06 May
Mon

“Journalism for the Nation”. Nation and its people are the priority for Hunkar.

सावधान युवतीको मायाँमा घरखेत जाला, फैलिदै छ हनि ट्रयापिङमा सञ्जाल

1 - Jan-2020, Posted by: Yuwahunkar   |   COMMENTS: 0
 
काठमाडौ, पुस   घटना नम्वर १ बिसं २०७४ असारमा केन्द्रीय अनुसन्धान ब्युरोले दाङ, घोराहीकी १९ वर्षीया आशिका परियार र ३१ वर्षिय कोलबहादुर थापामगर जो कुबिनका नामले समेत चिनिन्थे उनीहरलाई पक्राउ गर्यो । ‘हनी ट्रयापिङ’मा पारेर एक जना व्यावसायीलाई अपहरण गरी फिरौती असुलेको अभियोगमा ति दुई व्यक्तिहरु पक्राउ परेका  थिए । प्रहरीका अनुसार थापा र परियार बत्तीसपुतलीमा एउटा घरमा डेरा गरी ‘लिभिङ टुगेदर’मा बस्दै आएका थिए । ति दुबै व्यक्तिहरु व्यापारी अपहरण गरी फिरौती असुलेको अभियोगमा पक्राउ परिसकेका छन ।    के भएको थियो त्यतिबेला नेपालस्थित अमेरिकी दूतावासमा कार्यरत कर्मचारी, सिन्धुलीका निर्माण व्यवसायी, काठमाडौं न्युरोडका व्यापारी र कन्टेनर व्यवसायीको अपहरणमा संलग्न आशिकाको संलग्नता भेटिएको थियो । त्यतिबेला देखि नै आशिका हनी ट्यापरकोरुपमा प्रयोग हुने गरेकी थिईन । यी सबैको अपहरणमा आशिकालाई हनी ट्रयापका रूपमा प्रयोग गरिएको पाइयो ।’पछिल्लो पटक यो गिरोहको चंगुलमा पर्ने एक व्यावसायीले ७ पुस ०७३ मा प्रहरीलाई दिएको उजुरीअनुसार, आशिकाले आफूलाई ‘सरु केसी’ भनेर फोन गरी भेट्न बोलाएपछि उनी गाडी लिएर बालाजु, माछापोखरी गए, जहाँ कुरेर बसेकी आशिका भेटिइन । दुवैबीच कतै रेस्टुराँमा बसेर खाजा खाने सहमति भयो । आशिकाले चिनेकै रेस्टुराँ जान आग्रह गरेपछि व्यावसायीले सहमति जनाए र गोंगबुकै एक होटलसहितको रेस्टुराँमा पुगे । यतिन्जेलसम्मको गफगाफमा आशिकाले भर्खरै चिनेका व्यावसायीलाई कोठामै बस्न राजी गराइसकेकी थिइन् । व्यवसायी युवतीसँग यौन सम्पर्कका लागि लालायित थिए । भर्खरै चिनजान भए पनि उनी त्यसका लागि मानसिक रूपमै तयार थिए । होटलको कोठामा गएपछि आशिका नुवाइधुवाइ गर्न भनेर बाथरुम छिरिन । त्यहीबेला बाहिरबाट कसैले ढोका ढकढक्यायो । खोल्दा चार जनाको युवा समूह छि¥यो र आफूलाई सीआईबीको प्रहरी भन्दै व्यवसायीलाई नियन्त्रणमा लियो । अर्धनग्न अवस्थामा रहेकी आशिकासहित व्यवसायीलाई पक्रेर उक्त समूहले कुनै अज्ञात स्थलमा लग्यो, जसलाई सीआईबीको ‘सेफहाउस’ भनिएको थियो । त्यसपछि शुरु भयो, धम्काउने र फिरौती असुल्ने काम भयो । जसमा उनीहरुले २० लाख रुपैयाँ मागे ।    घटना नम्वर २ बिसं २०७४ साउनमा शुक्रराज तामाङ पक्राउ परे । केन्दिय अनुसन्धान व्युरो (सिआईबी) ले उनलाई पक्राउ गरेको थियो । उनी पक्राउ पर्नुको ठोस कारण थियो, हनी ट्रयापिङ’ अर्थात युवतीहरुलाई प्रयोग गरी अपहरण गर्ने र त्यसपछि असुली गर्ने । सोही आधारमा ३४ बर्षिय तामाङलाई सिआईबीले काठमाडौंको बासबारीबाट पक्राउ गरेको थियो । युवतीहरुलाई प्रयोग गरी मायाँ जालमा पार्ने र त्यसपछि विभिन्न नाटक गरी पैसा असुल्ने कामलाई प्रहरीले ‘हनी ट्रयापिङ ’ भन्ने गरेको छ । सोही अभियोगमा आधारमा तामाङ पक्राउ परे ।    घटना नम्बर ३ बिसं २०७३ सालमा नै २५ वर्षीया राधिका श्रेष्ठ मृत भेटिईन । शारीरीकरुपमा निकै नै शुन्दर देखिने राधिकाको शौन्दर्यबाट जो कोही पनि मन्त्रमुग्द हुुन्थे । अन्तमा त्यही शौन्र्दय उनको लागि अभिसाप बन्यो । राधिकाको त्यही ‘सुन्दरता’लाई प्रयोग गरेर कमाउने योजना बनाए, प्रेमी प्रकाश लामिछानेले । भक्तपुर, बागेश्वरी ४ का लामिछाने सुन्दरताको आवरणमा अपराध गर्ने अर्को कुख्यात गिरोहका नाइके थिए । उनको गिरोहमा आफ्नै प्रेमिका र छिमेकी किशोर गिरी, सरोज घोरासैनीलगायत संलग्न थिए । धादिङ, धार्के ४ की राधिका काठमाडौं मक्खनगल्लीस्थित न्यु डालिज साडी र साडी संसार नामक पसलमा काम गर्थिन । एकैचोटि धेरै पैसा कमाउने लालचमा लामिछाने र श्रेष्ठले साडी पसलका मालिक श्यामसुन्दर अग्रवाललाई फसाउने योजना बनाए । ५ फागुन ०७३ दिउँसो साढे एक बजे व्यवसायी श्यामसुन्दर अग्रवालको मोबाइलमा घण्टी बज्यो ।   मक्खनगल्लीस्थित न्यु डालिज साडी र साडी संसार नामक पसलका सञ्चालक अग्रवाल बिदा लिएर बसेकी कामदार राधिकाले अर्जेन्ट काम छ भन्दै बोलाएपछि दिउँसो सुन्धारास्थित सनराइज गेस्ट हाउस पुगेका थिए । ४०४ नम्बर कोठामा सँगै बसेर दुवै जनाले मदिरा पिए । पूर्वयोजनाअनुरूप सोही गेस्ट हाउसको ४०३ नम्बर कोठामा बसेका राधिकाका प्रेमी प्रकाशसहित किशोर र सरोज उक्त कोठामा छिरे । व्यवसायी श्यामसुन्दरलाई कुटपिट गरे । हातखुट्टा बाँधेर मुखमा कार्टुन टेप टाँसिदिए । १० लाख ७० हजार फिरौती रकम लिए । कोठामा बन्धक बनाई भागे ।   वसन्तपुर पुगेर फिरौती रकम बाँडफाँट गरे । जसमध्ये किशोर र सरोजले दुईरदुई लाख लिए भने बाँकी आठ लाख ७० हजारसहित ट्याक्सी लिएर प्रकाश÷राधिकाको जोडी घर लाग्यो । तर, व्यवसायी अग्रवालले कामदार राधिकालाई चिनेकोले सोही माध्यम बनाएर पोल खुल्ने र प्रहरीले पक्राउ गर्ने भयले प्रकाशलाई पिरोल्यो । व्यवसायी अग्रवालकै शैली दोर्होयाउँदै घर पुगेकी प्रेमीकालाई उनले मुखमा टेप लगाई घाँटी थिचेर हत्या गरे ।    यि त केही प्रतिनिधी घटनाहरु मात्र हुन । राजधानी र देशभर यस्ता थुप्रै घटनाहरु हुुने गरेकाछन । कसैले चिकित्सकको नाउँमा आफ्नो शुन्दरताको उपयोग गर्दे धनाढ्य व्यक्तिहरुलाई ठगेकाछन भने कसैले प्रेमि पे्रमिका बनेर धनाड्य बर्गहरुलाई ठगी रहेकाछन । राजधानीमा पछिल्लो समय  ठग्ने र ठगिने क्रम बढ्दै गएको छ । जसको शुन्दर युवतीको प्रयोग बढी हुने गरेको छ । युवतीहरुले जस्तो सुकै मै हुं भन्ने किसिमको पुरुषहरुलाई आफ्नो मायाँजालमा पारेर आफ्नो बेडसम्म ल्याउन सक्ने क्षमता हुने भएकै कारण पनि यस्तो कार्यमा शुन्दर युवतीहरुको प्रयोग बढी हुुने गरेको हो । ति युवतीहरुको शुन्दरता जस्तो सुकै पुरुष पनि नजिक हुन्छन र सिधै फस्छन । सो पश्चात ति युवतीहरुले पैसाको बार्गेनिड गर्न सुरु गर्छिन  र बार्गेनिड नमिलेको खण्डमा मात्र उक्त मुद्धा प्रहरीसम्म पुग्छ ।    के हो हनि ट्रयापिङ ?  राम्री युवतीले मायाँजालमा पारेर वा यौनका लागि आमन्त्रण गरेर युवाहरुलाई फसाउने अपराधलाई ‘हनी ट्रयापिङ’ भनिन्छ । ‘इजी मनी’का लागि पछिल्लो समय यस किसिमको अपराध बढ्दै गएको छ । यस्तो अपराधमा महिलाहरुले अर्थात कुनै शुन्दर युवतीहरले मायाको भाव देखाउँदै ‘इमोसनल्ली एट्याचमेन्ट’ गराउँछन् । त्यतिले उद्देश्य पूरा नभए थ्रेट दिन्छन् र अपहरणमा संलग्न गराउँछन् । यो सबै गर्नुुको एउटै कारण हो, पैशा ।   पैसाकै लागि युवतीहरुले कुनै धनाड्य पुरुषहरुलाई फसाउने गरेकाछन । सामाजकि प्रतिष्ठा, प्रहरी लगाएर थुनिदिने भन्दै यस्तो कर्जामा संलग्न महिलाहरुले लाखौरुपमा बार्गेनिड गर्ने गरेकाछन । कसरी फसाईन्छ पैसावालहरुलाई ? यो कार्यमा सुन्दर युवतीहरूलाई ढाल बनाएर धनाढ्यहरूको अपहरण गर्ने सम्मको कार्यहरु हुने गरेको छ । जुन बिगतको घटनाहरुबाट पनि पुष्टि भईसकेको छ । यो अपराधमा मुख्य अभियुक्तलाई अपराध गर्न मद्दत वा अपराध गर्ने परिस्थिति सिर्जना गर्ने मतियारका रूपमा युवतीहरूलाई प्रयोग गर्ने प्रवृत्ति देखिन्छ । अपराध गर्न सहयोग गर्ने, उक्साउने, परिस्थिति मिलाउने वा अन्य किसिमबाट सहयोग पु¥याउने कार्यलाई मतियारका रूपमा लिइन्छ ।    सुन्दरताको आवरणमा अपराध गर्न उक्साउने पुरुषहरूले युवतीहरूलाई अपराधिक कार्यको कुनै आभास दिँदैनन । न्यून शैक्षिक योग्यता भएका कारण हुन सक्ने कुराको जोखिम लेखाजोखासमेत गर्न सक्दैनन । तिमीलाई केही हुँदैन भनी फकाउने र आर्थिक प्रलोभन समेत दिने गरेका छन । केही हजार रुपैयाँ दिने समेत गरेकाछन । यसकारण पनि यस्तो अपराधमा बढी मात्रामा शैक्षिक योग्यता कम भएका शुन्दर युवतीहरुको प्रयोग बढी हुने गरेको जो । जो सजिलै संगै यस्तो कार्यमा संलग्न हुन्छन, अरुलाई फसाउन पनि सक्छन । यसमा मुख्य व्यक्तिकोरुपमा तिनै युवतीहरुको प्रेमिकाले भुमिका खेलेको समेत बिभिन्न घटनाबाट देखिएको छ । प्रेममा फसाएर युवतीहरूलाई जे अह्रायो त्यही शिरोपर गर्ने खालको मानसिकतामा फसाउने गरेका छन । मिहिनेत नगरिकनै पैसा कमाउन पाइने भएकोले युवतीहरू यस्तो कार्यमा फस्ने गरेकाछन ।    कस्ता व्यक्तिहरु संलग्न हुन्छन यस्तो कार्यमा यस्तो कार्यमा संलग्न हुने अधिकांस व्यक्तिहरु कमजोर आर्थिक पृष्ठभुमी भएका व्यक्तिहरु हुने गरेकाछन । कमजोर आर्थिक अवस्था भएकैकारण उनीहरुले चाँडै धनी हुने सोचका साथ आफ्नो आफ्नै सहकर्मी साथी संग प्रयोग गरेर योजनाबद्धरुपमा धनाड्य पुरुषहरुलाई मायाको नाटक गर्दे, शारिरीकरुपमा आर्कषित पार्दे नजिक हुने । ति पुरुषहरुसंग हरेक कुरामा निकै नै आत्मिरुपमा प्रस्तुत हुने गर्छन । हरेर किसिमबाट ति पुरुषको मन जितिसकेपछि पछि केही फोटो र भिडियो क्लिपहरु समेत खिच्न  यस्तो अपराधमा संलग्न व्यक्तिहरु सफल हुन्छन । अनि उनीहरुले त्यही फोटो र भिडियोको माध्यमद्धारा बार्गेेनिड गर्न सुरु गर्छन । पुरुषलाई शारीरिक र मानसिकरुपमा डर, त्रास र धम्की दिएर लाखौं रुपैयाँ माग्ने काम हुन्छ ।    राजधानीमा हुने गरेको यस्तो अपराध कार्यमा काठमाडौ उपत्यकामा नै स्थायी घएर भएका व्यक्तिहरु भन्दा पनि उपत्यका बाहिरबाट काठमाडौ आई बसोवास गर्ने व्यक्तिहरु संलग्न हुने गरेकाछन । राजधानीमा टिक्न र आफ्नो महंगो आवस्यकताहरुलाई पुरा गर्न उनीहरुले यस्तो अपराध गर्ने गरेको देखिन्छ  । बढ्दो बेरोजगारी, महंगी र सजिलै संगै पैसा कमाउने गलत सोचका कारण पनि यस्तो अपराध बढेको छ । यस्तो अपराधमा फिरौती माग्ने, अपहरण गर्नेे र हत्या समेत हुने गरेको बिगतको घटनाहरुबाट देखिएको छ ।    के भन्छ, प्रहरी ?  आत्मियता बढाएर ब्ल्याकमेलिङ गर्ने प्रवृति बढ्दै जानु थप चिन्ताको बिषय हो: सहकुल थापा प्रमुख, महानगरीय अपराध महाशाखा, टेकु   पछिल्लो समय आत्मियता बढाएर पैसाको बार्गेनिङ गर्ने प्रवृति बढ्दै गएको छ । यसबाट धेरै जना पुरुषहरु पीडित हुने गरेकाछन । बिशेष गरी पैसावाल व्यक्तिहरु अर्थात उद्योगी व्यवसायीहरु बढी मात्रामा हनी ट्रयापिङका घटनाबाट पीडित हुने गरेकाछन ।    बढ्दो बेरोजगारी, महंगो शौख पुरा गर्नको लागि सजिलै संगै पैसा कमाउने माध्यमकोरुपमा हनी ट्रयापिङलाई अगाँल्ने युवतीहरुको संख्या पछिल्लो समय राजधानीमा बढ्दै गएको छ । तर पनि यि घटनाका पीडितहरुको आफ्नो आफुलाई परेको समस्या बारेमा खुलेर प्रहरी समक्ष नआउनु दुखद रहेको छ । जुन युवतीले आत्मियता देखाएर पैसाको बार्गेनिङ गरी, त्यो युवतीको बारेमा उजुरबाजुर गर्दा आफ्नो सामाजिक प्रतिष्ठामा आँच आउन सक्ने र अनावस्यक झमेला आउन सक्ने भन्दै पीडित पक्षलाई पीडकले भने अनुसार रकम दिएर हनी ट्रयापिङको घटनालाई मिलाउने गरिएको छ । यसले गर्दा पनि यस सम्वन्धी निकै कम घटनाहरु मात्र प्रहरी कहाँ आउने गरेकाछन । जुन घटना प्रहरी कहाँ आउँछन, ति घटनाहरु भने बार्गेनिङ नमिलेका घटनाहरु हुन ।    अपराध महाशाखामा हनी ट्यापिङबाट पीडित भएका केही घटनाहरुको मात्र उजुरी आएको छ । त्यसमापनि प्रहरीले हनी ट्यापिङ नै शिर्षक राखेर कारवाही प्रकृया अगाडि बढाउनको लागि सोही बिषयसंग सम्वन्धीत कानुन छैन । त्यसकारण प्रहरीले हनी ट्रयापिङ सम्वन्धी मुद्धालाई अभद्र व्यवहार, बार्गेनिङ, गाली गलौज आदि शिर्षकमा अनुुसन्धान गर्ने गरेको छ । पछिल्लो समय उपत्यकमा आत्मियता देखाएर व्याल्कमेलिङ गर्ने धन्दा मौलाउँदै गएको छ । बिशेषगरी युवतीहरु यसकिसिमको धन्दामा संलग्न रहने गरेकाछन । उनीहरुलाई पर्दा पछाडिबाट बसेर कुनै युवकले साथ र निर्देशन दिने गरेको हुन्छ । ति युवाको निर्देशन र सहयोग कै आधारमा युवतीले कुनै उद्योगी, व्यापारी वा धनाढ्य बर्गलाई  मायाँजालमा फसाएर पैसाको बार्गेनिङ गर्ने, आफ्नो आर्थिक स्वार्थ सिद्ध घटनाहरु बढिरहेकाछन । उपत्यकामा मात्र नभएर पछिल्ला समय उपत्यका बाहिर पनि यस्ता घटनाहरु बढि रहेकाछन । तर घटना जहाँ भएपनि यस्ता घटनामा पीडित हुने व्यक्तिहरु भनेको उद्योगी व्यवसायीहरु नै हुने गरेकाछन । बिगतमा बिभिन्न समयमा भएका अभद्र व्यवहार र ब्ल्याकमेलिङका घटनामा संलग्न भएका अभियोगमा पक्राउ परेका व्यक्तिहरुबाट पनि यो तथ्य बाहिर आएको छ । हनी ट्रयापिङको घटनाबाट जोगिन सर्वप्रथम त सम्वन्धीत व्यक्ति आफै चनाखो हुनुपर्छ । त्यसको बावुजत पनि आफु त्यसमा परियो भने उक्त घटनाका बारेमा निर्धक्क भएर प्रहरी समक्ष आफुले भोग्नु परेको पीडाका बारेमा जानकारी दिनुपर्छ ।  प्रहरीले सोही अनुरुप अनुसन्धान गरी कारवाही प्रकृया अगाडि बढाउँछ ।    हनी ट्रया्पिङका धेरैजसो घटनाहरु बाहिर आउँदैनन , होविन्द्र बोगटी प्रवक्ता, महानगरीय प्रहरी परिसर, काठमाडौं   हनी ट्रयापिङका घटनाहरु अहिले मात्र होईन पहिला पनि हुने गरेको थियो । तर पछिल्ला समयहरुमा यससंग सम्वन्धीत केही घटनाहरु बाहिर आए । तर घटनाहरु सम्वन्धीत पक्षले नै लेनदेन नमिले पछि बाहिर ल्याएका हुन ।    यसकारण अहिले पनि नेपालमा हनी ट्रयापिङ सम्वन्धी धेरैजसो घटनाहरु बाहिर ल्याईदैन । यस्तो कार्यमा जो जो संलग्न छन, उनीहरुले नै त्यो घटनालाई गुपचुपमा राख्छन, सहमतीमा मिलाउँछन । प्रहरी समक्ष आउने यस्ता केसहरु भनेका लेनदेन नमिले पछि मात्र आउनु हुन । यसअर्थमा कति व्यक्तिहरु यस्तो कार्यमा संलग्न रहेकाछन, कति व्यक्तिहरु हनी ट्रयापिङका माध्यमबाट पीडित छन भन्ने  ठोस तथ्यांक प्रहरी समक्ष छैनन । प्रहरीले मुद्धा दर्ता भएपछि अनुसन्धान गर्छ, कारवाही प्रकृया अगाडि बढाउँछ । तर त्यसमा पनि हनी ट्रयापिङ नै भनेर मुद्धा दर्ता हुदैन । ठगी, अभद्र व्यवहार लगायतका शिर्षकमा मुद्धा दर्ता हुन्छ । सोही अनुसार कारवाही प्रकृया अगाडि बढाईन्छ ।    जो प्रत्यक्षरुपमा हनी ट्रयापिङमा संलग्न रहने गरेकाछन, उनीहरुको पहिलो टार्गेट, उद्योगी, व्यवसायी, बैकर, सरकारी निकायका उच्च पदस्थ व्यक्तिहरु रहने गरेकाछन । यि व्यक्तिहरुसंग पैसा पनि हुने र सामाजिक प्रतिष्ठामा आँच आउने डरले जतिसुकै रकम पनि दिन तयार हुन्छन भन्ने मानसिकता कै आधारमा हनी ट्रयापिङ कार्यमा संलग्न व्यक्तिहरुले यस्तै व्यक्तिहरुलाई टार्गेट बनाएका हुन्छन । यसको लागि ति व्यक्तिहरु अर्थात हनी ट्पिङ कार्यमा संलग्न युवतीहरुले बिभिन्न माध्यम मार्फत पैसावाला व्यक्तिहरुसंग नजिक हुने, हरेक करामा निकै नै आत्मिय हुने । संगै खान खाने, बस्ने, अंगालो मारेर फोटो खिच्ने लगायतका बिभिन्न क्रियाकलापाहरु गर्ने गर्छन । यसरी सम्पुर्णरुपमा नजिक भईसके पछि तिनै फोटोहरुलाई देखाउँदै ति युवतीहरुले पैसाको बार्गेनिङ गर्न थाल्छन ।    जो व्यक्ति त्यस्ता युवतीहरुको ट्यापमा पर्छ, त्यो व्यक्तिले पनि आफ्नो घरपरिवार, सामाजिक प्रतिष्ठा आँच आउन सक्ने भन्दै युवतीले मागे अनुसारको रकम दिन तयार हुन्छ ।  वास्तवमा यस्ता धेरै घटनाहरु भएका हुन्छन । यि घटनाहरु प्रहरी समक्ष नै आउँदैनन । पीडक र पीडित दुबैले नै पैसाको समझारीमा मिलाएका हुन्छन । यस्ता धेरै घटनाहरु काठमाडौमा घटिरहेकाछन । यस्ता घटना अर्थात भनौ हनी ट्यापिङमा संलग्न व्यक्तिहरु जो कोही भएपनि कारवाही गर्न प्रहरी तयार छ, । यसबाट जो पीडित हुनुहुन्छ । बिना हिच्चकिचाहट प्रहरीमा आउनुहोस । प्रहरीले हरेक कुराहरुमा गोप्यता कायम गर्दे दोषीलाई कारवाही गर्छ । कुनै पनि युवायुवतीहरुल छिट्टै नजिक नहुनुहोस, आत्मिय पनि हुनु हुदैन, त्यो नजिक हुने खोज्ने व्यक्तिहरुको पृष्ठभुमी राम्रो संग बुझेर मात्र उ संग नजिक हुनुहोस, वास्तवमा समाजमा हुने यस्ता घटनाहरुबाट जोगिनको लागि सम्वन्धीत व्यक्तिहरु आफै सजग हुनुपर्छ । आफै सजग भएको खण्डमा यस्ता घटनाहरु ठुलो संख्यामा कमी आउँछ ।    प्रहरीले सदैव चाहेको हुन्छ, समाजमा कुनै पनि खाले अपराध नहोस । तर प्रहरीले मात्र यस्तो चाहना गरेर हुदैन । समाजका हरेक नागरिकहरु आफ्नो समाजलाई शान्त, भयरहित, अपराध मुक्त बनाउन कटिवद्ध भएर लाग्नु पर्छ ।           

Posted on: 2020-Jan-1

POST YOUR COMMENTS

Please note that all the fields marked * are mandatory.

 
Note: Comments containing abusive words or slander shall not be published.


download

 

Interview

मोविलीटी र मुभमेन्ट बढाएर जिल्लाको सुरक्षा चुस्त दुरुस्त राखेका छौं, एसएसपी पोखरेल
एसएसपी पोखरेलका अनुसार ललितपुर जिल्लाभरीका सबै क्षेत्रमा प्रहरी परिसर समेत गरी ३८ वटा, वृत्त र प्रभागहरु रहेका छन् ।
Full Story


TECHNOLOGYSCIENCEAnautho SansarECONOMYEditorialINDUSTRYCRIMEBankingAGRICULTURELITERATUREPERSONALITYMANAAB DHARMABOOKANALYSISPOLITICSEDUCATIONBEEMAKHOJBOLLYWOODBUSINESSSAARC SUMMITBeauty tipsNEWSCOVER STORYREPORTBICHAR ARTICLESBANK-BANKERSPRABASENTERTAINMENTOUR SOCIETYHEALTHSPORTSOTHER FEATURESOFF THE BEAT
INTRODUCTIONEDITORIALBACKGROUNDFEATURES OBJECTIVES PROGRAM FUTURE PLAN ORGANIZATIONAL STRUCTURE OUR FAMILYCAREER WITH US
All rights reserved. 2011. yuwa hunkar