06 May
Mon

“Journalism for the Nation”. Nation and its people are the priority for Hunkar.

बैरागी शहरमा बढ्दैछ डिप्रेशन...............................

30 - Jan-2020, Posted by: Yuwahunkar   |   COMMENTS: 0
  
काठमाडौ, माघ    काठमाडौ उपत्यका बिशेषगरी उपत्यका बाहिरका जिल्लाका बासिन्दाहरुको लागि सपनाको सहर हो । काम, शिक्षा, रोजगारी, उद्योग, व्यवसाय, व्यापार, उपचार लगायतका बिभिन्न उदे्ेश्यले देशभरका मानिसहरु उपत्यका भित्रने गर्छन । यसरी एक पटक काठमाडौ आएपछि कुनै पनि व्यक्ति तथा परिवार फर्किएर आफ्नो जिल्ला गाउँघर जाने जर्मको गर्देन । जान्छन केवल चाडपर्व मनाउन वा अन्य कुनै प्रयोजनको लागि अर्थात निकै नै छोटो समयको लागि मात्र आफ्नो थाँतथलो जाने गरेका हुन्छ ।    काठमाडौं आईसकेपछि जसरी हुन्छ यही नै घरवासको जोहो गर्ने ध्यानमा आम सर्वसाधारणहरु रहेको हुन्छन । त्यही भएर पनि काठमाडौ उपत्यका अथवा भनौं काठमाडौं, भक्तपुर र ललितपुरको जनघनत्व चाहिने भन्दै बढी भएको छ । बिशेषगरी दशै, तिहार जस्ता ठुला चाडपर्वहरुमा उपत्यका निकै शान्त देखिन्छ । यि पर्वहरुमा मात्र उपत्यकाबाट झण्डै २० लाख मानिसहरु बाहिरन्छन । चाढपर्व सकिएपछि भने उपत्यका पुन भरिन्छ । जताततै भिडभाड, कोलाहल र समस्या नै समस्या । यहाँ देखिने भन्दा नदेखिने समस्याहरु धेरै रहेकाछन । बढ्दो बेरोजगारी, चर्को बजार भाउ, चर्को घरभाडा, भद्रगोल र अस्तव्यस्त सार्वजनिक यातायात, धुलो र प्रर्दुषण, चौरी डकैती र लुटपाट लगायतका समस्या नै नै समस्या रहेकाछन । यिनै समस्याको पोको लिएर आम सर्वसाधारण नागरिक बाँचिरहेकाछन । बिहान उठेदेखि नै सुरु हुने समस्याका पोकाहरुको बिचमा अहिले ठुलो मात्रामा शहरी जनसंख्या डिप्रेशन अर्थात मनरोगबाट ग्रसित भएकाछन । कसैमा डिप्रेशनको मात्रा कम होला , कसैमा बढी हो । यो रोग अहिले आम नेपाली सबैजसोको साझा रोग बन्दै गएको छ । अथवा भनौं यो शहर मनको रोगी शहर बन्दै छ, चिन्ताको शहर बन्दै गएको छ ।    चिन्ता अर्थात भनौ डिप्रेशन कै कारण परिवार नै आत्म हत्या गर्न बाध्य भएको समाचार पनि हामीले पढेकाछन । वास्तवमा डिप्रेशन कै कारण उपत्यकामा आत्महत्या गर्नेको संख्या बढ्दै गएको छ । बिशेष गरी युवायुवतीहरुमा डिप्रेशनको समस्या बढी रहेको छ । अभिभावकहरुले ऋणधन गरेर पढाए पनि पढाई अनुसार रोजगारी पाउन नसक्दा यो पुस्ता सबैभन्दा बढी डिप्रेशनको शिकार भएकाछन । उचित परामर्शको अभावका कतिपय डिप्रेशनको बिरामीहरुले आत्महत्या समेत गरेकाछन भने कतिपय पागल समेत भएकाछन । यो अवस्थामा डिप्रेशनबाट मुक्त हुने बहानमा कतिपय व्यक्तिहरु कुलतमा समेत फसेकाछन ।    बिकासोन्मुख राष्ट्रका सामान्य नागरिकहरुको दैनिक जीवन कष्टकर नै हुने गरेको छ । त्यहीकारण पनि यस्ता देशहरुमा आत्महत्याका घटना बढी हुने गरेको छ । त्यसबाट नेपाल पनि अछुतो हुन सकेको छैन । नेपालमा प्रत्येक वर्ष आत्महत्या गर्नेको संख्या झण्डै १३ प्रतिशतले बढिरहेको छ ।     आत्महत्या गर्ने देशहरूको सूचीमा नेपाल विश्वको १० औं स्थानमा पर्दै आएको छ । नेपाल प्रहरीले बिभिन्न समयमा सार्वजजनिक गर्ने तथ्यांकलाई मात्र आधार मान्ने हो भने पनि नेपालमा पत्येक बर्ष पाँच हजार भन्दा बढीले आत्महत्या गर्ने गरेकाछन । आत्महत्याको प्रमुुख कारण नै डिप्रेशन हो । नेपाल प्रहरीको आर्थिक बर्ष २०७४, ०७५ को प्रतिवेदन अनुसार उक्त आवमा पाँच हजार तीन सय ४६ जनाले आत्महत्या गरेका छन् । प्रहरीको सोही तथ्यांकलाई आधार मान्ने हो भने नेपालमा पछिल्लो पाँच बर्षदेखि आत्महत्या गर्नेको संख्या प्रत्येक बर्षमा झण्डै १३ प्रतिसतका दरले बढ्दै गएको छ ।     तथ्यांक अनुसार नेपालमा हुने कुल आत्महत्यामध्ये ९० देखि ९५ प्रतिशत मानसिक रोगका कारणले हुने गरेको पाइन्छ । त्यसमध्ये ८० प्रतिशतले डिप्रेसनको कारणले आत्महत्या गरेको पाइन्छ । कडा खालको मानसिक समस्याले पाँच प्रतिशत, बुढेसकालमा हुने अल्जाइमर्स (विर्सने) समस्याले पाँच प्रतिशत र जाँडरक्सी, ड्रग्स खाने र विभिन्न कारणले आत्महत्या गर्दै आइरहेका छन् । यस्तै महिलाको कुरा गर्ने हो भने प्रजनन् उमेरका १५ देखि ४५ वर्षसम्मका महिलाको मृत्युको पहिलो कारण आत्महत्या मानिदै आइरहेको छ । त्यसमा पनि आत्महत्याको प्रमुख कारण भने डिप्रेशन नै हो ।    डिप्रशेन कै कारण बिश्वमा बढ्दै छ, आत्महत्या गर्नेहरुको संख्या    पछिल्लो समय बिश्वका सबैजसो राष्ट्रहरुमा डिप्रेशनका बिरामीहरु बढ्दै गएकाछन । यसको प्र्रमुख कारण नै दैनिक  जीवनसंग सम्वन्धीत कुराहरु नै रहेकाछन । विश्वमा आत्महत्या गर्नेहरु मध्ये १५ देखि २९ वर्षसम्मका किशोर किशोरीहरुको संख्या बढी रहेको छ । विश्वको कुल तथ्याङ्क हेर्ने हो भने एक वर्षमा आठ लाख मानिसहरुले आत्महत्या गर्छन् । विश्व स्वास्थ्य सङ्गठनले गरेको प्रक्षेपणलाई आधार मान्ने हो भने यो संख्य सन् २०२० सम्ममा बढेर झण्डै १५ लाखको हाराहारीमा पुग्ने छ ।    बिश्व स्वास्थ संगठनको तथ्यांकलाई आधार मान्ने हो भने विश्वमा प्रत्येक ४० सेकेन्डमा १ जनाले आत्महत्या गर्छन् र प्रत्येक ३ सकेन्डमा एक जनाले आत्महत्याको प्रयास गर्छन् । विश्वमा महिलाभन्दा पुरुषको आत्महत्या गर्ने सङ्ख्या धेरै रहेको छ । आत्महत्या गर्ने प्रयास पुरुषको तुलनामा महिलाको सङ्ख्या धेरै भए पनि मृत्यु हुने सङ्ख्या पुरुषको धेरै रहेको छ । जस्तैस तीन सय महिलाले आत्महत्याको प्रयास गर्दा एकजनाको मृत्यु हुन्छ भने १२ जना पुरुषले आत्महत्याको प्रयास गर्दा एक जनाको मृत्यु हुने गरेको छ ।    बिश्व स्वास्थ संगठनको तथ्यांकलाई नै हेर्ने हो भने नेपालमा पुरुषहरुले भन्दा महिलाहरुले बढी मात्रामा आत्महत्या गर्ने गरेकाछन । विश्वमा आत्महत्या गर्ने देशहरूको कुरा गर्ने हो भने महिलाको सङ्ख्यामा नेपाल स्थानमा रहेको छ । नेपालमा पनि प्रत्येक दिन १२ देखि १४ जनाले आत्महत्या गर्दै आईरहेकाछन  । यस्तै प्रत्येक दुई घण्टामा एकजनाले आत्महत्या गर्ने गरेको छ ।    आत्महत्याको प्रमुुख कारण नै डिप्रेशन    जसरी नेपालीहरुको साझा रोग ग्याँस्ट्रीक हो । त्यसैगरी पछिल्लो समय डिप्रेशन पनि आम सर्वसाधारण नेपालीको साझा रोग बन्दै गएको छ । फरक यति मात्र हो कि कुनै व्यक्तिमा डिप्रेशनको मात्रा कम हुन्छ त कुनैमा बढी  । शरीरमा रुघाखोकी लागेजस्तै डिप्रेसन सामान्य मानसिक समस्या हो । परिवारले बुझ्न नसक्दा, भन्न नसक्दा परिवारसँग सहयोग माग्न नसक्दा यो बढ्दै जाने हो ।  सम्वन्धीत व्यक्ति स्वंमलाई भने आफुुलाई डिप्रेसन भएको थाहा हुन्छ । डिप्रेसन भएको व्यक्तिमा निन्द्रा धेरै लाग्ने गर्छ । यसबाहेक निराश हुुने, नकारात्मक सोच आउने, खाना खान मन नलाग्ने, झर्काे लाग्ने जीवन देखि नै नकारात्मक सोच आउने जस्ता लक्षणहरु देखिन्छन । यो समस्या बढ्दै गयो र त्यसले उचित समयमा उचित व्यक्तिको सहयोग र सल्लाह पाएन भने डिप्रेशनको बिरामी मृत्युुको मुखसम्म पुुग्ने गर्छ ।    बिभिन्न अध्ययन अनुसन्धानबाट प्राप्त जानकारी अनुसार डिप्रेसन भएको व्यक्तिले एकै पटक आत्महत्या गर्दैन, धेरै कुरा सोच्ने र प्लान बनाउँदै जान्छन् । डिप्रेसनमा परेको १५ देखि २० प्रतिशत मान्छेले मात्रै आत्महत्या गर्ने गरेको देखिन्छ । सोही कारण पनि डिप्रेसनलाई आत्महत्याको मुख्यकारण मानिदै आएको छ ।    डिप्रेसन भनेको मानसिक रोग हो । डिप्रेसन हुँदा मानिसमा निरासा छाउँछ । काममा सफलता नमिल्नु, बेरोजगार हुनु, आफन्तको मृत्यु हुनु, वैदेशिक रोजगारी डिप्रेसन हुनुको मुख्य कारण हो । नेपालको आत्महत्यालाई हेर्ने हो भने पनि वैदेशिक रोजगारमा जाने युवाहरू धेरै सङ्ख्यामा आत्महत्या गर्दै आइरहको छन्  । यस्तै वैदेशिक रोजगारीमा जाने महिलाको बारेमा कुरा गर्ने हो भने साहुले गर्ने दुव्र्यवहारको कारण धेरै निराश हुन्छन् । काम गर्न मनलाग्दैन, घर फर्किंदा ऋण हुन्छ । अनि अन्तिम अवस्थामा आत्महत्या गर्नेतर्फ लाग्छन् । सामाजिक सञ्जाल, मिडियाले पनि प्रमोट गरेको कारण आत्महत्या गर्नको सङ्ख्या बढ्दै गइरहेको छ । जस्तैस कुनै कलाकारले आत्महत्या गर्यो, उसको त निरन्तर मिडियामा समाचार आइरहन्छ । अरूले पनि मैले आत्महत्या गर्दा मिडियामा आउँछ पक्कै भन्ने कुरा सोच्छन् र आत्महत्या गर्छन् । नेपालमा पनि सन्तान जन्माएपछि १० प्रतिशत महिलामा डिप्रेसन हुन्छस त्यो डिप्रेसन भएको समयमा उपचार भएन भने महिलाले आत्महत्या गर्छन्  ।   युवायुवतीहरुमा डिप्रेशनको समस्या अधिक   नेपालको युवा पुुस्ता डिप्रेशनबाट ग्रस्त रहेको छ । यहाँ बढी मात्रामा किशोर किशोरीले यौन हिंसामा परेको कारण आत्महत्या गरेको देखिन्छ । यौन हिंसा भइरहेको हुन्छ, कसैलाई पनि भन्न सक्दैनन् । अनि आत्महत्याको बाटो रोज्नछन् । कतिपय आवेगमा आएर गर्छन् । जस्तै परीक्षामा फेल भयो भन्दै परिवारले गाली गर्ने, कलेज, स्कुलमा पढ्ने विद्यार्थीको प्रेम सम्बन्ध छ भने रेस्टिकेट गर्दिने, सार्वजनिक ठाउँमा ल्याएर सजाए दिने, साथीभाइले जिस्क्याउने गर्दा यस्ता  कुराले उनीहरूको दिमागमा असर परिरहेको हुन्छस अन्तिमा आत्महत्याको बाटो रोज्ने गर्छन् ।  किशोर किशोरीले प्रेम अफेयर र युवा उमेरका व्यक्तिले पारिवारिक समस्याले आत्महत्या गर्छन् । कुरा गर्ने हो भने ज्येष्ठ नागरिकले पनि आत्महत्या गर्दै आइरहेका छन् । ज्येष्ठ नागरिकले एक्लोपनका कारण आत्महत्या गर्छन् । नेपालको सन्दर्भमा ज्येष्ठ नागरिकमा एक्लोपन बढ्दै गइरहेको छ । छोराछोरी विदेशमा हुन्छन, काठमाडौँ जस्तो ठाउँमा घर, सवारीसाधन सबैको व्यवस्था हुन्छ तर ज्येष्ठ नागरिकसँग कोही पनि हँुदैन् । एक्लोपनले सताउँछ अनि आत्महत्या गर्छन् । भन्न त सबैले मर्ने बेलामा किन आत्महत्या गर्याे, सबै कुरा थियो भन्ने समाजको कुरा हुन्छ तर त्यस्तो होइन जति जे सुविधा भए पनि एक्लोपन भएपछि मान्छेले आत्महत्याको बाटो रोज्छन् ।    अहिले धेरै ज्येष्ठ नागरिक एक्लै बस्दै आइरहेका छन् । उमेरको कुरा गर्ने हो भने पुरुषको हकमा ४५ र महिलाको हकमा ५० वर्षपछि आत्महत्या गर्ने खतरा बढ्दै गएको हुन्छ । यसैगरी आत्महत्या गर्ने  बालबालिकाको सङ्ख्या पनि बढ्दै गइरहेको छ । डिप्रेसन भएको व्यक्तिले परिवारका सदस्यसँग आफूमा भएका समस्याका बारेमा कुरा गर्दा नाटक गरेको भन्ने गर्छन् र पत्याउँदैनन् । राम्रोसँग सहयोग गर्दैनन् र मेरो कोही पनि छैनन् भन्ने कुरा सोच्छन् र अन्तिम अवस्थामा आत्महत्या गर्छन् । आत्महत्या गर्ने व्यक्तिले आफ्नो नजिक डोरी, विष राखेका हुन्छन् । आफ्नो बहुमूल्य चीज अरूलाई बाँडिदिने, ऋण छ भने ऋण तिर्ने, साथीभाइसँग भेटघाट गर्ने, रमाइलो गर्ने, खुशी हुने गर्छन् । साथीभाइले के छ भनेर सोध्दासम्म ठिक छु भन्छन् । अन्तिम अवस्थामा आत्महत्या गर्ने मान्छेले किन मर्ने बेलामा अरूलाई गुनासो गर्नु भनेर पहिला निराश भएको मान्छेमा एकाएक खुशी देखिन्छ । ‘निभ्न लागेको दियो बलेजस्तै आत्महत्या गर्ने मान्छेले पनि खुशीको संज्ञा दिन्छ’ । हिजोसम्म गुनासो गर्ने मान्छेले आत्महत्या गर्ने प्लान अन्तिम अवस्थामा पुगेपछि गुनासो गर्दैनन् । कतिले सुसाइड नोटमा गुनासो पोखेर जान्छन् भने कतिले त्यो पनि गर्दैनन् । मध्यरातमा निस्केर हिँड्ने, हाम फालेर आत्महत्या गर्ने, विष सेवन गर्ने नेपालमा धेरैजसो आत्महत्या गर्नेमा झुन्डिएर मर्नेको सङ्ख्या धेरै रहेको छ ।      डिप्रेशनलाई रोक्न यसो गरौं   डिप्रेशनका बिरामीहरुलाई परिवारका सदस्यहरुको साथ सहयोगको निकै नै ठुलो आवस्यकता रहेको हुन्छ । यदि आफ्नो परिवारमा कुनै सदस्यहरुलाई डिप्रेशनको समस्या देखिएको छ भने त्यस्ता व्यक्तिलाई धेरै सहयोग गर्नुपर्ने हुन्छ । डिप्रेसन भएको बेलामा एक्लोपनको महसुस गर्छन् । समस्या समाधान गर्न मद्दत गर्नुपर्दछ । मनोवैज्ञानिक समस्या धेरै नै भएको खण्डमा अस्पताल लानुपर्छ । डब्लूएचओले यो वर्ष ‘आत्महत्या रोकथाममा सबैको सहकार्य’ भन्ने नाराका राखेको छ । हामीले पनि डिप्रेसनको समस्यामा परेका व्यक्तिलाई साथ दिनु एकदमै जरुरी छ । राष्ट्र, समाज, घरपरिवार, सङ्घ, संस्था सबैको सहयोग भएको खण्डमा आत्महत्याको सङ्ख्यालाई कम गर्न सकिन्छ । शून्य अवस्थामै ल्याउन नसकिएपनि यसलाई कम गराउन भने सकिन्छ ।  बिश्वका बिभिन्न राष्ट्रहरुमा स्वास्थ्य क्षेत्रमा विनियोजन गरेको कुल बजेटको १० प्रतिशत बजेट मानसिक स्वास्थ्य क्षेत्रमा विनियोजन गर्नुपर्ने नियम छ । तर नेपालमा शुन्य दसमलव शुन्य दुई प्रतिशत विनियोजन गरेको छ । यो भनेको निकै कम हो । जसले गर्दा मानसिक रोगको बारेमा जनचेतनामूलक काम हुनसकेको छै । यसले गर्दा पनि नेपालमा प्रत्येक बर्ष डिप्रेशनका बिरामीहरुको संख्या बढ्दै गएको छ । बिरामीको संख्या बढ्दै जाने क्रममा आत्महत्या गर्नेको संख्या पनि बढी रहेको छ । डिप्रेशन र डिप्रेशनबाट सिर्जित आत्महत्याको दरलाई कम गराउनको लागि राज्यले पनि निकै नै ठुलो भुमिका खेल्नुु पर्छ । नेपालमा डिप्रेशनको कारणबाट आत्महत्या गर्नेहरुमा युवा पुुस्ता बढी रहेको छ । युवा पुस्ता भनेको देशको कर्णधार हो, बिकासको संवाहक हो । यो पुस्तालाई सिर्जनात्मक काममा लगाउन राज्यले युवाहरुलाई राम्रो, शिक्षा, स्वास्थ र रोजगारीको ग्यारेन्टी गर्नुपर्छ ।    नेपालमा मानसिक रोगीह्रुको संख्या बढ्दै छ, डा. सरोज ओझा   विश्वमा मानसिक समस्या बढ्दै गएको छ । विश्व मानिसक स्वास्थ्य माहासंघले सन् १९९३ देखि हरेक वर्ष अक्टोबर १० लाई ’विश्व मानसिक स्वास्थ्य दिवस’ को रुपमा मनाउदै आएको छ । नेपालमा प्रत्येक वर्ष मानसिक रोगीको संख्या बढ्दै गएको छ । सरकारले भने मानसिक स्वास्थ्यलाई प्राथमिकतामा नराखेकाले मानसिक रोगीले राम्रो उपचार सेवा समेत पाउन सकेका छैनन् ।  नेपालमा झण्डै जनलाई मानसिक समस्या रहेको छ । बेरोजगारी, असफलता, मानसिक तनाव लगायतका विषय नै मानसिक रोगको मुख्य कारक तत्व हुन । विश्व स्वास्थ्य संगठनका अनुसार नेपालमा झण्डै २५ लाख मानिसमा कुनै न कुनै किसिमका मानसिक समस्या रहेको छ । तर हाल नेपालमा ५० लाख जति मानिस कुनै न कुनै मानसिक समस्याबाट ग्रसित भएको लामो समयदेखि मानसिक स्वास्थ्य क्षेत्रमा उपचार गर्दै आएकाछन । बेलैमा उपचार गरे अन्य रोग जस्तै मानसिक समस्याको पनि पूर्ण निको हुन्छ । विश्व मानसिक स्वास्थ्य दिवसको अवसरमा शिक्षण अस्पतालका मानसिक विभाग प्रमुख तथा मानसिक रोग विशेषज्ञ डा सरोज ओझा मानसिक रोगबार भन्छन, मानसिक समस्या भन्नाले मानिसको मनोवैज्ञानिक समस्या भनेर बुझ्नुपर्छ। मानिसको मानसिक स्वास्थ्य कत्तिको राम्रो छ भन्ने कुरा उसको मनोविज्ञानमा निर्भर रहन्छ। मनोविज्ञान भन्ने वित्तिकै मानिसको विचार मन र उसको व्यवहार हो ।    नेपालमा ५० लाख मानसिक रोगी विश्व स्वास्थ्य संगठनका अनुसार विश्वमा हरेक चार जनामध्ये एक जनामा केही न केही मानसिक समस्या रहेको छ । हाल विश्वमा ४५ करोड मानिस मानसिक रोगी रहेको उसको तथ्याक छ । नेपालमा मानसिक रोगीको संख्या कति छन् भन्ने यकीन नभए पनि करिब ५० लाख जनामा केही न केही मानसिक समस्या रहेको अनुमान छ । ५० लाखमध्ये १ लाख जनामा कडा खालको मानसिक समस्या रहेको अनुमान गरिएको छ । कडा खालको मानसिक समस्या भएकाहरुलाई चिकित्सकको निगरानीमा राखेर उपचार गरिएको खण्डमा ५० प्रतिशतलाई मानसिक रुपमा पूर्ण स्वस्थ बनाउन सकिन्छ । तर हाम्रोमा ८० प्रतिशत मानसिक रोगीहरु अस्पताल नै आएको पाइदैन जसले गर्दा समस्याले विकराल रुप लिएपछि मानिसले आत्महत्यासम्मको बाटो रोजेको पाइन्छ ।  धेरैलाई डिप्रेसनको समस्या मानसिक रोग भन्ने वित्तिकै मानिस बौलाउनुलाई मात्र बुझ्ने गरेको पाइन्छ ।  तर त्यो मानसिक रोगको एउटा प्रकार मात्र हो। मानसिक रोग एक सय भन्दा बढी प्रकारको हुन्छ। इम्पल्सिभ, डिप्रेसन, सिजोफेनिया आदि मानसिक रोगका मुख्य प्रकार हुन् ।    सामान्य समस्या हुँदा वेवास्ता गरिने र समस्याले कडा रुप लिएपछि र जटिल अवस्थाको लक्षण देखाउन थालेपछि मात्र चिकित्सककँहा ल्याउने चलनले गर्दा झन् समस्या थपिएको छ । धेरैजसो मानसिक समस्या सामान्य चिकित्सकीय परामर्शमा नै निको हुन्छ । कडा खालको डिप्रेसन र कडा खालको मानसिक रोगबाट ग्रसितहरुलाई पनि लामो समयसम्म औषधी सेवनबाट पूर्ण रुपमा सञ्चो बनाउन सकिन्छ ।      यस्ताछन डिप्रेशन हुंदा देखिने लक्षणहरु   जब मानिसहरु डिप्रेशनमा जान्छन, उनीहरु प्राय समय उदाश भएर बस्ने गर्छन । रमाईलो लाग्ने कुराहरुमा पनि उनीहरुको मन लाग्दैन । आफ्नो समुहमा भएका सबै व्यक्तिरु हाँसीखुसी भएर रमाएर बस्दा पनि डिप्रेशनमा गएको व्यक्ति उदाश देखिन्छ । मान्छेको भिडमा पनि उ एक्लै घोत्लिएर बस्ने गर्छ । डिप्रेशनमा गएको व्यक्तिमा यौन इन्छा कम हुदै जान्छ । त्यस्तो कार्यमा खासै त्यस्तो रुची हुदैन । खान मन लाग्दैन । खानाको अनुपात घट्दा मान्छे दुब्लाउँदै जान्छ ।    यसैगरी डिप्रेशनमा गएको व्यक्तिहरु मध्ये केहीलाई धेरै निन्दा लाग्छ भने केहीलाई निन्द्रा नै नलाग्ने पनि हुन्छ । खानामा अरुची हुुने हुदा थकान बढी लाग्ने हुुदा शरीर निकै नै कमजोर देखिन्छ । यस्तो समस्या देखिने व्यक्तिहरुलाई के गरौ, कसौ गरौं भईन नै रहन्छ । अर्को तर्फ डिप्रेशनबाट पीडित व्यक्तिहरुलाई संधै नै के गरौं कसो गरौं भई रहन्छ । उनीहरुलाई आफ्नो महत्व कम हुदै गएको जस्तो लाग्छ । अर्को तर्फ यस्तो समस्या देखिने व्यक्तिहरुको सोच्न सक्ने क्षमता ऋण हुुदै जान्छ । सोहीकारण यस्तो समस्या देखिएका व्यक्तिहरुमा निर्णय लिन सक्ने क्षमता कम हुन्छ । यि बाहेक डिप्रेशनका रोगीहरुमा मर्ने सोच बारंबार आईरन्छ । कतिपयले मर्ने प्रयास पनि गरिरहन्छ ।     प्रत्येक आमा बुवाको चाहना हुन्छ, आप्नो परिवार डिप्रेशनमुक्त होस    नेपाली परिवार अहिले पनि सामुहिक परिवामा बिश्वास राख्छ । त्यसकारण अहिलेसम्म पनि नेपालमा एकल भन्दा सामुुहिक परिवारमा बस्नेहरुको संख्या नै बढी रहेको छ । प्रत्येक घरमा प्रत्येक आमा बाबुको हार्दिक इच्छा यही हुन्छ कि हाम्रो सन्तान अति राम्रो,असल,संस्कारवान,बुद्धिमान एवं स्वस्थ होस् । त्यसको लागि गर्भावस्था देखिनै शिशुको शारीरिक, मानसिक,आध्यात्मिक बिकास गरेर त्यसलाई चाहेजस्तो साचोमा ढाल्न सकिन्छ ।    वास्तवमा सन्तानको निर्माण जन्मेपछि होइन जन्म पूर्व नै गर्भकाल देखि आरम्भ हुन्छ र जन्मसम्म लगभग ८० प्रतिशत पूरा भैसकेको हुन्छ । यो प्रक्रिया हामीले देखिन्न तर सूक्ष्म रुपमा यसको विकास भैरहेको हुन्छ । जस्तै टेपरिकार्डरले जसरी आवाजलाई अंकित गर्दछ त्यसरी नै आमाको मनमा उठ्ने राम्रा नराम्रा सबै बिचार एवं भावनाहरु शिशुले आफ्नो स्मृतिमा समेट्छ । शिशुको विकासका लागि आमालाई अनुकूल आहार विहार जति आवश्यक छ त्यति नै आवश्यक राम्रो वातावरणको छ , जसले उनको मनलाई सात्विक,पवित्र,प्रसन्न चित्त र प्रफुल्लित राख्छ ।    वैज्ञानिकहरुले अल्ट्रासाउण्ड तथा अन्य वैज्ञानिक अनुसन्धान द्वारा प्रमाणित गरेका छन् कि गर्भ मै बच्चाले स्वाद लिन्छ,सुन्छ,याद गर्छ ,सिक्छ, बुझ्छ, खुसि हुन्छ ,दुखाई महसुस गर्छ , दुखि हुन्छ , रुन्छ , तनावग्रस्त पनि हुन्छ ,र ऊ कयौं भाषा आदि सिक्ने क्षमता पनि राख्दछ ।   नकारात्मक सोचाई , कुपोषित , तनावग्रस्त एवं क्रोधी आमाको बच्चा रोगी , चिडचिडा , रुन्चे, रिसाहा, उदास ,अबुझी, भावनात्मक एवं ब्यवहारिक विकारहरुले ग्रसित जन्मिन्छ ।  स्वस्थ , प्रसन्न , सकारात्मक विचार एवं सन्तुलित सात्विक खाना खाने आमाको बच्चा प्रसन्न, तनावमुक्त, व्यवहारकुशल,शान्त,सही निर्णय लिने , समझदार, एवं प्रत्येक क्षेत्रमा सफल हुन सक्छ ।   नियमित एवं स्वस्थ दिनचर्याको पालन गर्ने । नित्य नियमित योगासन,जप ,ध्यान, प्रार्थना एवं प्राणायाम आदि गर्ने र आफ्नो धार्मिक ग्रन्थहरुको पाठ गर्ने । महापुरुषको जीवनी,चरित्र, आदिका पुस्तक अध्ययन गर्ने , डरलाग्दो र उत्तेजित बनाउने खालका पुस्तक नपढ्ने । प्रतिदिन चार घण्टा राम्रो सुखदायी संगीत सुन्ने, गर्भमा शिशुसंग सकारात्मक कुराहरु गर्ने , कथाहरु सुनाउने, सत्संग आदि सुन्ने । आफ्ना राम्रा र प्रेरणा दिने सुखद दिनहरुलाई याद गरेर स्वस्थ , प्रसन्न र सकारात्मक रहने । घरमा राम्रा प्राकृतिक र प्रेरणा दिने महापुरुषहरुका फोटा राख्ने । तारेको भुटेको र धेरै मसलादार होइन , पौष्टिक,सन्तुलित,सात्विक एवं संस्कारित भोजन शान्त मनले बनाउने खाने दुवै गर्ने । ईष्र्या ,द्वेष, हठवादिता रुखो व्यवहारहरुबाट बच्ने । दया,करुणा,सेवा, भावको अभ्यास गर्ने। डरलाग्दो र उत्तेजना युत्त, धारावाहिक या सिनेमा नहेर्ने । घरमा आस्तिकताको वातावरण बनाउन सामूहिक प्रार्थना,पूजा,आरती,साधना,उपासना, भजन कीर्तन आदि गर्ने ।  ध्यान भनेको एकाग्रता हो भने योग भनेको जोड्नु हो । कुनै पनि विचार हाम्रो मनमा १७ सेकेण्ड रहन्छ भने त्यसले परिस्थिती निर्माण गर्दछ । शान्त, स्वच्छ स्थान या देवालयमा ढाड , कम्मर, गर्दन सीधा गरेर बस्ने , सद्बुद्धिको कामना गर्दै गायत्री, इष्ट मन्त्र या नाम जप गर्दै परमात्मा, दिपक उदाउँदो सूर्य आदिको ध्यान गर्ने । ती दिब्य गुणहरु गर्भस्थ शिशु सम्म पुर्याएमा शिशुलाई स्वस्थ एवं संस्कारवान बन्न ठूलो मद्दत पुग्छ । सूर्योदय र सूयाूतको समयमा १५ मिनेट ध्यान जरुर गर्ने । गर्भस्थ शिशुको मंगलकामना गर्दै — “तिम्रो कल्याण होस् , तिमी मेरो गर्भमा आएर मलाई मातृत्व प्रदान गर्यौ । यसका लागि म कृतज्ञ छु । तिम्रो उत्तम शारीरिक मानसिक एवं आध्यात्मिक विकास होस । गर्भावस्थामा तिम्रो चेतना ईश्वरको दिव्य गुणहरु र श्रेष्ठ संस्कारहरुले परिपूर्ण भएर विकसित होस् ।” त्यसपछि दुवै हात दलेर आँखा र अनुहारमा लगाउँदै ध्यानबाट बाहिर आउने ।   मनोवैज्ञानिक एवं शिशु रोग विशेषज्ञहरुको मान्यता छ कि वर्तमान समयमा लगभग ७० प्रतिशत बच्चा जन्मजातै तनावग्रस्त हुन्छन् । ती बच्चामा कुण्ठा , अवसाद , आत्महत्याको लहड चल्छ । यसो हुनुको कारणहरु हो , गर्भवती तनावग्रस्त हुनु । परिवारमा कलह क्लेश , लडाई, झगडा, नारी उत्पीडन आदि नोकरी गर्ने महिलाहरु कार्यक्षेत्रमै पनि तनावमा हुन्छन् । दुखद उपन्यास पढ्ने तथा अपराधिक सिनेमा आदि हेर्नु । दाम्पत्य जीवनतनावपूर्ण हुनु । धेरै परिवारमा गर्भवतीलाई यदि छोरी भए म हेला हन्छु कि भन्ने तनाव पनि रहन्छ । यी परिस्थितीहरुले शिशुको मानसिक विकासमा गंभीर प्रभाव प्रर्दछ । त्यसैले गर्भवती स्त्री पति र परिवार सबै सदस्यहरुले तनाव उत्पन्न गर्ने व्यवहार गर्नै हुन्न ।   बिश्व स्वास्थ संगठन (डब्लुुएचओ) भन्छ शारीरिक, मानसिक,समाजिक एवं आत्मिक दृष्टिले स्वस्थ हुनु नै पूर्ण स्वस्थ हो । यो सबको पूर्ति स्वाध्याय र सत्संगबाट हुन्छ । गर्भवतीले सत्साहित्य , धर्मग्रन्थ , महापुरुषहरुको जीवनी प्रेरणाप्रद कथा प्रसंगहरु पढ्नु पर्दछ । जसले गर्दा आमा पनि तनाव मुक्त र शिशुमा पनि राम्रो प्रभाव पर्दछ ।       यसकारण लाग्न सक्छ, मानसिक रोग सामान्य अर्थमा भन्नुुपर्दा नेपामा मानसिक रोग पैत्रिक गुणहरु र ब्यक्तिगत तथा सामाजिक बाताबरण को कारणले हुने गरेको देखिन्छ । कुनै ब्यक्त्तिको रक्त सम्बन्धमा पर्ने अरु ब्यक्त्तिलाई मानसिक समस्या भएमा आफुलाई पनि मानसिक समस्या हुने खतरा हुने गर्दछ ।    यसैगरी कुनै बंशाणु कणहरु मानसिक समस्या गराउने खालका हुन्छन र जिवनमा उतार चढाब तथा अप्ठेरो परिस्तिथि आउदा ति बंशाणु कणहरु ले आफुलाई मानसिक समस्याको रुपमा बाहिर निकाल्ने गर्दछन ।   गर्भा अवस्थामा आमालाई तनाब भएमा, कुनै प्रकारको नशालु पदार्थ सेवन गर्ने गरेको भएमा, जटिल प्रकारको रोग लागेको भएमा, मदिरा तथा तम्बाखु जस्ता पदार्थ सेवन गर्ने गरेको भएमा जन्मेको बच्चाहरुमा पछि गएर मानसिक समस्या हुने खतरा हुन्छ । यसैगरी हाम्रो मष्तिस्कमा धेरै प्रकारका रसायन हरु हुने गर्दछन जसले मानिसमा हुने भावनाहरु को आदान प्रदान मा महत्तोपुर्ण भुमिका निर्बाह गर्ने गर्दछन । कुनै कारणले यि रसायनहरुको गतिबिधिमा नकारात्मक परिबर्तन भएमा ब्यक्त्तिमा निराशा, बिनाकारण अत्यधिक आत्तिने डराउने जस्ता समस्या हरु देखिने गर्दछन ।     भित्री रुपमा मानसिक रोग भए पनि उचित बाताबरण नपाउदा रोग बाहिर निस्कन पाएको हुदैन । जिवनमा हुने केहि घटना तथा अवस्था हरुले रोगलाई बाहिर ल्याउने गर्दछन । धेरै कारणहरु हुने गर्दछन जसले गर्दा मानसिक समस्या हुने जोखिम अझै बध्ने गर्दछ ।     यसैगरी रक्त सम्बन्धमा कुनै ब्यक्त्तिलाई मानसिक समस्या भएमा। जस्तै बा-आमा, दाजुभाइ, दिदि बहिनि आदि । तनाब ले भरिपुर्ण घटनाहरु, जस्तैस नोकरीको तनाब, आर्थिक समस्या, आत्मिय ब्यक्त्तिको देहान्त आदि ।  दिर्घ रोगहरु जस्तैस उच्च रक्तचाप, मुटु को रोग, मधुमेह लागेमा पनि डिप्रेशन हुन सक्छ । यि बाहेक मष्तिस्कमा चोटपटक लागेर धेरै नै रगत बगेमा, भयकंर घटनाको सामना गर्नु परेमा, जस्तैस युद्ध को सामना गर्नु परेमा, मदिरा तथा अन्य नशालु पदार्थको सेवन गर्ने गरेमा, थोरै मात्र नाता सम्बन्ध भएमा अथवा सम्बन्ध सुमधुर नभएमा, पहिला पनि कुनै प्रकारको मानसिक समस्या भएको अवस्थामा, मानसिक समस्या धेरै ब्यक्त्तिलाई हुने गरेको देखिन्छ, हालको तथ्यांकलाई नै आधार मान्ने हो भने प्रत्येक बर्ष पाँच जना मध्ये एक जनालाई कुनै न कुनै प्रकारको मानसिक समस्या हुने गरेको देखिन्छ ।    मानसिक रोग बच्चा देखि ब्रिद्ध सबै उमेर समुहका ब्यक्त्ति लाई हुने गर्दछ । प्रायजसो कम उमेरका ब्यक्तिहरुलाई बढि हुने गरेको देखिन्छ । मानसिक समस्याको असर केहि समय को लागि पनि हुन सक्छ भने कसैलाई लामो समय सम्म पनि रहन सक्दछ । एक जना ब्यक्त्तिलाई एक वा एक भन्दा धेरै प्रकारको मानसिक समस्या भएकोहुन पनि सक्दछ ।   यस्ता हुन्छन, मानसिक रोगका जटिलताहरु   पछिल्लो समयमा आम मानिसको दैनिक जीवन निकै नै व्यस्त बन्दै गएको छ । यो व्यस्त जीवनमा मानिसलाई अपाङ्ग बनाउने एक प्रमुख कारण मानसिक रोग पनि हो । बेलैमा मानसिक रोगको उपचार गराउन सकिएन भने ब्यक्त्तिलाई भावनात्मक, ब्याहारिक र शारिरिक रुपमा नै असक्त्त बनाउने गर्दछ ।  जिवन तथा कुनै पनि कुरामा रमाउन नसक्ने अवस्था, परिवारिक झै झगडा, मनमुटाव,सम्बन्ध स्थापना गर्न तथा भएको सम्बन्ध लाई निरन्तरता दिन मा समस्या,  मदिरा सेवन, सुर्ति जन्य पदार्थ सेवन, तथा अरु नशालु पदार्थ हरुको सेवन, बिद्यालय नै नजाने, अध्ययन मा समस्या, काम गर्न मन नलाग्ने, गरेको काम पनि सोचे जस्तो नहुने,  सहपाठिहरु सँग मनमुटाव तथा झैझगडा, तनाबको सम्बन्ध, बारम्बार आर्थिक, कानुनी झमेला मा परी रहने, आफुलाई खतरा हुने कार्य गर्ने जस्तैस हतियार ले काट्ने प्र्यास गर्ने, काटि नै हाल्ने, अरुलाई नोक्सान हुने कार्य गर्ने जस्तै कुटपिट गर्ने, गालिगलौच गर्ने, मधुमेह तथा मुटु रोग जस्ता दिर्घ रोग आदि लाग्न सक्छ ।    मानसिक समस्या भएको थाहा पाउने बित्तिकै उपचारको लागि तयारी गर्नु बुद्धिमानि हुन्छ । सुरु मै उपचार गर्दा मानसिक पिडा कम हुने, छोटो समयमा नै रोग निको हुने सम्भावना हुन्छ । उपचार नगरी घर मै बसिराख्दा अथवा घर को उपचार गराउदा मानसिक समस्या निको हुदैन बरु झन जटिल हुदै जान्छ । सुरुमा एक प्रकारको मानसिक रोग थियो र उपचार नगराई बस्ने अथवा गाउ-घर कै उपचारमा लागि राख्दा अरु प्रकारका मानसिक रोगहरु पनि थपिदै जाने गरेको देखिन्छ । मानसिक रोग लागेको थाहा भएमा तुरन्त मानसिक रोग बिशेषज्ञ सँग परामर्श गर्नु राम्रो हुन्छ ।    मानसिक रोग हरुको उपचार बिना औषधी (साइकोथेरापी अथवा काउन्सेलिङ) तथा औषधी ले अथवा कुनै कुनै मानसिक रोगहरुमा दुबै बिधि हरु बाट सङै पनि उपचार गर्नु पर्ने हुन सक्छ । कुन बिधि ले उपचार गर्दा रोग निको हुन्छ भन्ने कुरा बिशेषज्ञले मात्र सल्लाह दिन सक्दछन ।         


Posted on: 2020-Jan-30

POST YOUR COMMENTS

Please note that all the fields marked * are mandatory.

 
Note: Comments containing abusive words or slander shall not be published.


download

 

Interview

मोविलीटी र मुभमेन्ट बढाएर जिल्लाको सुरक्षा चुस्त दुरुस्त राखेका छौं, एसएसपी पोखरेल
एसएसपी पोखरेलका अनुसार ललितपुर जिल्लाभरीका सबै क्षेत्रमा प्रहरी परिसर समेत गरी ३८ वटा, वृत्त र प्रभागहरु रहेका छन् ।
Full Story


TECHNOLOGYSCIENCEAnautho SansarECONOMYEditorialINDUSTRYCRIMEBankingAGRICULTURELITERATUREPERSONALITYMANAAB DHARMABOOKANALYSISPOLITICSEDUCATIONBEEMAKHOJBOLLYWOODBUSINESSSAARC SUMMITBeauty tipsNEWSCOVER STORYREPORTBICHAR ARTICLESBANK-BANKERSPRABASENTERTAINMENTOUR SOCIETYHEALTHSPORTSOTHER FEATURESOFF THE BEAT
INTRODUCTIONEDITORIALBACKGROUNDFEATURES OBJECTIVES PROGRAM FUTURE PLAN ORGANIZATIONAL STRUCTURE OUR FAMILYCAREER WITH US
All rights reserved. 2011. yuwa hunkar