लोकतन्त्र र गणतन्त्रलाई बलियो बनाउन नेपाली कांग्रेसको भुमिका महत्वपुर्ण
15 - Apr-2021, Posted by: Yuwahunkar | COMMENTS: 0
आम सर्वसाधारणको नजरमा सरकारको भुमिका कमजोर बन्दै गएको अनभुती यतिखेर आम नागरिकले गर्न थालेकाछन । राजनीति भित्र सत्ता र शक्ति प्राप्तीको लागि फोहरी खेल सुरु भएको छ । पछिल्ला दिनहरुमा प्रधानमन्त्री केपी शर्मा ओलीका हरेक भाषणमा देश सहि दिशामा गएको र देशले उलेख्यरुपमा प्रगती गर्दे गएको उल्लेख हुने गरेको देखिएको छ । तर यो बिचमा आम नागरिकको भोगाई एवं अनभुती भने फरक रहेको छ ।
देश साँचो अर्थमा अहिले सही दिशामा अगाडि बढेको छैन । देश मात्रै होइन दुई तिहाइको हाराहारीको केन्द्रिय सरकारका काम कुरा पनि जनताका नजरमा गलत देखिएकाछन । सामान्य अवस्थामा जनताबाट यस्तो मत प्रकट हँुदैन । त्यसमाथि प्रधानमन्त्रीलेनै बांरबार भनिहेका र प्रचार पनि व्यापकरुपमा भैरहेका कुरालाई नपत्याएर त्यसको विपरीत हुनेगरी मत जाहेर हुनुभनेको कतै केहीनकेही गडवडी छ भन्ने सन्देश नै हो । यसको अर्थ हो अब भनेर भन्दा गरेर यो शैलीलाई सच्याउनु पर्छ नत्र सरकार प्रति निराशाको मात्रा बढन जान्छ ।
शेयर कास्ट इनिसिएटिभ नेपालले गरेको १६ वर्ष उमेर पुगेका पाँच हजार ८२ जनाको विभिन्न विषयमा मन बुझने काम अर्थात सर्वेक्षणमा संघीय सरकारको कामबाट ३० दसमलव पाँच प्रतिशत सहभागी मात्र सन्तुष्ट देखिए । ‘नेसनल ओपिनियन पोल २०२१’ नाम दिइएको सर्वेक्षण अनुसार अर्थात त्यसका सहभागीले देशको राजनीति गलत दिशातर्फ अग्रसर भएको महशुस गरेका रहेछन । यो भनेको नेतृतत्वले जनताको सोचाइ अनुसारको काम नगरेको अवस्था हो । मत जाहेर गर्ने क्रममा ७६ प्रतिशतले यतिबेला देशमा आफ्नो आस्था र रुचि बुझ्ने दल नभएको बताएका प्रतिवेदनले देखाएको छ । १६ प्रतिशतले मात्रै आफ्नो र परिवारको भावनाको प्रतिनिधित्व गर्ने दल रहेको बताए । सर्वेक्षणको परिणाममा देखिए अनुसर ४४ प्रतिशतलाई राजनीति गलत दिशामा गएको भन्ने लागेको पाइयो । २२ प्रतिशत उत्तरदाताले मात्रै राजनीति सही दिशामा अघि बढेको माने । यसको अर्थ हो देशको ठूलो प्रतिशत नागरिकरको मन राजनीति गलत दिशातर्फ गएको भन्ने नै रहेछ । ४४ प्रतिशतको संंख्याले गलत दिशकातर्फ लागको भन्ने बुझाइ प्रकट गर्नु सामान्य कुरा होइन । सर्वेक्षणमा यसो हुनुको कारण पनि खुलेको छ । ४९ प्रतिशतले दलहरूको आन्तरिक झगडाले मुलुकको राजनीति सही दिशामा अगाडि बढ्न नसकेको बताएका भनेको छ सर्वेक्षणले ।
यही सर्वेक्षणमा देशले अवलम्वन गरको राजनीतिक पद्धतिप्रति भने विश्वास अत्यधिक मात्रामै विश्वास रहेको देखाएको छ । पद्धतिगतरुपमा यो सकारात्मक हुनुपर्छ । सवेृक्षणले भनेको छ –नेपालका लागि लोकतान्त्रिक शासन प्रणाली उपयुक्त मान्नेहरू ७५ प्रतिशतछन । जम्मा १२ प्रतिशत मात्रै लोकतन्त्रप्रति असहमत देखिएका पाइयो । तर यो लोकतन्त्र संकटमुक्तचाहि छैन । एकतिहाइ उत्तरदाताले लोकतन्त्रमाथि संकट रहेको विचार व्यक्त गरेकाछन भने साढे ४५ प्रतिशतले लोकतन्त्रमा कुनै खतरा नरहेको औल्याएका छन । सर्वेक्षणमा प्रकट भएको मत अनुसारे लोकतन्त्र र गणतन्त्रलाई बलियो बनाउन नेपाली कांग्रेस सबैभन्दा बढी भरपर्दो दल हो । सार्वजतिक भएको प्रतिवेदनको विवरण अनुसार ३५ प्रतिशतले कांग्रेस, २५ प्रतिशतले तत्कालीन नेकपा (ओली समूह), ११ प्रतिशतले तत्कालीन नेकपा (माधव–दाहाल समूह) र तीन प्रतिशतले जनता समाजवादी पार्टीले लोकतान्त्रिक गणतन्त्र बलियो बनाउने धारणा राखेका छन ।
यस्तो जनमतले नेतृत्वलाई सच्चिने अवसर दिन्छ । खाँचो हो यस्तो जनमतलाई आत्मसात आत्मसात गर्न सक्नुपर्छ र १६ वर्ष उमेर पुगेका पाँच हजार ८२ जनाको मत बाट आएको निश्कर्ष मान्न नेतृत्व तयार पनि हुनुपर्छ । जस्तो कि ४७ प्रतिशतले प्रधानमन्त्री, ४६–४६ प्रतिशतले मन्त्री र मुख्यमन्त्रीको बोलीमा विश्वास नरहेको अर्थात तिनलाई पत्याउन नसकिने मत जाहेर गरे । यस्तो मत नेतृत्वका लागि सामान्य होइन । यसलाई सच्याउनु पर्छ ।
Posted on: 2021-Apr-15
Posted on: 2021-Apr-15
Interview
मोविलीटी र मुभमेन्ट बढाएर जिल्लाको सुरक्षा चुस्त दुरुस्त राखेका छौं, एसएसपी पोखरेल
एसएसपी पोखरेलका अनुसार
ललितपुर जिल्लाभरीका सबै
क्षेत्रमा प्रहरी परिसर समेत
गरी ३८ वटा, वृत्त र
प्रभागहरु रहेका छन् ।
Full Story