25 Apr
Thu

“Journalism for the Nation”. Nation and its people are the priority for Hunkar.

भूपू डीएसपी थपलियाको नियत

29 - Jun-2022, Posted by: Yuwahunkar   |   COMMENTS: 0

 नेपाल प्रहरीबाट अवकाश प्राप्त एक डिएसपीले मजदूरी गराएका एक व्यक्तिको मोटो रकम ठगी गर्ने नियत पालेका छन् । “प्रहरीबाट अवकाश लिएका भूपू डीएसपी गोविन्द थपलियाले उसको आफ्नै कृषी फर्ममा काम गराएको करोडौं भुक्तानी दिन आनाकानी मात्र गरेका छैनन्, उल्टै गुण्डा लगाएर मलाई कुटपिट गराउने धम्की दिए“, पिडीत दावी गर्ने ग्रिल व्यवसायी हरीकुमार श्रेष्ठको आरोप छ ।
पिडीत श्रेष्ठले ’आफूमाथि भूपू डीएसपी गोविन्द थपलियाबाट जिउ ज्यानको खतरा रहेको’ भन्दै जिल्ला प्रशासन कार्यालय, काठमाडौंमा निवेदन समेत दिएका छन् । पिडीत दावी गर्ने श्रेष्ठले प्रशासन कार्यालयमा का.जि. कामनपा-७ रुद्रमति मार्गस्थित ग्रामिण कृषि सेवा प्रा.लि.का सञ्चालक अन्दाजी वर्ष ५५ का गोविन्द्र प्रसाद थपलियाले कृषी फर्मका लागि पाँचखाल न.पा.- ११ , काभ्रपलाञ्चोकमा घर टहरा लगायतका संरचनाहरु आफ्नो फर्मलाई निर्माण सामाग्री समेतको व्यवस्था गरी निर्माण गर्न लगाएर इन्जिनियरले निकालेको हरहिसाव आफूलाई तिर्न बुझाउन पटक-पटक ताकेता गर्दा आफ्नै फर्ममा बोलाएर गुण्डा लगाई आइन्दा पैसा मागेको खण्डमा हात खुट्टा भाँच्ने धम्की दिएको हुँदा जिउ ज्यानको  सुरक्षा गरि पाउँ भन्दै निवेदन दिएका छन् । उनले आफूले लामो समयदेखि कामदारको पारिश्रमिक, निर्माण सामाग्रीको रकम झण्डै पाँच करोड बढी पाउन बाँकी रहेको दावी गरेका छन् । २०२० जनवरी २९ का दिन बंगुर पालनका लागि खोर तथा कम्पाउन्ड निर्माण गर्न ६७ लाख ६९ हजार ९ सय २० रुपैयामा निर्माण गर्ने गरी ग्रामिण कृषी सेवा प्रालिका तर्फबाट गोविन्द थपलिया र न्यू कालिका ग्रील तथा सोलार फिल्टर कन्स्ट्र्क्सनका तर्फबाट हरिकुमार श्रेष्ठ बीच सम्झौता भएको देखिन्छ । तर, सम्झौतामा भनिएभन्दा बढी-बढी काम गराउँदै गएका थपलियाले आफूलाई पचास लाख बराबरको काम हुँदा बीस लाख मात्र दिने गरेको भन्दै श्रेष्ठले भने, “९ करोड १३ लाखको काम गरीसकेको छु तर, मैले ३ करोड ६८ लाख मात्र पाएको छु । बाँकी रकमका लागि ताकेता गर्दा ती डीएसपीले जिउँ ज्यानकै धम्की दिए ।“ धम्की दिनु अघि थपलिया र श्रेष्ठ बीच दुबै पक्षका इन्जीनियरले दिएको नापजाँच पछि दिनु पर्ने भए दिने र लिनु पर्ने भए लिने सम्झौता पनि लिखित रुपमै गरेको देखिन्छ । आफ्नो हिसाव किताव नगरी दिएको भन्दै पिडीत दावी गर्ने हरिकुमार श्रेष्ठले यसअघि जिल्ला प्रशासन कार्यालय, काभ्रेमा पनि निवेदन दिएका छन् भने श्रम तथा रोजगार मन्त्रालय अन्तर्गतको श्रम कार्यालयमा पनि उजुरी गरेका छन् । पिडीत श्रेष्ठले भने, ‘न प्रहरीले बोलाउँदा छलफलका लागि जान्छन्, न श्रममा नै उपस्थित भएका छन् ।’ पावरकै भरमा चलेका उनले आफूलाई जहाँ गएर जे गर्न सक्छस् गर भन्ने गरेको उनको गुनासो छ । यही विषयलाई लिएर भूपू डीएसपी समेत रहेका ग्रामिण कृषी सेवाका सञ्चालक गोविन्द थपलियासँग सम्पर्क गर्दा उनले श्रेष्ठलाई आफूले काम गराएको बताए । “२१ वर्षदेखिको चिनजान हो, मेरो अन्य कार्यालयमा पनि उसले काम गरेको हो, तर अहिले आएर बेइमानी गर्न खोज्यो ,“ थपलियाको आरोप छ । तपाइँले सम्झौता भन्दा कयौं गुणा बढी काम गराउनु भएको रहेछ नि ! भन्दा थपलियाको भनाइँ थियो, “सुरुमा ६७ लाखको सम्झौता थियो, मैले त्यही सम्झौता बापतको १ करोड बढी दिएँ ।“ तर, मौखिक सम्झौता भन्दा बढी बिल पेश गरेको आरोप थपलियाको छ । पिडीत हरी कुमार श्रेष्ठले दुबै पक्षका इन्जिनियर राखेर नापजाँच गरी निस्केको हिसाव लिन आफू तयार रहेको बताउँदै यसअघि निर्माण भइसकेका ४ वटा ठूला खोर थपलियाले भत्काएर समान समेत गायव पारेको आरोप लगाए । “म प्रतिष्ठीत व्यक्ति हुँ, मजदूरको मजदूरी मार्ने कुरै आउँदैन, तर सम्झौता भन्दा दोब्बर-तेब्बर बिल पेश गर्नु त मिलेन नि !“ उनले भने, “कहिले मजदुर ल्याएर तेरो घर घेर्छु भनेर धम्की दिन्छ, कहिले कुन पुलिस कार्यालयमा पुगेर डाक्न लगाउँछ । कहिले तेरो फर्म मजदूर ल्याएर घेराइदिन्छु भन्छ । त्यसो गर्न पाइन्छ त ?“ फर्ममा सबै समान आफूले नै उपलब्ध गराइदिएको दावी थपलियाले गर्छन् भने पिडीत दावी गर्ने हरि कुमार श्रेष्ठले सबै समान आफूले खरिद गरेको र त्यसको बिल समेत आफूसँग रहेको बताउँछन् । जे होस्, श्रेष्ठ र थपलियाबीच दुई दशक बढीको न्यानो सम्वन्ध यतीबेला लेनदेनकै कारण चिसो बन्दै गएको छ । हुनत थपलिया निर्विवादित व्यक्ति भने होइनन् । चाहे नेपाल प्रहरीमा कार्यरत रहँदा होस् वा हाल मेनपावर कार्यालयमै रहेको अवस्थामा रहँदा किन नहोस् उनी विवादमा छाइरहे । माओवादी प्रभाव क्षेत्रमा सरुवा भएको भन्दै जागिर हापेका थपलिया पछि अदालतको आदेशले बहाली भएका हुन् । अवकाशपछि कोशी नामको मेनपावर कम्पनीमा कार्यरत रहँदा पनि उनी कामदार विदेश पठाउने क्रममा विवादमा आइरहे । छोटो समयमा धेरै आर्थिक हैसियतमा पुगेका उनी विरुद्ध सम्पत्ति शुद्धीकरण विभागले सम्पत्ति छानविन गरिरहेको अवस्था छ । पचासौं करोडको सम्पत्ति स्रोत देखाउन नसक्दा एकातिर तनावमा रहेका थपलियालाई मजदूरको मजदूरी प्रकरणले थप तनाव सिर्जना गरिदिएको छ । हेरौं, जिल्ला प्रशासन कार्यालय, काठमाडौंको उपस्थिति आदेश र श्रम कार्यालयको छलफलले कस्तो निकास दिने हो ? समयले नै देखाउला ।

Posted on: 2022-Jun-29


POST YOUR COMMENTS

Please note that all the fields marked * are mandatory.

 
Note: Comments containing abusive words or slander shall not be published.


download

 

Interview

मोविलीटी र मुभमेन्ट बढाएर जिल्लाको सुरक्षा चुस्त दुरुस्त राखेका छौं, एसएसपी पोखरेल
एसएसपी पोखरेलका अनुसार ललितपुर जिल्लाभरीका सबै क्षेत्रमा प्रहरी परिसर समेत गरी ३८ वटा, वृत्त र प्रभागहरु रहेका छन् ।
Full Story


TECHNOLOGYSCIENCEAnautho SansarECONOMYEditorialINDUSTRYCRIMEBankingAGRICULTURELITERATUREPERSONALITYMANAAB DHARMABOOKANALYSISPOLITICSEDUCATIONBEEMAKHOJBOLLYWOODBUSINESSSAARC SUMMITBeauty tipsNEWSCOVER STORYREPORTBICHAR ARTICLESBANK-BANKERSPRABASENTERTAINMENTOUR SOCIETYHEALTHSPORTSOTHER FEATURESOFF THE BEAT
INTRODUCTIONEDITORIALBACKGROUNDFEATURES OBJECTIVES PROGRAM FUTURE PLAN ORGANIZATIONAL STRUCTURE OUR FAMILYCAREER WITH US
All rights reserved. 2011. yuwa hunkar