25 Apr
Thu

“Journalism for the Nation”. Nation and its people are the priority for Hunkar.

सानो आकारमा तिखो विचार

5 - Jul-2019, Posted by: Yuwahunkar   |   COMMENTS: 0
 पत्रकारितामा साप्ताहिक पत्रपत्रिकाको महत्व अपरिमित छ । साप्ताहिक पत्रिका आफैंमा स्वतन्त्र र सम्पूर्ण हुन्छ । विशिष्ट अनौपचारिक आकार, शैली र भाषाको तिखोतथा अर्थपूर्ण प्रयोग साप्ताहिक पत्रिकाकोविशिष्टता हो । दैनिक समाचारपत्रकोछायाँबाट मुक्त रहेपनि साप्ताहिक पत्रिकापत्रकारिताको मूलधारबाट अलगहुँदैन । साप्ताहिक पत्रिकालाई पत्रकारिताकोवैकल्पिक विधा मान्न सकिदैन । तर,यसले समाचारपत्रको संसारमा वैकल्पिकविचारलाई प्रतिनिधित्व गरी रहेको हुन्छ ।समाजमा भएका घटनाहरुलाई मूलधारकासमाचारपत्रहरुको दृष्टिकोणभन्दा फरकहिसावले विश्लेषणगर्ने, सामाजिक,आर्थिक र राजनीतिक नीतिहरुको अर्थ रअनर्थलाई मिहीन अर्थदिने र समाजमालुकेर वसेका वा लुकाइएका विकृत पक्ष हरुलाई स्थापितगर्ने साप्ताहिक पत्रपत्रिका नै हुन्छन ।कतिपय साप्ताहिक पत्रपत्रिकाको शैलीप्रायः आक्रामक र कहिलेकहीं विष्फोटक देखिन्छ । साप्ताहिक पत्रपत्रिकाले प्रायःपाठकहरुलाई आकर्षितगर्न उत्तेजकसमाचार प्रकाशित गर्ने गर्दछन ।
भारतबाटप्रकाशितहुने साप्ताहिक पत्रिका व्लिट्ज रकरन्ट सनसनीपूर्ण समाचारका लागि प्रख्यातथिए । नेपालमा साप्ताहिक नयाँ सन्देशलेसनसनीखेज पत्रकारिता भित्र्याएको थियो ।पन्चायतकालीन समयमा त किस्सा नै बनेकोथियो ः गोरखापत्रले छापेजति पुल र नयाँसन्देशले छापेजति बम सबै जम्मागर्ने हो भनेनेपालमा राख्ने ठाउँ नै हुने थिएन ।हामीकहाँ सानो आकारको अथवा“टेव्लोइड” भन्ने वित्तिकै साप्ताहिक भन्नेचलन छ । तर, टेव्लोइड आकारका सवै समाचारपत्र साप्ताहिक हुँदैनन । वेलायतमा टेव्लोइड आकारका धेरै दैनिक पत्रिकाले विवादासपद समाचार प्रकाशित गरेरइतिहासको निर्माण गरेका छन भने नेपालमासाप्ताहिक पत्रपत्रिकाले परिवर्तनका पक्षमाआन्दोलनकारीको भूमिका निर्वाह गरेका छन ।वीशौं शताव्दीको उत्र्तराध्र्दको प्रारम्भसंगैसंसारभरका समाचारपत्रहरू चिटिक्कपरेको सानो “ह्याण्डी” आकारमा प्रकाशितभइरहेका छन् । नेपालमा भने ठूलाआकारका समाचारपत्रप्रतिको मोह बढ्दोछ ।
हामीकहाँ समाचारपत्र पढने बानीकोविकास हुन थालेको दुइ दशकपनि वितेकोछैन । संसारका अन्य देशका आवश्यकता रहाम्रा आवश्यकता पृथक् छन । समाचारपत्रप्रकाशन गृहले विज्ञापनदाताको रुची र उसकाआवश्यकताका आधार नसमातेसम्म व्यवसायफष्टाउन सक्दैन ।
 िव क  िस तसमाजहरुमा जीवन तीव्र गतिमाचल्ने भएकाले सूचना र समाचार जीवनकोआधारभूत आवश्यकताको सूचीमा परेकाछन । समयको मूल्य स्थापित भै सकेको छ ।सुविधाजनक सार्वजनिक यातायात सेवा भएकादेशमा चिटिक्क परेको सानो समाचारपत्र पढ्नसुविधाजनक हुन्छ । हाम्रो समाजमा सूचना रसमाचार अझै आवश्यकताको सूचीमा परेकाछैनन । मानिससंग समय पनि मनग्य छ ।त्यसो त नेपालमा आधुनिक युगको प्रारम्भदेखिनै साना कद र काठीका समाचारपत्र प्रचलनमाआएका हुन् । सानो बजार, थोरै पढेलेखेकामानिस र शिक्षा र ज्ञानको साह्रै कमजोरआधारले गर्दा नेपाली समाजमा पत्रकारिताकोउपस्थिति साङ्केतिकमात्रै रह्यो । प्रजातन्त्रप्राप्तिको तीन दशकसम्म पत्रपत्रिकाका पखेटाखुम्चिएरै रहे ।
२००७ देखि २०१७ सालसम्मको समयलाई समाचारपत्रहरूले जीवन्त नबनाएका होइनन । तर समाचारपत्रको विकासका लागि चाहिने आधारभूत उपक्रमहरूको अभावमा पत्रपत्रिकाले व्यावसायिक गति लिन सकेनन् ।प्रजातन्त्रको पुनःस्थापना नभएसम्म ‘गोरखापत्र’ र ‘दि राइजिङ नेपाल’ बाहेकदैनिक, साप्ताहिक र पाक्षिक सबै प्रकारकासमाचारपत्र टेब्लोइड आकारमा प्रकाशितभइरहेका थिए । यसको कारण प्राविधिक थियो। छाप्ने मसीन र कागज दुवै साना आकारकाथिए । ठूलो आकारका समाचारपत्र प्रकाशनकालागि लागि ठूलै आकारको छापाखाना रठूलै आकारका कागज र ठूलै आकारकोव्यवस्थापनको आवश्यकता पथ्र्यो जसकालागि न त लगानीको वैधानिक वातावरणथियो न त राजनीतिक परिस्थिति नै अनुकूलथियो । कसैले गर्न चाहेर पनि गर्न नसकिनेअवस्था थियो त्यो । जनमत संग्रहपछि प्रकाशनशुरु भएको साप्ताहिक मन्चले आफनो आकारप्रचलनमा रहेका अन्य साप्ताहिकको भन्दाकेही ठूलो वनाएको थियो। वजारमा यसको गदेखिन्थ्यो रपाठकहरु रमाएकाथिए ।प्रजातन्त्रको पुनःस्थापनापछि नेपालीपत्रकारिताले विस्तारै चोला फेर्न थाल्यो ।देशको राजनीतिक व्यवस्थामा आएको आमूलपरिवर्तनले उद्योगी व्यवसायीहरु जागरुक हुनथाले । सानै स्तरमा भएपनि पत्रपत्रिकाकोव्यवसायिक महत्व वढन थाल्यो । खुलासमाजमा सवैलाई आफनो आवाज राख्नुथियो र त्यसलाई सुनिने पनि वनाउनु थियो।
राजनीतिक दलका नेताहरुका आवश्यकतापनि वढन थाले । संगसंगै, मुद्रण प्रविधिलेफडको मार्न थाल्यो । काठमाडांैमा धमाधमअफसेट प्रेस खुल्न थाले । कम्प्युटर टाइपसेटिंगलोकप्रिय हुनथाले । कान्तिपुर र काठमाडौंपोष्ट दैनिकको प्रकाशन शुरु भएपछिसानो आकारको समाचारपत्र व्यवसायमाआमूल परिवर्तन आउन थाल्यो । अधिकांशसाप्ताहिक पत्रपत्रिका प्राविधिक परिवर्तनलाई आत्मसातगर्न वाध्य भए ।
जीवन निर्वाहका दृष्टिले पन्चायत कालमा पत्रकारिता भरलाग्दो पेशा थिएन । प्रजातन्त्रको पक्षमा प्रतिपक्षको आवाज मुखरितगर्ने एकमात्रमाध्यम थियो पत्रकारिता । आन्दोलनकै रुपमारहेको पत्रकारितालाई व्यवसायका रुपमाअपनाउनु पत्रकारका लागि दुस्साहसिक तररोचक अनुभव हुन्थ्यो । व्यवसायमा खतराथियो र नै यो आकर्षक थियो । प्रजातन्त्रकोपुनस्र्थापनापछि भने प्रकाशन प्रतिस्पध्र्दाकोबाटोमा गयो । प्रतिस्पध्र्दाको कुनै आधारथिएन । विज्ञापन संस्कृतिको विकास भएकोथिएन । सूचना विभाग मार्फत सरकारलेवितरणगर्ने अनुदान सारै थोरै र पक्षपातपूर्णथियो । सरकारले कुनै नियम र प्रक्रियावनाएको थिएन । राजतन्त्रकालीन मानसिकताव्याप्त थियो सरकार र कर्मचारीतन्त्रमा ।यो समयमा आर्थिक चुनौतिको सामनागर्ननसकेपछि साना पत्रपत्रिकाको प्रकाशनधराशायी हुन थाल्यो । कति विलुप्त भए ।कतिका आकार खुम्चिए । प्रजातन्त्रको लामोसंघर्षमा योगदान पुर्याएका पत्रपत्रिकाहरुकोसमस्या समाधानगर्न सरकार संवेदनशीलनभएकोमा सम्पादक–प्रकाशकहरुले चित्तदुखाए । पत्रकार संघ आन्दोलित भयो ।सरकार प्रजातन्त्रमा पत्रपत्रिका प्रतिस्पध्र्दात्मकहुनुपर्दछ भन्ने मान्यता राख्दथ्यो ।
तर, विपन्नसमाजका साना प्रकाशनहरुका लागि त्यस्तोप्रतिस्पध्र्दा सहज नहुनु स्वाभाविक थियो ।वहुदलीय प्रजातन्त्रको पुनस्र्थापनापछि नेपालीसमाचारपत्रहरुको आवाज र उद्देश्यमापरिवर्तन आउन थाल्यो । स्वतन्त्रताको समानराजनीतिक र सामाजिक कार्यसूचीलाईविभिन्न दलका सैध्दान्तिक अवधारणालेविस्थापित गर्यो । समाचारपत्रहरुको स्वभावर भूमिकामा परिवर्तन आयो । विद्रोहकोप्रतीकका रुपमा रहेको पत्रकारितामा अचानकआएको यो परिवर्तनपछि विस्तारै साप्ताहिकर अन्य साना पत्रपत्रिकाको महत्व खस्किनथाल्यो । पत्रकारिता आफैंमा एउटा स्थायीमिसन हो भन्ने मान्यता ओझेलमा पर्नथाल्यो । प्रजातन्त्रको प्राप्तिपछि धेरै पत्रकारहरुले मिसन पूरा भएको ठाने । स्वतन्त्रताकोउन्मादमा प्रजातान्त्रिक व्यवस्थाकोसफलताका लागि स्वतन्त्र प्रेसको प्रभावकारीभूमिका अपरिहार्य रहने तथ्य सवैले विर्सिए ।पत्रकारितालाई पेशा र व्यवसायका रुपमाअपनाउने पत्रकारहरुका लागि साप्ताहिकपत्रपत्रिकाहरु अनावश्यक वोझ वन्न थालेकाथिए । पत्रकारिताका नाममा राजनीतिकदलहरुको अभियन्ताका रुपमा कामगर्नुव्यवसायिक पत्रकारहरुका लागि पक्कैपनि रुचिकर विषय थिएन । राजनीतिकपत्रकारिताको भासबाट बाहिर आउन खोजीरहेका थिए व्यवसायिक पत्रकारितामा लागेकासंचारकर्मीहरु । उनीहरु छापा पत्रकारिताकोविकल्पमा रेडियो र स्थानीय प्रकाशनतिरकेन्द्रित हुन थालेका थिए । साप्ताहिकप्रकाशनबाट पाइने वौध्दिक आनन्द र सन्तुष्टिघटी सकेको थियो ।
साप्ताहिक प्रकाशनहरुकोप्रभाव खुम्चिन थाली सकेको थियो ।साप्ताहिक प्रकाशनका सम्पादक–प्रकाशकहरुआफना पत्रिकाको व्यवसायिक रुपान्तरणप्रतिचाहिंदोजति सजग र सचेत हुन सकेकाथिएनन । यस्ता प्रकाशनमा व्यवसायिकलगानी आउने सम्भावना थिएन अथवा कमथियो । लामो समयदेखि सम्पादक–प्रकाशककोअवतारमा मालिकका रुपमा रहेका पत्रकारआफनो स्वामित्व छाडन तयार थिएनन । लामोसमयपछि स्वतन्त्रताको स्वादलिन पाएकाजनता सूचना र समाचारलाई विविधताकोसम्पूर्ण आयाममा वुझन चाहन्थे । उनीहरुलेप्रेसको प्रभावकारिता देखि सकेका थिए ।यसको विपरित, पत्रकारिता र आन्दोलनमालागेका पत्रकारहरु राजनीतिक उपक्रमसंगजोडिएर प्रभावशाली वन्ने प्रयासमा लागेकाथिए । यो अस्वाभाविक थिएन । पत्रकारहरुलाई निरन्तरको संघर्षले थकाएको थियो ।प्रजातन्त्र पुनस्र्थापनाको मिसन पूरा भएपछिउनीहरु राज्यबाट पुरस्कृत, सम्मानित रसंरक्षित हुन चाहन्थे । पुनस्र्थापित प्रजातन्त्रकोप्रभावकारिताका लागि स्वतन्त्र प्रेसको भूमिकाअपरिहार्य भएको तथ्यलाई प्रजातान्त्रिकसरकारले विर्सिएको थियो ।
सरकारकागुमास्ताहरु प्रेस जगतलाई आफनो कव्जामालिन प्रयत्नशील थिए । आफनो पक्षको प्रेसवनाउने धूनमा प्रतिपक्षीहरु सरकारभन्दा पनिसंगठित रुपमा लागेका थिए । यो एकप्रकारकोकडा दवाव थियो जसलाई धान्नु कसैका लागिसजिलो थिएन ।कान्तिपुर दैनिकको प्रकाशन शुरु हुनुभन्दापहिले नै मनोरन्जन व्यवसायी किशोरसिलवालले संस्थागत रुपमा जनमन्चसाप्ताहिकको प्रकाशन शुरु गरेका थिए ।समाचार–पत्रिकाको रुपमा जनमन्च नेपालीपत्रकारितामा नयाँ प्रयोग थियो । समाचार–विचार, विश्लेषण र स्तम्भलेखनलाईजनमन्चले आफनो वैशिष्ट्य वनाएको थियो ।तर, यो प्रयोगले पनि निरन्तरता पाउन सकेन।इन्टरनेटको वढदो प्रयोगले पश्चिमी समाजमालोकप्रिय प्लेवाय र पेन्टहाउस जस्तासेक्सलाई केन्द्र–विन्दूमा राखेर प्रकाशितहुनेलोकप्रिय पत्र–पत्रिका यतिवेला संकटमाछन । केही समय अघिसम्म अमेरिकाबाटप्रकाशितहुने प्लेवाय पत्रिकाको विक्री ६०लाख प्रतिसम्म हुने गर्दथ्यो । अहिले त्यो घटेर१० लाख प्रतिमा खुम्चिएको छ ।
फ्रान्समा लुइनामको नयाँ प्रकाशनको विक्री ३ लाख ५०हजार प्रति छ । यी पत्र–पत्रिकाले सेक्समात्रवेच्दैनन । सेक्ससंगै मिलाएर विचारको व्यापारपनि गर्ने गर्दछन । आभिजात्य र सम्भ्रान्तवर्गका पाठकलाई लक्ष वनाएर प्रकाशितहुनेफ्रान्सको लुइ पत्रिकाले भ्लादिमिर नवाकोभ,सल वेल्लो र जोयस कार्लोस ओटस जस्तासुप्रसिध्द लेखकहरुका रचना प्रकाशितगर्नेगर्दछ । प्लेवायले पनि विभिन्न विचारक रचिन्तकहरुको लेख, रचना र अन्तर्वार्ताहरुनियमित रुपमा प्रकाशितगर्ने गर्दछ ।नेपाली समाचारपत्रको मैदानमा २०५६ देखि‘नयाँ सडक’ समाचारपत्र टेब्लोइड आकारमाप्रकाशित हुन थाल्यो । समाचार र विचारकोसंसारमा व्यावसायिक हिसाबले मूलधारकादैनिक समाचारपत्रहरूसँग सोझो टक्करगर्ने यसको साहस वा दुस्साहस नेपालीपत्रकारितामा पहिलो प्रयोग थियो जुन सफलभएन । लगानीको न्यूनताका कारण यसलेछोटो अवधिमा कमाएको लोकप्रियतालाईनिरन्तरता दिन सकेन ।
पछिल्लो परिवर्तनपछिटेब्लोइड समाचारपत्रको संसारमा ‘नयाँपत्रिका’को प्रकाशन अर्को प्रयोग थियो,जो दुस्साहसिक नै साबित भयो । शुरुमानयाँ पत्रिकाले नाम र दाम कमाएको चर्चालेइन्टरनेटको वढदोप्रयोगले पश्चिमी समाजमालोकप्रिय प्लेवाय र पेन्टहाउसजस्ता सेक्सलाई केन्द्र–विन्दूमाराखेर प्रकाशितहुने लोकप्रिय पत्र–पत्रिका यतिवेला संकटमा छन ।धधध।थगदबजगलपबच।अयm युवा हुङ्कार द्दघशहर गर्माएको थियो । तर, यसले ब्रडसिटदैनिकहरूको जस्तो आफनो प्रभाव विस्तारगर्नसकेन ।संसारका प्रमुख समाचारपत्रहरू यतिखेरआकर्षक र स्लीक बन्ने होडमा छन् ।किनभने प्रतिस्पर्धाको क्षेत्र बदलिएको छ ।यी समाचारपत्रहरू विद्युतीय माध्यमसँगप्रतिस्पध्र्दा गर्न आफ्नो तौल, आकार रभाउ घटाउँदै छन् ।
तर, ‘ठूलो आकारकोभुँडी’ मानिसको उँचो आर्थिक र राजनीतिकहैसियतको बलियो पहिचान मानिनेदक्षिण एशियाका समाचारपत्रका मालिकर व्यवस्थापकहरूले अहिलेसम्म नयाँप्रतिस्पर्धामा प्रवेश गर्नुपरेको छैन ।सन् ८०को दशकमा भारतमा साहूशान्तिप्रसाद जैनको स्वामित्वमा रहेको ‘दिटाइम्स अफ इन्डिया’ को प्रकाशन संस्थावेनेट कोलम्यान समूहको उत्तराधिकार जैनकाछोराहरूमा सरेपछि कम्पनीले व्यावसायिकप्रकाशनको नयाँ सिलसिला प्रारम्भ गर्यो। टाइम्स अफ इन्डियाका प्रकाशकले अरूउद्योगवाट कमाएको मुनाफा प्रकाशनमालगानी गरेर नाम कमाउनुभन्दा प्रकाशनलाईनै नाफामूलक व्यवसायमा परिणत गरेरदाम कमाउने विकल्प रोजे । कम्पनीले हिन्दीभाषाका दिनमान, धर्मयुग, सारिका, परागजस्ताउद्देश्यमूलक र लोकप्रिय साप्ताहिक, पाक्षिक रमासिक पत्रपत्रिकाको प्रकाशन स्थगित ग¥यो। यी प्रकाशनहरु विशाल पाठक समुदायकावीच लोकप्रिय भएपनि व्यवसायिक हिसावलेनाफामूलक थिएनन । आधुनिक प्रविधिकोप्रयोग गरेर महंगो कागजमा छापिएकापत्रपत्रिकाको विक्रि जतिसुकै लाख भएपनित्यसले वाहवाही कमाउँछ, नाफा कमाउनसक्दैन । पत्रपत्रिकाको वितरण जति धेरै हुन्छ,त्यही अनुपातमा विज्ञापन आउन सकेन भनेपत्रिका घाटामा जान्छ । पत्रपत्रिकाको सामान्यअंकगणित हो यो ।वेनेट कोलम्यानले आफनो व्यवसायिक नीतिमापरिवर्तन गरेपछि बौद्धिक जगत्मा साह्रै प्रतिष्ठितसम्पादक पदको हैसियत व्यवस्थापकको तहमाओरालियो ।
व्यवस्थापन–सहयोगी, बजारमुखीर मुनाफा उन्मुख प्रवृत्ति सम्पादकको नयाँवाञ्छनीय योग्यता कायम गरियो । बुद्धिजीवीसम्पादकहरू पलायन हुन थाले । राजनीतिकवृत्तमा आफ्नो प्रभाव र दबाब कायम राख्नसफल हिन्दी साप्ताहिक ‘दिनमान’ ब्रडसिटआकारमा देखियो । तर, पाठकले यो आकार रप्रस्तुति स्वीकार नगरेपछि दिनमानको प्रकाशनबन्द भयो । यही क्रममा केही लगानीकर्तालेब्रडसिट आकारमा ‘अब्जर्भर’ जस्ता अङ्ग्रेजीनामका साप्ताहिक प्रकाशन गरे । तर, यीप्रयोगहरू सफल भएनन् । यही क्रममा सन्डे ररविबारजस्ता बलिया शक्ति भएका साप्ताहिकप्रकाशनहरू समेत बन्द भए ।नेपालमा साप्ताहिक समाचारपत्र व्यवसायकोपरिदृश्य भारतमा साप्ताहिक पत्रकारिताकोअवसानसंग नजोडिएपनि सर्वथा अप्रभावितथिएन । साप्ताहिक पत्रपत्रिकाले खासगरीसामाजिक तथा आर्थिक विश्लेषणमार्फतपाठकलाई निश्चित धारणा बनाउन मद्दत गरेपनि यसले राजनीतिको तीव्र गतिलाई समात्नुत्यतिकै कठिन हुन्छ ।
साप्ताहिकले समेट्ने विषयर विश्लेषणलाई दैनिक पत्रिकामा नै समेट्नेहो भने दैनिक पत्रपत्रिकाको प्रभावकारिताअझ बढ्दछ । अहिलेका प्रायजसो दैनिकसमाचारपत्रहरूमा विविध विषय समेटिएकाहुन्छन् । यसले समाचारपत्रको पठनीयतालाईनिश्चय पनि प्रभावित गरेको छ ।पत्रकारिताको हाम्रो परम्परा र इतिहास पनिछोटै छ । सूचना, विचार र समाचारकोएकलौटी अधिकार प्रत्यक्ष–अप्रत्यक्ष अहिलेपनि सरकारकै हातमा छ । सरकारलेगजेटमात्र होइन, समाचारपत्र नै प्रकाशित गर्नेगरेको छ तैपनि, परिवर्तनका राम्रै सङ्केतहरुदेखिएका छन । श्याम गोयन्काले कान्तिपुरसमाचारपत्रको प्रकाशन शुरु गरेपछि सरकारीस्वामित्वमा सञ्चालित गोरखापत्र संस्थानकोएकाधिकार पुरानो रूपमा नरहे पनि पूरैटुटेको छैन । सरकारी भन्नेबित्तिकै निजीभन्दाविश्वसनीय मानिने सामाजिक मनस्थितिकायम रहेको छ । स्वतन्त्र प्रेसको विकासकालागि गोरखापत्र न चुनौतीका रूपमा रहेकोछ, न त अवरोधक । लोकतन्त्रको आगमनपछियसले आफ्नो ध्येय र उद्देश्य गुमाइसकेकोछ । यसको प्रकाशन किन निरन्तर छ ?अहिलेसम्मका कुनै पनि सरकारले जवाफखोज्ने कष्ट गरेका छैनन् ।नेपालका प्रायः सबै प्रकाशक राजनीति रयौनमा पाठकहरूको रुचिको सजिलो अनुमानगर्ने गर्दछन् । तर, यो सधैँ सत्य होइन ।अहिलेसम्म समाचारपत्रहरूले नेपालमा बढ्दो उपभोक्ता समूहको स्वार्थको रक्षाका लागिसिन्को पनि भाँचेका छैनन् । किनभने, यसमाउत्पादक र उपभोक्ताको स्वार्थ बाझिने ठूलोखतरा हुन्छ । समाचार कोरिएका कागजद्दद्ध युवा बेचेर मात्रै प्रकाशन संस्थाहरू चल्न सक्दैनन्। उत्पादकहरूको दह्रो समर्थन नपाएसम्मउसको स्वार्थको रक्षा नगरेसम्म समाचारपत्रकोलोकप्रियता पनि बढ्दैन ।
यो अवस्थामा समाचारपत्रले उत्पादनकोगुणस्तरको छानबीन गर्ने र उत्पादककोनिहित स्वार्थका विरुद्ध समाचार लेख्नेसम्भावना सीमित हुन्छ । नेपालमा उत्पादनभएका सिमेन्ट, फलामे रड र चाउचाउकोगुणस्तरमा लगातार प्रश्न उठिरहेका छन् ।तर, कुनै पनि समाचार माध्यमले र खासगरीटेलिभिजन माध्यमले यसबारे उपभोक्ताकोहितमा आवाज उठाउने आँट गरेका छैनन् ।चार वटा सिमेन्ट कम्पनी, चार वटा फलामकम्पनी र चार वटा चाउचाउ कम्पनीलेविज्ञापन रोक्दा टेलिभिजन च्यानल नै बन्द हुनेअवस्था भएको देशमासञ्चार माध्यमहरूलेउपभोक्ताको पक्षमाबोलिदेलान् भन्ने आशागर्न पनि मिल्दैन ।अ  िह ल ेस म् मसमाचारपत्र व्यवसायमायस्तो सङ्कट प्रकटरूपमा देखिएको छैन ।यसको अर्थ समाचारपत्रमाव्यावसायिक नियन्त्रणछँदै छैन भन्ने होइन ।दैनिक समाचारपत्रहरूलेअनुसन्धान समाचारमाआपूmलाई अघि वढाउन सक्दछन् । यो अवश्यनै निकै कठिन काम हो । हामीकहाँ ‘अनुसन्धान–समाचार’का रूपमा अहिले जेजस्ता समाचार वा रिपोर्ट प्रकाशित भइरहेकाछन् ती ‘शोध–समाचार’को तहमा पर्दैनन् ।अनुसन्धानमूलक देशका नागरिकलाई थाहापाउने वा जान्ने अधिकार ९च्ष्नजत तय प्लयध०छ । तर त्यो अधिकार सक्रिय छैन । थाहापाउने वा जान्ने नागरिकको अधिकार मार्गतय गर्न धेरै घुमाउरा मोड पार गर्नुपर्दछ। नेपालमा दक्ष जनशक्तिको मात्रै होइन,राजनीतिक वातावरणको पनि अभाव छ ।नेपाली पत्रकारितामाथि लाग्ने गरेको आरोपपनि ‘राजनीतिक’ आरोप नै हो । यो सोह्रैआना गलत आरोप होइन । नेपालका सञ्चारमाध्यमहरूले राजनीतिमा जनताको रुचि–अरुचि जे भए पनि त्यसैलाई मुख्य खुराकबनाउने गरेका छन् । राजनीति न सुध्रिएसम्मअरू कुनै पनि पद्धति बन्न सक्दैन भन्नेमान्यता रहेको देशमा यसलाई अनौठो मान्नुपनि हँुदैन ।विकासका पूर्वाधारहरू बन्दै गरेको नेपालमाआगामी केही दशकसम्म नेपाली समाचारपत्रकोमुख्य आहार राजनीति नै रहनेछ ।
पत्रकारहरूराजनीति र राजनीतिज्ञबाट सधैँ जोगिनुपर्दछ। राजनीतिज्ञहरूको स्वभाव त्यस्तो व्यक्तिकोजस्तो हुन्छ, जो हजारौँ गल्ती गरेपछि पनिरामनामी ओढेर आफूलाई चोखो देखाँउछ। राजनीतिज्ञहरूले पत्रकारहरूको सकुशलप्रयोग गर्ने गरेका छन् । जो प्रयोग हुनचाहँदैन ऊ सधैँ संशय र खतराको घेरामाहुन्छ । यही कारण सञ्चार व्यवसायमा लागेकाव्यवसायीहरू सधैँजसो आफ्नो राजनीतिकप्रभाव बढाउने धूनमा लागेका देखिन्छन् ।व्यवसायको वैधानिक र संस्थागत प्रत्याभूतिनभएको तथा आर्थिक आधार पनि कमजोरभएको देशमा यो अस्वाभाविक होइन ।एउटा कुरा पक्कै हो कि टेब्लोइडबाटब्रडसिटमा आएको नयाँ पत्रिका होस वाअन्य दैनिक पत्रपत्रिका हुन ती सवैलेआफनो समाचार शैली र फिचरमा परिवर्तननल्याए पनि ‘फोकस’मा परिवर्तन ल्याएकोछ । पत्रपत्रिकाहरु नेपालको कथित कर्पोरेटवल्र्डको डार्लिङ बन्ने धूनमा देखिन्छन । तर,यसका लागि कसैले पनि आवश्यक तयारीगर्न सकेको देखिँदैन । दैनिक समाचारपत्रकाआधाभन्दा बढी समाचारले टेब्लोइड शैली नैपछ्याइरहेका छन् भने फिचरमा पनि परम्परातोडन सकेको देखिँदैन । नयाँ अवतारमाआएका पत्रपत्रिकाले नेपाली पत्रकारितामानयाँ मान्यता स्थापित गर्न नसकेको गुनासोगर्ने धेरै ठाउँ भने छैन ।नेपाली पत्रकारिताका विद्वानहरूले बेलाबेलामाटेब्लोइड पत्रकारिताको विश्वसनीयताबारेबहस चलाउने गरेका छन् । यस्तो बहसत्यति बेला पनि चल्ने गरेको थियो जबदेशमा टेब्लोइड पत्रपत्रिकाहरू नै राष्ट्रियसंचारको मूलधारमा थिए । ब्रडसिटको नाउँमा‘गोरखापत्र’ र ‘दि राइजिङ नेपाल’बाहेकअन्य कुनै पनि समाचारपत्र थिएनन् र पनिविद्वानहरू तिनै दुई ब्रडसिटलाई मूलधार रविश्वसनीय समाचारपत्रको बिल्ला लगाइदिन्थे। अहिले पनि त्यो अवस्थामा खासै भिन्नताआएको छैन । फरक यति मात्रै हो मूलधार रविश्वसनीयताको बिल्ला भिर्न अहिले दर्जनभर‘राष्ट्रिय’ ब्रडसिटहरू तँछाडमछाड गरिरहेकादेखिन्छन् ।
दुःखको कुरा, यो ‘राष्ट्रिय’ठेलमठेलमा एउटै पनिसमाचारपत्रले आवरणपृष्ठदेखि वितरणसम्मकाकुनै पनि गतिविधिमाराष्ट्रिय चरित्र देखाउनसकेका छैनन् । देशभरसमाचारदाताको नेटवर्कभए पनि समाचारमा खोजी,विविधता र उत्तरदायित्वकोलेसमात्र पनि प्रतिनिधित्वभएको पाइँदैन ।समाचारदाता प्रशासनदेखिपुलिस अफिससम्म समाचारको पुष्टिका लागिदौड लगाइरहेको हुन्छ । तैपनि उसको स्थानीयस्रोतभन्दा डेस्कमा बस्ने सम्पादकको केन्द्रीयस्रोत नै बलियो हुन्छ । परिणाम, कुनै पनिसमाचार जन्मिनुभन्दा अघि नै मरिसकेकोहुन्छ ।देशका समाचार संस्थाका मालिक रसम्पादकहरू आफ्नो महत्वलाई वढी नैआँक्ने रोगले ग्रस्त देखिन्छन । अधिकांशसमाचारपत्रहरु समाचारको प्रसार र व्यापारमाभन्दा पनि सरकारको गठन र विगठनमाआफ्नो प्रभावको दाबी र डङ्का पिटिरहेकाहुन्छन् । गुणस्तरका नाममा एक दर्जन टेम्पलेटबनेका छन्, देशका समाचारपत्रहरू ।स्तरहीन सामग्रीलाई आकर्षक लेआउटलेसजाउने यो कला खासा बजारमा पाइनेविभिन्न ब्रान्डको नक्कली मोबाइलभन्दा पनिधधध।थगदबजगलपबच।अयm युवा हुङ्कार द्दछखोटो हुन्छ । नढाँटी भन्ने हो भने यहाँकादैनिक समाचारपत्रहरू भारतवाट क्षेत्रीयस्तरमा प्रकाशित हुने ‘जागरण’, ‘अमरउजाला’ र ‘सहारा’ दैनिकको दाँजोमा पनिआउन सक्दैनन् । त्यहाँका समाचारपत्रहरूलेस्थानीय नागरिकका समस्यामा दिने चासो,स्थानीय अर्थ–व्यवस्थाको दैनिक अध्ययनर जनमतको निर्माणमा जे गर्ने गरेका छनत्यसको एकछेउमा पनि पुगेका छैनन् यहाँकास्वनामधन्य प्रकाशनहरू ।बुझ्नुपर्ने यतिमात्रै हो— लुगा फेरेर मात्रैपरिवर्तन हुँदैन । आकार बदल्दैमा सञ्चारव्यवसायको अङ्कगणित फेरिँदैन । मुख्य कुराहो, साख । साख नबढेसम्म कुनै पनि सञ्चारमाध्यम जनताको नजरमा चढ्दैन ।सन् १७८९ को मे महिनामा फ्रान्सकाराजा लुइ चौधौँले भर्साइलमा राज्यकाजनरलहरूको बैठक बोलाएका थिए । बैठकमाभाग लिन पहिलो राज्यका रूपमा तीन सयजना भारदार, दोस्रो राज्यका रूपमातीन सय पादरी र पुरोहित तथातेस्रो राज्यका रूपमा छ सय जनासर्वसाधारण बोलाइएका थिए ।
त्यसको केही वर्ष बितेपछि,फ्रान्सको राज्यक्रान्तिपछि एडमन्डवर्कले संसदको बैठक स्थलबाटअलिपर रहेको प्रेस ग्यालरीतिरसबैको ध्यान आकृष्ट गराउँदै भनेकाथिए, ‘उः पल्लोपट्टि राज्यको चौथो अङ्गबसेको छ, यहाँ भएका यी तिनै अङ्गभन्दाबढी महत्वपूर्ण ।’एडमन्ड वर्कका यी वाक्यसँगै सोह्रौँशताब्दीको उत्तराद्र्धदेखि राज्यको चौथो अङ्गका रूपमा स्थापित भएको प्रेस जगत्कोनैतिक हैसियत अहिले ओरालो लाग्दै छ किउकालो ? कसैले भन्न सक्दैन । निश्चितआकारको सेतो कागजको बाँझो धर्तीमाकोदालोको रूपमा कालो मसी भरिएकोकलमको प्रयोग द्वारा गरिँदै आएको विचारर समाचारको यो खेतीको रूप समय सँगसँगैफेरिँदै–फेरिँदै अहिले जुलियन्ज असान्जसम्मआइपुगेको छ । असान्ज आफँै मिडियाकर्मीहुन् कि मिडिया प्रविधिको प्रयोग गरेरधनमान कमाउने दाउमा लागेका चतुरबनियाँ ? असान्जलाई माथ गर्ने अर्को व्यक्तिदेखा नपरुन्जेल एकातिर यो विवाद जारीरहनेछ भने अर्कोतिर मिडियाको प्रयोग गरेरराजनीति, अर्थनीति, समाज र संस्कृतिमाथिरवाफ जमाउँदै आएका विकासशीलदेशका खलनायकहरूको दबदबा अझै केहीदशकसम्म जारी रहनेछ । अर्थात्, मिडियामापरम्परा र आधुनिकताबीचको चीसो द्वन्द्वजारी रहनेछ ।
संसारभर चलिरहेको यो चीसो द्वन्द्वमा नेपालीमिडिया कहाँनिर उभिएको छ ? भीडमायसको अनुहारको पहिचान गर्नु सम्भवभइरहेको छैन । सधैँ राजनीतिज्ञहरूकोक्रियामा प्रतिक्रिया जनाउँदै आएकोनेपाली मिडिया दरबार खण्डहरमा परिणतभै सक्दा पनि दरवारका भारदार रजर्साबहरूको अतीत वर्णनमा रमाइरहेको छ। बन्दोबस्तीका कफल्दा समान बोकेर सुडानपुगेका नेपाली प्रहरीको कट्टु उत्रिसक्दापनि सरकारको त्यो घिनलाग्दो अपराधमामिडियाको आँखा गहिरोसँग नगाडिने देशमापरिवर्तन प्रभावहीन हुनु अनौठो होइन ।विभिन्न समयमा सरकार चलाउनेनेताहरूसँग िम  िड य ासञ्चालकहरूको सम्बन्धकाल–बेला र परिस्थितिअनुसार अपरिहार्यरहने चलनका कारण मिडिया सञ्चालकभ्रष्टाचारको लहरो तान्दा पूरै पहरो गर्जिनेहो कि भनेर डराउँछन् । दर्जनौँ सहकर्मीकामदारहरूको जागीर हत्केलामा लिएरहिँड्ने बबुरो सम्पादक असान्जको साहसिकपत्रकारितामाथि दमदार सम्पादकीयलेखेर हिरो वन्न खोज्दछ । स्नानागारमानुहाइरहेकाहरू सबै नाङ्गा छन् भन्ने सत्यकोआकार यति ठूलो छ कि त्यसलाई छोप्नखोज्ने हत्केलाको आकार साह्रै सानो हुन्छ ।अन्ततः यस्तो गतिछाडा प्रवृत्तिले मिडियाव्यवसायीहरूको हित गर्दैन ।
अझ मिडियाव्यवसायको दर्पण मानिने पत्रकारिता क्षेत्रले प्रत्यक्ष क्षति बेहोर्नुपर्दछ । हरेक काण्ड रप्रकाण्डका उद्बोधकहरू पत्रकार नै हुनेगर्दछन् । जनता वा नागरिकले सोझै चिन्ने रठम्याउने उनीहरूलाई नै हो । बिहान सबेरैदेखिराति अबेरसम्म जनतासँग अन्तरङ्ग हिसाबलेजोडिएर बस्ने प्रजाति अर्थात् पत्रकारहरूको नैनैतिक साहस चुक्यो भने अरूको के हबिगतहोला ?सिपाही, न्यायाधीश र धर्माधिकारीहरुकोभूमिकाकै तहमा राखेका छन् विद्वानहरूलेपत्रकारको भूमिकालाई । व्यक्तिगत स्वार्थलाईतिलाञ्जली दिएर सामूहिक स्वार्थका लागिकाम गर्ने व्यवसायीका रूपमा पत्रकारकोयो परिभाषा बदलिएको छैन । यो अर्कै कुराहो, संसारका पत्रकारहरूले आपूmलाई योपरिभाषाको जञ्जालवाट मुक्त तुल्याइसकेकाछन । पत्रकारले पहिले आफ्नो पेटको चिन्तालिनुपर्दछ । आफू नै नजोगिने हो भने संसारजोगाउन कसरी सकिन्छ ?राजनीतिक घोषणाकै आधारमा कुनै देशधर्मनिरपेक्ष हुन सक्दैन । राजतन्त्र उखेलिएकैकारण कुनै देश गणतन्त्र पनि हुन सक्दैन ।हामी हिन्दू हौँ र गीतामा विश्वास गर्दछौँ ।जे हुनुछ, त्यो नभई छाडदैन । हामीसंरक्षकवादी हौँ र गणतन्त्रमापनि संरक्षक खोज्छौं ।हामी मानिसको नियतिकोनिर्माता मानिस आफैँ होभन्ने सिद्धान्तमा विश्वास नैगर्दैनौँ । यस्तो अवस्थामा मिडियाहरू लेआफूलाई नारदमुनीको अवतारमा सामान्यहुलाकीमात्रै देखे भनेर किन विस्मात गर्ने ?पत्रकार त दर्पण न हो, दर्पणको आयतनमाजति समेटिन्छ र जति देखिन्छ; सत्य त्यतिनै हो ।तर, सत्य यतिमात्रै पक्कै होइन ।
एउटा समययस्तो पनि आउँछ जब दर्पण चल्र्यामचुर्लुमफुट्छ र धूलोपीठो भएर चारैतिर छरिन्छ ।देशमा सिटामोलको मात्रै होइन दर्पणको पनिअभाव छ । देशका अधिकांश मानिस बिहानउठेर दर्पणको सट्टा खोलाको पानीमा आफ्नोअनुहार नियाल्ने गर्दछन् । उनीहरूलाई दर्पणफुटोस् कि रहोस् त्यसको मतलब हुँदैन । दर्पणजसको हो उसैलाई हुनुपर्दछ फुट्ने चिन्ता ।उसैले थाहा पाउनु पर्छ दर्पणको आयतनबाहिरसाँच्चै ठूलो संसार छ । संसार प्रतिविम्बकोरेप्लिकामा समेटिन सक्दैन ।


Posted on: 2019-Jul-5

POST YOUR COMMENTS

Please note that all the fields marked * are mandatory.

 
Note: Comments containing abusive words or slander shall not be published.


download

 

Interview

मोविलीटी र मुभमेन्ट बढाएर जिल्लाको सुरक्षा चुस्त दुरुस्त राखेका छौं, एसएसपी पोखरेल
एसएसपी पोखरेलका अनुसार ललितपुर जिल्लाभरीका सबै क्षेत्रमा प्रहरी परिसर समेत गरी ३८ वटा, वृत्त र प्रभागहरु रहेका छन् ।
Full Story


TECHNOLOGYSCIENCEAnautho SansarECONOMYEditorialINDUSTRYCRIMEBankingAGRICULTURELITERATUREPERSONALITYMANAAB DHARMABOOKANALYSISPOLITICSEDUCATIONBEEMAKHOJBOLLYWOODBUSINESSSAARC SUMMITBeauty tipsNEWSCOVER STORYREPORTBICHAR ARTICLESBANK-BANKERSPRABASENTERTAINMENTOUR SOCIETYHEALTHSPORTSOTHER FEATURESOFF THE BEAT
INTRODUCTIONEDITORIALBACKGROUNDFEATURES OBJECTIVES PROGRAM FUTURE PLAN ORGANIZATIONAL STRUCTURE OUR FAMILYCAREER WITH US
All rights reserved. 2011. yuwa hunkar