16 Apr
Tue

“Journalism for the Nation”. Nation and its people are the priority for Hunkar.

चैत्र बैक तथा फाईनान्स मर्जरले लाईसेन्स संकटमा

3 - Apr-2022, Posted by: Yuwahunkar   |   COMMENTS: 0
भुवन के.सी.(जेरोम्) काठमाडौं, चैत्र
 मर्जर अथवा प्राप्तीको सोझो अर्थ हो । दुई वटा दुई वटा भन्दा बढी समान प्रकृतिका संस्थाहरु गाभिएर वा एउटा संस्थामा अर्को संस्था बिलय भएर एउटा बलियो संस्थाकोरुपमा कारोबार गर्नु हो । राष्ट्र बैैंकले यही उद्ेश्य बोकेर नै झण्डै १० बर्ष अघि मर्जर तथा प्राप्ती सम्वन्धी नीति कार्यान्वयनमा ल्यायो । 
राष्ट्र बैैंकले त्यो समयमा कार्यान्वयनमा ल्याएको एउटा बोल्ड निर्णय कै कारण अहिले एक सय ७८ वटा बैंक तथा फाईनान्स कम्पनीहरुको लाईसेन्स खारेज भएको छ । यसरी लाईसेन्स खारेज हुनेमा बाँणिज्य बैंक र लघुवित्त वित्तीय संस्थाहरुको संख्या थोरै देखिएपनि बिकास बैंक र फाईनान्स कम्पनीहरुको संख्या भने धेरै नै रहेको छ । तत्कालीन किष्ट बैंक, ग्राण्ड बैंक, प्रभुु फाईनान्स, प्रभु बिकास बैंक, सिईएमबी फाईनान्स, जनता बैंक, एस डेभलपमेन्ट बैंक सिद्धार्थ डेभलपमेन्ट बैंक, टुरिजम डेभलपमेन्ट बैंक, एच एच एण्ड बी डेभलपमेन्ट बैंक, सुयर्दशन फाईनान्स, नारायणी फाईनान्स, बुटवल फाईनान्स, एल्पीक एभरेष्ट फाइनान्स, कन्ट्री डेभलपमेन्ट बैंक, हाम्रो बिकास बैंक, एनआईसी बैंक, बैंक अफ एशिया नेपाल लिमिटेड यि त्यस्ता केही उदाहरणहरु मात्र हुन, जसको लाईसेन्स नेपाल राष्ट्र बैंकले मर्जर तथा प्राप्ती समय व्यवस्था कार्यान्वयनमा ल्याएपछि खारेज भएको छ ।    राष्ट्र बैंकले मर्जर तथा प्राप्ती सम्वन्धी व्यवस्था कार्यान्वयनमा ल्याउनुको एउटै उद्ेश्य वित्तीय क्षेत्रलाई थप सवल, बलियो, मर्यादित र प्रतिस्पर्धी बनाउनु रहेको नेपाल राष्ट्र बैंकका प्रवक्ता डा. गुणाकर भट्ट बताउँछन । यही सोच र लक्ष्यका साथ नै मर्जर तथा प्राप्ती सम्वन्धी व्यवस्था कार्यान्वयनमा आएको हो, उनले भनेकाछन । मर्जर तथा प्राप्ती सम्वन्धी व्यवस्था कार्यान्वयनमा आएपछि हालसम्म दुई सय ३९ वटा बैंक तथा बित्तीय संस्थाहरु मर्जर तथा प्राप्ती प्रकृयामा सामेल भएकाछन  । नेपाल राष्ट्र बैंकका अनुसार वित्तीय स्थायित्व सुदृढीकरण गर्ने उद्देश्यले बैंक तथा वित्तीय संस्था गाभ्ने, गाभिने तथा प्राप्ति सम्बन्धी प्रक्रिया शुरु गराए पश्चात् २०७८ पुस मसान्तसम्ममा कुल दुई सय ३९ वटा बैंक तथा वित्तीय संस्था मर्जर तथा प्राप्ति प्रक्रियामा सामेल भएका छन् । यसबाट एक सय ७८ वटा संस्थाको इजाजत खारेज हुन गई कुल ६२ वटा संस्था मात्र कायम भएको छ, प्रवक्ता भट्टले भनेका छन् ।    प्रवक्ता भट्टका अनुसार यस अवधिमा बैंक तथा फाईनानान्स कम्पनीहरुको कुल संख्या भने एक सय २९ वटा कायम भएको छ । जसअनुसार २७ वटा बाँणिज्य बैंक, क्षेत्रिय र राष्ट्रियस्तरका समेत गरी १७ वटा बिकास बैंक, १७ वटा फाईनान्स कम्पनी, ६७ वटा लघुबित्त बित्तीय संस्था र एउटा पुर्वाधार बिकास बैंक सञ्चालनमा रहेको छ । २७ वटा बाँणिज्य बैकहरुले भने सात सय ५० स्थानीय तहमा शाखा बिस्तार गरेको उनको भनाई छ  । सात वटा प्रदेशका सात सय ५३ स्थानीय तह मध्ये अब बाँणिज्य बैंकहरुको शाखा पुग्न बाँकी रहेको स्थानीय तहको संख्या तीन मात्र रहेको छ । जसमध्ये धादिङ जिल्लाको रुवीभ्याली, जाजरकोट जिल्लाको जुनीचाँदे गाउँपालिका र बझाङ जिल्लाको काँडा गाउँपालिका समेत गरी तीन वटा जिल्लाको तीन स्थानीय तहमा बाँणिज्य बैंकहरुको शाखा पुुग्न बाँकी देखिएको प्रवक्ता भट्टले बताएका छन् ।    मर्जर सम्वन्धी व्यवस्था कार्यान्वयनमा आउनु अघि नेपालमा बैंक तथा फाईनान्स कम्पनीहरु आवस्यकता भन्दा पनि बढी रहेका थिए । सोही कारण यस क्षेत्रमा अस्वस्थ प्रतिस्पर्धा निकै नै बढेर गयो । उक्त समयमा बैंकिङ कसुर सम्वन्धी घटनाहरु पनि बढेर गए । जसले गर्दा नेपाल राष्ट्र बैंक समेतको नियमनकारी भुमिका कमजोर देखियो । यही समयमा धेरै वटा बैंक तथा फाईनान्स कम्पनीहरु समस्याग्रस्त भए भने बैंकिङ कसुर सम्वन्धी घटनाहरु पनि सोही समयमा बढी भयो । घरजग्गा क्षेत्रमा तोकिएभन्दा पनि निकै नै ठुलो परिमाणमा कर्जा प्रवाह भयो । यो सबै क्षेत्रबाट अर्थतन्त्रलाई जोगाउन र नेपालको बैंकिङ क्षेत्रलाई पारदर्शी, सवल, बिश्वसनीय बनाउनको लागि नै मर्जर तथा प्राप्ती सम्वन्धी नीति कार्यान्वयनमा ल्याईएको थियो । तर आजको दिनसम्मको स्थितीलाई हेर्दा हामी मर्जरमा  सफल देखिएका छौं, राष्ट्र बैंकमा प्रवक्ता भट्टले भने । बिश्व बैंकिङ बजारमा मर्जरलाई निकै नै चुनौतीपुर्ण कार्यकोरुपमा लिईन्छ, तर नेपालको हकमा भने मर्जर तथा प्राप्ती सम्वन्धी प्रकृयामा हामीलाई सफल मिलेको हो, प्रवक्ता भट्टले भने ।    बैंक तथा फाईनान्स कम्पनीहरुको कुुल शाखा संख्या भने ११ हजार दुई सय १५ पुगेको छ । जसमध्ये बाँणिज्य बैंकहरुको कुल शाखा संख्या चार हजार आठ सय ५६, बिकास बैंकहरुको एक हजार ६५, फाईनान्स कम्पनीहरुको दुई सय ४८ र लघुबित्त बित्तीय संस्थाहरुको पाँच हजार ५६ वटा शाखाहरु सञ्चालनमा रहेका छन् । यसअघि अर्थात २०७८ असार मसान्तसम्ममा बैंक तथा फाईनान्स कम्पनीह्रुको कुुल शाखा संख्या १० हजार छ सय ८३ रहेको थियो । २०७८ को पुस मसान्तसम्ममा प्रदेश नम्वर एकमा एक सय ३७ स्थानीय तह रहेकोमा एक सय ३७ स्थानीय तहमा बैंकहरुको शाखा पुुगेको छ । प्रदेश नम्वर दुईमा पनि एक सय ३६ स्थानीय तह रहेकोमा एक सय ३६ स्थानीय तहमा नै बैंकहरुको शाखा पुगेको छ । बाग्मती प्रदेशमा भने एक सय १९ स्थानीय तह रहेकोमा एक सय १८ स्थानीय तहमा बैंकहरुको शाखा पुुगेको छ । यसैगरी गण्डकी प्रदेशमा ८५ स्थानीय तह रहेकोमा ८५ स्थानीय तहमा बैंकहरुको शाखा पुगेको छ । लुम्बिनी प्रदेशमा पनि एक सय नौ स्थानीय तह रहेकोमा एक सय नौ नै स्थानीय तहमा नै बैंकहरुको शाखा पुुगेको छ ।  कर्णाली प्रदेशमा भने ७९ स्थानीय तह रहेकोमा ७८ स्थानीय तहमा बैंकहरुको शाखा पुगेको छ । यसैगरी सदुर पश्चिम प्रदेशमा ८८ स्थानीय तह रहेकोमा ८७ स्थानीय तहरुमा बैंकहरुको शाखा पुगेकाछन ।   वाणिज्य बैंकहरुको उपस्थिति भएका स्थानीय तह प्रदेश स्थानीय तहको संख्या शाखा पुुगेका स्थानीय तह प्रदेश १ १३७ १३७ प्रदेश २ १३६ १३६ बागमती प्रदेश ११९ ११८ गण्डकी ८५ ८५ लुम्बिनी १०९ १०९ कर्णाली ७९ ७८ सुदूरपश्चिम ८८ ८७ कुल ७५३ ७५० बैंक तथा फाइनान्स कम्पनीहरुको कुल शाखा संख्या   बैंक तथा वित्तीय संस्था बैंक तथा वित्तीय संस्थाको संख्या बैंक तथा वित्तीय संस्थाको शाखा संख्या  २०७७ असार मसान्त २०७८ पुस मसान्त २०७७ असार मसान्त २०७८ पुस मसान्त  वाणिज्य बैंक २७ २७ ४७५३ ४८५६ विकास बैंक २० १७ १०२३ १०६५ वित्त कम्पनी २२ १७ २२२ २४८ लघुवित्त संस्था ८५ ६७ ४६८५ ५०४६ पूर्वाधार विकास बैंक १ १ — —  जम्मा १५५ १२९ १०६८३ ११२१५ (स्रोत ः नेपाल राष्ट्र बैंक)    मर्जर पछि बैंकिङ क्षेत्रमा अनावस्यक खर्च घट्दै  मर्जर तथा प्राप्ती प्रकृयामा सामेल भई बैंक तथा फाईनान्स कम्पनीहरुको संख्या घटे संगै बैकिङ क्षेत्रको अनावस्यक खर्च कटौती भएको छ । नेपाली बैंकिङ क्षेत्रको सबैभन्दा धेरै खर्च कर्मचारी र कार्यालय व्यवस्थापनमा हुने गरेकोमा मर्जर कै कारण यि दुबै खर्च घटेका छन् ।   जसअनुसार चालु आर्थिक बर्षको छ महिनामा बैंक तथा फाईनान्स कम्पनीहरुले कार्यालय व्यवस्थापन र कर्मचारीहरुको पारिश्रमिकमा नै बैंक तथा फाईनान्स कम्पनीहरुको ४३ अर्ब रुपैयाँ भन्दा बढी रकम खर्च भएको देखिएको छ ।  नेपाल राष्ट्र बैंकका अनुसार चालुु आर्थिक बर्षको पछिल्लो छ महिनाको अवधिमा सञ्चालनमा २७ वटा बाँणिज्य बैंक, क्षेत्रिय तथा राष्ट्रियस्तरका समेत गरी १७ वटा बिकास बैंक र १७ वटा फाईनान्स कम्पनी समेतका ६१ वटा संस्थाहरुले कर्मचारीको तलव भत्ता र कार्यालय व्यवस्थापनमा मात्र कुल ४३ अर्ब ८६ करोड ५० लाख रुपैयाँ खर्च भएको हो । उक्त खर्च मध्ये कर्र्मचारीहरुको पारिश्रमिकमा २६ अर्ब ३२ करोड ७० लाख र कार्यालय सञ्चालन शिर्षकमा १७ अर्ब ५३ करोड ८० लाख रुपैयाँ खर्च भएको राष्ट्र बैंंकको भनाई छ । बैंक तथा फाईनान्स कम्पनीह्रुले छ महिनाको अवधिमा गरेको कुल खर्च मध्ये बाँणिज्य बैंकहरुले मात्र गरेको खर्च रकम भने ३८ अर्ब ४९ करोड २० लाख रुपैयाँ रहेको छ ।    जसमध्ये कर्मचारीहरुको पारिश्रमिकमा २३ अर्ब ३० करोड ९० लाख र कार्यालय सञ्चालनमा १५ अर्ब १८ करोड ३० लाख रुपैयाँ खर्च भएको छ । राष्ट्र बैंकका अनुसार बिकास बैंकहरुले भने चालु आवको पछिल्लो छ महिनामा चार अर्ब २५ करोड ४० लाख रुपैयाँ खर्च गरेका छन् । उक्त खर्च मध्ये कर्मचारीहरुको पारिश्रमिकरुपमा दुई अर्ब ४० करोड ९० लाख र कार्र्यालय सञ्चालन शिर्षकमा एक अर्ब ८४ करोड ५० लाख रुपैयाँ खर्च गरेको देखिएको छ ।    फाईनान्स कम्पनीहरुले भने चालु आर्थिक बर्षको पछिल्लो छ महिनाको अवधिमा एक अर्ब ११ करोड ९० लाख रुपैयाँ खर्च गरेका छन् । सो मध्ये कर्मचारीहरुको पारिश्रमिकमा ६० करोड ९० लाख र कार्यालय सञ्चालन शिर्षकमा ५१ करोड रुपैयाँ खर्च गरेका छन् । राष्ट्र बैंकका अनुसार बैंक तथा फाईनान्स कम्पनीहरुको शाखा संख्या भने छ हजार एक सय ६९ वटा पुगेको छ । सो मध्ये बाँणिज्य बैंकहरुको कुल शाखा संख्या चार हजार आठ सय ५६ वटा पुगेको छ भने बिकास बैंकहरुको कुल शाखा संख्या एक हजार ६५ वटा पुगेको छ ।    फाईनान्स कम्पनीहरुको कुल शाखा संख्या पछिल्लो अवधिमा दुई सय ४८ वटा पुगेको छ । राष्ट्र बैंकका अनुसार बैंक तथा फाईनान्स कम्पनीहरुको एटिएम काउन्टरको संख्या भने चार हजार चार सय १७ वटा पुगेको छ । सो मध्ये बाँणिज्य बैंकहरुको मात्र चार हजार ६५ वटा एटिएम काउन्टरहरु सञ्चालनमा रहेकाछन । बिकास बैंक र फाईनान्स कम्पनीहरुको सञ्चालनमा रहेको एटिएम काउन्टरको संख्या भने क्रमशः तीन सय नौ र ४३ वटा रहेका छन् । राष्ट्र बैंकका अनुसार लघुवित्त वित्तीय संस्थाहरुको कुल संख्या भने पछिल्लो अवधिमा ६७ वटा पुगेको छ । यि संस्थाहरुको देशभर सञ्चालनमा रहेको कुल शाखा संख्या भने पाँच हजार २९ वटा रहेको छ । पछिल्लो समय वोमी र सुर्योदय लघुवित्त वित्तीय संस्थाले मर्जर मार्पmत एकीकृत कारोवार सञ्चालन गर्नको लागि राष्ट्र बैंकबाट सैद्धान्तिक स्वीकृती लिईसकेकाछन । यि संस्थाहरुले एकीकृत कारोवार सुरु गरेपश्चात भने लघुुवित्त संंस्थाहरुको संख्या घट्ने देखिएको छ ।    बैंक तथा फाईनान्स कम्पनीह्रुको खर्च बिवरण (रकम रु १० लाखमा) बिवरण बाँणिज्य बैंक बिकास बैंक फाईनान्स कुल  संख्या २७ १७ १७ ६१ शाखा संख्या ४८५६ १०६५ २४८ ६१६९ एटिएम काउन्टर संख्या ४०६५ ३०९ ४३ ४४१७ कर्मचारी खर्च रकम २३३०९ २४०९ ६०९ २६३२७ कार्यालय संञ्चालन खर्च १५१८३ १८४५ ५१० १७५३८   मर्जर तथा प्राप्तीको प्रभाव ः बित्तीय क्षेत्र सवल, निक्षेप तथा कर्जा रकम दुबै बढ्यो मर्जर कै कारण बैंक तथा फाईनान्स कम्पनीहरुको अनावस्यक खर्च कटौती भएसंगै बैंकिङ क्षेत्रको कार्यगत क्षमता पनि बढेको छ । यो क्षेत्र बित्तीयरुपमा थप सवल भएको छ भने कर्जा प्रवाह पनि बढेको छ । सोही आधारमा बैंकिङ क्षेत्रले पर्सनल होमलोन अर्थात व्यक्तिगत आवास निर्माण र घरजग्गा अर्थात रियस्टेट क्षेत्रमा मात्र पाँच खर्ब रुपैयाँ मध्ये बढी कर्जा प्रवाह गरेका छन् । नेपाल राष्ट्र बैंकका अनुसार चालुु आर्थिक बर्षको पछिल्लो छ महिनाको अवधिमा २७ वटा बाँणिज्य बैंक, १७ वटा बिकास बैंक र १७ वटा फाईनान्स कम्पनी सहितका ६१ वटा बैंक तथा फाईनान्स कम्पनीहरुले घरजग्गा र व्यक्तिगत आवास शिर्षकमा मात्र कुल पाँच खर्ब ४३ अर्ब ६९ करोड ७० लाख रुपैयाँ कर्जा प्रवाह गरेका हुन् ।    सो मध्ये घरजग्गा क्षेत्रमा दुई खर्ब १० अर्ब २९ करोड ४० लाख र व्यक्तिगत आवास शिर्षकमा तीन खर्ब ३३ अर्ब ३४ करोड ३० लाख रुपैयाँ कर्जा प्रवाह भएको छ । यस अवधिमा बाँणिज्य बैंकहरुले मात्र भने घरजग्गा र व्यक्तिगत आवास शिर्षकमा कुल चार खर्ब ५८ अर्ब ९७ करोड ६० लाख रुपैंयाँ कर्जा प्रवाह गरेका छन् । उक्त कर्जा मध्येमा व्यक्तिगत आवास शिर्षकमा दुई खर्ब ७८ अर्ब १९ करोड रुपैयाँ कर्जा प्रवाह भएको छ भने घरजग्गा क्षेत्रमा एक खर्ब ८० अर्ब ७८ करोड ६० लाख रुपैयाँ कर्जा प्रवाह भएको छ । बिकास बैंकहरुले भने चालुु आर्थिक बर्षको पछिल्लो छ महिनामा व्यक्तिगत आवास र घरजग्गा क्षेत्रमा कुल ६६ अर्ब ९६ करोड ६० लाख रुपैयाँ कर्जा प्रवाह गरेकाछन । जसमध्ये व्यक्तिगत आवासमा ४५ अर्ब ५१ करोड ८० लाख रुपैयाँ कर्जा प्रवाह भएको छ भने घरजग्गा क्षेत्रमा २१ अर्ब ४४ करोड ८० लाख रुपैयाँ कर्जा प्रवाह भएको छ ।    राष्ट्र बैंकका अनुसार फाईनान्स चालु आवको पछिल्लो छ महिनामा फाईनान्स कम्पनीहरुले भने व्यक्तिगत आवास र घरजग्गा क्षेत्रमा कुल १७ अर्ब ७५ करोड ५० लाख लाख रुपैयाँ कर्जा प्रवाह गरेकाछन । जसमध्ये व्यक्तिगत आवास शिर्षकमा नौ अर्ब ६९ करोड ५० लाख र घजग्गा क्षेत्रमा आठ अर्ब छ करोड रुपैयाँ कर्जा प्रवाह भएको राष्ट्र बैंकको भनाई छ ।    घरजग्गा क्षेत्रमा बैंकहरुले प्रवाह गरेको कर्जा (रकम रु १० लाखमा) बिवरण बाँणिज्य बैंक बिकास बैंक फाईनान्स होमलोन २७८१९० ४५५१८ ९६९५ रियलस्टेट १८०७८६ २१४४८ ८०६० कुल ४५८९७६ ६६९६६ १७७५५ (श्रोत नेपाल राष्ट्र बैैंक)      

Posted on: 2022-Apr-3

POST YOUR COMMENTS

Please note that all the fields marked * are mandatory.

 
Note: Comments containing abusive words or slander shall not be published.


download

 

Interview

मोविलीटी र मुभमेन्ट बढाएर जिल्लाको सुरक्षा चुस्त दुरुस्त राखेका छौं, एसएसपी पोखरेल
एसएसपी पोखरेलका अनुसार ललितपुर जिल्लाभरीका सबै क्षेत्रमा प्रहरी परिसर समेत गरी ३८ वटा, वृत्त र प्रभागहरु रहेका छन् ।
Full Story


TECHNOLOGYSCIENCEAnautho SansarECONOMYEditorialINDUSTRYCRIMEBankingAGRICULTURELITERATUREPERSONALITYMANAAB DHARMABOOKANALYSISPOLITICSEDUCATIONBEEMAKHOJBOLLYWOODBUSINESSSAARC SUMMITBeauty tipsNEWSCOVER STORYREPORTBICHAR ARTICLESBANK-BANKERSPRABASENTERTAINMENTOUR SOCIETYHEALTHSPORTSOTHER FEATURESOFF THE BEAT
INTRODUCTIONEDITORIALBACKGROUNDFEATURES OBJECTIVES PROGRAM FUTURE PLAN ORGANIZATIONAL STRUCTURE OUR FAMILYCAREER WITH US
All rights reserved. 2011. yuwa hunkar