16 Apr
Tue

“Journalism for the Nation”. Nation and its people are the priority for Hunkar.

बिपदका सारथीहरु ....

29 - Jul-2019, Posted by: Yuwahunkar   |   COMMENTS: 0
 काठमाडौ, साउन ।   नेपाल सबैभन्दा बढी प्राकृतिक प्रकोप आर्इपर्ने मुलकहरु कै सुचीमा पर्छ । बाढी पहिरो, हुरिबतास र भुकम्पले यो मुलक सदियौं देखि आक्रान्त रहेको छ । प्राकृतिक प्रकोपलाई कसैले रोक्न अथवा छेक्दैन । तर पनि समयमा नै हामीले यसबाट बच्ने, यसबाट हुने सक्ने संभावित आर्थिक तथा भौत्तिक क्षति न्युनीकरण गर्न सकेमा यस्ता बिपत्तीहरुबाट हुने संभावित क्षतिबाट हामी जोगिन सक्छौ । 
  तर हाम्रो देश त्यस्तो हो, जहाँ कुनै पनि किसिमको प्राकृतिक बिपत्ती हुनु भन्दा पहिला त्यस्तो बिपत्ती बाट संभावित उपायहरुको खोजि गरिन्छ । संभावित बिपत्तीबाट जोगिन आम नागरिकलाई सुरक्षित स्थानतर्फ नै स्थानान्तरण गरिन्छ । यदि त्यस्तो हुदो हो त प्राकृतिक प्रकोपमा मारमा यति धेरै जनताहरु पर्ने थिएन । यि नागरिकहरुले प्राकृतिक प्रकोप कै कारण आफ्नो आर्थिक तथा भोत्तिक सम्पती र धन डुवाउनु पर्ने थिएन । उनीहरुको पीडामा राज्यको जिम्वेवार निकाय निकै नै कमजोरुपमा प्रस्तुत हुुने थिएन । पीडित नागकिरहरुको पिडामा हाँस्न कै लागि भनौ सरकारी सकारका उच्च तहका, मन्त्री तथा कार्यकर्ताहरु हेलिकोप्टर चढेर आम नागरिकको पीडिन हेर्न बिभिन्न क्षेत्रमा जाने थिएनन । यदि थिएन भने तराई थुप्रै जिल्लो बाढीले डुवान परिरंहदा नेता तथा सरकार प्रमुखहरको हेलिकप्टरमा सवार हुने थिएनन होला । तर यस्तै भईदियो, यसपालीको पनि बाढी पहिरो र डुवानमा ।    यो असारको अन्तिम हप्ताका केही दिन देशमा अकल्पनीय  रुपकै प्रकोपका पीडा प्रकट भए । यो बेला सम्म करिव सय जनाको ज्यान गयो आधासय वेपत्ता भए भने राहतकानाममा पीडितले चिउरासम्म नपाएका समाचार आइ रहेका छन् । यता देशहमा यस्तो प्रकोप चलिरहदा सरकराका लागि भने रमिता जस्तो भयो । यस्तो प्रकोप चलिरहेकै दिलन राष्ट्रपति निवासमा भव्य रुपको सांस्कृतिक कार्यकम आयोजित भयोभने बाढी पहिरो अवलोकनाकाभ नामा मन्त्रीहरुले हवाइ निरीक्षणमामात्र करोड भन्दा बढीको रकम खर्च गरेको पनि देखियो ।    साउनको पहिलो दिन प्रभावित क्षेत्र भ्रमणमा खाली हात निस्किएका मन्त्री र नेताहरुले बाढीपीडितलाई कतै भेटेनन् । यता अवस्था कस्तो थियो भने तराईको डुवान यो पटक इतिहासकै भयावह थियो । करिव १५ फिटसम्मको डुवना लरतरो होइन । बाढी र डुबानले उठीबास लगाएको छ दिनपछि निरीक्षणमा आएका मन्त्री र सांसदले आकाशबाट चक्कर लगाए । उनीहरू सरकारी अधिकारीसित मात्र ‘ब्रिफिङ’ सुनेर संघीय राजधानी फर्के  । अपवादमा कतै ओर्लिएका थिए भने पानीमा खुट्टा पर्छ भनी पीडितहरुकै बुइचढेर हेलिकप्टर बसेको ठाउसम्म आए । काठमाडौंबाट सेनाको हेलिकप्टरमा उपप्रधान एवं स्वास्थ्यमन्त्री उपेन्द्र यादव, गृहमन्त्री रामबहादुर थापा, ऊर्जामन्त्री वर्षमान पुन र भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठ रौतहट गएका थिए । मन्त्रीहरूसँगै हेलिकप्टरमा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल, राजपा अध्यक्ष मण्डलका अध्यक्ष अनिल झा र नेकपाका नेता प्रभु साहले बाढीग्रस्त क्षेत्रको हवाई भ्रमण गरे । उनीहरू खाली हात थिए । उनीहरूले पीडितलाई पनि भेटेनन । गृहमन्त्री थापाले उद्धार, राहत र पुनःस्थापनाको काम निरीक्षण गर्न आएको बताए । उनले बाढी र डुबानबाट हुने क्षति रोक्न पूर्व तयारीमा कमी भएको स्वीकार गरे । मन्त्री–नेताहरू आउने थाहा पाएपछि पीडितहरू राहतको आस गर्दै गौर स्थित सेनाको पुरेनवा गण नजिकै पुगेका थिए । गणमा हेलिकप्टरबाट उत्रिएलगत्तै मन्त्री र नेताहरूले सामूहिक तस्बिर खिचाए । गणको माथिल्लो तल्लामा बसेर बाढी–डुबानबारे ब्रिफिङ सुने । रौतहटका प्रमुख जिल्ला अधिकारी किरण थापाले टोलीलाई बाढी र डुबानबारे ब्रिफिङ गरे ।    उनीहरुले स्वास्थ्यमन्त्री यादवलाई बाढी प्रभावित क्षेत्रमा चिकित्सक अभाव भएको भन्दै ध्यानाकर्षण पनि गराए । भौतिक पूर्वाधार मन्त्री महासेठले बाढीबाट सडकमा पुगेको क्षतिबारे विवरण मागे । ऊर्जामन्त्री पुनले विद्युतमा भएको नोक्सानीबारे बुझ्न खोजे । पूर्वप्रधानमन्त्री नेपालले गौर नजिकको पुल निर्माण नसकिँदै चर्किएको भनेर डिभिजन सडकको ध्यानाकर्षण गराए । नेता नेपालको घर पनि डुबानपरेको थियो  । उनी गणबाट एक किमिको दूरीमा रहेको आफ्नो घर पनि गएनन । रौतहट नै गृहजिल्ला रहेका राजपा नेता झा पनि गणमै बसिरहे । डुबानमा परेको इशनाथ नगरपालिकाको बन्जाराहा गाउँ जाने योजना बने पनि सुरक्षा निकायले डुंगाबाट जानुपर्ने र जोखिम हुने भनेपछि उनीहरू गएनन । रौतहटबाट आकाशबाटै सर्लाहीको डुबान क्षेत्र हेर्दै टोली सप्तरी पुगेको थियो । राजविराजस्थित सेनाको भीमदल गणमा हेलिकप्टरबाट उत्रिएर उनीहरू गाडीमा तिलाठी पुगे । तिलाठी स्वास्थ्यमन्त्री यादवको निर्वाचन क्षेत्रमा पर्छ । त्यसपछि उनीहरू हेलिकप्टरमा सिरहा हुँदै जनकपुर विमानस्थलमा उत्रिएका थिए । जनकपुर विमानस्थलमा प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउत, प्रमुख सचिव दीपक सुवेदी र धनुषाका प्रमुख जिल्ला अधिकारी प्रदिप कँडेलले बाढी–डुबानबाट भएको क्षति, उद्धार, राहत र पुनःस्थापनाबारे बिफ्रिङ गरेपछि उनीहरू हेलिकप्टरबाटै काठमाडौं फर्किएका थिए । मन्त्री–नेताहरूको बाढीग्रस्त क्षेत्रमा लर्को रहे पनि पीडितहरू भने राहत र पुनःस्थापना कुरिरहेका थिए । ठूलो पानी पर्न रोकिएकाले डुबान र बाढीग्रस्त क्षेत्रका बासिन्दा आफैं तग्रिन थाले पनि खाना र बसाइको समस्या हटेको थिएन यो बेला सम्म  ।    बाढी र डुुवानबाट प्रदेश नम्वर २ मा मात्र ३४ जनाको मृत्यु   बाढी र डुबानले प्रदेश २ मामात्रै  ३४ जनाको मृत्यु भएको छ । १३ हजार ४४ परिवार विस्थापित भएका थिए  । त्यहाँका जिल्लाहरुमा मात्र छ लाख ७९ हजार ६ सय १५ जना बाढी र डुबानले प्रभावित बने । तीन हजार पाँच सय ७४ घर क्षतिग्रस्त छन । एक लाख १८ हजार एक सय चार घर डुबानमा परेका थिए । बाढी–डुबानले यतिधेरै जनधन क्षति गर्दा पनि मन्त्री–नेताहरूले आकाशबाट निरीक्षणको भन्दै पीडित रुष्ट बन्नु स्वाभाविक थियो ।   अरु बेला प्रधानमन्त्री आफै निरीक्षणमा निस्कथे । यो पटक किनहो केपीओली सामान्य र हवाइ निरीक्षण्मा पनि गएनन । यतिमात्र होयन राहत र उद्धारमा देखिएको सुस्तता पनि त्यतिकै आप,ित्त युक्त रह्यो । मुलुकका विभिन्न भागमा आइप।रेको यो पटकको बाढीपहिरोका कारण ९० भन्दा बढीको मृत्यु भइसक्दा पनि उद्धार तथा राहतमा सरकार सुस्त देखियो । सरकारी गतिविधिमा ढिलाइ हुँदा बेपत्ता ५० भन्दाबढी फेला पर्न सकेनन् भने राहत वितरण पनि प्रभावकारी रुपमा हुन सकेको छैन वर्षात रोकिएको अवस्थामा पनि । मन्त्रीहरुले बाढी प्रभावित क्षेत्रमा हेलिकप्टरबाट अनुगमन मात्र गरिरहेकोमा पीडित झनै आक्रोशित छन् ।   राहत वितरण प्रभावकारी हुन नसक्दा २०७४ सालको बाढीपहिरोमा संकलित सरकारी राहत कोषको रकम त्यत्तिकै छ । नियमावली छ तर त्यसको व्यवस्थाअनुसार सरकारी संयन्त्र परिचालित हुन नसक्दा बाढीपीडितको उद्धार र राहतकार्य सुस्त देखिएको छ । नियमावलीको दफा ४ अनुसार विपत् अगाडि नै विपद् तथा यससँग सम्बन्धित विज्ञ सम्मिलित ५ सदस्यीय विशेषज्ञ समिति बनाउनुपर्छ । तर, सरकारले अहिलेसम्म समिति बनाउन सकेको छैन । विपत् जोखिम क्षेत्रको मूल्यांकन गरी न्यूनीकरणका लागि सुझाव दिने जिम्मेवारी समितिको हो । नियमावलीमा भनिएको छ, ‘प्रकोपको स्वरुपअनुरुप जोखिम आँकलन, नक्सांकन, विश्लेषण गरी विपद् जोखिमबारे क्षमता अभिवृद्धि, विपद् व्यवस्थापन सूचना प्रणाली र सूचना प्रवाहसम्बन्धी विषयमा सुझाव दिने ।’ यसैगरी, शैक्षिक पाठ्यक्रममा समावेश गरिने विपत् व्यवस्थापन सम्बन्धी विषयका सम्बन्धमा राय सुझाव दिने, महामारी (प्यान्डामिक) तथा जनस्वास्थ्यका सम्भावित समस्याको पूर्वानुमान, नियन्त्रण तथा व्यवस्थापनका लागि राष्ट्रिय तथा अन्तराष्ट्रिय ज्ञान र विधिका आधारमा सुझाव दिने व्यवस्था नियमावलीमा छ । तर, विशेषज्ञ समिति नबन्दा समस्या भएको गृह मन्त्रालयका अधिकारीहरु बताउँछन् । अहिले बाढीपहिरो प्रभावितको उद्धार तथा राहत एवं सूचना संकलनमा सक्रिय गृहका अधिकारीहरुले समिति नबन्दा आफूहरुलाई काम गर्न असजिलो भएको बताएका छन् । यसले पनि बुझाउछ यो प्रकोप र यसले पु¥याएको क्षतिप्रति सरकार कतैपनि संवेदनशिल भएन, रमिते मात्र बनेर प्रस्तुुत भयो । सोही कारण पनि पछिल्लो समय सरकार प्रति आम नागरिक निरास भए ।    आलो घाउँमा महलम लगाउदै जनपथ र सशत्र    बाढी, पहिरो र डुुवानमा दर्जनौ जिल्ला परिहरंदा सरकार रमिते बने पनि सरकार मातहत कै दुुई निकाय भने बिपदका सारथी बनेर निष्कियो । यो दुुई निकाय संग आम बाढीपीडित नागरिकलाई दिने भौत्तिक सामाग्री खासै थिएन । तर पनि यो दुुई निकायले पीडामा परेका आम नागरिहको उद्धारा गर्नको लागि जुन सहयोग गर्यो । त्यो सहयोगले सिंगो नेपाल प्रहरी र सशत्र प्रहरीको सिर उँचो भएको छ । आम नागरिकले प्रहरीलाई निकै सम्मानको साथ हेर्न थाल्ल्यो ।    यि दुुई निकाय कै सहयोगमा तराईका जनपुर, रा्रैतहट, सर्लाही , बारा, पर्सा सहितका जनताले राहतको अनुुभव गर्न सक्यो । यि दुई निकाय बिपत्तीको यो समयमा घटनास्थलमा यसरी उत्रियो कि सबैको नजरमा नेपाल प्रहरी र सशत्र प्रहरीको सिंर उँचो भयो ।    बाढि पहिरो तथा डुवानमा परेकाहरुको उद्वार कार्यमा करीव १० हजार सशस्त्र प्रहरी परिचालित   हालै भएको अविरल वर्षाको कारण विभिन्न स्थानमा आएको बाढी पहिरो तथा डुवानमा परेकाहरुको एपीएफ टोलीले उद्वार गरेको छ । एपीएफ टोली यही साउन आठ गते बुुधबार अपरान्हसम्म देशका विभिन्न भागमा अविरल वर्षाको कारण बाढि पहिरो तथा डुवानमा परेका चार सय ९३ जनालाई उद्वार गरेको छ । शसत्र प्रहरीका आईजिपी शैलेन्द खनालले सबैलाई राहत र सहयोगमा उत्रिन आग्रह गरेकाछन ।    उद्वार कार्यमा करीव १० हजार सशस्त्र प्रहरी कर्मचारी परिचालित भएका छन् । यसैबीच यही साउन आठ गते बुुधबार मोरङ जिल्लाको विराटनगर महानगरपालिका १६ स्थित दरैया बस्तीमा अविरल वर्षाको कारण डुवानमा परेका घरहरुबाट एपीएफ टोलीले करीव ४० जनालाई उद्वार गरेको छ । सशस्त्र प्रहरी बल, नेपाल नम्बर ९ गुल्म हेक्वा मोरङबाट खटिएको एपीएफ टोलीले उनीहरुलाई सुरक्षित स्थानमा सारेको हो । यसैगरी सोही जिल्लाकै उर्लावारी नगरपालिका ८ स्थित चौधरी टोलमा अविरल वर्षाको कारण बक्राहा खोलाले बाध कटान गरी डुवाउने सम्भावना रहेपछि सो ठाउँका २१ जना व्यक्तिहरुलाई सुरक्षित स्थानमा सारिएको छ ।    सशस्त्र प्रहरी बल, नेपाल सुरक्षा वेश उर्लावारीबाट खटिएको एपीएफ टोली र स्थानीय प्रहरीले उनीहरुको उद्वार गरेको हो । यसैगरी सिराहा जिल्लाको कल्याणपुर नगरपालिका ३ ईटारीप्रसाई स्थित घुर्मी र कमला खोलाको तटमा आँपको रुखमा फसेका सोही ठाउँ बस्ने ६० वर्षिय महेश्वर साहलाई सशस्त्र प्रहरी बल, नेपाल नम्बर २ छिन्नमस्ता बाहिनी मुख्यालयबाट खटिएको एपीएफ टोलीले सकूशल उद्वार गरेको छ । यसैगरी सिन्धुली गोलान्जोर गाउँपालिका ५ स्थित २६ किलो भन्ने स्थानमा अविरल वर्षाको कारण सडक माथिबाट ढुंगासहितको पहिरो आई अवरुद्ध विपी लोकमार्ग एपीएफ टोलीले खुलाएको छ ।   सलाम नेपाल प्रहरी  बाढी, पहिरो र डुवानबाट भएको क्षतिको न्यूनीकरण र उद्दारमा २७ हजार प्रहरी खटिए   अविरल वर्षाको कारण देशका विभिन्न स्थानमा आएको बाढी, पहिरो र डुवानबाट प्रभावित स्थानहरुमा भएको क्षति न्यूनीकरण र उद्दारमा सम्बन्धित प्रदेशका प्रहरी कार्यालयका प्रमुख, प्रहरी नायब महानिरीक्षकहरु लगायतका प्रहरी कर्मचारीहरु उद्धारमा सक्रिय रुपमा संलग्न रहेका छन् । नेपाल प्रहरीका आईजीपी सर्वेन्द्र खनालले बाढीपीडित जनताको उद्धारा खटिन तथा राहत र उद्धारमा कुुनै कसर बाँकी नराख्न्न प्रहरीलाई निर्देशन दिएका छन् ।    काठमाडौं उपत्यकामा आठ हजार आठ सय ५६ जना, प्रदेश नम्बर १ मा छ हजार तीन सय पाँच जना, प्रदेश नम्बर २ मा दुुई हजार सात सय दुुई जना, प्रदेश नम्बर ३ मा तीन हजार चार सय पाँच जना, प्रदेश नम्बर ६ मा तीन हजार एक सय १२ जना गरी प्रभावित स्थानहरुमा कूल २७ हजार तीन सय ८० जना प्रहरी कर्मचारीहरू उद्धारमा खटिएका छन् । उक्त बाढी पहिरोमा परी शनिबार साँझसम्म ललितपुरमा पाँच जना, भोजपुरमा चार जना, काठमाडौं, मकवानपुर, खोटाङ र काभ्रेमा तीन र तीन जना, धादिङ र सिन्धुलीमा दुुई र दुुई जना तथा पाल्पा, ओखलढुंगा, पर्सा, रामेछाप, ईलाम, झापा, सुनसरी, बारा र चितवनमा एक र एक जना गरी जम्मा ३४ जनाको मृत्यु भएको छ ।   बाढी पहिरोमा परेका महोत्तरीमा पाँच सय जना, रौतहटमा दुुई सय जना, काठमाडौंमा एक सय ८५ जना, सिन्धुलीमा ७० जना, उदयपुरमा १० जना, ललितपुरमा आठ सय जना, सिराहमा दुुई जना तथा भक्तपुर, सुनसरी, मकवानपुर र खोटाङमा एक र एक जना गरी जम्मा नौ सय ७९ जनाको सकुशल उद्दार गरी सुरक्षित स्थानमा स्थानान्तरण गरिएको छ । बाढी पहिरोमा परी सिन्धुलीमा ४ जना तथा काठमाडौं, पाँचथर, झापा, उदयपुर, मोरङ, सुनसरी, महोत्तरी, रौतहट, धादिङ, ललितपुर, मकवानपुर र भोजपुरमा एक र एक जना गरी १६ जना वेपत्ता भएका छन् । वेपत्ताको खोजी कार्य जारी छ । साथै मकवानपुरमा चार जना, काभ्रेमा दुुई जना तथा खोटाङ, रामेछाप, धादिङ, दोलखा, सुनसरीमा र चितवन एक र एक जना गरी जम्मा १२ जना घाइते भएका छन् । घाइतेहरूलाई उपचारको लागि स्थानीय अस्पताल लगिएको छ ।   पहिरो तथा बाढीको कारण बन्द भएका विभिन्न स्थानका बाटो प्रहरीले सुचारु गराएको छ । धादिङ बेनिघाटरोराङ गाउँपालिका १० बादरेमोडस्थित पृथ्बी राजमार्ग, हेटौंडाबाट काठमाडौं आउने सम्पूर्ण बाटो, नारायणगढबाट काठमाडौं आउने बाटो, बारा जितपुर सिमरा उपमानगरपालिका २२ स्थित महेन्द्र राजमार्ग, मकवानपुर हेटौंडादेखि भिमफेदी काठमाडौं सडकखण्ड, ईलाम सूर्योदय नगरपलिका ९ ढोडेस्थित बरबोटेदेखि नयाँबजार जाने भित्री सडकखण्ड, धादिङ नौबिसेदेखि हेटौंडा जाने त्रिभुवन राजपथ, दैलेख गुराँस गाउँपालिका २ स्थित तल्लो डुङ्गेश्वर सियाकोट सुर्खेत सडकखण्ड लगायतमा भएको अवरोध प्रहरीले हटाई बाटो खुलाएको हो ।   यसैगरी रौतहट चन्द्रनिगाहापु २ स्थित पुर्वपश्चिम राजमार्गमा ठूला सवारी साधन सुचारु, पाँचथर मेची राजमार्ग, ईलाम रोङ गाउँपालिका ४ स्थित मेची राजमार्ग, तेह्रथुम लालिगुँरास नगरपालिका ९ काडेस्थित म्याङलुङ बसन्तपुर सडकखण्ड लगायतका ठाउँमा अबरोध भएकोमा प्रहरीले एकतर्फी बाटो खुलाएको छ ।   कतिपय स्थानमा भएको बाटो अवरोध हटाउने कार्य प्रहरीले जारी राखेको छ । जसमध्ये रामेछाप, काभ्रे, सिन्धुली, मुस्ताङ, मनाङ, उदयपुर, खोटाङ, ओखलढुङगा, मकवानपुर, महोत्तरी, रसुवा, कालिकोट, ईलाम, कपिलबस्तु, सल्यान, धनकुटा लगायत जिल्लाका विभिन्न स्थानको सडक अवरोध खुलाउने कार्य हाल जारी छ । साथै त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थलमा शुक्रबार यती एयरको विमान अवतरण गर्ने क्रममा धावनमार्गको थ्रेसहोल्डबाट चिप्लिएर दुर्घटना हुन पुग्दा भएको अवरोध प्रहरी समेतको सक्रियतामा हटाई विमानस्थल सुचारु गरिएको थियो । साथै बाढी पहिरोको जोखिममा रहेका विभिन्न जिल्लाका विभिन्न घर परिवारलाई सुरक्षित स्थानमा राख्ने, पहिरोमा पुरिएका धनमाल निकालेर सुरक्षा गर्ने काम समेत विभिन्न निकाय र स्थानीयवासीको समन्वय र सहयोगमा प्रहरीले आफ्नो कार्यलाई निरन्तरता दिईरहेको छ ।    

Posted on: 2019-Jul-29

POST YOUR COMMENTS

Please note that all the fields marked * are mandatory.

 
Note: Comments containing abusive words or slander shall not be published.


download

 

Interview

मोविलीटी र मुभमेन्ट बढाएर जिल्लाको सुरक्षा चुस्त दुरुस्त राखेका छौं, एसएसपी पोखरेल
एसएसपी पोखरेलका अनुसार ललितपुर जिल्लाभरीका सबै क्षेत्रमा प्रहरी परिसर समेत गरी ३८ वटा, वृत्त र प्रभागहरु रहेका छन् ।
Full Story


TECHNOLOGYSCIENCEAnautho SansarECONOMYEditorialINDUSTRYCRIMEBankingAGRICULTURELITERATUREPERSONALITYMANAAB DHARMABOOKANALYSISPOLITICSEDUCATIONBEEMAKHOJBOLLYWOODBUSINESSSAARC SUMMITBeauty tipsNEWSCOVER STORYREPORTBICHAR ARTICLESBANK-BANKERSPRABASENTERTAINMENTOUR SOCIETYHEALTHSPORTSOTHER FEATURESOFF THE BEAT
INTRODUCTIONEDITORIALBACKGROUNDFEATURES OBJECTIVES PROGRAM FUTURE PLAN ORGANIZATIONAL STRUCTURE OUR FAMILYCAREER WITH US
All rights reserved. 2011. yuwa hunkar