23 Apr
Tue

“Journalism for the Nation”. Nation and its people are the priority for Hunkar.

यो क्षेत्रमा नेतृत्वको भ्याकुम छ, म त्यो भ्याकुम फुलफिल गर्न निर्वाचनमा होमिएको हु

29 - Jun-2022, Posted by: Yuwahunkar   |   COMMENTS: 0

 काठमाडौं, असार 
डा. प्रनय राणा नेपाली काँग्रेंसका युवा नेता हुनुहुन्छ । बिभिन्न काठखण्ड देखि हालसम्म नेपाली राजनीतिमा निरन्तर लागि रहनुभएका राणासंग मुलुकको आर्थिक बिकास, समृद्धि र दिगो शान्ती कायम गर्न सक्ने सुझ, बुझ र क्षमता रहेको छ । त्यही क्षमता कैं कारण उनी नेपाली राजनीतिमा होमिएका हुन । उनीसंग सबैलाई मिलाएर लान सक्ने क्षमता रहेको छ ।  सोही आधारमा डा. राणाले आगामी प्रनिनिधि सभाको निर्वाचनमा प्रतिनिधि सभा सदस्य पदको लागि उम्देवारी दिने भएका छन् । यस अर्थमा उनी प्रतिनिधि सभा सदस्य निर्वाचनमा उम्मेदवारका आकाँक्षी हुन । काठमाडौं क्षेत्र नं ५ मा स्थानीय नेताको भ्याकुम रहेको छ । नरहरी आर्चायज्यू पछि यहाँका स्थानीय नेताले राष्ट्रियस्तरमा अहिलेसम्म नेतृत्व लिएका छैंनन, म त्यो नेतृत्व लिन कैं लागि अर्थात भनौं त्यो भ्याकुम फुलफुल गर्न कैं लागि आगामी प्रतिनिधि सभाको निवार्चनमा उम्मेदवारी दिन लागेको हुं उनी भन्छन ।  आफु यो क्षेत्रमा आम जनतामाझ भिजेको सामाजिक व्यक्ति भएको र आफुले क्षेत्रिय, राष्ट्रिय तथा अन्तराष्ट्रिस्तरमा बिभिन्न सेवाहरुमा संलग्न रहंदा हाँसिल गरेको अनुभव, कामहरु, आफ्नो पेशागत, राजनीतिक एवं सामाजिक सम्वन्ध र आफु जुन समाजमा अर्थात क्षेत्र बस्छु त्यो समाजले आफुप्रति देखाएको बिश्वास नैं मेरो जित्ने आधार हो, उनी भन्छन । पहिला आफु नेपाली सेनामा द्धन्द्धकालिन अधिकृत भएको उनको भनाई छ । यो क्षेत्रमा अहिले ठुलो संख्यामा रिटार्यड, बहालवाला आर्मी, पुलिस अफिसरहरु, सरकारका बिभिन्न सेवामा रहेका उच्च पदस्थ व्यक्तिहरु बस्नु हुन्छ, सबै संग म भिजेको छु, उहाँहरु संग नजिक छु । यहाँ झण्डै ६५ सय देखि सात हजारको संख्यामा यस्ता व्यक्तित्वहरु हुनुहुन्छ । त्यो समुहमा मेरो एक्स्पोज राम्रो छ । यसबाट पनि मलाई चुनावमा उठ्न ऊर्जा मिलेको छ, उनी भन्छन । यसबाहेक आफुले पहिल्लाे डेढ वर्षमा १४ सय भन्दा बढी बिद्यार्थीहरु पढाएको र ति धेरै बिद्यार्थीहरु अहिले कुनै न कुनै रुपमा म संग यही क्षेत्रमा जोडिएका छन, यसले पनि मलाई आशावादी बनाएको छ, उनी भन्छन ।  नेपाली काँग्रेसको महाधिवेशनमा पनि पपुलर भोट पाएका डा. राणा निकै लामो समयसम्म इनफ इज इनभ अभियानमा पनि सहभागी भएका थिए । सोही आधारमा डा. राणासंग समाजका बिभिन्न तह र तप्कासंग मिलेर सामाजिक कार्यहरु गरेको निकै लामो अनुभव रहेको छ । अहिले उनले आफ्नै क्षेत्रका बच्चाहरुलाई पनि बिभिन्न माध्यमबाट जीवनउपयोगी शिक्षा दिई रहेका छैंन । यि सबै कुराबाट पनि आफुलाई राजनीतिमा आउन र राजनीतिमा आएर प्रतिनिधि सभाको निर्वाचनमका जित्ने आत्मबिश्वास बढेको डा. राणाको बुझाई रहेको छ ।

Posted on: 2022-Jun-29


POST YOUR COMMENTS

Please note that all the fields marked * are mandatory.

 
Note: Comments containing abusive words or slander shall not be published.


download

 

Interview

मोविलीटी र मुभमेन्ट बढाएर जिल्लाको सुरक्षा चुस्त दुरुस्त राखेका छौं, एसएसपी पोखरेल
एसएसपी पोखरेलका अनुसार ललितपुर जिल्लाभरीका सबै क्षेत्रमा प्रहरी परिसर समेत गरी ३८ वटा, वृत्त र प्रभागहरु रहेका छन् ।
Full Story


TECHNOLOGYSCIENCEAnautho SansarECONOMYEditorialINDUSTRYCRIMEBankingAGRICULTURELITERATUREPERSONALITYMANAAB DHARMABOOKANALYSISPOLITICSEDUCATIONBEEMAKHOJBOLLYWOODBUSINESSSAARC SUMMITBeauty tipsNEWSCOVER STORYREPORTBICHAR ARTICLESBANK-BANKERSPRABASENTERTAINMENTOUR SOCIETYHEALTHSPORTSOTHER FEATURESOFF THE BEAT
INTRODUCTIONEDITORIALBACKGROUNDFEATURES OBJECTIVES PROGRAM FUTURE PLAN ORGANIZATIONAL STRUCTURE OUR FAMILYCAREER WITH US
All rights reserved. 2011. yuwa hunkar