मर्जरको लागि नयाँ ढं्रगबाट अगाडि बढ्नुपर्छ
23 - Dec- 2014, Posted by: Yuwahunkar
मर्जरको लागि नयाँ ढं्रगबाट अगाडि बढ्नुपर्छ
राजेन्द्रमान शाक्य अध्यक्ष बित्तीय संस्था संघ नेपाल तथा प्रमुख कार्यकारी अधिकृत सिर्नर्जी फाईनान्स
फार्ईनान्स कम्पनीहरुको अवस्था कस्तो रहेको छ ?
फाईनान्स कम्पनीहरु पछिल्लो समय निकै नै अप्ठेरो परिस्थतीमा रहेकाछन । तरलता अधिक रहेको छ लगानी गर्ने ठाउँ छैन । नयाँ सरकार गठन पश्चात आर्र्थिक गतिबिधी बढ्ला, पुंजी बजार उकालो लाग्ला, नयाँ लगानीका अवसरहरु आउलान भन्ने सोचेको थियौं । तर त्यो अनुरुप कुनैपनि परिर्वत आएन । संबिधानसभाको निर्वाचन संगै केही समय सेयर बजार माथि चढेको भएरपनि त्यो क्रमले लामो समयसम्म निरन्तरता पाएन । जनताले आसा गरे अनुसार आर्थिक नीतिहरु नआएकाकारण पनि पुंजीबजार सुस्त हुदै गएको छ ।
लगानी गर्न नसके कै कारण फाईनान्सहरु अप्ठेरो अवस्थामा रहेको हो त ?
राजनीति अवस्था, दिर्घकालीन आर्थिक बिकास सम्वन्धी सही नीति आउन नसक्नु प्रमुख कारण हो । यो संगै अन्य समस्या पनि रहेकाछन । यो समस्या फाईनान्स कम्पनीमा मात्र नभई सिंगो बित्तीय प्रणालीमा रहेको छ । पछिल्लो समय फाईनान्स कम्पनीहरुमा असुलीमा समस्या देखिएको छ । बिगतमा रियलस्टेट क्षेत्रमा प्रवाह भएको कर्जाबाट नियमितरुपमा साँवा व्याज फिर्ता हुने क्रम रोकिएको छ । असुलीको हिसावमा फाईनान्स कम्पनीहरु यतिखेर प्रतिकुल अवस्थामा रहेकाछन । बिगत बर्षमा फाईनान्स कम्पनीहरुको कुल खराव कर्जा १४ प्रतिसत रहेको पछिल्लो समय यस्तो कर्जा बढेर १५ प्रतिसत पुगेको छ ।
फाईनान्स कम्पनीहरुको अवस्था निरासाजनक छ भन्नु खोज्नु भएको हो ?
पक्कै होईन, अन्य बैक तथा बिकास बैक सरह फाईनान्स कम्पनीहरु पनि सवल रहेकाछन । खाली पछिल्लो समय केही अप्ठेरोमा मात्र परेका हुन । बिशेषत घरजग्गा क्षेत्रसंग सम्वन्धीत कर्जा नउठेकाकारण केही अप्ठेरो महसुस भएको हो । बैशाखसम्ममा यसमा केही सुधार आउने अपेक्षा गरिएको छ । केही निर्माण व्यवसायीहरुले घरजग्गा खरिद गर्ने समय अहिले नै हो भनि बिशेष किसिमको प्रचारात्मक अभियान सुरु गरेकाछन । ठुला जग्गा व्यवसायीहरुले यस किसिमको अभियान सुरु गर्दा घरजग्गा क्षेत्रमा गएको कर्जाकाकारण मारमा परेको संस्थाहरुले केहीहदसम्म राहत पाउने अपेक्षा गर्न सकिन्छ तर त्यसको मतलव घरजग्गा कारोवार पुन पहिले कै अवस्थामा पुग्छ भन्ने चाँही होईन ।
सबै फाईनान्स कम्पनीहरुले राष्ट बैकले तोकेको सिमामा चुक्ता पुंजी कायम गरिसकेका छन त ?
समस्याग्रस्त र क्षेत्रियस्तरका बाहेक प्रायजसो फाईनान्स कम्पनीहरुले तोकेको चुक्ता पुंजी कायम गरिसकेकाछन । राष्ट बैकको नियम अनुसार फाईनान्स कम्पनहरुले २० करोड रुपैयाँ चुक्ता पुंजी कायम गर्नुपर्छ । सो बमोजिम केही फाईनान्स कम्पनीहरुले बोनस तथा हकप्रद सेयर जारी गरेर चुक्ता पुंजी कायम गरेकाछन भने केहीले मर्जरको प्रकृया मार्फत तोकेको चुक्ता पुंजी कायम गरेकाछन ।
Interview
मोविलीटी र मुभमेन्ट बढाएर जिल्लाको सुरक्षा चुस्त दुरुस्त राखेका छौं, एसएसपी पोखरेल
एसएसपी पोखरेलका अनुसार
ललितपुर जिल्लाभरीका सबै
क्षेत्रमा प्रहरी परिसर समेत
गरी ३८ वटा, वृत्त र
प्रभागहरु रहेका छन् ।
Full Story