25 Apr
Thu

“Journalism for the Nation”. Nation and its people are the priority for Hunkar.

आर्थिक बिकास र समृद्धिको पहिलो सर्त राजनीतिक स्थिरता

12 - Jan-2021, Posted by: Yuwahunkar   |   COMMENTS: 0
आर्थिक बिकास र समृद्धिको पहिलो सर्त राजनीतिक स्थिरता हो । जुन देशमा राजनीतिक स्थिरता हुदैन । त्यो देशमा आर्थिक बिकास र समृद्धि पनि हुदैन । अस्थिर राजनीतिले मुलुक भित्र आन्तरिक द्धन्द्धलाई बढाउँछ । हरेक किसिमको बिकास र समृद्धिको गतिलाई अवरुद्ध बनाउँछ । आजको दिनमा बिश्वमा आर्थिक बिकास र समृद्धिको दिशामा पछाडि परेका जति पनि राष्ट्रहरु छन, ति राष्ट्रहरुमा कुनै नै कुनै रुपमा राजनीतिक अस्थिरता रहेको छ ।    नेपाल आर्थिक बिकासमा पछाडि पर्र्नुको मुल कारण पनि राजनीतिक अस्थिरता नै हो । ईतिहाँसको राणा शासन, त्यस पछिको प्रजातन्त्र, शाही शासन, माओवादी ससत्र द्धन्द र अहिलेको गणतन्त्र सबैमा राजनीतिक अस्थिरता कायम रहेको छ । फरक यति मात्र हो हो की बिगतमा फरक किसिमको राजनीतिक अस्थिरता रहेको थियो भने अहिले त्यो भन्दा अलि फरक किसिमको राजनीतिक अस्थिरता रहेको छ । तर पछिल्लो समय भने झण्डै १० बर्ष सशत्र द्धन्द्धमा होमिएको माओवादी शान्तिपुर्ण राजनीतिमा आएसंगै मुलुकमा केही हद सम्म राजनीतिक स्थिरता कायम भएको थियो । आर्थिक बिकास समृद्धिले पनि ढिलै भए पनि लय समात्दै गएको अवस्था थियो । देश भर बिकास निर्माण र पुर्वधारका कामहरु हुदै गरेको थियो । यि कामहरुलाई केही समय बिसं २०७२ सालमा गएको बिनाशकारी भुकम्पले अवरुद्ध गरि दियो । सो पश्चात छिमेकी राष्ट्र भारतले गरेको अघोषित नाकावन्दीले पनि केही समय आर्थिक बिकास र समृद्धिको बाटो अवरुद्ध भयो ।    यस पछिको समयमा भने मुलुकले राजनीति स्थिरता संगै आर्थिक बिकास र समृद्धिको लय समात्यो  । दुई तिहाई बहमुतको सरकार बने संगै लामो समय अस्थिर रहेको नेपाली राजनीति स्थिर बन्यो । देशमा एक हद सम्म आर्थिक बिकासको बाढी नै आयो । तर यही बिचमा बिश्वव्यापीरुमा फैलिएको कोरोना भाईरस (कोभिड १९) ले नेपालको आर्थिक बिकास र समृद्धिको निकै नै गहिरो खाडल हुने गरी प्रभाव पार्यो । त्यो खाडल पुर्न हामीलाई निकै समय लाग्थ्यो र लाग्छ पनि । अहिले पनि पुर्णरुपमा कोभिड १९ को रोकथाम तथा नियन्त्रण भईसकेको छैन । तर यही बिचमा नेपाली राजनीति अस्थिर बन्दै गएको छ । नेकपामा दुइ गुट देखिएको छ, ओली समुह र प्रचण्ड माधव समुह ।   यही गुटको आपसी बिवाद कै कारण संसद बिघटन गरिएको छ । संसद बिघटन गरिएपश्चात सबै क्षेत्रबाट प्रधानमन्त्री केपी शर्मा ओलीको यो कदमको चर्को बिरोध भईरहेको छ । देशभर नाराजुलुस र आन्दोलन हुन थालेका छन । यसले गर्दा फेरि नेपालमा राजनीतिक अस्थिरता सुरु हुन थालेको छ । यो अस्थिरताका कारण बिकास निर्माणका काम अवरुद्ध हुन थालेका छन । सबै नेपालीलाई पुग्ने गरी कोभिड १९ को खोप खरिद गर्नको लागि झण्डै एक खर्ब रुपैयाँ चाहिन्छ तर यो अवस्थामा सरकार २० अर्ब रुपैयाँ खर्च गरेर मध्यावधी चुनाव गर्न लाग्दै छ । सरकारको यो कदम काम कुरो एकातिर कुम्लो बोकी ठिमीतिर भन्ने जस्तो भएको तर्कहरु राजनीतिक बृतमा चलेको छ । यो अवस्थामा मुलुकलाई पुन आर्थिक बिकास र समृद्धिको दिशामा लानको लागि यो राजनीतिक गतिरोधको अन्त्य हुनै पर्छ, मुलुकको राजनीतिक स्थिरता कायम हुनै पर्छ, राजनीतिक स्थिरता बिना आर्थिक बिकास र समृद्धि संभव छैन ।    

Posted on: 2021-Jan-12

POST YOUR COMMENTS

Please note that all the fields marked * are mandatory.

 
Note: Comments containing abusive words or slander shall not be published.


download

 

Interview

मोविलीटी र मुभमेन्ट बढाएर जिल्लाको सुरक्षा चुस्त दुरुस्त राखेका छौं, एसएसपी पोखरेल
एसएसपी पोखरेलका अनुसार ललितपुर जिल्लाभरीका सबै क्षेत्रमा प्रहरी परिसर समेत गरी ३८ वटा, वृत्त र प्रभागहरु रहेका छन् ।
Full Story


TECHNOLOGYSCIENCEAnautho SansarECONOMYEditorialINDUSTRYCRIMEBankingAGRICULTURELITERATUREPERSONALITYMANAAB DHARMABOOKANALYSISPOLITICSEDUCATIONBEEMAKHOJBOLLYWOODBUSINESSSAARC SUMMITBeauty tipsNEWSCOVER STORYREPORTBICHAR ARTICLESBANK-BANKERSPRABASENTERTAINMENTOUR SOCIETYHEALTHSPORTSOTHER FEATURESOFF THE BEAT
INTRODUCTIONEDITORIALBACKGROUNDFEATURES OBJECTIVES PROGRAM FUTURE PLAN ORGANIZATIONAL STRUCTURE OUR FAMILYCAREER WITH US
All rights reserved. 2011. yuwa hunkar