डीएसपी केसीले सार्वजनिक बिदाको दिन आइतबार गुण्डा नाइके अमृत केसीको साथमा सुन्धारास्थित केन्द्रीय कारागारमा रहेका गुन्डा नाइके बस्नेतलाई भेट्न पुगेको आरोप छ ।

Posted on: 2022-Jun-29


POST YOUR COMMENTS

Please note that all the fields marked * are mandatory.

 
Note: Comments containing abusive words or slander shall not be published.


download

 

Interview

मोविलीटी र मुभमेन्ट बढाएर जिल्लाको सुरक्षा चुस्त दुरुस्त राखेका छौं, एसएसपी पोखरेल
एसएसपी पोखरेलका अनुसार ललितपुर जिल्लाभरीका सबै क्षेत्रमा प्रहरी परिसर समेत गरी ३८ वटा, वृत्त र प्रभागहरु रहेका छन् ।
Full Story


TECHNOLOGYSCIENCEAnautho SansarECONOMYEditorialINDUSTRYCRIMEBankingAGRICULTURELITERATUREPERSONALITYMANAAB DHARMABOOKANALYSISPOLITICSEDUCATIONBEEMAKHOJBOLLYWOODBUSINESSSAARC SUMMITBeauty tipsNEWSCOVER STORYREPORTBICHAR ARTICLESBANK-BANKERSPRABASENTERTAINMENTOUR SOCIETYHEALTHSPORTSOTHER FEATURESOFF THE BEAT
INTRODUCTIONEDITORIALBACKGROUNDFEATURES OBJECTIVES PROGRAM FUTURE PLAN ORGANIZATIONAL STRUCTURE OUR FAMILYCAREER WITH US
All rights reserved. 2011. yuwa hunkar