06 May
Mon

“Journalism for the Nation”. Nation and its people are the priority for Hunkar.

लडाई: मानव vs कोरोना

4 - Nov-2020, Posted by: Yuwahunkar   |   COMMENTS: 0
भुवन के.सी. असार, काठमाडौ ।   यतिखेर सिंगो मानव समुदाय आफ्नो अस्तित्वको लडाईमा रहेको छ । बिश्वव्यापीरुपमा फैलिएको कोरोना भाईरस (कोभिड १९) ले सिंगो बिश्व अथवा भनौं सिंगो मानव समुदायलाई चुनौती दिईरहेको छ ।    अत्याधुनिक हातहतियार र आणविक अस्त्रले भरिपुर्ण मानव समुदायलाई निसस्त्र एउटा भाईरसले पराजित गर्न खोज्दैछ । तर यो कतिसम्म छ, भाईरसले हामीलाई कुन हदसम्म जित्न सक्छ, हामीले भाईरसलाई कुन हदसम्म पराजित गर्न सक्छौं । अहिले नै भन्न सक्ने अवस्था छैन । तर अहिलेसम्मको अवस्था र कोरोना भाईरस बिरुद्धको लडाईको रफ्तार हेर्दा भाईरस हामी अर्थात मानव समुदायबाट पराजित हुन्छ अथवा भनौं  पराजित हुनु नै पर्छ । यदि भाईरस हामीबाट पराजित नहुने हो भने यसले सिंगो मानव अस्तित्वलाई संकटमा पार्छ । यो संकट हामीले सोचेको भन्दा हामीले अनुमान गरेको भन्दै धेरै नै भयानक हुन सक्छ ।    यस अर्थमा पनि हामीले कोभिड १९ बिरुद्धको यो लडाई डटेर लड्नु पर्छ अनि जित्नै पर्छ अथवा भनौ हराउनै पर्छ कोरोना भाईरसलाई । बिश्वको कुल जनसंख्या छ अर्ब भन्दा माथि रहेको छ । यो समाचार तयार पार्दासम्म अर्थात यही असार २७ गते रातीसम्म बिश्वको एक करोड २७ लाख २८ हजार तीन सय ६० जनामा कोरोना संक्रमण देखिएको छ । सो मध्ये ७४ लाख ३० हजार ३२ जना निको भएर घर फर्किएकाछन भने पाँच लाख ६४ हजार सात सय ५६ जनाको मृत्युु भएको छ । नेपालको कुरा गर्दा यही असार २७ रातीसम्म कुुल १६ हजार सात सय १९ जनामा कोरोना संक्रमण देखिएको छ । सो मध्ये आठ हजार चार सय ४२ जना कोरोना संक्रमित बिषेक भएर घर फर्किएकाछन  । यस अवधिमा नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ३८ पुुगेको छ । सरकारले कोरोना भाईरस रोकथाम तथा नियन्त्रणको लागि भन्दै चैत ११ गते देखि पुर्णरुपमा लक डाउनको घोषणा गरेको थियो । यो समाचार तयार पार्दासम्म अर्थात लक डाउनको घोषणा भएको एक सय १० औं दिनसम्म दुुई लाख ७९ हजार पाँच सय ४९ जनाको पिसिआर परिक्षण भएकाछन ।    कसरी सुरु भयो कोरोना भाईरस ? सन् २०१९ को डिसेम्बर अन्तिमताका चीनको दक्षिण–पूर्वी प्रान्त हुपेईको राजधानी वुहानमा देखा परेको र, हालसम्म सार्वभौम र अरुको अह्रन–खटनमा रहेको स–साना टापु देश गरी विश्वको २१५ देशमा आप्नो प्रभाव पैलाएको ‘नोभेल कोरोनाभाइरस–२०१९’ (कोभिड–१९) को महामारीका कारण विश्वका अरबौं मानिसहरु प्रभावित भएका छन् ।   विश्वभरिकै भाइरल रोग विज्ञहरुले सुरुमा (सन् २०१९ को डिसेम्बर अन्तिमताका चीनको दक्षिण–पूर्वी प्रान्त हुपेईको राजधानी वुहानमा देखा परेको वेला) ‘नोभेल कोरोनाभाइरस–२०१९’ (कोभिड–१९) को असर सन् २०२० को मार्च महिनाको मध्य–अन्त्य वा अप्रिलको पहिलो हप्तासम्ममा पूर्ण रुपमा हट्ने÷निर्मुल हुने अनुमान गरेका थिए । तर, विश्वभरिका भाइरल रोग विज्ञहरुले सुरुमा गरेको अनुमान विपरित सन् २०२० को मार्च महिनाको मध्य–अन्त्य वा अप्रिलको पहिलो हप्तामा आई पुग्दा त ‘नोभेल कोरोनाभाइरस–२०१९’ अर्थात् (कोभिड–१९) को असरको रप्mतार झनै बढेर गयो । जुन रप्mतार हालसम्म कायमै रहेको छ भने, अब (कोभिड–१९) को असर कहिले कम हुने वा पूर्ण रुपमा हट्ने ?कसैले पनि किटानी साथ भन्न सक्ने अवस्था रहेन । किनभने, केही भाइरल रोगका विज्ञहरुले सन् २०२२ रहन सक्ने भनेका छन्, केही भाइरल रोगका विज्ञहरुले सन् २०२५ सम्म रहन सक्ने भनेका छन् भने, केही भाइरल रोगका विज्ञहरुले एचआई एडस् जस्तै (कोभिड–१९) को असर पनि दीर्घकालसम्म रहन सक्ने भनेका छन् ।     हुन पनि (कोभिड–१९) को असरका कारण विश्वको समग्र अर्थतन्त्रमा ठूलो गिरावट आउने निश्चित देखिएको छ । यसै सन्दर्भमा यहाँ विश्वको पर्यटन अर्थतन्त्रमा (कोभिड–१९) ले पार्ने÷पारेको असर बोरे छोटो चर्चा गरिने छ । विसं २०७६ चैत अन्त्यमा संयुक्त राष्ट्र संघ अन्तर्गत रहेको विश्व पर्यटन संगठन (डब्लुटीओ) ले केही तथ्यांकसहित एक प्रतिवेदन प्रकाशित गरेको थियो । सो प्रतिवेदनअनुसार विश्व पर्यटन क्षेत्रको आगमन (घुमघाम) संख्यामा सन् २०१९ को तुलनामा सन् २०२० मा २० देखि ३० प्रतिशतसम्मले कमी आउने अर्थात् विश्वमा पर्यटक भएर घुम्न निक्लने मानिसहरुको संख्या सन् २०१९ को तुलनामा सन् २०२० मा २० देखि ३० प्रतिसतले घट्ने बताईएको छ । स्मरणीय छ, यो तथ्यांक (कोभिड–१९) को असर अप्रिल–मे महिनासम्म कायम रहेमा भनी गरिएको तथ्यांकसहितको प्रतिवेदन हो । तर, (कोभिड–१९) को प्रभाव अप्रिल–मे महिना काटेर जुन महिनाको मध्य–अन्त्य आई पुग्दासम्म पनि कायमै रहेकोले सन् २०१९ को तुलनामा सन् २०२० मा विश्वमा पर्यटक भएर घुम्न निक्लने मानिसहरुको संख्या सन् २०१९ को तुलनामा सन् २०२० मा २० देखि ३० भन्दा बढी नै (६५÷७५ प्रतिशत) घट्ने अनुमान सोभैm गर्न सकिन्छ ।  गत मार्च महिनामा जापानमा भ्रमण गर्न आएका विदेशी पर्यटकहरुको संख्या ९३ प्रतिशतले घटेको थियो । ‘यसरी जापानमा ९३ प्रतिशत विदेशी पर्यटक कम आउनु भनेको जापानको पर्यटन इतिहासमा सन् १९६४ पछिकै सबैभन्दा कम संख्या (प्रतिशत) रहेको थियो÷छ । त्यसो त हिजो–आज जापानमा मात्रै नभएर विश्वभरिका प्रायः सबै देशमा पर्यटन उद्योग र व्यवसाय मन्द गतिमा रहेको छ । कतिपय देशहरुमा त पर्यटन उद्योग र व्यवसाय लगभग ठप्प ! रहेको अवस्थामा छ ! हुन पनि २०१९ को अन्त्य हँुदा–नहँुदै अर्थात् डिसेम्बर अन्तिमताका चीनको दक्षिण–पूर्वी प्रान्त हुपेईको राजधानी वुहानमा देखा परेको ‘नोभेल कोरोनाभाइरस’ (हाल कोभिड–१९ भनिन्छ) नामक संक्रामक महामारीको भाइरसकै कारण जापान भ्रमण गर्न सन् २०२० को मार्चमा आएका विदेशी पर्यटकहरुको संख्या ९३ प्रतिशतले घटेको भनी जापानको समाचार संस्था ‘क्योदो’ले छापेको थियो । सो तथ्यांकअनुसार ‘गत मार्च महिनामा जापानमा १ लाख ९३ हजार ७०० जना विदेशी पर्यटकहरु मात्रै भ्रमण गरेका थिए ।’    खासमा चीनमा ‘नोभेल कोरोनाभाइरस–२०१९’ (कोभिड–१९) नामक संक्रामक रोगको भाइरसका कारण मानिसहरु बिरामी हुने र मर्ने क्रम बढेपछि चिनियाँ नागरिकहरुले आप्mनो विदेश वा स्वदेशमा विदा मनाउने सबै कार्यक्रमहरु स्थगित गरेका थिए । त्यसपछि विश्वभरि नै पर्यटन आगमनमा कमी आउन सुरु भएको थियो । स्मरणीय छ, चिनियाँहरुले त्यही वेला (जनवरी–फेबु्रअरी) लामो बिदा पाउँछन् । किनभने, चिनियाँ पात्रोअनुासर चीनको नयाँ वर्ष पनि जनवरी मध्य–अन्त्यमा सुरु हुन्छ । त्यसो भएको हुँदा धेरै जसो चिनियाँ नागरिकहरु त्यही समयमा पर्यटक भएर विश्वका भिविन्न देशमा घुम्न निक्लन्छन् । त्यही वेला आन्तरिक पर्यटकका रुपमा आप्mनो देशको विभिन्न स्थानमा भ्रमण गर्ने क्रम अत्यधिक संख्यामा बढ्ने गर्छ । स्मरणीय छ, सन् २०१९ मा विश्वभरि १ अर्ब ४६ करोड १० लाख मानिसहरुले विश्वको विभिन्न देशमा पर्यटक भई भ्रमण गरेका थिए । यो भनेको १० वर्षअघिको तुलनामा दोब्बर संख्याले वृद्धि भएको थियो । त्यसो त विश्व पर्यटन संगठन (डब्लुटीओ) का अनुसार सन् २०१९ को तुलनामा सन् २०२० मा विश्वमा घुम्न निक्लने पर्यटकको संख्या ४० करोडले कमी आउने आँकल गरेको छ÷थियो । त्यस्तै विश्व पर्यटन उद्योग÷क्षेत्रले २०२० मा ४ खर्ब ५० अर्ब अमेरिकी डलर बराबारको आर्थिक क्षति भोग्ने अनुमान गरिएको छ । तथ्याकअनुसार सन् २००८–२००९ संकटका वेलमा विश्व पर्यटनले ८८ अर्ब बराबरको आर्थिक क्षति व्यहोरेको थियो ।   नेपालमा पनि चीनबाट पैmलन सुरु भएको ‘नोभेल कोरोनाभाइरस–२०१९’ (कोभिड–१९) को असरकै कारणले सन् २०२० को पहिलो महिना अर्थात् जनवरी महिनाको तुलनामा सन् २०१९ को जनवरी महिनामा नेपाल आउने विदेशी पर्यटकको संख्या लगभग ३ प्रतिशतले घटेको थियो । तर, गत वर्षको मार्च महिनाको तुलनामा यो वर्षको मार्च महिनामा त नेपाल भ्रमण गर्न आएका विदेशी पर्यटकको संख्या ह्वात्तै (८० प्रतिशत ) ले घटेको अनुमान छ । अप्रिल, जुन र जुलाई महिनाको त तुलना गर्ने कुरै भएन । किनभने, यी ३ महिना हाम्रा लागि विदेशी पर्यटक आगमन शून्य बराबर रहने पक्का जस्तै छ ।    यसरी हेर्दा हाम्रो जस्तो कूल ग्राह्स्त उत्पादन (जीडीपी) मा पर्यटन उद्योगको योगदान केवल २.९, ३.४ देखि बढी मा ४.९ सम्म मात्रै रहेको देशमा त पर्यटनमा आएको यस्तो मूर्दा शान्तिले ! लगभग ६४ अर्बको आर्थिक क्षति व्यहोर्नुपर्ने अनुमान गरिएको छ भने, आप्mनो देशको कूल ग्राह्स्त उत्पादन (जीडीपी) मा पर्यटन उद्योगको योगदान लगभग ११÷१७ देखि ५८÷५९ प्रतिशतसम्म रहेको माल्दिभ्स, क्रोसिया, ग्रेनाडा, थाईल्यान्ड, सिंगापुर लगयात देशको हालत के होला ? सहजै अनुमान गर्न सकिन्छ ।   उपत्यकामा कोभिड १९ को संक्रमण पछिल्लो समय देभभरी कोरोना भाईरस (कोभिड १९) बाट संक्रमित हुुनेहरुको संख्या घटिरहेको अवस्थामा काठमाडौ उपत्यकामा भने संक्रमित हुनेहरुको संख्या बढ्न थालेको छ । कुुनै नेपालका सात वटै प्रदेशका ७७ वटै जिल्लामा दैनिक सात सयको हाराहारीमा संक्रमित भेटिदां उपत्यकामा भेटिने संक्रमितको संख्या निकै नै कम रहेको थियो । तर अहिले उल्टो भएको छ । देशभर कोरोना संक्रमितको संख्या घटिरहेको अवस्थामा उपत्यकामा भने कोरोना संक्रमित हुनेहरुको संख्या बढ्दै गएको छ ।    स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार उपत्यकामा देखिएकामध्ये ८० प्रतिशत बाहिरबाट आएका र २० प्रतिशत स्थानीय तथा कोठा भाडा बसेकाहरु छन् । मुलुकमा पहिलो सङ्क्रमण काठमाडौँ मै गरिएको परीक्षणका क्रममा चीनको उहानबाट आएका नेपालीमा देखिएको थियो । दोस्रो र तेस्रो सङ्क्रमण पनि बाहिरबाट आएका नेपालीमा देखिएको थियो । विगतमा काठमाडौँमा देखिएका सङ्क्रमित सबै विदेशबाट आएका नेपाली मात्रै थिए । तर अहले काठमाडौँ कै रैथाने र कोठा भाडामा लिएर बसेकामा पनि देखिन थालेकाले थप सतर्कता आवश्यक देखिएको छ ।    एक प्रतिवेदनअनुसार उपत्यकामा अहिले ७० प्रतिशतले मात्रै मास्क प्रयोग गर्ने गरेका छन् । ३० प्रतिशतले अझै लापरवाही गरिरहेका छन् । पहिलो त अनिवार्य मास्क लगाउने, त्यसपछि राम्ररी हात धुने, सेनिटाइजर प्रयोग गर्ने, जोरजुलुस नगर्ने र गरेका ठाउँमा नजाने, दुई मिटरको भौतिक दूरी कायम गर्ने, भीडभाडमा नजाने गर्दा सङ्क्रमण हुनबाट बच्न सकिन्छ । इटाली र स्पेनमा भएको लापरबाहीबाट हामीले पाठ सिक्नुपर्ने चिकित्सकको सुझाव छ । एक अध्ययनले अमेरिकामा राम्ररी मास्क लगाएको भए ३० हजार मानिसको ज्यान जोगाउन सकिने थियो । त्यसैले शत प्रतिशत मानिसले मास्क लगाउनैपर्छ । अब क्वारेन्टिनमा रहेका व्यक्तिहरुको सङ्ख्या घट्दै गएकाले त्यो सकिएपछि एक चरणमा सङ्क्रमण दर न्यून देखिने र त्यसपछि समुदायस्तरमा देखिन सक्छ । अहिलेदेखि नै सावधानी अपनाउन सके समुदायमा हुने नियन्त्रण गर्न कठिन हुँदैन । लापरबाही गर्दा भयावह हुनसक्छ ।   सरकारले सङ्क्रमण पहिचान गरेर बेलैमा सङ्क्रमण रोक्न परीक्षणको दायरा बढाउँदै लगेको पनि छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाका निर्देशक डा.रुना झाका अनुसार क्वारेन्टिनमा चाप बढी हुँदा हाल प्रयोगशालाको क्षमताभन्दा धेरै नमूना सङ्कलन हुन थालेकाले निजी क्षेत्रलाई पनि परीक्षण गर्न दिएर दायरा बढाउन थालिएको हो ।  मुलुकमा औसत दैनिक चारदेखि ६ हजारको हाराहारीमा परीक्षण हुँदै आएको छ । उपत्यकामा मात्रै दुई हजारदेखि दुई हजार ५०० सम्मको परीक्षण हुन्छ । चैत ११ गतेदेखि मुलुकमा बन्दाबन्दीको आदेश जारी गरिएकोमा अहिले त्यसको स्वरुप परिवर्तन गरी केही खुकुलो गरिएको छ । खुकुलो हुँदा लापरवाही गर्न नहुने जनस्वास्थ्य विज्ञको भनाइ छ । बागमती प्रदशेमा मात्रै पाँच सय पाँच जना कोरोना सङ्क्रमित फेला परिसकेका छन् । त्यसमध्ये पाँच जनाको मृत्यु भइसकेको छ भने एक सय ८५ जना उपचारपछि निको भएर घर फर्किसकेका छन् ।  यो समाचार तयार पार्दासम्म उपत्यकाका तीन जिल्लामा एक सय ५५ जनामा सङ्क्रमण देखिएको छ । मन्त्रालयले दिएको बुधबारसम्मको विवरणअनुसार उपत्यका बाहेक रसुवामा नौ, नुवाकोटमा १९, धादिङ्मा एक सय २२, चितवनमा ७६, सिन्धुलीमा ११, मकवानपुरमा १७, रामेछापमा २८, दोलखामा चार, सिन्धुपाल्चोकमा ३१ र काभ्रेपलाञ्चोकमा आठ जनामा संक्रमण देखिएको छ ।    कसरी सुरु भयो नेपालमा कोरोना भाईरसको संक्रमण चीनको उहानबाट आएका एक नेपालीमा विसं २०७६ माघ ९ मा कोभिड–१९ पुष्टि भएको थियो । चीनबाट आएपछि उनी पुस १६ मा चिकित्सकको सम्पर्कमा गएकामा पुस २८ गते भर्ना भएका थिए । माघ ९ गते कोरोना सङ्क्रमण रहेको पुष्टि गरिएको थियो । मुलुकमा जेठ पहिलो सातापछि भने सङ्क्रमणको गति बढेको थियो । गत माघदेखि शुरु भएको सङ्क्रमण चैतमा फाट्टफुट्ट थियो । वैशाखको अन्तिमबाट बढ्न थालेको सङ्क्रमण जेठको दोस्रो सातापछि ह्वात्तै देखियो ।   त्यसपछि फागुनमा नदेखिएको सङ्क्रमण चैतमा पुनः फेला परेको थियो । फ्रान्सबाट कतारको दोहो हुँदै चैत ४ मा नेपाल आएकी युवतीको परीक्षण गर्दा चैत १० मा दोस्रो कोभिड–१९ पुष्टि भएको थियो । चैत १२ गते तेस्रो व्यक्तिमा देखिएको सङ्क्रमण अहिले दैनिक ४०० देखि ६०० को हराहारीमा देखिँदै आएको छ ।  पहिलोपटक चीनको उहानमा सन् २०१९ को डिसेम्बर ३१ मा कोभिड–१९ मानिसमा लागेको पुष्टि भएको थियो । त्यसपछि युरोप हुँदै अमेरिकामा फैलिएको रोग भारतपछि नेपालमा फैलिएको हो ।   सार्वजनिक यातायातको क्षेत्रमा भएको १० खर्ब लगानी जोखिममा यातायात व्यवसायी महासंघका अनुसार सार्वजनिक यातायातमा करिब १० खर्ब रुपैयाँ लगानी रहेको छ । जसमा सात खर्ब बैकको लगानी छ । यो अवस्थामा सार्वजनिक यातायात जोगाउन बैकको किस्ता एक वर्ष सार्नुपर्ने पर्छ  ।    सरकारले लकडाउन हटाइहालेको अवस्थामा पनि सार्वजनिक यातायातका साधन तत्कालै संचालन गर्न सक्ने अवस्था छैन । स्पष्ट रूपमा संचालनको मोडालिटी र कार्यविधि नबनेसम्म संचालन गर्न नसकिने देखिन्छ ।  यातायात व्यवस्था विभागले अहिले बनाएको निर्देशिक पालना गरेर यातायात संचालन गर्न नसकिने व्यवसायीहरुले बताए। आधा यात्रु बोकेर बस चलाउँदा तेलको भाडा समेत उठाउन नसिकने उनीहरुको भनाइ छ। अहिले लकडाउनपछि सुरक्षित रूपमा सार्वजनिक यातायात संचालन गर्न यातायात व्यवस्था विभागले निर्देशिका तयार पारिरहेको छ । जसमा एउटा सिट छाडेर सामाजिक दुरी कायम गर्दै यात्रुहरु बस्ने, सेनिटाइजर र मास्क अनिवार्य रूपमा प्रयोग गर्ने, सहचालकका लागि क्याविन, चालक बस्ने ठाउ सिल गर्ने, प्रत्येक ट्रिप नै पिच्छे डिसइन्फेक्सन गर्ने लगायतको व्यवस्था रहेको छ ।    यो अवस्थामा व्यवसायीहरुले सार्वजनिक यातायातका सवारी साधनको बैक किस्ता स्थगन, ब्याजमा पुनर्विचार, पुनर्कर्जाको व्यवस्था, सवारीसँग सम्बन्धित कर, रुट इजाजत नवीकरण, जाँच पास र सवारी चालक अनुमतिपत्रको नवीकरणमा लाग्ने जरिवाना मिनाहाको व्यवस्थाको माग गरेकाछन ।    कोभिड १९ को असर अर्थतन्त्रमा  कोभिड–१९ प्रभावका कारण एशियाली मुलुकले यो वर्ष आर्थिक वृद्धिदर ०.१ प्रतिशत सीमित हुने एसियाली विकास वैक (एडीवी) ले प्रक्षेपण गरेको छ । तर विज्ञका रुपका कहलिएका अर्थमन्त्रीले वजेट मार्फत आर्थिक वृद्धिदर ७ प्रतिशत प्रक्षेपण गरेका छन् । यो प्रक्षेपण सतप्रतिशत हावादारीको रुपमा अर्थविद  तथा सामान्य कार्यकर्ताले समेत लिएका छन् । एडीवीले अप्रिलमा यो क्षेत्रको औषत आर्थिक वृद्धिदर २.२ प्रतिशत हुने अनुमान गरेको थियो । एडीवीले आफ्नै पूर्वानुमान संशोधन गर्दै यो क्षेत्रमा सन् १९६१ यताकै कमजोर आर्थिक वृद्धिदर हुने प्रक्षेपण गरेको हो । नोवल कोरोना भाइरसले विश्व अर्थतन्त्रमा डामाडोल पारेको अवस्थामा नेपाल पनि अछुतो रहन सकेन । असारको शुरुवात देखि लकडाउन केहि खुकुलो भएपनि मुलुकले चैत्र ११ गतेबाट निरन्तर लकडाउनको सामना गरिरहेको छ । बजारको क्षेत्रमा केहि सहजीकरण भएपनि विविध कारणले अर्थतन्त्रको वहुआयामिक क्षेत्रमा असर परेको छ । एउटा सामान्य मानिस आफ्नो जीवनयापन चलाउन आर्थिक कृयाकलाप गर्दछ भने राज्य आर्थिक क्रियाकलाप शासन संचालन गर्न गर्दछ । दुबै पक्षबाट सञ्चालित आर्थिक कृयाकलापको समग्रता अर्थतन्त्र हो । अर्थतन्त्रको मापन आर्थिक परिसूचकहरु हुन् । आर्थिक परिसूचकहरु सवल वनेर जाँदा देशको अर्थतन्त्र मजबुत हुन्छ भने आर्थिक परिसूचक नकारात्मक दिशामा जाँदा देशको अर्थतन्त्र डामाडोल अर्थात अस्तव्यस्त हुने गर्दछ ।   कोरोना भाइरसको नियन्त्रण गर्न लकडाउनको सामाना गर्नुपर्दा पर्यटन, रोजगार, आयात, निर्यात, वित्तिय क्षेत्र, यातायात, औद्योगिक उत्पादन, कृषिजन्य पदार्थको उत्पादन लगायत विभिन्न क्षेत्रमा असर परेको छ । कोरोना भाइरसको कारण वैदेशिक रोजगारीमा रहेका लाखौ युवाहरुले रोजगारी गुमाउने आकलन गरिएको छ । नेपाल वैदेशिक रोजगार व्यवसायी संघ (एनएफइए)ले लकडाउनमा गरेको अध्ययन अनुसार वैदेशिक रोजगारीका लागि विभिन्न मुलुक पुगेका २० देखी २५ प्रतिशत अर्थात ५ देखि ६ लाख जना नेपाली युवाहरुले राजगारी गुमाउने बताएको छ । ती युवाहरुलाई सरकारले कसरी कुन कुन क्षेत्रमा रोजगारी दिलाउने भन्ने कुनै ठोस नीति बनाउन सकेको छैन । सरकार आफै सत्ता संघर्ष, नेपाली भूमी माथि भारतीय अतिक्रमणमा जुध्नु गर्ने कारणले र महामारीबाट मानवीय क्षेती कसरी कम गर्न सकिन्छ भन्ने यावत विषयमा केन्द्रित हुनु पर्दा त्यो रोजगारीको विषय ओझलमा परेको छ । सरकारको अक्रमण्यताको कारणले यस्तो हुन गएको हो ।    कोरोना भाइसरको कारण विश्वका झण्डै १.३ अर्ब जनसख्या वहुआमिक गरिविको रेखामुनी पुगेको छ । नेपाल जस्तो अल्पविकसित देश पनि यसबाट पछुतो रहन सक्दैन । वहुआयामिक गरिविका सूचक स्वास्थ्य, शिक्षा र जीवनस्तमै यी तिनवटै विषयवस्तु तथा यस अन्तर्गत १० वटा अन्तर  सूचकांकमा कोरोना महामारीले नकारात्मक असर पार्दैछ । यसबाट हाम्रो देश नेपाललाई प्रत्यक्ष असर पर्ने देखिन्छ । हाल सहरबाट गाउँ पर्केका लाखौ मजदुर केहि क्षण आफ्नो घरमा जाँदा खुसी वढेपनि दीर्धकालिनी रुपमा यीनै आधारभूत कुराले पुनः पिरोल्न थाल्नेछन् । विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसको जोखिमका कारण २६ वैशाख सम्म देशभर गरिएको लकडाउन, उत्पादन, सेवा क्षेत्र र विप्रेषणमा आप्रवाहमा हस आई आर्थिक वृद्धि घट्ने प्रक्षेपण गरिएको छ । नेपालको कुल ग्राहस्थ उत्पादन चालु आर्थिक वर्षमा ५.३ प्रतिशतमा खुम्चने अनुमान छ । उच्च कृषि उत्पादन, पर्यटन आगमन, विप्रेषण आप्रवाहमा भएको वढोत्तरी तथा निजी क्षेत्रबाट भएको लगानी वृद्धिले अघिल्लो वर्ष ७.१ प्रतिशतको हाराहारीमा थियो । सरकारले यसपाली  ८ दशमलब ५ प्रतिशत आर्थिक वृद्धिदर हुने अनुमान गरेको थियो । यद्यपि लकडाउन हुनु पूर्व पहिल आर्थिक वर्षको त्रैमासिकमा पहिलो त्रैमासिकमा सरकारले घोषणा गरेको आर्थिक वृद्धिदरको आधा मात्रै पुगेको केन्द्रिय तथ्याङ्ग विभागले जनाएको थियो ।   अर्थमन्त्रालयले तयार पारेको नोवल कोरोना भाइरसको संक्रमणबाट नेपाली अर्थतन्त्रमा पर्न सक्ने प्रभाव एवं तत्काल चाल्नुपर्ने कदम सम्बन्धी प्रतिवेदनमा सम्भावित उत्पादन क्षतीको अनुमान नेपाली अर्थतन्त्रको कुल ६७ अर्ब १० करोड रुपैयाँ वराबरको क्षती हुनेछ । विश्वव्यापी प्रभावले आपूर्तिमा श्रृंखलामा परेको असर र लकडाउनका कारण हुने संभावित क्षतिको आकलनमा अर्थमन्त्रालयको अनुमानमा सेवा क्षेत्र २७ अर्ब, उद्योग क्षेत्रमा १९ अर्ब कृषि क्षेत्रमा २ अर्ब रुपैयाँ गुम्ने देखिन्छ । सेवा क्षेत्रमध्ये होटल एवम् रेष्टुरेन्ट व्यवसाय सबैभन्दा वढी प्रभावित छन् । र, ती क्षेत्रले मात्रै ६ अर्ब रुपैयाँको क्षति भोग्नेछन् ।    कोरोना भाइरसको कारण पर्यटन व्यवसाय धराशायी बनेको छ, धराशायी मात्रै भएको छैन, तत्काल उठ्नै कठिन हुने देखिएको छ । पर्यटन व्यवसायको मुख्य साधन नै हवाई उडान हो । विश्वका अधिकांश देशमा अहिले हवाई उडान प्रतिवन्ध जस्तै छ । विश्वका झण्डै ८० प्रतिशत हवाई उडान स्थगित छ । निजी वायुसेवा कम्पनीहरुको छाता संगठन वायु सेवा संचालक संघका कार्यकारी निर्देशक कमल वमोका अनुसार २०७६ वैशाख महिनामा मात्रै निजी क्षेत्रका वायुसेवा कम्पनीहरुले मात्र १ अर्ब ९४ करोड रुपैयाँ कारोबार गरे । तर यो वैशाखमा केहि मेडिकल र खाद्य सामाग्री चार्टर उडान गर्ने वाहेक प्रायः सबै वायुसेवा कम्पनी वन्द छन् । तीनमा प्रत्यक्ष सलग्न ६४ सय कर्मचारी लकडाउनका कारण घरमै वस्न बाध्य भएका छन् ।   कोरोना भाइरसका कारण सबैभन्दा ठूलो असर विप्रेषण (रेमिट्यान्स) मा परेको छ । नेपाली रोजगारीमा जाने अधिकांश मुलुकमा कोरोना संत्रासले आकान्त परेपछि ५० प्रतिशत घटेको छ । राष्ट्र बैंकको हालै जारी गरेको प्रतिवेदन अनुसार फागुन सम्म नेपालमा मासिक ७५ अर्ब रुपैयाँ हाराहारीले रेमिट्यान्स भित्रिएको छ । बैशाख, जेठमा यो अझै घट्ने आकलन गरिएको छ । फागुन सम्ममा देशमा ५ खर्ब ९२ अर्ब ४२ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको थियो । चैत्रमा साढे ३४ अर्बले वढेर ६ खर्ब २६ अर्ब ९० करोड रुपैयाँ पुगेको छ । अधिल्लो चैत्रको तुलनामा भने ४ प्रतिशतले मात्र घटेको देखिन्छ ।   होटलहरुमा व्यवसायीहरुको दुई खर्ब ८४ अर्ब रुपैयाँ जोखिममा कोरोना भाईरस (कोभिड १९) कारण होटल क्षेत्रमा भएको झण्डै दुई खर्ब ८४ अर्ब रुपैयाँ लगानी जोखिममा परेको छ । सरकारले कोरोना भाईरस रोकथाम तथा नियन्त्रणको लागि चैत ११ गते देखि देशव्यापीरुपमा लक डाउनको घोषणा गरेको र सो संगै लगभग शुन्यमा झरेको होटल व्यवसायको कारण पनि यस क्षेत्रमा भएको झण्डै तीन खर्ब रुपैयाँ लगानी जोखिममा परेको हो ।  लगानीकर्ताहरुको यति ठुलो रकम जोखिममा परेको भएपनि सरकारले भने यस क्षेत्रलाई अझै उपेक्षा गरेको र अन्य क्षेत्रको सुधारको लागि सहुलियत प्याकेज ल्याएको भएपनि यस क्षेत्रको सुधारको लागि भने सरकारले अहिलेसम्म कुनै ठोस सहुलियतको प्याकेज घोषणा नगरेको आरोप व्यवसायीहरुले लगाएकाछन । अहिले देशको सात वटा प्रदेशको ७७ वटै जिल्लामा साना तथा ठुला समेत गरी ८० हजार वटा होटलरु सञ्चालनमा रहेकाछन ।   यि होटलहरुमा सबै किसिमका गरी छ लाख जनाले प्रत्यक्ष रोजगारी पाएकाछन । तर सरकारले कोभिड १९ का कारण यो क्षेत्रमा परेको असरको कुनै मुल्यांकन नै गरेन, होटल व्यवसायी महासंघका केन्द्रिय अध्यक्ष हिराध्वज शाहले भने । कोभिड १९ को महामारी घट्नुको सट्टा अझै बढ्दै गएको र सरकारले कुनै पनि किसिमको सहुलियतको प्याकेज घोषणा गरेको छैन, यो अवस्थामा अहिले धेरै व्यवसायीहरु ऋणको चर्को मारमा परेर आत्महत्या गर्ने परिस्थीतमा पुगेकाछन, धेरै साथीहरु व्यवसायबाट नै पलायन हुने तयारीमा रहेकाछन यति हुदासम्म पनि सरकारले राहतको उचित प्याकेज ल्याएन भने सरकारलाई हामी तालाचावी बुझाउँछौं, अध्यक्ष शाहले भने ।  बर्तमान अवस्थामा व्यवसायीहरु सबैभन्दा बढी घर भाडाको मारमा परेको भन्दै उनले लक डाउनको अवधिभर पुर्णरुपमा घरभाडा छुट दिन, संक्रमण रहुुञ्जेलसम्म घरभाडामा ५० प्रतिसत छुुट दिन, एक बर्षको व्यवसाय कर तथा सबै प्रकारको कर छुट दिन, चालुु व्यवसायलाई नै धितोकोरुपमा मुल्याकन गरी न्युन व्याजदरमा ऋण उपलब्ध गराउन, यस क्षेत्रमा संलग्न व्यवसायीहरुले बैंक र बित्तीय संस्थाहरुबाट लिएको ऋणको व्याज र किस्ता तिर्ने मुख्य श्रोत यही व्यवसाय भएकाले जुनसुुकै शिर्षकमा लिएको भएपनि उक्त ऋण तिर्ने समयवधी कम्तीमा दुई बर्ष थप गरी उक्त अवधिभरको व्याजमा सहुलियत दर कायम गराई सावाँमा गाभिदिने व्यवस्था गर्नुपर्ने माग समेत गरेकाछन ।     कोभिड १९ का कारण होटल क्षेत्रमा परेको असरका बारेमा कुुरा गर्दे होटल व्यवसायी महासंघका बरिष्ठ उपाध्यक्ष दिनेश कुमार चुकेले भने, महासंघमा आवद्ध होटलहरुको बार्षिक कारोवार तीन खर्ब ८७ अर्ब रुपैयाँको हारीहारीमा रहेको छ भने होटलहरुको बार्षिक खर्च नौ अर्ब रुपैयाँको हाराहारीमा रहेको छ । यदि सरकारले होटल क्षेत्रमा परेको समस्यालाई बिशेष प्याकेज ल्याएर समाधान गर्देन भने यो क्षेत्रसंग प्रत्यक्ष वा अप्रतक्षयरुपमा सम्वन्धीत लाखौं व्यक्तिको रोजीरोटी गुम्छ, उनले भने । सबैको रोजीरोटीको सुरक्षा गर्न र कोभिड १९ का कारण आफ्नो देशमा फर्किएका लाखौ व्यक्तिहरुलाई स्वदेशमा नै रोजगारी दिनको लागि पनि सरकारले होटल क्षेत्रमा देखिएको समस्यालाई प्रभावकारीरुपमा समाधान गर्नुपर्छ, उनले भने । कोभिड १९ को नियन्त्रण नहुने हो भने यो बर्ष मात्र होटल क्षेत्रले ५६ अर्ब ८० करोड रुपैयाँको हाराहारीमा नोक्सानी बेर्होनु पर्ने देखिन्छ, लक डाउन घोषणा भएयता अर्थात पछिल्लो चार महिनामा होटलहरुले १९ अर्ब रुपैयाँ नोक्सानी बेहोरीसकेकाछन । कोभिड १९ नियन्त्रणमा नआउने, सरकारले कुनै सहुलियत नदिने र हाम्रो नोक्सानी बढ्दै जाने हो भने होटलहरुले बैंकहरुबाट लिएको झण्डै एक खर्ब रुपैयाँ कर्जा कसरी तिर्ने, बरिष्ठ उपाध्यक्ष चुकेले भने ।   यस अर्थमा पनि सरकारले कोभिड १९ का कारण सिंगो होटल क्षेत्रमा परेको असरको बारेमा जानकारी लिएर यस क्षेत्रलाई पुर्नजिवित गरोस, हामी व्यवसायीहरु सरकारसंग हातेमालो गरेर सिंगो मुलुकको आर्थिक बिकास र समृद्धिमा लम्किन तयार छौ, उनले भने । अहिले सात वटै प्रदेशमा गरी १० देखि २० करोडको हाराहारीमा लगानी भएका पाँच सय वटा होटलहरु सञ्चालनमा रहेकाछन, पाँच देखि १० करोड रुपैयाँसम्म लगानी भएका तीन हजार वटा होटलहरु रहेकाछन भने एक करोड देखि पाँच करोड रुपैयाँसम्म लगानी भएका तीन हजार पाँच सय वटा होटलहरु रहेकाछन । यसैगरी ५० लाख देखि एक करोड रुपैयाँसम्म लगानी भएका छ हजार, १० लाख देखि ५० लाख रुपैयाँसम्म लगानी भएका आठ हजार, १० लाख रुपैयाँसम्म लगानी भएका १० हजार र पाँच लाख रुपैयाँसम्म लगानी भएका ५० हजार वटा होटलहरु सञ्चालनमा रहेकाछन ।    कोरोना कै कारण बैदेशिक लगानीमा गिरावट नेपालको उद्योग क्षेत्रमा गरिने लगानी प्रतिवद्धतामा करिब साढे एक खर्बले कमी आएको छ । उद्योग विभागका अनुसार चालू आर्थिक वर्ष (२०७६÷०७७) को पछिल्लो ११ महिना (साउन देखि जेठ) को अवधिमा गत आव (२०७५÷०७६) को सोही अवधिको तुलनामा नेपालको उद्योग क्षेत्रमा गरिने लगानी स्वीकृतमा रु एक खर्ब ३० अर्ब एक करोड ६२ लाखरुपैयाँले लगानी कमी आएको हो । चालु आवको ११ महिनाको अवधिमा स्वदेशी तथा विदेशी लगानीकर्ता मार्फत मुलुकको उद्योग क्षेत्रमारु एक खर्ब ४१ अर्ब १९ करोड ४४ लाख रुपैयाँ लगानी प्रतिबद्धता आएको विभागले जानकारी दिएको छ । सो लगानी प्रतिबद्धता कुल दुई सय ५८ वटा उद्योग स्थापना गर्नको लागि आएको हो । गत आवको सोही समयमा स्वदेशी र विदेशी लगानीकर्ता मार्फत उद्योग क्षेत्रमादुई खर्ब ७१ अर्ब ९२ करोड ६ लाख लगानी प्रतिबद्धता आएको थियो । कुल दुई चार सय १९ वटा उद्योग स्थापना गर्नको लागि सो लगानी प्रतिबद्धता आएको छ ।   पछिल्लो समय कोभिड १९ काकारण विश्व अर्थतन्त्रमा असर पर्दा त्यसले प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा नेपालमा समेत असर परेको छ जसको एउटा अंश स्वरुप उद्योग क्षेत्रमा देखिएको लगानी प्रतिवद्धतामा कमी आउनु हो । समान्य अवस्था त होइन तर पनि लकडाउको अवधिमा विदेशी लगानीकर्ताका नेपाल प्रतिनिधि मार्फत् करोडौं लगानी प्रतिवद्धता आएको छ । यो समयमा १२ वटा उद्योग स्थापना गर्नका लागिकरिब ९५ करोड रुपैयाँ लगानी प्रतिवद्धता आएको छ ।    लगानीकर्ताहरुले चालु आवको ११ महिनाको अवधिमा सबैभन्दा बढी उर्जा र सबैभन्दाकम कृषिजन्य तथा वन पैदावरमा लगानी प्रतिवद्धता जनाएका छन् । उनीहरुले ऊर्जा उद्योगमारु ९२ अर्ब तीन करोड ३७लाख लगानी प्रतिबद्धता जनाउँदा सबैभन्दा कम कृषिजन्य तथा वन पैदावरमा रु एक अर्ब १२ करोड ६४ लाख लगानी प्रतिबद्धता जनाएका छन् । उनीहरुले उर्जामा ३९ वटा तथा कृषिजन्य मानौ वटा उद्योग स्थापना गर्ने भन्दै सो लगानी प्रतिबद्धता जनाएका हुन् ।   त्यसैगरी लगानीकर्ताहरुले सूचना प्रसारण तथा सञ्चार प्रविधिमा रु दुई अर्ब ८४ करोड एक लाख, उत्पादनमा रु १८ अर्ब ४९ करोड ४ लाख, सेवामा रु सात अर्ब ७३ करोड ६५ लाख र पर्यटनमा रु १९ अर्ब ६७ करोड ७२ लाख लगानी गर्ने प्रतिबद्धता जनाएका छन । सूचना–प्रविधिमा १७ वटा, उत्पादनमा ६४ वटा, सेवामा ४२ वटा र पर्यटनमा ८७ वटा गरी कुलदुई सय ५८ वटा उद्योग स्थापना गर्ने प्रतिबद्धता जनाएका छन् ।    उद्योग स्थापना गर्ने प्रतिबद्धता सँगै लगानीकर्ताहरुले कृषिमा तीन सय ८१ जना, ऊर्जामा एक हजार नौ सय सातजना, सूचना प्रविधिमा एक हजार सात सय ८१ जना,  उत्पादनमा चार हजार सात सय ४८ जना ,  सेवामा तीन  हजारपाँच सय ६० जना,  र पर्यटनमा चार हजार तीन सय १७ जना गरी कुल १६ हजार ६ सय ९४ जनालाई रोजगारी दिने समेत विभागलाई जानकारी गराएका छन् ।   त्यसैगरी विभागका अनुसार गतआवको सोही समय अर्थात् ११ महिनको अवधिमा सबैभन्दा बढी उर्जामा र सबैभन्दा कम  खनिज उद्योगमा लगानी प्रतिवद्धता जनाएका थिए ।  उनीहरुले ऊर्जामा  रु दुई खर्ब तीन अर्ब ३९ करोड ९९ लाख तथा खनिज उद्योगमा रु एक करोड २८ लाख लगानी प्रतिवद्धता जनाएका थिए ।    यस्तै लगानीकर्ताहरुले कृषि तथा वनजन्य मा रु दुई अर्ब ८० करोड ६ लाख, निर्माणमा रु एक अर्ब दुई करोड ४० लाख ,  सूचना, प्रसारण तथा सञ्चार प्रविधिमा रु ५५ करोड ९ लाख , उत्पादनमा रु ४९ अर्ब २३ करोड ४३ लाख,सेवामा रु पाँच अर्ब २९ करोड ६५ लाख र पर्यटनमा रु नौ अर्ब ६० करोड १४ लाख लगानी प्रतिबद्धता जनाएका थिए । उनीहरुले चार सय १९  वटा उद्योेग स्थापना तथा २१ हजार तीन सय ३९ जनालाई रोजगारी दिने प्रतिबद्धता सहित लगानीकर्ताहरुले सो लगानी प्रतिबद्धता जनाएका थिए ।   नेपालको उद्योग क्षेत्रमा स्वदेशीलगानी कर्ता सहित ९० भन्दा बढी मुलुकका लगानीकर्ताहरुले नेपालको उद्योग क्षेत्रमा लगानी गर्ने बताउँदै आएका छन् । विभागले उपलब्ध गराएको तथ्यांकअनुरुप चालू आवमा नैै नेपाली व्यवसायीहरुसहित ९० भन्दा बढी मुलुकका लगानीकर्ताहरु उद्योग सञ्चालनका  लागि विभागबाट लगानी स्वीकृत गराउँदै आएका छन्  । नेपाली व्यवसायीसहित उद्योगमा लगानी गर्ने भन्दै रकम स्वीकृत गराउने मुलुकहरुमा भने छिमेकी मुलुक भारत र चीन रहेका छन् भने त्यसपछि क्रमशः अमेरिका, दक्षिण कोरिया, ब्रिटिस भर्जिन आइसल्याण्ड, सिंगापुर लगायतका मुलुक रहेका छन् । विशेषगरी नेपालको ऊर्जा, सिमेन्ट, सेवा लगायतका उद्योगमा विदेशी लगानीकर्ताहरुले लगानीको लागि चासो दिएको पाइन्छ भने स्वदेशी लगानीकर्ताहरुले ऊर्जा, सिमेन्टका साथै पर्यटन, कृषि, सूचना प्रविधि, हस्तकला लगायतका उद्योगीहरुमा लगानी गरेको पाइन्छ ।   लकडाउनका कारण पछिल्लो समय मुलुकमा रहेका सम्पूर्ण उद्योगहरु सञ्चालनहुन सकेका छैनन् । यद्धापी सरकारले सम्पूर्ण उद्योग सञ्चालन गर्नु पर्ने बताई रहँद ानिजी क्षेत्र भने उद्योग सञ्चालनको लागि सरकारले पहल गरे पनिपर्याप्त सुविधा नदिदाँ उद्योग सञ्चालनमा कठिनाई भएको बताँउदै आएको छ ।   

Posted on: 2020-Nov-4

POST YOUR COMMENTS

Please note that all the fields marked * are mandatory.

 
Note: Comments containing abusive words or slander shall not be published.


download

 

Interview

मोविलीटी र मुभमेन्ट बढाएर जिल्लाको सुरक्षा चुस्त दुरुस्त राखेका छौं, एसएसपी पोखरेल
एसएसपी पोखरेलका अनुसार ललितपुर जिल्लाभरीका सबै क्षेत्रमा प्रहरी परिसर समेत गरी ३८ वटा, वृत्त र प्रभागहरु रहेका छन् ।
Full Story


TECHNOLOGYSCIENCEAnautho SansarECONOMYEditorialINDUSTRYCRIMEBankingAGRICULTURELITERATUREPERSONALITYMANAAB DHARMABOOKANALYSISPOLITICSEDUCATIONBEEMAKHOJBOLLYWOODBUSINESSSAARC SUMMITBeauty tipsNEWSCOVER STORYREPORTBICHAR ARTICLESBANK-BANKERSPRABASENTERTAINMENTOUR SOCIETYHEALTHSPORTSOTHER FEATURESOFF THE BEAT
INTRODUCTIONEDITORIALBACKGROUNDFEATURES OBJECTIVES PROGRAM FUTURE PLAN ORGANIZATIONAL STRUCTURE OUR FAMILYCAREER WITH US
All rights reserved. 2011. yuwa hunkar